Monday, July 18, 2011

थ्याङ्क यु एण्ड गुडबाई’को पाठ

संसारभरका सेलिब्रेटीलाई उनीहरुको आन्तरीक जीवनको कुरा छापिदिएर धुरुक्क पार्ने, सामान्य मान्छेले कहिल्यै थापा नपाउने उनीहरुको सेक्स स्क्यान्डलहरु छताछुल्ला पारेर संसारभर ७५ करोड पाठक कमाएको न्यूनज अफ दी वल्र्ड साप्ताहिक आइतबारदेखि बन्द भएको छ । एकय ६८ बर्ष लामो इतिहास बोकेको पत्रिकाले आइतबार अन्तिम ८ हजार ६ सय ६४ औं अंक निकाल्दै पत्रिका बन्दको घोषणा गरेको हो । यत्तिका अंकका पत्रिकाले कत्तिको गोप्य कुरा छाप्यो, कत्तिको छाप्नै नहुने भनिएका कुराहरु समेत छापेर स्क्यान्डर मच्चाइदियो । कुनै बेला सेलिब्रेटीहरुको रुवाबासी पारिदियो अनि पाठकलाई हसाइदियो । त्यसैले संसारभर यतिधेरै पाठक कमायो ।
    तर, समय यस्तो आयो पत्रिकाको दुःखद् बिदाईको क्षणमा उसलाई मन पराउने पाठकले न त पत्रिका बन्द गर्नैपर्छ भनेर आवाजा उठाउन सके न त गर्नहुन्न भनेर केही शब्द व्यक्त गर्न सके । किनभने यत्तिको ठूलो गल्ती गरिसकेपछि पत्रिकाले आफ्नो प्रकाशन बन्द गर्नुको कुनै बिकल्पै देखेन् । संसारभरका प्रजातान्त्रिक मुलुकमा कुनै पनि प्रकाशन माध्यमले कुनै तथ्य प्रकाशन गरेकै भरमा बन्द हुनुपर्ने अवस्था अहिले छैन् तै पनि न्यूज वल्र्ड आफैंलाई आफूले गरेको गल्तीमा निकै ग्लानी महशुश भएकैले पत्रिका प्रकाशन बन्द गरेको छ ।
    आफ्नो अन्तिम संस्करणमा पत्रिकाले आफ्नो ऐतिहासिक यात्राको बारेमा उल्लेख गर्दै फोन ह्याकिङ गर्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै प्रहरीको अनुसन्धानलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरी प्रेस अचारसंहिता स्वस्फुर्तरुपमा लागु हुनुपर्नेमा जोड दिइएको छ । पत्रिकाको कार्यालयमा प्रकाशन बन्द घोÈण्ाँ गरेका सम्पादक कलिन मायलरले ‘आफू रहनुको योग्यताको अन्त्य भएको’ बताउ“दै फोन ह्याकिङ गरेकोमा माफी मागेका छन् । उनले गल्ती कामको कुनै कारण नहु“ने पश्चातापको भावमा व्यक्त गरेका छन् । पत्रिकाले आफ्नो अन्तिम प्रकाशनमा पाठकलाई पत्रिका बन्द गर्नुपरेको दुःखद् खबर सगौरब पस्किएको छ । आफ्नो यत्ति लामो इतिहासमा पाठकलाई धेरै स्वाद पस्किन सकेकोमा उसले गौरव गरेको छ ।
    पत्रिकाका पूर्व सम्पादक एल्डी कलसनलाई शुक्रबार प्रहरीले अरुको फोन ह्याकिङ गरेको आरोपमा पक्राउ
गरेपछि पत्रिका बन्द हुने प्राय निश्चित हुने भइसकेको थियो । प्रत्रिका प्रकाशत समूह न्यूज इन्टरनेशनलले पत्रिका बन्द गर्ने घोषणा पहिल्यै गरिसकेको थियो । आफ्नो ऐतिहासिक अन्तिम अंकलाई स्मरण लायक बनाउन पत्रिकाले अन्तिम अंकको बिक्री रकम बेलायतकै तीन सामाजिक संघसंस्थालाई बराबरी बाड्ने घोषणा समेत गरेको छ । पत्रिकाको अन्तिम अंकमा कुनै बिज्ञापन नराखी पश्चातापपूर्ण  आलेख, सम्पादकीय र सामाजिक सन्देशहरु राखिएको छ ।
    सेलिब्रेटीहरुको खबरमा स्कुप पार्दै संसारभर प्रभाव फैलाएको बुढो पत्रिकाको  यो दुःखद् बिदाईमा यसका करोडौं पाठकको मन रोएपछि पत्रिकाको पश्चातापले संसारभरका संञ्चारगृह, सञ्चारकर्मी र यसका मालिकलाई दरिलो सन्देश छाडेको छ कि सुर्यलाई हत्केलाले छेकिदैन्, गल्ती लुकाएर लुक्दैन् । सधैं अरुका गल्ती र गोप्य कुरा छापेर स्क्यान्डर मच्चाउने साहस गर्ने आज बेइज्जतिपूर्ण कार्यको कारण करोडौ पाठकको माया गुमाउ“दै बिदा हुनुप¥यो । पत्रिका प्रकाशनको जतिसुकै लामो इतिहास बनाए पनि, जतिसुकै बढी पाठकले पत्रिका रुचाए पनि गल्ती गरेपछि नतमस्तकपूर्ण बिदाईको बिकल्प नहु“ने यो घटनाले इंकित गरेको छ । आफ्नो गल्तीमा प्रायश्चित गर्दै संसारकै बुढा दैनिकले समेत बिदा माग्दै अब यस्तो गल्ती नदोहो¥याउन संसारका सबै सञ्चारमाध्यमलाई सिकाएको छ । बिक्रीले सीमा नाघेर वेवसाइट पढ्नसमेत शुल्क लिन सुरु गरेको न्यून अफ दी वल्र्डस“ग जोडिएको यो घटनाले बलियो सञ्चारमाध्यम बनेकै भरमा मनलाग्दी गर्न नपाई सन्देश दिएको छ ।
    अरुको फोन ह्याकिङ गर्ने मामलामा करिब ४ बर्षअघि नै विवादमा परेको अखबारको लागि मात्र होइन् अखबार बन्द गर्नुपरेको यो घटनाले यसको माउ प्रकाशन द सन दैनिकलाई पनि घाउ बनाएको छ । न्यूज अफ दी वल्र्ड बेलायती दैनिक पत्रिका द सनको आइतबारे साप्ताहिक अंक हो ।
    पत्रिकाका अर्का पूर्व सम्पाकद क्लिभ गुडम्यान पनि राजपरिवारका सदस्यहरुको फोन ह््याकिङ गरेको
आरोपमा ४ बर्षअघि पक्राउ परेका थिए । कलसनलाई भने युद्धमा मारिएका बेलायती सैनिक परिवार, सेलिब्रेटी, रानीतिज्ञको फोन ट्याप गरेको आरोप छ । यद्यपि उनले आफूलाई यसबारे केही थापा नभएको बताएता पनि प्रहरी अनुसन्धानले कल ह्याकिङ गरेको पृष्टि गरिसकेपछि पत्रिकाकाले सम्पादकले त्यसको जिम्मेवारी नलिई सुखै छैन् । न्यूज वल्र्डले साच्चै फोन ट्याप गरेको हो रहेछ भने उले अरुको गोप्य कुरा थाहा पाउने र समाचारमा स्कुप मार्ने लहडले त्यसो गरेको हो भन्ने प्रष्टै हुन्छ ।
    न्यूज वल्र्ड मात्र होइन महत्वपूणर्म मान्छेको गोप्य कुरा थापा पाउने उत्सुकता संसारका सबै
सञ्चारगृहलाई हुन्छ । तर, न्यूजमा स्कुल मार्ने र पावरफूल बन्दै जाने लहडमा संसारका कसैले पनि न्यूज वल्र्ड शैली अपनाउछन् भने उनीहरुले पनि न्यूजवल्र्डले जस्तै ‘थ्यांक यु एण्ड गुडबाई’ भन्नुपर्नै हुन्छ जुनबेला उनीहरुलाई मन पराउने जतिसुकै करोड पाठक वा दर्शक भएपनि न्यूजवल्र्डझैं अलप हुनबाट रोक्ने छैनन् ।