Monday, October 24, 2011

शौचालयबीचमा बुढी आमै !

हेटौडा, ११ माघ÷ दाया“ र बाया“को कोठामा क्रमशः पुरुष र महिला शौचालय लेखिएको छ । बीचको एउटा सा“घुरो कोठामा छिन् ७० बर्षीय बृद्धा गंगादेवी वाईबा । उनी बसेको छेवैमा उनले प्रयोग गर्ने स्टोभ र भाडाकुडा“ राखिएको छ । उनीभन्दा माथि उनको लुगा झुन्ड्याईएको छ । शौचालय प्रयोग गर्नेहरुले दिशा र पिसाब गरेको क्रमशः दुई र तीन रुपैया“ दिन्छन् । त्यही पैसा उनी तरकारी व्यबसायि संघमा लगेर बुझाउ“छिन र मासिक रुपमा एकमुष्ठ तीनहजार रुपैया“ तलब पाउ“छिन । त्यही तलब उनको बुढेसकालको जीवन जीउने सहारा बनेको छ । “मैनामा ३ हजार दिन्छन् अझै बढाईदिने भनेका छन्, हेरौ के हुन्छ ?” उनले भनिन् । 

उनको वास्तबिक घर हेटौडा बजारबाट ५ किमी पश्चिमको पदमपोखरी गाविसको बनस्पतीमा भए पनि घर जान टाढा हुने भएकोले त्यही शौचालय बीचको सा“घुरो कोठामा दैनिकी गुजार्छिन् यि बुढी आमै । बिहान सबेरै उठेदेखी शौचालयमा मानिस ओहोरदाहोर गरिरहन्छन् । आउनेजाने क्रम चलिरहेकै बखत एकताति पैसा बटुल्ने र कुनामा राखिएको स्टोभमा बसालिएको कसौडी र कराहीमा सानो डाडुले चालाउदै उनको दैनिकी शुरु हुन्छ । दिउ“सभर शौचालय प्रयोग गर्न आउने ग्राहकले छाडेको खुद्राखाद्री रकम संकलन गर्नमा उनै तल्लिन देखिन्छिन् । ‘चौविसै घन्टे ड्युटी भने नि हुन्छ’, उनले मुजा परेको गाला तन्काएर हा“स्दै भनिन् ।‘कुनै बेला मानिस नै आउदैनन्’, ग्राहक नआउ“दा खल्लो लाग्ने कुरा उनी यसरी व्यक्त गर्छिन – मानिस नआउ“दा भने शून्य लाग्छ, के गरौ कसो गरौ हुन्छ ।

दिनभरजसे शौचालकोबीचको कोठामा बस्दा उनमा स्वास्थ्य समस्या देखिन थालेको उनले बताइन् । ‘गन्हाएर खपिनसक्नु हुन्छ’, उनले भनिन् – ‘छाला चिलाउ“छ, आ“खा सुन्निने दुख्ने गर्न थालेको छ ।’

चार छोरा र दुई छोरीकी आमा गंगादेवीको पति दुई ४ महिनाअघि बिते र पति बितेको ठीक एक महिनापछि उनले तरकारी व्यबसायि संघले हेटौडा बसपार्क क्षेत्रमा निर्माण गरेको यो शौचालय हेर्ने जिम्मा पाईन । गत साउन १६ गतेदेखि उनले यो काम शुरु गरेकी हुन् । “दमको बेथा छ र मात्रै नत्र म त बदम र काक्रौ बेचेर भए नि पैसा कमाउन सक्छु ” उनले हिम्मत सुनाईन् । दमकै व्यथाको कारण दिनमा एकछाक मात्र भात खान पाएको दुःखेसो पनि उनीस“ग थियो ।
    उनका चार छोरा र दुई छोरीको घरजम भइसकेकोले उनलाई अब आफ्नो जीवन धान्न उपाय नै प्रमुख बनेको छ । ‘छोराछोरी आआफ्नो व्यबस्था गरेर बसिसके आनन्द छ’, उनले सुनाइन् ।

बुढेसकालमा घरै नबसेर किन यसरी काम गनुभएको भन्ने प्रश्न नपाउ“दै उनले मुख खोलिन “हामी त सुकुम्बासी हौ काम नगरी खानै पाईदैन, मेरा चार जना छोराहरु पनि पेन्टर काम गर्छन, मेरो लागि म आफै कमाउ“छु ।” उनल आफूबारे बताईन् । “छोराहरुले मिठो मसिनो जे पाके पनि ल्याईदिन्छन् ” उनले खुशी व्यक्त गरिन् । काम गरेर खा“दा छोराहरुले पनि केही नभन्ने गरेको उनी सुनाउ“छिन् । “कहिलेकाही घर जान्छु दमको व्यथाले गर्दा गईरहन सक्दिन ।” उनले स्वास्थ्यले गर्दा पाएको दुःख व्यक्त गरिन् । छोराछोरीहरु बेलाबेलामा भेट्न आउने गरेको मै  उनलेको मनले सन्तोक मानेको छ । 

“या“ अगाडी मेरो लागि एउटा कोठा बनाउ“न लागेका छन् अब यही“ बदम भुटेर बेच्छुु होला ” तरकारी व्यबसायी संघ र उनको योजना एकै साथ सुनाईन र भनिन् “ तरकारी जे खाए नि किन्नु पर्दैन जे खाए नि दिन्छन् । आनन्द छ । ” यि बुढी आमैका लागि तरकारी व्यबसायि संघले शौचालय अगाडी एक छाप्रो निर्माण गर्दै छ जुन उनको प्रयोगका लागि हुनेछ ।
    काम नगरी खानेको लागि उनको एउटै सुझाब छ  ‘जे हुन्छ काम गर ।’ काम नगरी बस्ने धेरैको लागि उदाहरणीय बनेकी बृद्धा गंगामाया बसपार्क क्षेत्रका तरकारी तथा फलफूल व्यबसायिकी प्रिय छिन् । यो उमेरमा पनि यसरी आफै पालिनु उदाहरणीय भएको तरकारी व्यबसायि कमला घिमिरे बताउछिन् । तरकारी व्यबसायि संघका सचिव कृष्ण हुमागाई पनि गंगादेवी सवैको लागि उदाहरणीय बनेकी बताउनुहुन्छ । ‘यो उमेरमा पनि यसरी खट्न सक्नुलाई त मान्नेपर्छ नि ’, उहा“ले भन्नुभयो । बृद्ध गंगादेवीको काममा इमान्दारीपना भएकोले सवैले बिश्वास गर्न सजिलो भएको उहा“को भनाई छ ।

७० बर्षमा पनि सक्रिय गंगादेवी झै सवै यसरी नै सक्रिय हुने हो भने देश विकासको लागि कतिवेर नै लाग्दो हो र हाम्रो अनुमान थियो । गंगादेवीको बुढ्यौलीको यो सक्रियता देखेर वाह १ नभन्ने को होला र ?

खानेपानी लिन घण्टौंको यात्रा

    हेटौंडा, ६ कात्तिक÷ मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडासंग जोडिएको चुरियामाई गाविसका बासिन्दाहरु एक गाग्री खानेपानी लिन घण्टौं हिंड्नुपर्ने बाध्यतामा परेका छन् । धेरै वर्ष अघिदेखि पानीको समस्या भोग्दै आएका उनीहरुको उक्त बाध्यता अझै हटेको छैन ।
    चुरियामाई गाविसको वडा नं. २ नयाँबस्ती, वडा नं. ३ रातोमाटो, वडा नं. ४ सानोसुगौली र वडा नं. ९ को शिखरपानीका बासिन्दाहरुले धेरै मात्रामा पानीको समस्या झेल्दै आइरहेका छन् । ‘पिउने पानी लिनकै लागि हामीले धेरै दु.ख भोग्दै आएका छौं’, शिखरपानीकी गृृहणी मिनाकुमारी  लामाले बताइन् । ‘बिहानदेखि बेलुकासम्म गर्नुपर्ने दैनिक क्रियाकलाप तथा जीवनयापनका लागि अति आवश्यक पानी लिन घण्टौं हिंडेर जानुपर्ने बाध्यता छ’, उनले दुःखसो पोखिन् । ‘एक गाग्री पानी ल्याउन दिनभरि हिंड्नुपर्छ’, उनले भनिन् ।
    चुरियामाई–३ रातमाटेबासीले पनि वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आइरहेका छन् । वर्षायाममा आकाशेपानीले गर्दा धारामा पानी थोरै आएपनि सुख्खा मौसममा मुहानै सुक्ने हुँदा धारामा पानी पटक्कै नआउने स्थानीय शान्ति लामाले बताइन् । ‘यहाँ पानीको मुहान् त छ तर,  सुख्खा मौसममा पिउनमात्र पुग्ने हुनाले नुहाउन, कपडा धुन, गाईबस्तुलाई खुवाउन पुग्दैन’, उनले बताइन् ।
    यसैगरी, चुरियामाई गाविसकै वडा नं. २ नयाँबस्तीमा पनि पानीको समस्या ज्यूँकात्यूँ छ । खानेपानी सहज नहुँदा त्यहाँका बासिन्दाहरुले समस्या भोग्दै आएका छन् । नयाँबस्तीमा हाल खानेपानीको लागि इनार निर्माण भइरहेको स्थानीय श्यामकुमार ब्लोनले बताए ।
    वडा नं. ४ कै सयफुटबासी पनि खानेपानी समस्याबाट आक्रान्त छन् । एउटामात्र मुहान भएका कारण पानीको निकै अभाव रहेको  स्थानीय बिमल गोलेले बताए । ‘पानीको समस्या हुँदा हामी ५ किलोमिटर टाढा बाराको ३ नम्बर पुलसम्म पुग्नुपर्ने बाध्यता छ’, उनले आक्रोश पोख्दै भने– ‘सरकारले हामीलाई ज्यादै हेपेको छ ।’
    सानोसुगौलीमा एउटा धारा भएपनि सबै घरलाई नपुग्ने हुँदा पानी लिन अर्कै गाउँ पुग्नुपर्ने सानोसुगौलीकी तारा तितुङले बताइन् ।
    चुरियामाई गाविसको अन्य वडामा भन्दा २, ३, ४ र ९ नम्बर वडामा खानेपानी समस्या बढी देखिएपछि गाविसले सामान्य कुवा, धाराको पाइप आदिको लागिमात्र सहयोग गर्दै आएको गाविस सहायक कृष्ण क्षेत्रीले बताए । उनका अनुसार बृहत खानेपानी योजना मँसिरदेखि सुरु गरिने भएको छ ।
    नयाँबस्तीपछि अन्य वडाहरुमा पनि बृहत खानेपानीको योजना  विकास गरिने क्षेत्रीले बताए । बजेट सीमित रहेकाले साना योजनामामात्र लगानी गरेको उनले बताए । बृहत खानेपानी योजनापछि चुरियामाई गाविसले मुहार फेर्ने उनले विश्वास व्यक्त गरे । गाविसको अन्य वडाहरुमा भने खानेपानीको सुविधा पुगिसकेको छ ।

आयतमूखी व्यवसायी बढे, अर्थतन्त्र आरोलोको संकेत

    हेटौंडा, ६ कात्तिक÷ मकवानपुरमा आयातमुखी बाणिज्य व्यबसाय बढेको तथ्याड्ढले देखाएको छ । घरेलु तथा साना उद्योग कार्यालय हेटौंडामा दर्ता हुने व्यवसायमध्ये आयातमुखी बाणिज्य व्याबसाय बढी छन् । उद्योगभन्दा बढी आयातमुखी व्यबसाय बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
    उत्पादनमूलक उद्योगहरुभन्दा आयातमुखी व्यवसाय बढ्दा राष्ट्रिय मुद्रा बाहिरिने भन्दै हेटौंडाका व्यबसायसम्बद्ध व्यक्तिहरुले चिन्ता व्यक्त गरेका हुन् । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी उद्योगको तुलनामा बाणिज्य व्यबसायको संख्या बढ्नु अर्थतन्त्र ओरालो लागेको संकेत भएको धारणा राख्छन् ।
    हाल मकवानपुरमा आठसय ९३ उत्पादनमूलक उद्योग छन् भने वाणिज्य व्यवसायअन्तर्गत तीनहजार नौसय ९१ व्यवसाय दर्ता भएका छन् । मकवानपुरमा कृषिजन्य उद्योगअन्तर्गत ७२, पर्यटनअन्तर्गत ९४ र सेवामूलक उद्योगअन्तर्गत एकहजार एकसय ७१ उद्योग दर्ता भएका छन् ।
    दर्ता भएका उद्योगहरुमध्ये पनि आधा उद्योग नवीकरण नगरेकाले खारेजीको प्रक्रियामा गएको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख  झवेश्वर गौतमले जानकारी दिए ।
    मउवा संघ अध्यक्ष सुमार्गी उद्योग फस्टाउँदा कामदार, कच्चा पदार्थ उत्पादक र बजारले फाइदा लिनसक्ने बताउँछन् ।
राजनीतिक अस्थिरताका कारण उद्योग फस्टाउन नसकेको उनले दाबी गरे । ‘वाणिज्य व्यवसायबाट फाइदा लिनलाई हङ्कङजस्तो विश्वकै आर्थिक केन्द्र बन्न सक्नुपर्छु’, उनले भने,‘त्यो तत्काल सम्भव छैन ।’
    उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरेलाई पनि उद्योगभन्दा वाणिज्य व्यबसाय बढी भएको चित्त बुझेको छैन । ठूला व्यबसायिक घरानाले पनि उद्योग छाडेर बाणिज्यतर्फ लगानी गर्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । उद्योग फस्टाउने वातावरण नरहेकाले वाणिज्यतर्फ आकर्षण बढेको उनको तर्क छ ।

हेटौंडाका अधिकांश स्वास्थ्य संस्थाहरु अवैध

    हेटौंडा, ६ कात्तिक÷ हेटौंडामा सञ्चालित अधिकांश स्वास्थ्य संस्था गैरकानुनी रहेको पाइएको छ । स्वास्थ्य संस्था सञ्चालनका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने भएपनि यहाँ सञ्चालित अधिकांश स्वास्थ्य संस्थाले अनुमति लिएका छैनन् । मकवानपुरका चारवटा संस्थाले मात्रै सञ्चालन स्वीकृति लिएको क्षेत्रीय निर्देशनालयका नारायण शर्माले बताए ।
    हेटौंडामा दुई दर्जनभन्दा बढी स्वास्थ्य संस्था छन् । ती स्वास्थ्य संस्था अबैध भएको निर्देशनालयले जनाएको छ । प्रशासनले केही दिनअघि अनुगमन गरेपछि बिनाअनुमति सञ्चालित बिनायक अस्पतालले अनुमति प्रमाणपत्र लिएपनि अनुगमन गरिएका अन्य आधा दर्जन स्वास्थ्य संस्था अनुमति लिने प्रक्रियामा छन् ।
    हेटौंडामा सञ्चालित देवी अस्पताल, मकवानपुर सहकारी अस्पताल, बिनायक अस्पताल र मनहरीको मकवानपुर काभानान्ट मात्र अनुमतिसहित सञ्चालित छन् । देवी अस्पतालले २०६५ देखि नवीकरण गरेको छैन । प्रशासनले केही दिनअघि आधा दर्जन स्वास्थ्य संस्थामा अनुगमन गर्दा कसैको पनि सञ्चालन अनुमति भेटिएको थिएन । हेटौंडामा सञ्चालित प्रायः सबै स्वास्थ्य संस्थाहरु अबैधरुपमा सञ्चालित भएपनि प्रशासनले उनीहरुलाई कारबाही गर्न सकेको छैन।
    १५ शैøयासम्मको स्वास्थ्य संस्थाले क्षेत्रीय निर्देशनालयसँग सञ्चालन अनुमति लिनुपर्ने र त्योभन्दा माथिको शैøयाको संस्थाले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने श्रेष्ठले बताए । मकवानपुरमा करिब एकदर्जन डेन्टल क्लिनिक, क्लिनिक र ल्याव सञ्चालनमा रहेपनि तीमध्ये कसैले पनि स्वीकृत लिएको नभेटिएको हो । स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकाय पनि विनाअनुमति सञ्चालित भएर जनस्वास्थ्यमा खेलबाड गरेको देखिएको हो ।