Monday, September 2, 2013

स्टारडमको भारी !

काठमाडौ, भाद्र १३ -
नयाँ बानेश्वरका सरोज दाहाललाई रिहान्ना जति मन पर्छ, उनकी साथी नवीनालाई त्यसको तीन गुणा बढी जस्टिन बिबर मनपर्छ । यी दुवै आफ्ना दुई फेबरेट सिंगरको स्वरप्रति नतमस्तक छन् । व्यक्तिगत जीवनमा पनि दुवै गायक यी दुई पmयानका लागि आइडल हुन् ।
आफूभन्दा कम उमेरका १९ वर्षीय बिबरको स्वरले मात्रै होइन उनको अनुहार र शरीर देख्दा पनि नवीना हुरुक्क हुन्छिन् । तर, बिबर उनको इसारामा चल्ने प्राणी होइनन्, निकै सानो उमेरमा विश्वभर चर्चा कमाएका उनी पछिल्ला समय दिन प्रतिदिन विवादमा छन् । जसका कारण नवीनालाई साह्रै नमज्जा लागेको छ ।कहिले सर्ट खोलेर नांगै हिँड्ने त कहिले लागूपदार्थ बोकेका कारण प्रहरीले पक्राउ गरेको समाचारले विवादमा आउने बिबर टिनमाझ सर्वाधिक चर्चित सेलिबि्रटी हुन् ।

आउट सोर्सिङको संसार

काठमाडौ, श्रावण ३१ -महेन्द्र विक्रम त्वान्जु अफिस जाँदैनन् । अधिकांश समय उनी कम्प्युटरको स्क्रिन
अगाडि घोटिएर रहेका हुन्छन् । भक्तपुर दरबार स्क्वायर पछाडिको आफ्नो घरमा बसेर उनी इन्टरनेटमा आफ्नो 'पोर्टफोलियो' कसरी बढाउने भन्नेमा मात्रै चिन्तित छन् । उनलाई दुनियाँसँग केही लिनु-दिनु छैन, छ त त्योसँग, जसले सात समुद्रपारिबाट उनलाई काम दिन्छन्, पैसा पठाइदिन्छन् ।

तिनै क्लाइन्टलाई खुसी पार्न अनेक प्रकारका डिजाइन पारेर यी तन्नेरीको दिन बित्छ । अनि, तिनैले खुसी भएर गरेको प्रशंसा उनका लागि फेरि काम पाउने बाटो बन्छ । यिनका लागि कम्प्युटर नै संसार हो, नहोस् पनि किन, उनलाई 'पैसा' यसबाटै आउँछ-थोरै हो र ? लाखलाख । उनले आफ्नो पोर्टफोलियोमा एक घन्टा काम गरेको २५ डलर लिन्छु भनेर लेखेका छन् ।