Saturday, December 13, 2014

बाबुको बहादुरी

उनले भविष्यमा सम्हाल्नुपर्ने झण्डै एक दर्जन कम्पनीहरु छन् । त्यसैको तयारीमा उनी वेलायतको यूनिभर्सिटी अफ ईस्ट एङ्लियामा विजनेस म्यानेजमेण्टमा अण्डरग्र्राजुयट गर्दैछन् । तर, उनको मन कुनै कर्पोरेट अफिसमा होइन्, घर र होटलको किचनमा रमाउछ । राहुल श्रेष्ठ, २०, लाई नेपालका पहिलो केवलकार संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको नाति भन्दा धेरैले सजिलै चिन्छन् । आफन्तले उनलाई बाबु भनेर चिन्छन् । राहुल भने पारिवारिक पेशाभन्दा फरक क्षेत्रमा परिचय बनाउन तल्लिन छन् । सोखको रुपमा सुरु गरेको कलिनरी आर्टलाई उनी व्यवसाय बनाउन चाहन्छन् ।

बिदामा नेपाल आउँदा गत बुधबार उनले सोल्टी होटलमा झण्डै एक सय पाहुनालाई आफैले तयार पारेको सिक्स कोर्स मिल खुवाए । त्यसको तयारीका लागि उनी ५ दिन अघिदेखि सोल्टी होटलमा व्यस्त थिए भने सुत्ने समय घटाएर नयाँ नयाँ रिसेपी सोचेर बसे । खानाका पारखीहरु सहभागी सोल्टीको ग्यादरिङमा उनको कलाले तारिफ पायो र श्रेष्ठ परिवारको एउटा सदस्य फरक पेशामा लागेको चर्चा पनि भयो ।

के होला फेसबुकले पत्रिका चलाए ?


फेसबुकले एउटा योजनाले अहिले विश्वभरका सञ्चारमाध्यमलाई धर्मसंकटमा पारेको छ । नपारोस् पनि किन ? अहिलेका सञ्चारमाध्यमका पाठक वा दर्शक फेसबुककेा माध्यमबाट कमाएको थियो । तर अघिल्लो महिना आयोजित एक कार्यक्रममा फेसबुकमा मालिक मार्क जुकरवर्गले आफूले आफ्ना प्रयोगकर्ताको रुची अनुसार फेसबुकमै समाचारपत्रको सुविधा दिने महत्वाकांक्षा पालेको सार्वजनिक रुपमा घोषणा गरेपछि यसले विश्वभरका सञ्चारगृहका ध्यान आकृष्ट गरेको हो । योसँगै फेसबुकले बनाउने भनेको समाचारपत्र कस्तो हुने हो भन्ने बहस र अनुमान सुरु भएको छ ।
स्मार्टफोनले पछिल्लो समय धेरैथोक विस्थापित गरेको छ भने सोसल मिडियाले जानकारीका लागि परम्परागत मिडियामा भर पर्नुपर्ने बाध्यता टारेको छ । विश्वभर सवा अर्ब प्रयोगकर्ता भएको फेसबुक दैनिक औसत ८६ करोडले प्रयोग गर्ने गरेको तथ्यांक छ ।

मन बहलाउने जोडी

युट्युबमा पुराना मन पराउनेहरुलाई थाहा छ विजय र पि्रतिको बारेमा । सामान्य नेपालीलाई उनीहरुबारे जानकारी नहोला तर युट्युबमा पुराना नेपाली गीतका कभर सुन्ने बानी परेकालाई भने उनीहरुले राम्रो लत लगाइदिएका छन् ।

पुराना नेपाली गीतलाई नयाँ स्वरुपमा गाएर उनीहरुले अपलोड गरेको भिडिया यूट्युबमा निकै लोकपि्रय छ । म्यूजिक पढ्ने उद्देश्यले लण्डन गएका उनले म्युजिक त पढ्न पाएका छैनन् तर गायकको परिचय भने बनाइसकेका छन् ।

विराटनगरको यो जोडी सन् २००९ मा लण्डन पुगेको थियो । लण्डनको फुर्सदमा उनले फोटोग्राफी र भिडियोग्राफी सिके । 'साउन्ड रेकर्डिङ र इडिटिङबारे नेपालमै केही सिकेको थिए', उनी सम्झन्छन्,'गीतार त स्कुल हुँदादेखि नै बजाउथे ।' आफैंले जानेको सीप प्रयोग गरेर पत्नी पि्रतिसँग उनले गाएको कुसुमे रुमालको भिडियो सन् २०१२  मार्चमा पहिलो पटक यूट्युबमा राखे । 'पहिलो हप्तामै ४० हजार भ्यू भएपछि म भित्रको गायकी पलाएर आयो', विजय भन्छन्,'मलाई साथ दिन मात्र गाएकी पि्रतिले पति गायनमा प्रगति गर्दै गइन ।'