Thursday, January 9, 2014

शब्दभन्दा शक्तिशाली

काठमाडौ, पुस २५ -कसैले मन नपर्ने कुरा गर्दा नाक खुम्च्याउने । खुसी हुँदा मुस्कुराउने मानवीय स्वभाव हो । हामी अवस्थाअनुसार फिस्स हाँस्ने, ङच्चि दाँत देखाउने, मुस्कुराउने, आँखा झिम्क्याउने, गाला तन्काउने पनि गरिरहन्छौं । यस्तै मानवीय संवेगलाई 'कपी' गर्ने गरी बनाइएको 'इमोसन' र 'स्टिकर' अहिले भर्चुअल दुनियाँमा भावना व्यक्त गर्ने माध्यम बन्दैछन् ।

कसैलाई रिसाएको छु भन्नु परोस् वा खुसाएको जनाउ दिनु परोस् त्यसका लागि सर्टकर्ट की प्रचलित छन् । आफ्नो भावना अरूलाई बुझाउन धेरै शब्द लेखिरहनु पर्दैन यसका लागि तयार छन् : इमोसन । यस्ता इमोसनको प्रयोगमा खप्पिस छन् पछिल्लो पुस्ता । मिल्नेजतिको इमोसन र स्टिकर प्रयोग गर्दै उनीहरू आफ्नो भावना व्यक्त गरिरहेका छन् ।