Saturday, March 1, 2014

सेमेस्टर प्रणालीमा अल्झियो त्रिवि


गणेश राई/विजय तमिल्सिना
काठमाडौ, फाल्गुन १६ - त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातकोत्तर पठनपाठन हुने सबै आंगिक क्याम्पस दुई महिनायता तालाबन्दीको चपेटामा छन् । त्रिविले कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पसमा मात्र 'सेमेस्टर' प्रणाली लागू गर्न लागेपछि साना विद्यार्थी संगठनहरूले विरोध गरेका हुन् ।

ठूला विद्यार्थी संगठनहरू नेविसंघ, अनेरास्ववियु र एमाओवादीनिकट अखिल क्रान्तिकारी भने सेमेस्टरकै पक्षमा छन् । विरोध गर्ने १२ संगठनमा माओवादी निकट अखिल क्रान्तिकारी, संघीय समाजवादी निकट अग्रगामी विद्यार्थी युनियन, अखिल पाँचौं, अखिल छैटौं, नेक्राविसंघ, अनेवियु, क्राविसंघ, राप्रविसंघ, मविलोने, विद्यार्थी फोरम नेपाल, विद्यार्थी फ्रन्ट र विद्यार्थी मञ्च छन् । उनीहरूले विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल र विभागीय प्रमुखको कार्यालयमा ताला लगाएका छन् ।

साना माछामा ठूलाको आँखा


काठमाडौ, फाल्गुन १७ - मोबाइल म्यासेजिङ एप्स ह्वाटएप्सलाई फेसबुकले किनेपछि प्रविधि जगत्मा हंगामा भएको छ । १९ बिलियन डलर मूल्य तिर्ने भनिएको सम्झौताको खबर सार्वजनिक भएपछि ह्वाट्सएप्सकोगुणगान, फेसबुकको तारिफ, विरोध र विश्लेषण एकैसाथ आउन थालेको छ । केहीले ह्वाट्सएपका संस्थापकद्वय ब्रायन एक्टन र जेन कमको मेहनत र लगनशीलताको प्रशंसा गरेका छन् । याहुका पूर्व कर्मचारी एक्टन र कमले बिनाबिज्ञापन ५ वर्षसम्म एप्सलाई जीवित् राख्दै धैर्य देखाए र ५० कर्मचारीको भरमा लोकप्रिय पनि बनाए । चाखलाग्दो त के छ भने याहुको जागिर अवधि सकिएपछि जागिर पाइन्छ कि भन्दै ट्विटर र फेसबुक कार्यालय धाएका कम रित्तो हात फर्काइएका थिए ।