Wednesday, August 17, 2011

युवतीलाई लिफ्ट दिंदा प्रहरी फन्दामा

युवतीलाई लिफ्ट दिने हेटौंडाका एक युवा हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा छन् । हेटौंडा– १ बाट वजारमा रहेको कार्यालय आउँदै गरेकी एक युवतीलाई कार्यालयमा पु¥याइदिने भन्दै हेटौंडा–७ नागस्वतीतर्फ मोटरसाइकल हुक्याएकाले हेटौंडा १० बसपार्कका राजु लामा प्रहरी फन्दामा परेका हुन् ।  हेटौंडा ४ स्कुलरोडको एक सहकारीमा कार्यरत उर्मिला मुक्तानलाई म तिम्रो दाईको साथी हु“ भन्दै मोटरसाइकलमा चढ्न लगाएर जबरजस्ती गन्तब्यभन्दा अन्यत्रै लैजान खोजेपछि लामालाई प्रहरीले पक्राउ गरेको थियो ।
    सुरुमा आफूले मोटरसाइकल चढ्न नमानेपछि ‘म तिम्रो दाईको साथी हुँ, किन डराएको ? भन्दै विश्वस्त तुल्याएको मुक्तानले प्रहरीसँग बताइन् । मेरो अफिस अगाडी पुगेपछि मैले रोक्नु भने’ मुक्तानले भनिन्, ‘तर, उसले सुनेको नसुन्यै गरी नागस्वतितिर लग्यो ।’
नागस्वती पुगेपछि मोक्तान गुडिरहेको मोटरसाइकलबाट फाल हालेकी थिइन् । त्यसपछि स्थानीयबासिन्दाले घटना बुझेर लामालाई पक्रेका थिए । स्थानीयबासिन्दाले खराब नियत राखेको भन्दै लामालाई कुटपिट समेत गरी इलाका प्रहरी कार्यालयलाई बुझाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक दीपक न्यौपानेले बताए ।
ना १० प ६९०१ नं को मोटरसाइकलबाट हाम्फालेकी मोक्तान सामान्य घाइते समेत भएकी थिइन् । लामालाई पक्राउ गरी अनुसन्धान सुरु गरएिको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । घटनाको अनुसन्धानका क्रममा लामाको नियत खराव देखिएको र युवतीको दाइसँग उनको परिचय भए÷नभएको बुझ्नका लागि बोलाइएको प्रहरीले जनाएको छ ।

Tuesday, August 9, 2011

छोरीको पासपोर्ट बनाउन आएकी आमा थुनामा

बिजय तिमल्सिना
    हेटौंडा, २४ साउन÷ नाबालक छोरीको पासपोर्ट बनाएर बिदेश पठाउन खोज्ने एक आमालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको  छ ।  आफ्नी १८ बर्षीय छोरी र १७ बर्षीय भतिजीको पासपोर्ट बनाउन सिफारीश लिन आउँदा उनलाई जिल्ला प्रशासन कार्यालयमा सोमबार पक्राउ गरिएको थियो । उनी आग्रा–५, डाँडाबासकी हुन् ।
    उनीसँगै आएकी छोरी शान्तिमाया वाइवा र भतिजी विष्णुमाय वाइवालाई मंगलबार बाबु रामबहादुर वाइवाको जिम्मामा घर पठाइए पनि आमा बेलीमाया वाइवालाई भने जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । आफू २ बर्ष दुबई र २ बर्ष बसेकी उनले छोरीहरुलाई पनि बिदेश लान चाहेको बताएकी थिइन् ।
    आफ्नी मामाकी छोरीहरु पनि विदेश गएकाले विदेश जान लागेको भतिजी विष्णुमायाले बताइन् । ‘मेरो गाउँमा मेरै उमेरका अरु ८ जनाजति विदेश गएका छन्’, उनले बताइन्, ‘त्यसैले विदेश हेर्न जान मन लाग्यो ।’ छोरी शान्तिमायाले आफू राजीखुशीले विदेश जान लागेको  भनिन् । ‘अहिले सिफारीश मात्र बनाउन् आएकी हुँ उमेर पुगेपछि मात्र विदेश जान्छु’, उनले आफ्नी आमाको बचाउ गर्दै बोलिन् ।
Belimaya (Right)

कुलेखानी तेस्रो निर्माण सम्पन्न हुन थप तीनबर्ष लाग्ने

Project Manager Guo Choojie showing third tunnel of project (right)
बिजय तिमल्सिना
    हेटौंडा, २४ साउन÷ सन् २०११ को डिसेम्बर ७ तारेखभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै २००८ अप्रिल २७ बाट थालिएको कुलेखानी तेस्रोको काम सकिन थप तीनबर्ष लाग्ने भौतिक निर्माणको ठेक्का पाएको सिनो हाइड्रोले जनाएको छ । यसबारे नेपाल बिद्युत प्राधिकरणलाई जानकारी गराइसकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर चिनियाँ नागरिक गुआओ चाओजीले बताए ।
    काम सक्नुपर्ने अवधि चारबर्षमध्ये अब पाँच महिना मात्र बाँकी रहँदा आयोजनाको जम्मा करिब ४० प्रतिशत मात्र सिभिल निर्माण सकिएको ठेकेदार कम्पनीले जनाएको हो । डिसेम्बरपछिको थप तीन बर्ष आवश्यक हुने कम्पनीको अनुमान छ । १४ मेगावाट क्षमताको आयोजना समयमै सकिए  दुईअर्ब १७ करोड खर्च हुने अनुमान गरिएको भएपनि थप समय लाग्दा लागतसमेत बढ्नेछ । काममा अवरोध आएको भन्दै  कम्पनीले यसअघि नै प्राधिकरणसँग ७४ करोड रुपियाँ क्षेतिपूर्ति माग गरेका थियो । आयोजना सुरु भएयता हालसम्म ९० दिन बन्द भइसकेको छ । आयोजनाको काम बन्द भएबापत कम्पनीले आयोजनासँग उक्त रकम दाबी गरेको हो ।
     काम थालेपछि झेल्नुपरेको विविध समस्याका कारण आयोजनाको भौतिक निर्माण समयमै सम्पन्न हुननसक्ने प्रोजेक्ट म्यानेजर चाओजीले जानकारी दिए । आयोजना निर्माण गर्ने जिम्मेवारी पाएको नेपाल बिद्युत प्राधिकरणसँग भएको सम्झौतामा उल्लेख गरिएभन्दा निर्माणस्थलको ढुंगा कमजोर भएको, पटकपटक बन्द भएको र अन्य अवरोधका देखाउँदै उनले आयोजना समयमै सम्पन्न गर्न नसकिने प्रष्ट पारे ।

Monday, August 8, 2011

‘कानुन पढेर जननेता बन्छु’

Nelson, in a picnic with friends.
मेरो कुरा
मेरो नाम नेल्सन घलान हो । म १८ बर्षको भएँ । हेटौंडा–४, कमलडाँडामा बस्छु। मलाई कुनै बिषयमा आफूले जानेबुझेको तर्क राख्न गर्न औधी मन लाग्छ । आधुनिक राष्ट्रिय माविको ७ कक्षामा पढ्दा शिक्षकहरुले बक्तृत्वकला प्रतियोगिता आयोजना गरेका थिए । त्यो बेलाको उमेरको कारणले होला बोल्न एकदम लाज लाग्थ्यो । फुपू कल्पना लामाले निकै प्रेरणा दिनुभयो । पुरस्कार नजिते पनि प्रतियोगितामा भाग लिएर हेर, तिम्रो बोल्ने क्षमता विकास हुन्छ भन्नेजस्ता कुराहरु उहाँले गर्नुभएपछि ममा हौसला जाग्यो र प्रतियोगितामा भाग लिएँ ।
    त्यसबेलाको रिजल्टमा अनमोल कँडेल प्रथम र स्मृति भट्ट दोस्रो भएका थिए भने म चौथो भएँ । प्रयास गरियो भने बोल्न सकिदो रहेछ भन्ने हिम्मत ममा पलायो । शान्ति समाज केन्द्र र कक्षामा बेलाबेलामा गरिने त्यस्ता प्रतियोगिताबाट मैले आफ्नो बक्तृत्वकला तिखार्ने अवसर पाएँ । पछिल्लो पटक बसामाडी जेसीजले आयोजना गरेको ज्ञान बक्तृत्वकला जितेर गोरखामा केही दिनअघि सम्पन्न एरिया ‘बी’ सम्मेलनमा पनि प्रथम हुन सकेँ । मेरो प्रतिभालाई बुझेर होला हेटौंडा स्कुल अफ म्यानेजमेन्टले मलाई छात्रवृत्ति दिएको छ । हाल म कमर्सको १२ कक्षामा पढ्दैछु । प्रतियोगिता जितेपछि आमाले ‘यस्तै राम्रो गर्दै जाऊ’ भन्नुभएको म जीवनभर बिर्सने छैन । मलाई अवसर दिने बसामाडी जेसीज,  प्रेरणा दिने फुपू, पढाईमा सहयोग गर्ने हेटौंडा स्कुल अफ म्यानेजमेन्टलाई पनि म बिर्सने छैन् । म केही भन्छु भन्ने आँट गरेर अगाडि बढ्दा प्रतियोगिता जितिन्छ, गहकिलो तर्क दिनूस्, समयको ख्याल राख्नूस् र खुलेर आफ्ना विचार राख्नूस्, प्रतियोगिता जितिन्छ । १२ पास भएपछि देशको नयाँ परिवर्तन गराउने मेरो भित्री चाहना छ । कानुन पढेर देशको असल जननेता बन्ने मेरो लक्ष्य छ ।

Sunday, August 7, 2011

एउटा ढुड्डामा रेष्टुरेन्ट

Resturen in a stone
    हेटौंडा÷ एउटै ढुड्डामा रेष्टुरेन्ट खोलिएको छ भन्ने सुन्दा अपत्यारिलो लागे पनि हेटौंडाबाट करिब १५ किलोमटिर उत्तरपूर्वमा रहेको निबुवाटार गाविस–१, पान्द्राङमा खोलिएको रेष्टुरेन्ट पुग्ने जो कोही पनि एकपटक नहेरी सुखै पाउ“दैनन् । बर्षौदेखि राप्ती खोला किनारमा रहेको करिब ९ बर्गमिटर सतह भएको ढुंगालाई साढे ६ लाखको लागतमा रेष्टुरेन्ट सञ्चालनयोग्य पारिएपछि त्रिभुवन राजपथबाट हेटौंडा–कुलेखानी सडक खण्डहु“दै ओहोरदोहोर गर्नेहरुको लागि यो रेष्टुरेन्ट आकर्षणको केन्द्र बन्न पुगेको छ । होटल रेष्ट एण्ड रिभर साइड नाम दिइएको उक्त रेष्टुरेन्ट आफ्नो नामले भन्दा पनि ‘एकढुड्डे’ रेष्टुरेन्टको नामले बढी परिचित छ । ५ बर्षअघि ढुड्डा खोपेर समथल पारी बनाइएको रेष्टुरेन्टमा हेटौंडा, काठमाडौं, पोखरा,चितवनलगायत देशभरका मानिसहरु आउने गरेको सञ्चालक मेनुका श्रेष्ठ बताउनहुन्छ । कुलेखानीको बाटो हु“दै काठमाडौं ओहोरदोहोर गर्नेको संख्या बढेस“गै यो रेष्टुरेन्टमा चाप बढ्न थालेको छ ।
    राजमार्ग छेवैमा रहेको ढुंगाको माथिल्लामो भागमा उक्लन भ¥याङ राखिएको छ भने ढुड्डा र बासको पर्खालले ढुड्डे रेष्टुरेन्टमा अझ सुन्दरता थपेको छ । माथिल्लो भागमा बनाइएको दुईवटा कटेजमा करिब २० जनाभन्दा बढी बसेर खानपिन गर्न सक्छन् । काठमाडौं जा“दा सधैं यही“ बसेर खाजा खाने गरेको इटहरीका जीवन पौडेल बताउनुहुन्छ । यो रेष्टुरेन्टमा विभिन्न खाजाका परिकार र खाना खाने व्यबस्था छ । वरिपरि हरिया पहाडले घेरेको पान्द्राङको यो रेष्टुरेन्टबाट सुन्दर प्राकृतिक दृश्यसमेत देख्न सकिन्छ ।

४७ बर्षदेखि ओढारको बास

Lonba


    हेटौंडा, ९ मंसिर÷ चट्टानी पहाडको बीचमा रहेको सानो ओढार । थोरै समथल क्षेत्र भएको ओडारको भित्तामा लुगाफाटा झुन्ड्याइएको छ । कुच्चिएको सिलाबरको थाल अनि भात पकाउ“दा कालाम्य भएको डेक्ची र बिट भा“चिएको एउटा गिलास पनि  ओडारको एउटा कुनामा लडिरहेका छन् ।
    मकवानपुरको भैंसे गाविस १ स्थित भैंसे पुलनजिकैको एउटा ओडारको दृश्य हो यो । पुलभन्दा करिब ५० मिटर पूर्वको भीरमा उमेरले करिब आठ दशक काटिसकेका खड्गबहादुर लुङ्बा बस्छन् । लुङ्बाले ओढारमा बस्न थालेको पनि करिब पा“च दशक बित्न लागिसकेको छ ।
    मकवानपुरको बुढीचौर गाविसस्थित पुख्र्यौली घरबाट युवावस्थामै भैंसेको भीरमा आइ बस्न थालेका लुङ्बा बुढा किन ओढारमा बसे भन्नेबारे कसैले केही बताउन सक्ने अवस्था नभए पनि उनको अचम्मको बानीस“स भने भैंसेबासी अभ्यस्त बन्दै गएका छन् । ओढारमा एक्लै बस्ने लोङ्बा बुढा जंगलमा दाउरा बटुल्छन् र त्यसैको बिक्रीले आफ्नो  गुजारा गर्छन् । केही बर्षअघिसम्म कसैले दिएको नलिने र नखाने स्वभाव भएका लुङ्बा   अहिले भने चिनेका सीमित व्यक्तिले दिएको खानेकुरा खान्छन् ।
    सानैदेखि खोरिया फाडेर र ओडारमा बस्ने स्वभाव भएका लुङ्बा आफ्नो ओढार कसैले देखेमा तुरुन्तै स्थान  परिवर्तन गर्छन् । हालसम्म उनले कतिपटक स्थान फेरे त्यसको लेखाजोखा छैन् ।
    महिलालाई छुदा अपराध भएको ठान्ने लुङ्बा महिलाले दिएको केही पनि सोझै हातले समाउदैनन् । दाउरा बिक्रीको पैसा समेत महिलाले दिएमा भुईमा राख्न लगाएर मात्र टिप्छन् । आफूलाई आवश्यक पर्ने नुनु तेल किन्न उनी ११ किलोमिटर उत्तरको हेटौंडा बजारसम्म हिंडेरै आइपुग्छन् । केही बर्षअघिसम्म पुलबाट हिड्दा कर तिर्नुपर्छ भन्ने लुङ्बा अहिले भने पुलको प्रयोग गर्न हिच्किचाउदैनन् ।

Saturday, August 6, 2011

शिक्षाका कारण सफल प्रेनम

Prenam, in the office of her club.
हेटौंडा÷‘पढेर हात्ति ठूलो भ’को हो र ?’ भन्नेहरु धेरै छन् । तर, मकवानपुर, पदमपोखरी–१ वनस्पतिकी प्रेनम वाइवा, २१ बर्ष, पढेरै ठूली भएकी व्यक्तिमध्येकी एक उदाहरण हुन् । शिक्षाकै कारण उनी शिक्षिका बनिन् भने आफू रहेको समुदायकी उदाहरणीय र अगुवासमेत बनेकी छिन् ।
   
कमजोर आर्थिक अवस्थाका कारण वाइवा पढाई ७ कक्षामै रोकियो । दूई दाजूकी वहिनी वाइवा मासिक शुल्क तिर्न नसक्दा परीक्षामा सामेल नभई पढाई छाड्नुपरेको विगत सम्झिन्छिन् । नौ कक्षामा पढ्दै गरेको दाजू र आफ्नोसमेत मासिक शुल्क परिवारले तिर्न नसक्ने भएपछि आफूले पढाई छाड्नुपरेको उनी बताउ“छिन् । पढाई छाडेको दुई बर्षको समय उनले सीप सिक्नको लागि प्रयोग गरीन् । यही अवधिमा उनले झोला बनाउने तालिम पनि लिइन् । स्थानीय महिला मिलन सहकारी संस्थाले उपलब्ध गराएको झोला बनाउने तालिम लिएपछि विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा वितरण गर्न झोलाको माग हुन थाल्यो र झोला बनाउने काम उनको आम्दानीको स्रोत बन्न पुग्यो । यसबाहेक विभिन्न संघसंस्थाले गर्ने सडक नाटकलगायत क्रियाकलापमा सहभागी भए वापत पाउने शुल्कले पनि उनलाई सहयोग ग¥यो । त्यसपछि साथीभाईको सल्लाह र पढ्ने आफ्नो तिब्र ईच्छाकै कारण उनी पुनः हेनपा–४ स्थित श्रमिक माध्यमिक बिद्यालयमा भर्ना भएर अध्यन अगाडी बढाउन थालिन् । दुई बर्ष पढाइ रोकिएको भए पनि उनले कक्षा सातबाट कक्षा आठमा पुग्दा राम्रो अंक हासिल गरी समूतिर्ण बनिन् र मासिक शुल्क मिनाहा हुने गरी छात्रवृत्तिसमेत  पाइन् । पढाईमा लगातारको मेहनत र जा“गरको कारण हाल कक्षा १२ मा पढ्दा पनि उनले छात्रवृत्ति पाइरहेकी छिन् ।

२०५० सालको बाढीको कारण मकवानपुरको विकट गाविस सरिखेतबाट विस्थापित भई वाइवा परिवार वनस्पतिमा आइपुगेको  थियो । तर, आर्थिकरुपमा विपन्न परिवार भए पनि शिक्षाको महत्वबारे अभिभाभकले बुझेकाले छोरीलाई पुनः पढ्ने वातावरण बनाइदिएकोमा उनी खुशी छिन् ।
आफूले पढाइको महत्व बुझेकैले आफू समाजको उदाहरणीय पात्र बन्न पाएकोमा उनलाई गर्व छ । अभिभाभकले पदमपोखरीस्थित एक गुम्बाको १५ कठ्ठ जग्गा कमाएर धानिरहेको उनको परिवार उनको सफलतास“गै सहज भएको छ । आफ्नो पढाईस“गै पदमपोखरीस्थित युगचेतना नमूना प्राविको बालविकास केन्द्रमा शिक्षिकाको रुपमा कार्यरत वाइवा पढाईको महत्व बुझेर पुनः पढ्न पाएकोमा    दंग छिन् । वनस्पतिस्थित जनहित युवा क्लबको सदस्य बनेर सामाजिक काममा समेत सक्रिय वाइवा आफूभित्रको जागर र साहसले नै आफ्नो जीवनमा कायलपट हुन सकेको अनुभव सुनाउ“छिन् । पहिला पढाई छोड्नुपर्दा आफ्नो जीवन अन्धकार बन्ला भनी डराउने वाइवा पढाइकै कारण अरुलाई उज्याले देखाउने बाटोमा लागेकी छिन् । उनको यो सफलता धेरैका लागि उदाहरण हुन सक्छ ।
क्याम्पसन  ः आफू सदस्य रहेको जनहित बालक्लबको कार्यालयमा प्रेनम ।

चर्पी नभएको गाउको अघि बढ्ने लक्ष्य

हेटौंडा÷ मकवानपुरको सदरमुकाम हेटौंडाबाट १० घन्टाको हिडाइ पछि पुगिने डा“डा“खर्क–५, बैकुण्ठ यस जिल्लाकै दुर्गममध्येको एक हो । तामाङ बाहुल्यता भएको यस क्षेत्रका जनतामा अहिले अब त केही गर्नै पर्ने भावना जाग्न थालेको छ । यसका लागि उनीहरुले महोत्वसलाई माध्यम बनाउदै छन् ।

बैकुण्ठको बिशेषता भनौ या परिचय यो गाउ“का झन्डै दुईसय घरधुरीमा चर्पी छैन् । साक्षरता दर अत्यन्तै न्यून रहेको गाउ“का मानिसहरु चर्पीको महत्वबारे अनभिज्ञ रहेको डा“डाखर्क स्वास्थ्य चौकीको भोला चौलागाइको बुझाई छ । जिल्लामा विभिन्न गैरसरकारी संस्थाहरु कार्यरत रहेपनि अति विकट मानिएको यस क्षेत्रमा ति चेतना फैलाउन तिनले दायित्व सम्झिएका छैनन् ।  बैकुण्ठ क्षेत्रको एकमात्र सरस्वती प्राविमा २ सय बालबालिका भर्ना गरिएको भएपनि दैनिक सय बिद्यार्थी मात्र उपस्थित हुने गरेका शिक्षक रामचन्द्र कुशवाहले बताउनुभयो –‘पहिले त यति पनि हुन्थेनन् ।’

तर, गाउ“ले महत्वाकांक्षा भने सुन्न लायकको छ । आफ्नो गाउ“लाई पर्यटकीय गन्तव्य बनाउदै संस्कृति जोगाउने उनीहरुको योजना पूरा गर्न प्रत्येक बर्ष झैं यो बर्ष पनि बैकुण्ठ सा“स्कृति महोत्वस सम्पन्न गरेका छन् ।

सरकारले घोषणा गरेको पर्यटन बर्षलाई समेत मद्दत पु¥याउने उद्देश्य राखिएको महोत्वसमा मकवानपुर जिल्लासहित छिमेकी धादिङ र चितवनका गरी झन्डै १० हजार आन्तरीक पर्यटन भित्रिएको मेला संयोजक  राजेन्द्र घिसिङले बताउनुभयो । शुक्रबारदेखि आइतबारसम्म चलेको थियो । बैकुण्ठमा भएको कहिल्यै पानी नसुक्ने विष्णु सरोबर पर्यटकको लागि आकर्षक बन्न सक्छ ।

‘गाउ“लाई अघि बढाउन जुनसुकै उपाय गर्छौ’, स्थानीय लालबहादुर तामाङले बताउनुभयो । यस्तै तिब्र इच्छाशक्तिले होला यसपािल गाउलाई सडक बाटोस“ग जोड्न गाउ“ले आफैले पा“च किमी कच्ची सडक खनेर उदाहर(ा देखाएका छन् । गाउ“को यस्तो प्रयासबाट जिविस मकवानपुर र गरिबी निवारण कोषसमेत सडकको लागि सहयोगी बन्यो । यि दुवै निकायको सहयोगमा हाल डाडा“खर्कबाट पश्चिमतर्फको बैकुण्ठ पुग्ने २० किमी कच्ची बाटो बनेको छ ।

यो बर्ष बाटो पुगेपछि उक्त क्षेत्रका कृषकहरु गाजा खेति छाडेर आलु खेतितर्फ आकर्षित भएका छन् । अघिल्ला बर्षसम्म गाजाको हरियाली देख्न पाइने पाखाहरुमा अहिले आलुका हरिया बोटमा सेता फूल फुलेका छन् ।

यो क्षेत्रका झन्डै ५० बगाहा जमिनमा आलू खेति गरिएको जिल्ला कृषी विकास कार्यालय बागवानी शाखाका भरत आचार्यले बताउनुभयो । ‘आलू खेति भए पछि किन अरु गर्थेम् र ?’, बैकुण्ठका सानुकान्छा तामाङले भन्नुहुन्छ े– ‘आलु र मकै पनि फल्छन् ।’ दुर्गम क्षेत्रमा बाटो पुगेपछि गाजा खेतिको समस्या आफै समाधान हुने डा“डाखर्क गाविस सचिव कृष्ण सापकाटाको अनुभव छ । ‘गाजाखेतिको विकल्प सुरु भएको छ‘, उहा“ले अनुभव हो यो । मकवानपुरमा जिल्लाको धेरै गाविस अझै पनि गाजाखेतिका लागि प्रख्यात छन्  । मकवानपुर जिल्लामा कति गाजा उत्पादन हुन्छ भन्ने तथ्यांक जिल्ला प्रहर िकार्यालयस“ग पनि छैन् ।

बैकुण्ठ महोत्वसबकै अवसर पारेर पुगेको जिल्ला शिक्षा कार्यालय मकवानपुरको टोलिले घरघरमा पुगी बालबालिकालाई बिद्यालय पठऔ भन्ने सन्देशसहितको निम्तो दिंदा गाउ“लेले बालबालिकालाई पढ्न पठाउने प्रतिबद्धता जनाए ।

तुलनात्मकरुपमा पिछडीएको तामाङ जातिको बाहुल्यता भएको यो दुर्गम गाउ“ आफैमा नमुना बन्ने स्थानीय अमर तामाङले बताउनुहुन्छ । हरेक बर्ष गरिने बैकुण्ठ मेलामार्फत गाउ“मा पर्यटक आकर्षण गर्ने र सडक सुविधाले गाउ“लाई शहरस“ग जोड्ने उनीहरुको सपना छ । यो बर्षको महोत्वसमा डाडाखर्कदेखि बैकुण्ठसम्म बाटो बनायौ, अर्को बर्षको मेलामा बैकुण्ठबाट धादिङ जोड्ने बाटो खोलिने तामाङले बताउनुभयो । यो बर्षको बैकुण्ठ मेला सफल पार्न सक्रिय बनेका गाउ“ले आफै बाटो खन्न उक्सिएको उदाहरणबाट समेत यो गाउ“ उभो लाग्दै गरेको अनुभव मिल्छ ।

शौचालयबीचमा बुढी आमै !

हेटौडा, ११ माघ÷ दाया“ र बाया“को कोठामा क्रमशः पुरुष र महिला शौचालय लेखिएको छ । बीचको एउटा सा“घुरो कोठामा छिन् ७० बर्षीय बृद्धा गंगादेवी वाईबा । उनी बसेको छेवैमा उनले प्रयोग गर्ने स्टोभ र भाडाकुडा“ राखिएको छ । उनीभन्दा माथि उनको लुगा झुन्ड्याईएको छ । शौचालय प्रयोग गर्नेहरुले दिशा र पिसाब गरेको क्रमशः दुई र तीन रुपैया“ दिन्छन् । त्यही पैसा उनी तरकारी व्यबसायि संघमा लगेर बुझाउ“छिन र मासिक रुपमा एकमुष्ठ तीनहजार रुपैया“ तलब पाउ“छिन । त्यही तलब उनको बुढेसकालको जीवन जीउने सहारा बनेको छ । “मैनामा ३ हजार दिन्छन् अझै बढाईदिने भनेका छन्, हेरौ के हुन्छ ?” उनले भनिन् । 

उनको वास्तबिक घर हेटौडा बजारबाट ५ किमी पश्चिमको पदमपोखरी गाविसको बनस्पतीमा भए पनि घर जान टाढा हुने भएकोले त्यही शौचालय बीचको सा“घुरो कोठामा दैनिकी गुजार्छिन् यि बुढी आमै । बिहान सबेरै उठेदेखी शौचालयमा मानिस ओहोरदाहोर गरिरहन्छन् । आउनेजाने क्रम चलिरहेकै बखत एकताति पैसा बटुल्ने र कुनामा राखिएको स्टोभमा बसालिएको कसौडी र कराहीमा सानो डाडुले चालाउदै उनको दैनिकी शुरु हुन्छ । दिउ“सभर शौचालय प्रयोग गर्न आउने ग्राहकले छाडेको खुद्राखाद्री रकम संकलन गर्नमा उनै तल्लिन देखिन्छिन् । ‘चौविसै घन्टे ड्युटी भने नि हुन्छ’, उनले मुजा परेको गाला तन्काएर हा“स्दै भनिन् ।‘कुनै बेला मानिस नै आउदैनन्’, ग्राहक नआउ“दा खल्लो लाग्ने कुरा उनी यसरी व्यक्त गर्छिन – मानिस नआउ“दा भने शून्य लाग्छ, के गरौ कसो गरौ हुन्छ ।

दिनभरजसे शौचालकोबीचको कोठामा बस्दा उनमा स्वास्थ्य समस्या देखिन थालेको उनले बताइन् । ‘गन्हाएर खपिनसक्नु हुन्छ’, उनले भनिन् – ‘छाला चिलाउ“छ, आ“खा सुन्निने दुख्ने गर्न थालेको छ ।’

चार छोरा र दुई छोरीकी आमा गंगादेवीको पति दुई ४ महिनाअघि बिते र पति बितेको ठीक एक महिनापछि उनले तरकारी व्यबसायि संघले हेटौडा बसपार्क क्षेत्रमा निर्माण गरेको यो शौचालय हेर्ने जिम्मा पाईन । गत साउन १६ गतेदेखि उनले यो काम शुरु गरेकी हुन् । “दमको बेथा छ र मात्रै नत्र म त बदम र काक्रौ बेचेर भए नि पैसा कमाउन सक्छु ” उनले हिम्मत सुनाईन् । दमकै व्यथाको कारण दिनमा एकछाक मात्र भात खान पाएको दुःखेसो पनि उनीस“ग थियो ।
    उनका चार छोरा र दुई छोरीको घरजम भइसकेकोले उनलाई अब आफ्नो जीवन धान्न उपाय नै प्रमुख बनेको छ । ‘छोराछोरी आआफ्नो व्यबस्था गरेर बसिसके आनन्द छ’, उनले सुनाइन् ।

बुढेसकालमा घरै नबसेर किन यसरी काम गनुभएको भन्ने प्रश्न नपाउ“दै उनले मुख खोलिन “हामी त सुकुम्बासी हौ काम नगरी खानै पाईदैन, मेरा चार जना छोराहरु पनि पेन्टर काम गर्छन, मेरो लागि म आफै कमाउ“छु ।” उनल आफूबारे बताईन् । “छोराहरुले मिठो मसिनो जे पाके पनि ल्याईदिन्छन् ” उनले खुशी व्यक्त गरिन् । काम गरेर खा“दा छोराहरुले पनि केही नभन्ने गरेको उनी सुनाउ“छिन् । “कहिलेकाही घर जान्छु दमको व्यथाले गर्दा गईरहन सक्दिन ।” उनले स्वास्थ्यले गर्दा पाएको दुःख व्यक्त गरिन् । छोराछोरीहरु बेलाबेलामा भेट्न आउने गरेको मै  उनलेको मनले सन्तोक मानेको छ । 

“या“ अगाडी मेरो लागि एउटा कोठा बनाउ“न लागेका छन् अब यही“ बदम भुटेर बेच्छुु होला ” तरकारी व्यबसायी संघ र उनको योजना एकै साथ सुनाईन र भनिन् “ तरकारी जे खाए नि किन्नु पर्दैन जे खाए नि दिन्छन् । आनन्द छ । ” यि बुढी आमैका लागि तरकारी व्यबसायि संघले शौचालय अगाडी एक छाप्रो निर्माण गर्दै छ जुन उनको प्रयोगका लागि हुनेछ ।
    काम नगरी खानेको लागि उनको एउटै सुझाब छ  ‘जे हुन्छ काम गर ।’ काम नगरी बस्ने धेरैको लागि उदाहरणीय बनेकी बृद्धा गंगामाया बसपार्क क्षेत्रका तरकारी तथा फलफूल व्यबसायिकी प्रिय छिन् । यो उमेरमा पनि यसरी आफै पालिनु उदाहरणीय भएको तरकारी व्यबसायि कमला घिमिरे बताउछिन् । तरकारी व्यबसायि संघका सचिव कृष्ण हुमागाई पनि गंगादेवी सवैको लागि उदाहरणीय बनेकी बताउनुहुन्छ । ‘यो उमेरमा पनि यसरी खट्न सक्नुलाई त मान्नेपर्छ नि ’, उहा“ले भन्नुभयो । बृद्ध गंगादेवीको काममा इमान्दारीपना भएकोले सवैले बिश्वास गर्न सजिलो भएको उहा“को भनाई छ ।

७० बर्षमा पनि सक्रिय गंगादेवी झै सवै यसरी नै सक्रिय हुने हो भने देश विकासको लागि कतिवेर नै लाग्दो हो र हाम्रो अनुमान थियो । गंगादेवीको बुढ्यौलीको यो सक्रियता देखेर वाह १ नभन्ने को होला र ?

नाकरिकता नबनेपछि रिक्साचालक

हेटौडा बजारबाट बाट केही मिटरको दुरीमा रहेका एक रिक्सा ग्यारेजको पछाडी पट्टि मधुर बत्ति बलेको सानो छाप्रोमा गा“ईगु“ई अवाज सुनिन्छ । पुसको जाडोले कठ्याङ्ग्रीदै  सहरवासी सिरकमा घुस्रिदै गर्दा सुत्ने तरखरमा रहेको रिक्सा चालकहरु भने कार्टुनका टुक्रा यता र उता तानतुन गर्दै छन् । अनि कोही एकसुरमा बर्बराउदैछन्, दिनभरीका घटना सम्झेर । सायद सा“झ नहु“दै रित्याएको गिलासको ‘ह्याङ’ अझै उत्रेका थिएन । भविष्यस“ग हारे झै अरुका सुविधाका खातिर पा“च र दश रुपिया“ बटुल्न दिनभर खटिएर ‘एक गिलास’ पिएकै भरमा मिठो निन्द्रामा सुन्दर भविष्यको सपना देख्नेहरुको रुपमा परिचित रिक्सा चालक अर्को भाषामा भन्दा रिक्सावालाहरुको सामुहिक अड्डा थियो त्यो ।

जहा“ रिक्साको पाइडलमा दशर्कौै खुट्टा घुमाउ“दाघुमाउ“दै चाउरी अनुहार बनिसकेकाहरुका बीचमा थिए उज्याला बर्णका फरासिला युवा । आफूलाई १८ बर्षको बताउने उनले आफ्नी २१ बर्षकी श्रीमती भएको बताउनु हिच्किचाएनन् । ‘तपाईंलाई के ढाट्नु मेरी श्रीमती २१ बर्षकी छिन्, एक छोरा डेढ बर्षको छ, अर्की छोरी तीन महिनाकी भई्’, नारायणघाटमा जन्मिएर, राक्सिराङमा हुर्किदै बसामाडीमा आइपुगेका दीपक लामाले हा“स्दै भने ।

तर, उनको हा“सामो गुम्सिएको पीडा बुझिनसक्नुको थियो । दीपकको विगत खोतल्दै जा“दा उनले आफ्नो मनको गा“ठो यसरी फुकाले ‘यसअघि म गाडी चलाउथे’, उनले यति भन्दा लाग्न सक्छ ‘स्टेरिङबाट हन्डिलमा किन ?’ उनलाई स्टेरिङ समाउन रोक्ने का“डा बन्यो उनको नागरिकता । नागरिकताको का“डाले उनको मुुटुमा घोचेको छ । यतिखेर ‘गुरुजी’ ले पुकारिने उनी ‘ओइ १ रिक्सा’ को कर्कश आवाथ सुन्न बाध्य छन् ।

उनले  रिक्सा चालाउनु बाहेक कुखुरा फाराममा काम गर्ने काम पनि गरेका रहेछन् । हेटौेडा कमानेमा रहेका कुखरा फाराममा लगभग १ बर्ष काम गर्दा नै  उनको सुमित्रा बलस“ग ‘कनेक्शन’ सुरु भएको थियो । अनि त के बिहे गर्न उनको १३ बर्षे उमेरले छेकेन । हत्तनपत्त उनले बिहेको सुरसार कसे र छिट्टै एक छोरा र एक छोरीको बाबु बने । आफू १३ बर्षको नहु“दादेखी नै मजदुरी गर्न हिड्न थालेको पनि उनले सुनाए ।

उनको जम्म २०४८ सालमा नारायणघाटमा भएको रहेछ । सानै छदा“ हेटौडा नगरबाट पश्चिमको राक्सीराङ गाविसमा बस्ने आफ्नी हजुुरआमाकहा“ ल्याइएका रहेछन् । उनले आफ्नो बाल्यकाल राक्सिराङकै डा“डा र पखेरोमा बिताए । उनको परिवार ९ बर्ष अघि बसामाडीमा बसाई सरेका थियो । त्यो बेला उनी ९ बर्षकै थिए ।

दुर्गमबाट सुगम ठाउ“मा बसाई सरे पनि उनले पढ्न भने पाएनन् । ‘मैले २ कक्षा पढेर छाडेकी हु“’ उनले नढा“टी भने ‘परिवारको आर्थिक अवस्था राम्रो थिएन् ।’   

दैनिक रिक्सा चालउ“दा उनको आम्दानी कहिलेका“ही चारसम्म पनि पुग्छ तर कहिले भने साहुलाई रिक्साको भाडा तिर्नसमेत नपुग्ने उनको अनुभव छ । रिक्सा चलाएबापट उनले साहुलाई दैनिक ६२ रुपिया“ तिर्नुपर्छ । कमाई भए पनि वचत नहुने उनको तर्क छ । ‘बिहान भात खाउ, बेलुकी खाउ, खाजा भन् , यताउता गर’ उनले हिसाब देखाए । ‘अझ, छोराछोरीलाई ख्वाउ, श्रीमतीको इच्छा पुरा गर्दा त के पैसा हुन्थ्यो र’, उनले भने । उनकी श्रीमती हाल माइती मन्क्रान्चुली मै बस्छिन् । दिनभर रिक्सा चलाएर थाकेका उनी साहुले बनाइदिएको सानो छाप्रोमा अन्य झन्डै दर्जन चालकहरुस“गै सुत्छन् । एउटै कोठा भएको छाप्रोमा एउटै मात्र खाट छ जहा“ सुत्न उनले पालो कुर्नुपर्छ । यसबाट उनको कोठाभाडा त जोगिएको छ तर आफूभन्दा पाका चालकहरुको रक्सी पिउने र तास खेलेर पैसा उडाउने बानिले भने उनी आजित छन् ।‘यस्तै बानिले हो रिक्सावालाहरु तल परेका’, उनले आफ्नो परिवक्वपन देखाए ।

सानै हुदा“ बुवाले सानी आमा ल्याउदा उनले पत्तै पाएनन् तर यही घटनाले उब्जिएको पारिवारीक कलहको शिकार भने सुमित्रा बलकी श्रीमान् दीपक बने । ‘घर झगडा भएको बेला बुवाको नागरिकतास“गै मेरो जन्मदर्ता पनि जल्यो’, उनले सुनाए– घटनापछि उनलाई आफ्नो नागरिकता बन्नै सक्दैन भन्ने लाग्यो र बनाउने प्रयास पनिे. गरेनन् जसले गर्दा आफूले बर्ष दिनसम्म सहचालक बनेर घुमेपछि तीनमहिनादेखी चलाउदै आएको हेटौडा काठमाडौ रुटको ट्रक ड्राइभरको जागिरबाट उनले हात धुनुप¥यो । किनकी उनीस“ग लाइसेन्स थिएन् । लाइसेन्स बनाउन नागरिकता चाहिएको थियो तर उनलको जन्मदर्ता जलिसकेको थियो । ‘गाउ“का दाइहरुस“ग सोध्दा जन्मदर्ता नभए नागकिता बन्दैन भन्ने जवाफ पाए अनि रिक्सा चलाउनतिर लागे’, बिगत दुईछोरीका बुवा बनिसकेका उनले भने । नागरिकता नबने भएपछि निराश बनेका उनले रिक्साको ह्यान्डलबाहेक अन्त कतै आफ्नो जीवन देखेनन् तर अहिले भने उनीमा बिदेश जाने रस पसेको छ । ‘केहीगरी नागरिकता बने, बिदेश जान्थे’, शेरबहादुर र सीतामायाको जेठा छोरा दीपकले भने । ‘नेपालमै बसेर पनि कमाउन त कमाइन्छ तर बचाउन सकिन्न’, उनको अनुभव हो यो । मिल्ने भए आफ्नो नागरिकता बनाउन सहयोग गर्न उनको आग्रह थियो । समाप्त

प्रेम जोडीमाथि अफगानी रिस

    अफगानिस्तान÷ एकजना केटा र एकजना केटी आइसक्रिम पार्लरमा भेट्छन् र चिनापरिचय गर्दै आआफ्नो फोन नम्बर आदानप्रदान गर्छन् । अफगानिस्तानजस्तो किशोरावस्थामा गरिने मायाप्रेमप्रति कठोर देशमा यी दुवैको विद्रोह यसैगरी सुरु भएको हो । यी भिन्नभिन्न जातिका किशोरकिशारीबीचको प्रेम अफागानी समाजका लागि निकै कडा चुनौति थियो जसका कारण यी जोडीले निकै हण्डर खेप्नुपरिरहेको छ ।
    केही दिनअघि अफगानको हेरात सहरमा गुडिरहेको कारलाई केही मान्छेले रोके र कारभित्र रहेका एक किशोर जोडीलाई रोडमा उभ्याएर प्रश्नहरु बर्साउन थाले । को हौ तिमीहरु ? यसरी कारमा हिड्ने अधिकार तिमीहरुलाई कसले दियो ? रोडमा जम्मा भएको करिब तीनसय जनाको भीडले यो जोडीलाई कि त ढुंगाले हानेर मानुपर्छ कि त झुन्ड्याउनुपर्ने माग राख्दै खनिन् थाले ।
    तर, स्थानीय प्रहरीले जब ति जोडीलाई नियन्त्रणमा लिंदै उत्तेजित भीडबाट बचायो तर ती मानिसले ती चढेका कारलाई आगो लगाइदिए अनि पश्चिम अफगानको कानुन उल्लंघन गर्नेको सुरक्षा दिएको भन्दै प्रहरीको चर्को बिरोध गरे ।
    प्रहरीले उत्तेजित भीडबाट १७ बर्षीय किशोरी हालिन मोहम्मदी र उत्तिनै उमेरका उनका प्रेमी  रफी मोहम्मदलाई बचाएर नाबालक राख्ने सुधार गृहमा राखेको  छ। अब, उनीहरुको भाग्य र भविष्य अस्पष्ट र खतरनाक अफगानी कानुको भरमा अडिएको छ । तर, उनीहरुले आफ्नै परिवार र समाजबाट पनि गम्भीर लाञ्छना भोग्नु परिरहेको छ ।
    मोहम्मदीका काकाले सुधार गृहमा उनलाई भेटेर आफ्नो नाक काटिदिएको आरोप लगाउँदै कानुनले छाडेपनि आफूले मारिदिने भनी धम्क्याएका छन् । उनका काकाको कुरामा इरानमा रोजगारी गर्ने श्रमिक उनका बाबुले पनि सही थापेका छन् । ‘उनीहरु दुवैलाई मार्ने निर्णय गरियोस्’, उनका बाबुले भने ।
    सुधार गृहमा बसिरहेका दुवै किशोरकिशोरी आफूहरु मन तयार रहेको बताउँछन् । तर, उनीहरुको प्रश्न छ– उनीहरु किन मर्नुपर्ने हो ? १७ बर्षीय मोहम्मद आफू मर्न तयार रहेको बताउँदै प्रेमिका मोहम्मदीलाई यो सुधारगृहबाट मुक्त गर्न अल्लाहसँग प्रार्थना गरिरहेका छन् । मोहम्मदी पनि अल्लाहले आफूहरुलाई मर्नकै लागि जन्माएको भन्दै कसैलाई माया गर्न डराउनु नपर्ने धारणा राख्छिन् ।
    अफगानिस्तानको हेरात यस्तो सहर हो जहाँ केही महिनाअघि प्रेम विवाह गर्न खोज्ने एक जोडीलाई तालिवानको आदेशमा जम्मा भएको सयौं मानिसले ढुंगा हानी मारेका थिए । तर, यसपटक भने प्रहरीले यी जोडीलाई उनका आक्रोशित परिवारलाई समेत जिम्मा नलगाएर सुरक्षित स्थानमा राखेको  छ।
    स्थानीय प्रशासनले यी जोडीलाई सरकारी सुरक्षा आवश्यक रहेको निर्णय गर्दै सुरक्षा दिने बताएको छ । ‘उनीहरुले यौनसम्बन्ध नै राखेको भए पनि उनीहरु अपराधि होइन्न्’, स्थानीय प्रशासनको एक अगुवा  अब्दुल जाहिरले भने ।

यौनकर्मी पहिचानमा मोबाइलको अवरोध

    हेटौंडा÷ यौनकर्मीहरुले मोबाइल प्रयोग गरी ग्राहक खोज्न थालेपछि सम्भावित जोखिम न्यूनीकरणमा क्रियाशील संघसंस्थाको लागि चुनौति थपिएको छ । सामान्यता भीडभाडका स्थान, होटल, लज र पार्कमा ग्राहकको प्रतिक्षामा रहने यौनकर्मीहरुले  पछिल्लो समय मोबाइलको प्रयोग बढाउन थालेपछि उनीहरुको पहिचान गर्न समस्या उत्पन्न भएको हो । यौनकर्मी पहिचान गर्न नसकिंदा उनीहरुमा यौनजन्य रोगको संक्रमण हुनसक्ने एचआईभीको क्षेत्रमा कार्यरत संस्था जीडब्लुपीका कार्यक्रम संयोजक रामशरण सापकोटा बताउ“छन् ।
    यौनकर्मीहरुले हालका दिनमा मोबाइलबाटै सम्पर्क गरेर ग्राहक खोज्ने र ग्राहकले समेत त्यस्ता महिलाको मोबाइलमै सम्पर्क गर्न थालेपछि उनीहरुलाई पहिचान गर्न समस्या परेका उनको भनाई छ । यौनकर्मी महिलाको पहिचान हुन नसक्दा उनीहरुलाई एचआईभी÷एड्सबारे सचेत पार्न नसकिएको र यसले उनीहरुमा यौनजन्य संक्रमणको जोखिम बढ्न सक्ने सापकोटाको चिन्ता छ । ‘कतिपय यौनकर्मीहरु यौनजन्य संक्रमणका बारे अनभित्र छन’, सापकोटाले भने, ‘उनीहरुलाई यौनजन्य संक्रमणबाट बच्ने उपायबारे सचेत पार्ने र कण्डमको सही प्रयोगबारे बुझाउनुपर्ने आवश्यकता छ ।’
    यौनकर्मी र ग्राहकले मोबाइलबाटै सम्पर्क गरी सोझैं पार्क, होटल र लजमा भेट्ने प्रवृत्ति बढिरहेको छ । यस्ता यौनकर्मीहरुलाई यौनजन्य संक्रमणबाट बचाउन होटलस“ग सहकार्य सुरु गरेको सापकोटाले बताए । होटल र लजमा जानेहरुलाई पनि कण्डम वितरण गरी यसको सही प्रयोग विधिबारे सिकाउने र एचआईभी÷एड्सबारे सचेत पार्ने प्रयास गरिरहेको उनले बताए । मोबाइलबाटै सम्पर्क गरी ग्राहक खोज्ने वर्गमा गृहिणीहरु बढी रहेको तथ्यांक छ । बिद्यार्थी र पढेलेखेका महिलाहरु यसमा संलग्न हुने गरेका छन् ।
    अधिकांश यौनकर्मी महिला १८ बर्षदेखि ३० बर्षसम्म उमेरका हुने गरेको तथ्यांक संस्थास“ग छ । आर्थिक अभाव, पतिस“गको यौन असन्तुष्टि र मनोरञ्जनका लागि महिलाहरु यौनकर्ममा लाग्ने गरेको अनुभव संस्थाकी आउटरिच एजुकेटर सुमित्रा खड्काले बताइन् । आर्थिकरुपमा सम्पन्न परिवारका महिलाहरु समेत यौनकर्मी हुने गरेको अनुभव उनको छ । यातायात मजदुर, सेना, प्रहरी, रिक्साचालक यौनकर्मीका प्रमुख ग्राहकहरु हुन् ।
    मकवानपुरको चुरियामाई गाविसदेखि मनहरी गाविसको लोथरसम्म करिब ८२ किलोमिटर क्षेत्रमा करिब पा“चसय ३२ जना यौनकर्मी रहेको जीडब्लुपीको तथ्यांक छ । यो क्षेत्रमा मासिक औसत करिब १४ जना यौनकर्मीहरु थपिने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट अध्ययनको लागि सदरमुकाम आउने छात्रा संगत र आर्थिक अभावका कारण यौन पेशामा लाग्ने प्रवृत्ति बढ्न थालेको खड्काको अनुभव छ । संस्थाले मासिक औसत १५ हजार कण्डम यौनकर्मी महिला र तिनका ग्राहकलाई निःशुल्क वितरण गरिरहेको छ ।

फेसबुकमा भेटिएकी नक्कली

बिजय तिमल्सिना

फेसबुकमा साम्प्रदायिकताको गन्ध

बिजय तिमल्सिना

‘थ्याङ्क यु एण्ड गुडबाई’को पाठ

संसारभरका सेलिब्रेटीलाई उनीहरुको आन्तरीक जीवनको कुरा छापिदिएर धुरुक्क पार्ने, सामान्य मान्छेले कहिल्यै थापा नपाउने उनीहरुको सेक्स स्क्यान्डलहरु छताछुल्ला पारेर संसारभर ७५ करोड पाठक कमाएको न्यूनज अफ दी वल्र्ड साप्ताहिक आइतबारदेखि बन्द भएको छ । एकय ६८ बर्ष लामो इतिहास बोकेको पत्रिकाले आइतबार अन्तिम ८ हजार ६ सय ६४ औं अंक निकाल्दै पत्रिका बन्दको घोषणा गरेको हो । यत्तिका अंकका पत्रिकाले कत्तिको गोप्य कुरा छाप्यो, कत्तिको छाप्नै नहुने भनिएका कुराहरु समेत छापेर स्क्यान्डर मच्चाइदियो । कुनै बेला सेलिब्रेटीहरुको रुवाबासी पारिदियो अनि पाठकलाई हसाइदियो । त्यसैले संसारभर यतिधेरै पाठक कमायो ।
तर, समय यस्तो आयो पत्रिकाको दुःखद् बिदाईको क्षणमा उसलाई मन पराउने पाठकले न त पत्रिका बन्द गर्नैपर्छ भनेर आवाजा उठाउन सके न त गर्नहुन्न भनेर केही शब्द व्यक्त गर्न सके । किनभने यत्तिको ठूलो गल्ती गरिसकेपछि पत्रिकाले आफ्नो प्रकाशन बन्द गर्नुको कुनै बिकल्पै देखेन् । संसारभरका प्रजातान्त्रिक मुलुकमा कुनै पनि प्रकाशन माध्यमले कुनै तथ्य प्रकाशन गरेकै भरमा बन्द हुनुपर्ने अवस्था अहिले छैन् तै पनि न्यूज वल्र्ड आफैंलाई आफूले गरेको गल्तीमा निकै ग्लानी महशुश भएकैले पत्रिका प्रकाशन बन्द गरेको छ ।
आफ्नो अन्तिम संस्करणमा पत्रिकाले आफ्नो ऐतिहासिक यात्राको बारेमा उल्लेख गर्दै फोन ह्याकिङ गर्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै प्रहरीको अनुसन्धानलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरी प्रेस अचारसंहिता स्वस्फुर्तरुपमा लागु हुनुपर्नेमा जोड दिइएको छ । पत्रिकाको कार्यालयमा प्रकाशन बन्द घोÈण्ाँ गरेका सम्पादक कलिन मायलरले ‘आफू रहनुको योग्यताको अन्त्य भएको’ बताउ“दै फोन ह्याकिङ गरेकोमा माफी मागेका छन् । उनले गल्ती कामको कुनै कारण नहु“ने पश्चातापको भावमा व्यक्त गरेका छन् । पत्रिकाले आफ्नो अन्तिम प्रकाशनमा पाठकलाई पत्रिका बन्द गर्नुपरेको दुःखद् खबर सगौरब पस्किएको छ । आफ्नो यत्ति लामो इतिहासमा पाठकलाई धेरै स्वाद पस्किन सकेकोमा उसले गौरव गरेको छ ।
पत्रिकाका पूर्व सम्पादक एल्डी कलसनलाई शुक्रबार प्रहरीले अरुको फोन ह्याकिङ गरेको आरोपमा पक्राउ
गरेपछि पत्रिका बन्द हुने प्राय निश्चित हुने भइसकेको थियो । प्रत्रिका प्रकाशत समूह न्यूज इन्टरनेशनलले पत्रिका बन्द गर्ने घोषणा पहिल्यै गरिसकेको थियो । आफ्नो ऐतिहासिक अन्तिम अंकलाई स्मरण लायक बनाउन पत्रिकाले अन्तिम अंकको बिक्री रकम बेलायतकै तीन सामाजिक संघसंस्थालाई बराबरी बाड्ने घोषणा समेत गरेको छ । पत्रिकाको अन्तिम अंकमा कुनै बिज्ञापन नराखी पश्चातापपूर्ण आलेख, सम्पादकीय र सामाजिक सन्देशहरु राखिएको छ ।
सेलिब्रेटीहरुको खबरमा स्कुप पार्दै संसारभर प्रभाव फैलाएको बुढो पत्रिकाको यो दुःखद् बिदाईमा यसका करोडौं पाठकको मन रोएपछि पत्रिकाको पश्चातापले संसारभरका संञ्चारगृह, सञ्चारकर्मी र यसका मालिकलाई दरिलो सन्देश छाडेको छ कि सुर्यलाई हत्केलाले छेकिदैन्, गल्ती लुकाएर लुक्दैन् । सधैं अरुका गल्ती र गोप्य कुरा छापेर स्क्यान्डर मच्चाउने साहस गर्ने आज बेइज्जतिपूर्ण कार्यको कारण करोडौ पाठकको माया गुमाउ“दै बिदा हुनुप¥यो । पत्रिका प्रकाशनको जतिसुकै लामो इतिहास बनाए पनि, जतिसुकै बढी पाठकले पत्रिका रुचाए पनि गल्ती गरेपछि नतमस्तकपूर्ण बिदाईको बिकल्प नहु“ने यो घटनाले इंकित गरेको छ । आफ्नो गल्तीमा प्रायश्चित गर्दै संसारकै बुढा दैनिकले समेत बिदा माग्दै अब यस्तो गल्ती नदोहो¥याउन संसारका सबै सञ्चारमाध्यमलाई सिकाएको छ । बिक्रीले सीमा नाघेर वेवसाइट पढ्नसमेत शुल्क लिन सुरु गरेको न्यून अफ दी वल्र्डस“ग जोडिएको यो घटनाले बलियो सञ्चारमाध्यम बनेकै भरमा मनलाग्दी गर्न नपाई सन्देश दिएको छ ।
अरुको फोन ह्याकिङ गर्ने मामलामा करिब ४ बर्षअघि नै विवादमा परेको अखबारको लागि मात्र होइन् अखबार बन्द गर्नुपरेको यो घटनाले यसको माउ प्रकाशन द सन दैनिकलाई पनि घाउ बनाएको छ । न्यूज अफ दी वल्र्ड बेलायती दैनिक पत्रिका द सनको आइतबारे साप्ताहिक अंक हो ।
पत्रिकाका अर्का पूर्व सम्पाकद क्लिभ गुडम्यान पनि राजपरिवारका सदस्यहरुको फोन ह््याकिङ गरेको
आरोपमा ४ बर्षअघि पक्राउ परेका थिए । कलसनलाई भने युद्धमा मारिएका बेलायती सैनिक परिवार, सेलिब्रेटी, रानीतिज्ञको फोन ट्याप गरेको आरोप छ । यद्यपि उनले आफूलाई यसबारे केही थापा नभएको बताएता पनि प्रहरी अनुसन्धानले कल ह्याकिङ गरेको पृष्टि गरिसकेपछि पत्रिकाकाले सम्पादकले त्यसको जिम्मेवारी नलिई सुखै छैन् । न्यूज वल्र्डले साच्चै फोन ट्याप गरेको हो रहेछ भने उले अरुको गोप्य कुरा थाहा पाउने र समाचारमा स्कुप मार्ने लहडले त्यसो गरेको हो भन्ने प्रष्टै हुन्छ ।
न्यूज वल्र्ड मात्र होइन महत्वपूणर्म मान्छेको गोप्य कुरा थापा पाउने उत्सुकता संसारका सबै
सञ्चारगृहलाई हुन्छ । तर, न्यूजमा स्कुल मार्ने र पावरफूल बन्दै जाने लहडमा संसारका कसैले पनि न्यूज वल्र्ड शैली अपनाउछन् भने उनीहरुले पनि न्यूजवल्र्डले जस्तै ‘थ्यांक यु एण्ड गुडबाई’ भन्नुपर्नै हुन्छ जुनबेला उनीहरुलाई मन पराउने जतिसुकै करोड पाठक वा दर्शक भएपनि न्यूजवल्र्डझैं अलप हुनबाट रोक्ने छैनन् ।

हेटौंडाबाट प्रकाशिन हुने साझाकुरा राष्ट्रिय दैनिक सार्वजनिक गरिदै । साउन १५ गतेबाट प्रकाशित दैनिक जिल्लाको सर्वाधिक आकारको हो ।

मालपोतको चाहना ‘सेक्युरिटी कोड’

    हेटौंडा, २० साउन÷ करिब डेढ महिनाअघि हेटौंडामा जग्गा किनेका बीरगञ्जका एक व्यक्तिले काठमाडौं जानुपर्ने हतारो देखाउँदै पास भइसकेको जग्गाको लालपूर्जा पछि लिउँला भन्दै कार्यालयमै छाडेर गए जबकि उनको फोटोसमेत लालपूर्जा र कार्यालयको ढड्डामा राखिएको थिएन । हाल, उनी मालपोत कार्यालय हेटौंडामा आफ्नो लालपूर्जा लिनका लागि आएका छन् तर उनको फोटो नटाँसिएकाले उनी असली व्यक्ति हुन् वा होइनन् भन्ने नखुलेको भन्दै कार्यालयले उनलाई वडाको सिफारिश ल्याउन भनेको छ । तर, उनको समस्या छ कि वडा कार्यालयमा सर्जमिन गर्न आवश्यक पर्ने ५ जनाको संख्या उनले पु¥याउन सकेका छैनन् किनकि उनले यहाँको कोही पनि चिनेका छैनन् । आफ्नो केही मिनेटको हतारोले लालपूर्जा हातमा नपरेपछि ती व्यक्ति अहिले निराश छन् ।
    मालपोत कार्यालयमा हुने यस्तो हेलचेक्र्याँइका घटनाहरु कम गर्नुपर्ने बेला आएको छ । काम मिलाउने नाममा अपूर्ण कागजातको भरमा जग्गा पास गर्ने, नामसारी गर्ने, रोक्का गर्नेजस्ता कामको लागि मालपोत जाँदा अब पूर्ण आधिकारिक कागजपत्रसहित जानुपर्ने हुन्छ । जग्गा कीर्ते प्रकरणमा संलग्न रहेको आरोपमा चार कर्मचारी पक्राउ गरेपछि निन्याउरो बनेको मालपोत कार्यालय हेटौंडामा अहिले सेवाग्राहीलाई दिने सेवामा कडाई गर्न थालिएको छ । ‘व्यक्तिका कारण संस्थाको बद्नाम भएपछि यस्तो कडाई थालिएको हो’, प्रमुख मालपोत अधिकृत महेन्द्रनाथ भट्टराईले भने, ‘अब, अपूर्ण कागजातले काम मिलाउने दिन गए ।’
    नागरिकताको प्रमाणपत्रसमेत आधिकारिक हो वा होइन भनी शंका गर्नुपर्ने बेला आएको गुनासो उनले गरे । ‘कुनैमा छाप हान्दा नागरिकता धनीको नामै छोपिएको हुन्छ, कुनैमा फोटो टाँस्दा नागरिकता नम्बरै छोपिएको हुन्छ ।’ काम छिटो गराउने नाममा अपूरो र अधुरो कागजपत्रको आधारमा काम नगर्न कर्मचारीलाई निर्देशन दिइएको उनले बताए । साथै, स्थानीय निकायहरुलाई समेत पत्राचार गरी आधिकारिक व्यक्तिबाट प्रमाणित गराएर मात्र सिफारिश गर्न आग्रह गरिएको जानकारी उनले दिए । हरेक दिन कार्यालय सुरु हुनुअघि कर्मचारीसँग कामको समिक्षा गर्ने गरेको उनले बताए ।
    शुक्रबारै भूमिसुधार तथा व्यबस्थापन बिभागले मालपोत कार्यालय हेटौंडालाई पत्र पठाई नौ बुँदाको नयाँ निर्देशन दिएको छ । जसमा रोक्का, फुकुवा र दृष्टिबन्धक राख्दा कडाई गर्न निर्देश गरिएको छ । अबका दिनमा रोक्का, फुकुवा गर्दा चिठ्ठीको मात्र भर नगरी सम्बन्धित संस्थाको आधिकारिक व्यक्तिसहित यथेष्ट प्रमाण जुटाउनुपर्ने मालपोत अधिकृत डम्बरबहादुर सुनुवारले बताए । ‘मालपोतको ढड्डा असम्बन्धित मान्छेलाई  नदिन कर्मचारीलाई निर्देशन दिइएको छ’, उनले भने ।
    मालपोत कार्यालयकै कर्मचारीको मिलेमतोमा जग्गा कीर्ते गरी बेचिएको समाचार आएपछि केही जग्गाधनी कार्यालय पुगेर आआफ्नो जग्गाको अवस्था चेकजाँच गर्नसमेत थालेका छन् । हेटौंडा–५ का माधव घिमिरे र हेटौंडा–२ का भवनाथ घिमिरेले बिहीबार मालपोत कार्यालय पुगेर आआफ्नो जग्गाको अवस्था ढड्डामा हेरेका थिए ।
    गल्तीबाट मालपोतले पाठ सिकेर कडाई सुरु गरिएकाले जग्गाधनीहरुले जग्गाको चेकजाँच गर्न अब आउनु नपर्ने अधिकृत सुनुवारले प्रष्ट्याए । ‘जग्गाको सुरक्षा गर्ने जिम्मा हाम्रो भो’, उनले भने, ‘कोही ढड्डा हेर्न आउँछन् भने पनि हामी देखाइदिन्छौं ।’
    आधिकारिक कार्यालयबाट आएको आधिकारिक कागजातहरुसमेत सक्कली हो भन्ने आधार नरहेको अधिकृत सुनुवार बताउँछन् । ‘आधिकारिक कागजपत्रसमेत कीर्ते गरी ल्याइएको हुनसक्छ’, उनले भने, ‘सक्कली वा नक्कली छुट्याउने संयन्त्र खै त ?’,
    जग्गालाई अझ बढी सुरक्षित बनाउन वर्तमान व्यबस्थामा परिवर्तन जरुरी रहेको सुनुवार औंल्याउँछन् । ‘जग्गाको पूर्जामा सेक्युरिटी कोड राख्ने व्यबस्था भए  हुन्थ्यो’, उनले भने, ‘सरकारी प्रमाणपत्रसमेत आधिकारिक हो वा होइन भन्ने जाँच्ने संयन्त्र भए अझ राम्रो हुन्थ्यो ।’

घोकेर होइन, सोचेर पढौं

Midhan Siwakoti
    मेरो नाम मिधान शिवाकोटी हो । मेरो घर हेटौंडा–५ सानोपोखरामा पर्छ । उच्च मावि शिक्षा परिषदले बिहीबार प्रकाशित गरेको कक्षा १२ को विज्ञान संकायको परीक्षाफल अनुसार मैले ८३ दशमलब ६ प्रतिशत अड्ढ प्राप्त गरेको छु ।
    म पढ्ने कलेज हेटौंडा स्कुल अफ म्यानेजमेन्टको पढाई, त्यहाँको अनुशासन, मेरो घरको वातावरण र मेरो आफ्नै मेहनतले मैले यत्तिको अड्ढ ल्याउन सकेको हुँ । मेरो अड्ढको आधारमा मलाई जिल्ला प्रथम भनिएको छ ।
    घरमा म नियमित पढ्ने गर्थें । अहिले इन्जिनियरिङ पढ्ने धोकोसाथ म उत्तिकै मेहनत गरिरहेको छु । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म कलेजमा पढेपछि घर गएर दिनभरि पढेका कुरा एकचोटी वा दुईपटक दोहो¥याउने मेरो बानी थियो । बिहान ५ बजेनै मेरो अभिभाभकले मलाई उठाइदिए पछि ९ बजेसम्म पढ्ने गर्थें । घरमा पढ्दा कलेजमा पढाइएको कुरा
रिभाइज गर्ने र महत्वपूर्ण थेउरीहरु बुझ्ने मेरो बानी थियो । मेरो सफलताको लागि सबैभन्दा ठूलो हात भनेकै मेरो आमाबुबाको र शिक्षकहरुको छ । उनीहरुकै प्रेरणा र वातावरणले मैले यो सफलता पाएको हुँ ।
    थोरै पढौं तर मज्जाले पढौं र बुझेर पढौं भन्ने मेरो थेउरी हो । म आफैं पनि कहिले घोकेर पढ्दिन । मलाई कण्ठ पार्नै आउँदैन, म जहिले पनि बुझेर पढ्ने गर्थें ।

Friday, August 5, 2011

२५ गाबिसमा सिटी परियोजना सञ्चालन गरिने

    मानब बेचबिखन रोकथाम तथा सुरक्षित बसाई सराई सम्बन्धि अन्तरक्रिया अआज(बिहीबार) मकवानपुरको भैंसेमा सम्पन्न भएको छ । कार्यक्रम बिश्व शिक्षाको सहयोगमा ग्रामिण महिला स्वावलम्बन संस्था मकवानपुरले आयोजना गरेको हो । कार्यक्रममा ३५ स्थानियबासीको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा सुरक्षित बसाई सराई सञ्जाल भैंसेका सदस्य सञ्जु गुरुङले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ग्रामिण महिला स्वावलम्बन संस्थाका सुपरभाईजर रामसिँ स्याङ्तान, मानबहादुर रुम्बा, सुरक्षित बसाई सराई सञ्जाल भैंसेका
अध्यक्ष हरि लामा, सचिब धर्मेन्द्र थापा लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । यता, संस्थाले चालुआर्थिक बर्षमा मकवानपुरको २५ गाबिसमा मानब बेचबिखन नियन्त्रण (सिटी) परियोजना सञ्चालन गर्ने भएको छ । बिश्व शिक्षाको सहयोगमा हाल जिल्लाको सुकौरा, आमभञ्ज्याङ, मकवानपुर गढी लगाएत नौ गाबिसमा कार्यक्रम सञ्चालन भईरहेको छ । परियोजना अन्तरगत प्रत्येक गाबिसमा सुरक्षित बसाई सराई सञ्जाल गर्ने, स्थानियबासी र सरोकारवालाबिच अन्तरक्रिया गर्ने लगाएत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने ग्रामिण महिला स्वावलम्बन संस्थाले जनाएको छ ।
लुथरन नेपाल र साथी नामक संस्थाले सन् २००६ मा गरेको सर्बेक्षण अनुसार चेलिबेटी बेचबिखन हुने जिल्ला मध्ये मकवानपुर तेश्रो स्थानमा रहेको थियो । माईती नेपालका अनुसार नेपालबाट बार्षिक रुपमा ७ देखि ११ हजार जना नेपाली महिला बेचिने गरेको अनुमान छ । यता, राष्ट्रिय मानब अधिकार, चेलिबेटी बेचबिखन ओसारपसार बिरुद्ध राष्ट्रिय समाधिक्षकको कार्यालयको २०६३÷६४ को प्रतिबेदन अनुसार मकवानपुरबाट हरेक बर्ष झण्डै ३ हजार जना बैदेशिक रोजगारीका लागि जाने गरेका छन् ।

भाइरलका बिरामीलाई टाइफाइडको औषधी !


    हेटौंडा, २० साउन÷ देशका अन्य जिल्लामा जस्तै मकवापनुरमा पनि भाइरल बिरामीहरुको संख्या बढेको छ । मौसम परिवर्तनको कारणले उब्जियको भाइरलका बिरामीहरुका कारण जिल्लाका स्वास्थ्य चौकी तथा संस्थाहरुमा बिरामीको चाप बढेको छ ।
    जिल्लाका भरमा दैनिक करिब ६ सयजना बिरामीहरु स्वास्थ्य संस्थामा भाइरकको उपचारको लागि आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको सिनियर अहेब भोलाप्रसाद चौलागाईले बताए । सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्नेजस्ता लक्षण भाइरलको लक्षणहरु हुन् ।
    मौसम परिवर्तनको बेलामा शारिरीकरुपमा कमजोर मानिसहरु चाँडै भाइरलका बिरामी हुने चौलागाईले बताए । ‘बिशेषगरी किसानहरुको लागि यो मौसम काम गर्ने बेला भएकाले यो बेलामा उनीहरु शारिरीकरुपमा कमजोर हुन्छन’, अहेव चौलागाईले भने । सरकारी स्वास्थ्य संस्थाबाहेक निजी क्लिनिकहरुमा पनि भाइरलका बिरामीहरुको चाप बढेको  छ ।
    भाइरलका बिरामीलाई कडा ज्वरो आउने भएकाले कतिपय अवस्थामा यसलाई टाइफाइडको शंका गरिने गरेको उनले बताए । केही औषधी व्यबसायीहरुले फाइदाका लागि भाइरलका बिरामीलाई समेत टाइफाइनको संकेत भएको भन्दै औषधी बिक्री गर्ने गरेको प्रति इंकित गर्दै उनले यसप्रति सचेत रहने आग्रह गरे ।
    ‘बिरामीहरु आफैंले पनि केही दिन कडा ज्वरो आएपछि टाइफाइडको शंका गर्छन’, उनले भने, ‘त्यसको फाइदा उठाउँदै केही सीमित स्वार्थी व्यक्तिहरुले मौका छोप्ने गरेका छन् ।’
    मौसम परिवर्तनको बेलामा जो कोहीलाई पनि भाइरलको संक्रमण हुनसक्ने भन्दै चिकित्सकहरुले खानपिन र सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । यस बर्ष मकवानपुरमा देखिएको भाइरलको संक्रमण अघिल्लो बर्षको यही समयमा देखिएको संक्रमण भन्दा कम रहेको अहेव चौलागाईले बताए ।

मकवानपुरका दुईलाख खसीबाख्रा असुरक्षित

    हेटौंडा, २० साउन÷  सरकारी आँकडाअनुसार मकवानपुरमा दुईलाख ५० हजारभन्दा बढी खसीबाख्रा छन् । तिनीहरुलाई हावाबाट समेत सर्ने खतरनाक पीपीआर रोगबाट बचाउन भ्याक्सिन लगाउन जरुरी छ । गत आर्थिक बर्षमा सरकारी कार्यक्रम र बजेट अभावका कारण जिल्ला पशु सेवा कार्यालयले ५० हजार वटा मात्र खसीबाख्रालाई उक्त रोगविरुद्धको भ्याक्सिन लगायो । यसबाट जिल्लाका करिब दुईलाख खसीबाख्रा उक्त रोगबाट असुरक्षित देखिएको छ ।
    पशु प्राविधिकहरुका अनुसार उक्त रोगको जोखिमबाट खसीबाख्रालाई बचाउने हो भने कम्तिमा ८० प्रतिशतलाई पीपीआरविरुद्धको भ्याक्सिन दिनुपर्छ । ‘सरकारी कार्यक्रम र बजेट सीमितताका कारण गत आवमा ५० हजार भन्दा बढीलाई पीपीआर लगाउन सकिएन ’, कार्यालयका पशु चिकित्सक डा. चेतनारायण खरेलले भने ।
    भ्याक्सिन लगाउन बाँकी रहेका पशु भने असुरक्षित रहेको र तिनीहरुबाट महामारी फैलन सक्नेमा डा. खरेलले चिन्ता व्यक्त गरे । अहिले पनि सडकले छोएका ठाउँमा पीपीआरको जोखिम रहेको बताउँदै उनले बजारमा ल्याएर बिक्री हुन नसकी गाउँ फिर्ता भएका खसीबोकामा उक्त रोगको संक्रमण देखिनसक्ने हुँदा सचेतता अपनाउन किसानलाई आग्रह गरे । ‘पीपीआर, मान्छेमा लाग्ने एड्सजस्तै खतरनाक हुन्छ, यसको उपचार सम्भव छैन’, डा. खरेलले भने ।
    पीपीआर खोप किसानले व्यक्तिगतरुपमा बजारमा किन्न पाउँदैनन् । कुनै सहकारी वा समूहमार्फत् जिल्ला पशुसेवा कार्यालयको सिफारिशमा सरकारले भ्याक्सिन निःशुल्क उपब्ध गराउँछ । तर, अन्य आवश्यक सामान समूह आफैंले जुटाउनुपर्छ । जानकारी अभावका कारण कम संख्यामा किसानहरु सामूहिरुपमा पीपीआरका लागि आउने गरेको डा. खरेल बताउँछन् ।
    कार्यालयले गत आवमा करिब पाँचहजार अन्य पशुलाई खोरेत, भ्याकुते र एन्टी रेबिज भ्याक्सिन लगाएको छ ।१७ हजार पाँचसय पशुको मेडिकल उपचार, पाँचहजार सातसयको सामान्य सर्जिकल र सातसय ४ पशुको यौना·सम्बन्धी उपचार र सेवा उपलब्ध गराएको कार्यालयले करिब सातहजार पशुको गोबर परीक्षण र पाँचसयको थुनेलो परीक्षण गरेको तथ्यांक प्रस्तुत गरेको छ ।

मालपोतको चाहना ‘सेक्युरिटी कोड’

    हेटौंडा, २० साउन÷ करिब डेढ महिनाअघि हेटौंडामा जग्गा किनेका बीरगञ्जका एक व्यक्तिले काठमाडौं जानुपर्ने हतारो देखाउँदै पास भइसकेको जग्गाको लालपूर्जा पछि लिउँला भन्दै कार्यालयमै छाडेर गए जबकि उनको फोटोसमेत लालपूर्जा र कार्यालयको ढड्डामा राखिएको थिएन । हाल, उनी मालपोत कार्यालय हेटौंडामा आफ्नो लालपूर्जा लिनका लागि आएका छन् तर उनको फोटो नटाँसिएकाले उनी असली व्यक्ति हुन् वा होइनन् भन्ने नखुलेको भन्दै कार्यालयले उनलाई वडाको सिफारिश ल्याउन भनेको छ । तर, उनको समस्या छ कि वडा कार्यालयमा सर्जमिन गर्न आवश्यक पर्ने ५ जनाको संख्या उनले पु¥याउन सकेका छैनन् किनकि उनले यहाँको कोही पनि चिनेका छैनन् । आफ्नो केही मिनेटको हतारोले लालपूर्जा हातमा नपरेपछि ती व्यक्ति अहिले निराश छन् ।
    मालपोत कार्यालयमा हुने यस्तो हेलचेक्र्याँइका घटनाहरु कम गर्नुपर्ने बेला आएको छ । काम मिलाउने नाममा अपूर्ण कागजातको भरमा जग्गा पास गर्ने, नामसारी गर्ने, रोक्का गर्नेजस्ता कामको लागि मालपोत जाँदा अब पूर्ण आधिकारिक कागजपत्रसहित जानुपर्ने हुन्छ । जग्गा कीर्ते प्रकरणमा संलग्न रहेको आरोपमा चार कर्मचारी पक्राउ गरेपछि निन्याउरो बनेको मालपोत कार्यालय हेटौंडामा अहिले सेवाग्राहीलाई दिने सेवामा कडाई गर्न थालिएको छ । ‘व्यक्तिका कारण संस्थाको बद्नाम भएपछि यस्तो कडाई थालिएको हो’, प्रमुख मालपोत अधिकृत महेन्द्रनाथ भट्टराईले भने, ‘अब, अपूर्ण कागजातले काम मिलाउने दिन गए ।’
    नागरिकताको प्रमाणपत्रसमेत आधिकारिक हो वा होइन भनी शंका गर्नुपर्ने बेला आएको गुनासो उनले गरे । ‘कुनैमा छाप हान्दा नागरिकता धनीको नामै छोपिएको हुन्छ, कुनैमा फोटो टाँस्दा नागरिकता नम्बरै छोपिएको हुन्छ ।’ काम छिटो गराउने नाममा अपूरो र अधुरो कागजपत्रको आधारमा काम नगर्न कर्मचारीलाई निर्देशन दिइएको उनले बताए । साथै, स्थानीय निकायहरुलाई समेत पत्राचार गरी आधिकारिक व्यक्तिबाट प्रमाणित गराएर मात्र सिफारिश गर्न आग्रह गरिएको जानकारी उनले दिए । हरेक दिन कार्यालय सुरु हुनुअघि कर्मचारीसँग कामको समिक्षा गर्ने गरेको उनले बताए ।
    शुक्रबारै भूमिसुधार तथा व्यबस्थापन बिभागले मालपोत कार्यालय हेटौंडालाई पत्र पठाई नौ बुँदाको नयाँ निर्देशन दिएको छ । जसमा रोक्का, फुकुवा र दृष्टिबन्धक राख्दा कडाई गर्न निर्देश गरिएको छ । अबका दिनमा रोक्का, फुकुवा गर्दा चिठ्ठीको मात्र भर नगरी सम्बन्धित संस्थाको आधिकारिक व्यक्तिसहित यथेष्ट प्रमाण जुटाउनुपर्ने मालपोत अधिकृत डम्बरबहादुर सुनुवारले बताए । ‘मालपोतको ढड्डा असम्बन्धित मान्छेलाई  नदिन कर्मचारीलाई निर्देशन दिइएको छ’, उनले भने ।
    मालपोत कार्यालयकै कर्मचारीको मिलेमतोमा जग्गा कीर्ते गरी बेचिएको समाचार आएपछि केही जग्गाधनी कार्यालय पुगेर आआफ्नो जग्गाको अवस्था चेकजाँच गर्नसमेत थालेका छन् । हेटौंडा–५ का माधव घिमिरे र हेटौंडा–२ का भवनाथ घिमिरेले बिहीबार मालपोत कार्यालय पुगेर आआफ्नो जग्गाको अवस्था ढड्डामा हेरेका थिए ।
    गल्तीबाट मालपोतले पाठ सिकेर कडाई सुरु गरिएकाले जग्गाधनीहरुले जग्गाको चेकजाँच गर्न अब आउनु नपर्ने अधिकृत सुनुवारले प्रष्ट्याए । ‘जग्गाको सुरक्षा गर्ने जिम्मा हाम्रो भो’, उनले भने, ‘कोही ढड्डा हेर्न आउँछन् भने पनि हामी देखाइदिन्छौं ।’
    आधिकारिक कार्यालयबाट आएको आधिकारिक कागजातहरुसमेत सक्कली हो भन्ने आधार नरहेको अधिकृत सुनुवार बताउँछन् । ‘आधिकारिक कागजपत्रसमेत कीर्ते गरी ल्याइएको हुनसक्छ’, उनले भने, ‘सक्कली वा नक्कली छुट्याउने संयन्त्र खै त ?’,
    जग्गालाई अझ बढी सुरक्षित बनाउन वर्तमान व्यबस्थामा परिवर्तन जरुरी रहेको सुनुवार औंल्याउँछन् । ‘जग्गाको पूर्जामा सेक्युरिटी कोड राख्ने व्यबस्था भए  हुन्थ्यो’, उनले भने, ‘सरकारी प्रमाणपत्रसमेत आधिकारिक हो वा होइन भन्ने जाँच्ने संयन्त्र भए अझ राम्रो हुन्थ्यो ।’

‘सुहागरातको धेरैपटक अनुभब पाएको छु’

    नायक राजेश हमाल, उमेरले लामै फड्को मारेपनि हालसम्म पनि अबिबाहित नै छन । दर्शक र चलचित्रकर्मीहरुको धेरै अनुरोध रहेपनि उनले बिबाहको बारेमा बताएका थिएनन् । तर उनी यतिबेला बिबाहको मनस्थितिमा पुगेको बुझिएको छ । केही समय अघि हेटौंडा आईपुगेका हमालसंग हाम्रा सम्बाददाता मणिराज गौतमले गरेको कुराकानीः

१)  राजेशदाई, तपाईको बिबाहको खुब चर्चा चलेको छ खास कुराचाही के हो ?
ग बिबाह भनेको जहिले गरीन्छ त्यहिलेनै थाहा हुने कुरा हो यसपाली चाही बिबाह गर्नुपर्ला भनेर मनमा लागिरहेछ, जहा“सम्म चर्चाको कुरा सुन्नु भो यो चाही एक हिसाबले सही हो यत्तिबेला बिबाह गर्ने सोच आईरहेको छ ।
२) सोचमात्र होकी बास्तबिकतानै हो त ?
ग हैन,सोचमात्र भएरपनि भएन बिबाह गर्ने दुईजना बीचको कुरा हो । अब चाही गर्नुपर्छ भनेर हामीले कुरामात्र बढाएका हौ केही समय त लागिहाल्छ । एक डेढ बर्षको समय राखेर सायद बिबाह हुन्छ भन्ने हाम्रो सल्लाह भएकोमात्र हो ।
३) तपाईको यस्तो अफियर रहेछ तर पनि अहिले सम्म चर्चामा आएन । दर्शकहरुले धेरै कचकच गरे भनेर बिबाहको सोच बनाउनु भएको हो त?
ग हैन, खासै तयस्तो थिएन । म बिभिन्न स्थीतिबाट गुज्रिरहेको थिए“ । सुरुमाचाही बिबाहको सोचनै आएन बीचमा चाही बिभिन्न प्रश्नहरु पनि आए ताकि बिबाह गर्नैपर्छ भनेर अब अहिले चाही यो समय भित्र गर्नुपर्ला भनेर सोचाई राखेको हु“ । यसको अझै डेढ दुई बर्षको समय छ, अझ परिपक्व भैसकेको छैन ।
भरर्खर त दही जमाउन थालेको छु हल्लायो भने नजम्न नि सक्छ, मान्छेहरुको बिबाह भएर त बिछोड हुन्छ । म त भरर्खर योजना बनाउ“दै छु, हेरौ समयले कस्तो परिस्थितिमा लान्छ, राम्रो स“ग कुरा मिलेछ भने यो समयमा बिबाह गर्नुपर्ला ।
४) भनेपछी यो कुरालाई हामीले कुन अर्थमा हेर्ने त परिपक्व या अपरिपक्व ?
ग हैन, मनस्थिति बनेको छ अहिलेनै भनेर डेटफिक्स छैन आज बिबाह गरेर पछुतो मान्नु भन्दा यसलाई बुझेर अगाडि बढ्ने सोच हो । तपाईले भनजस्तो कुरा त्यति परीपक्व भैएकोचाही छैन ।
५) बिबाहको प्रसंगलाई कोट्याएर खासै चासो नराखी पछिल्लो समयमा सामाजिक कार्यमा लाग्नु भा छ नि ?
गयो चाही के भने बिबाह भनेको मैलेमात्र गरेर हुने हैन बिबाह गर्न दुलही पनि तयार हुनु प¥्यो, कुराचलिनै रहेको छ । उहा“ पनि तयार हुनु प¥यो संघर्ष गर्दैहुनुन्छ, सायद छिट्टै होला र अर्को कुरा यत्तिधेरै समय सिनेमा क्षेत्रमा काम गरियो पब्लिक फिबरपनि भैईयो । सामाजिक दाहित्वहरु पनि आउ“छ । बचेको समयमा सामाजिक क्षेत्रमा पनि लाग्छु । यो चाही चलचित्र क्षेत्रलेनै जन्माएको हो किनकी समाजमा भएपछि यसको दायित्वलाई पनि बुझ्नु जरुरी छ ।
६) हुनेवाला भाउजुको नाम चाही अहिलेसम्म ल्याउनु भएन हेटौंडाबाटै उदघोष गरौं न ?
गहैन, यो चाही अहिलेनै नभनौं किनभने कुरामात्र आएको हो परिपक्व भएको छैन । भैसकेपछि थाहानै होला ।
७) चलचित्र दुलहीमा दुलही भिœयाएपछिको दुलही भिœयाउने सोच बनेको हो ?
ग मेरो वास्तविक जीवनमा चाही दुलही जुरेको थिएन । निर्देशकले भएपनि दुलहीचाही अन्तमा जुराईदिनु नै भयो । पर्दामा मात्र भएपनि दुलही भिœयाएको छु । चलचित्रमा धेरैस“ग मेरो बिबाह भएको छ । अहिलेचाही दुलही चलचित्रले पनि एउटा अनुभव सिकायो ताकि बिबाह गर्नुपर्छ भनेर । त्यसको लागी बाबुराम ढकालजीलाई धन्यबाद दिनुपर्छ ।
८) भनेपछि बिबाहमा हनिमुन र सुहागरातको पनि भेरै अनुभब छ होला नि हैन ?
गहा“स्दै..... बिबाहको अनुभब चाही प्रत्यक्ष रुपमा भएपनि धेरै पटक भएको छ । बिबाहमात्र न भएर नाटकीय हिसाबमा सुहागरातको पनि धेरैपटक अनुभब पाएको छु । त्यसैले बिबाह त्यत्ति
अपरिचित जस्तो लाग्दैन ।
९) रिल लाईफमा मात्र नभएर अब राजेश हमाल रियल लाईफमा लगनगा“ठोमा गा“सिदै छ भन्दा कसो होला ?
ग मनस्थिति त्यस्तै छ । अर्को पक्षको पनि बिचार आउनु प¥यो, अरुहरु बिबाह गरेर डिभोर्सतिर लाग्छन् । म त भरखर चा“जोपा“जो मिलाउ“दै छु ।
१०) यो हिसाबमा भन्नुपर्दा तपाई अहिलेसम्म कुमार हुनुहुन्छ कि हुनुहुन्न ?
गहा“स्दै........ यो  कुनै लुकेको कुरा हैन यर्थाथ छर्लं· छ । बिबाह भएरमात्र सम्बन्ध हुने नभए नहुने भन्ने चाही हैन । पहिला साथीहरु पनि भएहोला कलेजमा पढ्दाखेरी सम्बन्ध पनि बढ्न गयो होला बिभिन्न कारणले बिबाहमा परिणत हुन सकेन, त्यो अर्कै कुरा हो । कुमार के मानेमा सोध्नु भो बिबाह नगरेको हिसाबमा चाही म कुमारै ह“ु । तर यो उमेरसम्म मैले आफूलाई कुमार भने“ भनेत अलि अस्वाभाबिकनै लाग्ला ।
११) प्रसंग बदलांै हात लाग्यो शून्यमा नौलो तरिकाले प्रस्तुत हुनुभयो रे खास के हो ?
गहैन, खासै चलचित्रहरुमा मैले धोती कुर्ता नलगाएको त हैन । तर पनि यसमा चाही छाता लिएर, धोती समात्दै फाईट खेल्ने दृश्य अति रोचक छ । अर्कोकुरा यसको कथा फरक किसिमकोनै भाको छ । मुखमा पान चपाएर गर्नुपर्ने जस्ता कुराहरुले गर्दा यो चलचित्र अलि फरक टाईपको हो भन्नुपर्छ । किन भने अन्य चलचित्रमा भन्दा यसमा म कमेडी पात्रमा कञ्जुस ब्यापारीको भूमिकामा देखि“दै छु ।
१२) तपाईं पान मन नपराउने मान्छे, पान चपाएर अभिनय गर्नु भा’छ कसरी सम्भब भो ?
ग हो म पान खा“दिन र म यसको घोर बिरोधी हु“ । मलाई मन नपर्ने मध्ये यो पनि हो, अब चलचित्रमा खाएको जस्तै गरेर अभिनय गरेको छु ।
१३) तपाईं जस्ता कलाकारहरुले चलचित्रमा देखाउने मादक पदार्थका दृश्यहरुले दर्शकहरुमा के सन्देश देला ?
गपक्कै पनि यो नराम्रो नै हो । अब चाही अलि सजग हुन थालेको छु । ताकि यस्ता दृश्यहरुमा म अभिनय गर्दिन ।
१४) धेरैको चलचित्रमा अभिनय गर्नु भो चलचित्र बनाउने, निर्देशन गर्ने सोच छ की छैन ?
गअहिले त अरुकोमानै ब्यस्त छु । समयले साथदिए त्यो पनि सम्भब होला ।

घाटा घटाउँदै डीडीसी

     हेटौंडा दुग्ध वितरण आयोजनाले आफ्नो घाटा क्रमशः न्यूनीकरण गर्दै गएको छ । आर्थिक बर्ष २०६६÷०६७ मा एक करोड ८२ लाख घाटा सहेको आयोजनाले गत आव २०६७÷०६८ मा घाटा करिब ६५ लाख मात्र हुने अनुमान गरेको छ ।
    आयोजना प्रमुख इश्वरीराज न्यौपानेका अनुसार आयोजनाको घाटा आव ०६४÷६५ मा तीन करोड ४४ लाख र आव २०६५÷०६६ मा दुई करोड ५३ लाख थियो । दूध अभिबृद्धि कार्यक्रममा बहुसंख्यक किसानलाई समेट्नुका साथै उत्पादन विविधीकरणमा जोड दिएको आयोजनाले घाटा घटाउन सफलता पाएकोमा न्यौपानेले खुशी व्यक्त गरे ।
    आयोजनाले आव २०६६÷०६७ को तुलनामा गत आवमा झन्डै ३५ प्रतिशत बढी दूध संकलन गरेको छ । आव ०६६÷६७ मा १३ करोड ५५ लाख ६० हजार रुपियाँ बराबरको ४६ लाख ७४ हजार लिटर दूध संकलन गरेको आयोजनाले गत आवमा १९ करोड ५४ लाख ६० हजार रुपियाँ बराबरको ६३ लाख ५ हजार सातसय १७ लिटर दूध संकलन गरेको तथ्यांक न्यौपानेले पेश गरेका छन् ।
    दूध अभिबृद्धि कार्यक्रमअन्तर्गत क्रमिकरुपमा दूध उत्पादन बृद्धि भइरहेको बताउने उनले आयोजना कार्यक्षेत्र भित्र दूध चिस्याउने सातवटा नयाँ केन्द्र स्थापना गरिएको जानकारी दिए । आठसय पशुलाई कृत्रिम गर्भाधान, ३५ दिने पशु स्वास्थ्य कार्यकर्ता तालिम, चिस्यान केन्द्र स्थापनाका लागि सामान र आवश्यक ऋण सहयोग उपलब्ध गराएर किसानको मनोबल बढाइएको न्यौपानेले बताए ।
    दुग्ध विकास संस्थानले देशका नौ जिल्लाका १० वटा दुग्ध उत्पादक महिला सहकारी संस्थामा गाईमाई कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत मकवानपुरको चुरियामाई महिला जीवन वातावरण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्था हाँडीखोला र सिर्जनशील महिला दुग्ध उत्पादक सहकारी भैंसेमा उक्त कार्यक्रम लागू गरिएको छ ।
    सर्लाहीको प्रगतिशील महिला, रौतहटको महिला जनज्योति र बाराको महिला उत्थान सहकारीमा पनि उक्त कार्यक्रम लागू गरेर प्रत्येक संस्थालाई ५० वटा उन्नत जातका गाई १२ प्रतिशत ऋणमा उपलब्ध गराउन बैंकसँग सम्झौता गरिएको छ । गाईपालक महिलाको ७० हजार रुपियाँ बराबरको १२ बर्षे बीमा गराएर प्रिमियमको आधा संस्थानले व्यहोर्दै आएको छ ।
    आयोजनाद्वारा उत्पादित सामग्रीले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको छ ।

उद्योग–वन विवाद


    हेटौंडा, १६ साउन÷ हेटौंडा औद्योगिक क्षेत्रमा स्थापित पाँच वनजन्य उद्योगलाई बन्द गर्न आदेश दिइएपछि सञ्चालक र वन कार्यालयबीच विवाद चर्किएको छ ।
    सरकारी निर्णयअनुसार भन्दै जिल्ला वन कार्यालय मकवानपुरले इन्टरनेसनल उड सिजनिङ, भुटनदेवी समिल, अबिर उड, शिवबुवा काष्ठ उद्योग र दामुचन्द्र काष्ठकला उद्योगलाई बन्द गर्न आदेश दिएको थियो । वन क्षेत्रबाट तीन किलोमिटरभन्दा नजिक समिल स्थापना गर्न नपाइने सरकारी निर्देशनअनुसार कार्यालयले सबै उद्योगलाई पत्र काटेको जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत थिरबहादुर कार्कीले बताए ।
    कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब एक महिनाअघि दिएको निर्देशनअनुसार पाँचवटै उद्योगलाई बन्द गर्न पत्राचार गरिएको कार्कीले बताए । उक्त निर्देशन उल्टाउने अधिकार कार्यालयलाई नभएको भन्दै कार्कीले उद्योग सञ्चालकहरुलाई अदालतसम्म पुग्न आग्रह गरे । ‘अदालतले छुटकारा नदिउञ्जेल वनले पुनः सञ्चालन अनुमति दिनसक्दैन’, उनले व्यबसायीलाई सुझाव दिंदै वन कार्यालयविरुद्ध मुद्दा हाल्न आग्रह गरेका छन् । यद्यपि औद्योगिक क्षेत्रभित्र स्थापित उद्योगहरुको हकमा सरकारी उक्त नियम लागू नहुने व्यबसायीको दाबी छ । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर समिल सञ्चालनरत व्यबसायीहरु स्वयम् उक्त सरकारी नीतिविरुद्ध वन बिभाग र औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडको केन्द्रीय कार्यालय धाइरहेका छन् ।
    औद्योगिक क्षेत्र व्यबस्थापक राजकुमार मण्डल वनले क्षेत्रलाई बोधार्थ पत्र पठाए पनि आफूले उद्योग बन्द गर्न भन्न नसक्ने स्पष्ट पारे । अझ बढी संख्यामा उद्योग स्थापना हुनुपर्ने अवस्थामा सञ्चालनरत उद्योगलाई बन्द गर भनेर औद्योगिक क्षेत्रले भन्न नसक्ने मण्डलको तर्क छ ।

प्रेम जोडीमाथि अफगानी रिस



    अफगानिस्तान÷ एकजना केटा र एकजना केटी आइसक्रिम पार्लरमा भेट्छन् र चिनापरिचय गर्दै आआफ्नो फोन नम्बर आदानप्रदान गर्छन् । अफगानिस्तानजस्तो किशोरावस्थामा गरिने मायाप्रेमप्रति कठोर देशमा यी दुवैको विद्रोह यसैगरी सुरु भएको हो । यी भिन्नभिन्न जातिका किशोरकिशारीबीचको प्रेम अफागानी समाजका लागि निकै कडा चुनौति थियो जसका कारण यी जोडीले निकै हण्डर खेप्नुपरिरहेको छ ।
    केही दिनअघि अफगानको हेरात सहरमा गुडिरहेको कारलाई केही मान्छेले रोके र कारभित्र रहेका एक किशोर जोडीलाई रोडमा उभ्याएर प्रश्नहरु बर्साउन थाले । को हौ तिमीहरु ? यसरी कारमा हिड्ने अधिकार तिमीहरुलाई कसले दियो ? रोडमा जम्मा भएको करिब तीनसय जनाको भीडले यो जोडीलाई कि त ढुंगाले हानेर मानुपर्छ कि त झुन्ड्याउनुपर्ने माग राख्दै खनिन् थाले ।
    तर, स्थानीय प्रहरीले जब ति जोडीलाई नियन्त्रणमा लिंदै उत्तेजित भीडबाट बचायो तर ती मानिसले ती चढेका कारलाई आगो लगाइदिए अनि पश्चिम अफगानको कानुन उल्लंघन गर्नेको सुरक्षा दिएको भन्दै प्रहरीको चर्को बिरोध गरे ।
    प्रहरीले उत्तेजित भीडबाट १७ बर्षीय किशोरी हालिन मोहम्मदी र उत्तिनै उमेरका उनका प्रेमी  रफी मोहम्मदलाई बचाएर नाबालक राख्ने सुधार गृहमा राखेको  छ। अब, उनीहरुको भाग्य र भविष्य अस्पष्ट र खतरनाक अफगानी कानुको भरमा अडिएको छ । तर, उनीहरुले आफ्नै परिवार र समाजबाट पनि गम्भीर लाञ्छना भोग्नु परिरहेको छ ।
    मोहम्मदीका काकाले सुधार गृहमा उनलाई भेटेर आफ्नो नाक काटिदिएको आरोप लगाउँदै कानुनले छाडेपनि आफूले मारिदिने भनी धम्क्याएका छन् । उनका काकाको कुरामा इरानमा रोजगारी गर्ने श्रमिक उनका बाबुले पनि सही थापेका छन् । ‘उनीहरु दुवैलाई मार्ने निर्णय गरियोस्’, उनका बाबुले भने ।
    सुधार गृहमा बसिरहेका दुवै किशोरकिशोरी आफूहरु मन तयार रहेको बताउँछन् । तर, उनीहरुको प्रश्न छ– उनीहरु किन मर्नुपर्ने हो ? १७ बर्षीय मोहम्मद आफू मर्न तयार रहेको बताउँदै प्रेमिका मोहम्मदीलाई यो सुधारगृहबाट मुक्त गर्न अल्लाहसँग प्रार्थना गरिरहेका छन् । मोहम्मदी पनि अल्लाहले आफूहरुलाई मर्नकै लागि जन्माएको भन्दै कसैलाई माया गर्न डराउनु नपर्ने धारणा राख्छिन् ।
    अफगानिस्तानको हेरात यस्तो सहर हो जहाँ केही महिनाअघि प्रेम विवाह गर्न खोज्ने एक जोडीलाई तालिवानको आदेशमा जम्मा भएको सयौं मानिसले ढुंगा हानी मारेका थिए । तर, यसपटक भने प्रहरीले यी जोडीलाई उनका आक्रोशित परिवारलाई समेत जिम्मा नलगाएर सुरक्षित स्थानमा राखेको  छ।
    स्थानीय प्रशासनले यी जोडीलाई सरकारी सुरक्षा आवश्यक रहेको निर्णय गर्दै सुरक्षा दिने बताएको छ । ‘उनीहरुले यौनसम्बन्ध नै राखेको भए पनि उनीहरु अपराधि होइन्न्’, स्थानीय प्रशासनको एक अगुवा  अब्दुल जाहिरले भने ।