Showing posts with label Featured. Show all posts
Showing posts with label Featured. Show all posts

Saturday, December 13, 2014

बाबुको बहादुरी

उनले भविष्यमा सम्हाल्नुपर्ने झण्डै एक दर्जन कम्पनीहरु छन् । त्यसैको तयारीमा उनी वेलायतको यूनिभर्सिटी अफ ईस्ट एङ्लियामा विजनेस म्यानेजमेण्टमा अण्डरग्र्राजुयट गर्दैछन् । तर, उनको मन कुनै कर्पोरेट अफिसमा होइन्, घर र होटलको किचनमा रमाउछ । राहुल श्रेष्ठ, २०, लाई नेपालका पहिलो केवलकार संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको नाति भन्दा धेरैले सजिलै चिन्छन् । आफन्तले उनलाई बाबु भनेर चिन्छन् । राहुल भने पारिवारिक पेशाभन्दा फरक क्षेत्रमा परिचय बनाउन तल्लिन छन् । सोखको रुपमा सुरु गरेको कलिनरी आर्टलाई उनी व्यवसाय बनाउन चाहन्छन् ।

बिदामा नेपाल आउँदा गत बुधबार उनले सोल्टी होटलमा झण्डै एक सय पाहुनालाई आफैले तयार पारेको सिक्स कोर्स मिल खुवाए । त्यसको तयारीका लागि उनी ५ दिन अघिदेखि सोल्टी होटलमा व्यस्त थिए भने सुत्ने समय घटाएर नयाँ नयाँ रिसेपी सोचेर बसे । खानाका पारखीहरु सहभागी सोल्टीको ग्यादरिङमा उनको कलाले तारिफ पायो र श्रेष्ठ परिवारको एउटा सदस्य फरक पेशामा लागेको चर्चा पनि भयो ।

Friday, July 11, 2014

विश्वकपको अर्को मैदान

ब्राजिलमा अहिले विश्वकप फुटबल अन्त्यतिर पुगेको छ, फाइनलसहित दुई खेलमात्र बाँकी छन् । त्यहाँका १२ स्टेडियममा मात्रै यो खेल सीमित छैन । स्टेडियममा खेल हुँदा जति हल्ला हुन्छ, त्योभन्दा बढी विश्वकपको चर्चा सोसल मिडियामा भइरहेको छ । यसमा खेलका दर्शकमात्रै होइनन्, चर्चित खेलाडी र टिमका म्यानेजर पनि सामेल छन् । इटालीका डिफेन्डर जर्जियो चेलिनीको बायाँ काँधमा दाँतको डोब र ब्राजिली स्टार नेयमरको चोट यो विश्वकपको सबैभन्दा चर्चाका विषय बने । यी दुई यस्ता विषय रहे, जसले सोसल मिडियामा विश्वकपको 'हाइप' बढाइदिए ।

Saturday, January 19, 2013

"कुख्यात" सेलिब्रेटी !

टि्वटरमा उनका करिब १ लाख फलोअर देख्नेहरूलाई उनी निकै प्रख्यात सेलिब्रेटी लाग्छन्। नलागून् पनि किन ? हजारौंले  उनको स्टाटसलाई रिप्लाई गरेका छन्। उनले सञ्चालन गरेको बेवसाइट कुनै दिन दैनिक ३ लाखभन्दा बढीले हेर्थे। उनको  आम्दानी महिनामै २० हजार डलरभन्दा बढी हुन्थ्यो।

यी सब थाहा हुनेलाई त उनी अझ प्रख्यात लाग्लान्, तर उनी प्रख्यातिका कारण नभै कुख्यातिका कारण चर्चित छन्। इन्टरने टमा उनी हन्टर मोरको नामले चिनिन्छन्।

Friday, September 14, 2012

होटलभन्दा कम छैनन् चित्लाङका होमस्टे

    चट्ट् पारेर मिलाइएको ओछ्यान । भुँइका हरिया कार्पेट । अनि जोसुकैको मन पनि जित्नसक्ने खालको मायालु व्यबहार । अनि, स्वादिलो नेवारी परिकार । साथमा हुनेछ, नासपाति र रक्तचन्दनबाट बनेको रक्सी । चित्लाङ गाविसमा निर्माण गरिएको होमस्टेका बिशेषता हुन् यी । चित्लाङको होमस्टे बस्न आइपुग्ने जो कोहीले पनि जिब्रो टोक्दै यसको व्यबस्थापन देखेर भन्ने गर्छन् – होटलभन्दा के कम छन् र चित्लाङको होमस्टे ।
    यहाँका सात घरमा बनाइएको होमस्टेमा ६० जना पाहुना अटाउन सक्छन् । जहाँ उनीहरुले न्यानो स्वागतसहित स्वादिलो खाना अनि मिठो निन्द्र पाउनेमा कुनै शंका छैन् । गाविसमा बुद्धरत्न मानन्धर, राधाकृष्ण बस्नेत, रामकृष्ण बलामी, अशोकसिंह ठकुरी, रामकृष्ण बलामी, लालबहादुर श्रेष्ठ, दलबहादुर गुरुङको घरमा अघिल्लो बर्षदेखि होमस्टे थालिएको हो ।
    होमस्टेका लागि जिल्ला विकास समितिले प्रत्येक घरलाई व्यबस्थापन खर्चबापत १० हजार रुपियाँ उपलब्ध गराएको थियो भने होम स्टे सञ्चालकहरुका लागि व्यबस्थापन र खाना पकाउने तालिमको व्यबस्था गरेको थियो । यहाँको होमस्टेमा मासिक औसत ३० जना पर्यटक आउने गरेको होमस्टे सञ्चालक बुद्धरत्न मानन्धरले जानकारी दिए । यहाँका होमस्टेमा
    होमस्टे सञ्चालनलाई प्रभावकारी बनाउन यहाँ सामुदायिक होमस्टेसमेत गठन भएको छ । यसले होमस्टेको मेनु बनाउने, रेट निर्धारण गर्ने, बिभिन्न संघसंस्थासँग सम्पर्क गरी पर्यंटक भित्र्याउन काम गर्दै आएको अध्यक्ष राधाकृष्ण बस्नेतले जानकारी दिए । सामुदायिक होमस्टेका सल्लाहकारसमेत रहेका मानन्धरका अनुसार यहाँका होमस्टेमा बस्नका लागि  फ्रेन्च, जर्मन र इटालीयन पर्यटकसहित बिद्यार्थीहरु पनि अवलोकन भ्रमणको लागि आउने गरेका छन् ।
    ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदाले धनी चित्लाङ गाविसमा चन्द्रागिरी, भार्लस्वर पर्वत, अशोक चैत्य, स्वच्छन्द भैरव, तलेजु भवानी मन्दिर र कोट, सातधारा, नयाँ पौवा, सत्तल, त्रिपुरेश्वर, शिवालय, चपकेश्वर महादेव, प्राचीन गोपाली बस्ती, महामुनी एवम् नेपालकै सबैभन्दा ठूलो चीज उद्योगजस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् ।
    मानन्धर पत्नी हिरादेवी पाहुनालाई नेवारी खानासहित स्वागत गर्ने गरेको बताउँछिन् । होमस्टेमा बस्नका लागि आउने पाहुनालाई सञ्चालकले फूलमालासहित नासपातिबाट बनेको रक्सी, अण्डासहित नेवारी शैलीमा स्वागत गर्छन् । चित्लाङ गाविसमा नेवार जातिको बाहुल्यता छ ।
    होमस्टेमा आउँदा खुशी लागेको जिल्ला विकास समितिका नायव सुब्बा किरण थापा बताउँछन् । यस्तो होमस्टे जिल्लाका अन्य पर्यटकीय स्थलमा समेत स्थापना हुनुपर्ने उनको धारणा छ । जिल्ला विकास समितिले जिल्लाको बज्रबाराही र गढी गाविसमा पनि होमस्टे सञ्चालनको लागि पहल गरेको भए पनि ति प्रभावकारी हुन सकेका छन् ।

पाँच रुपियाँदेखि करोडसम्म

    १५ बर्षअघि सदस्य बनेर पाँच रुपियाँ बचत थाल्दा भीमफेदी गाविसस्थित महिला जागृति बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले कुनै दिन आफ्नो सहकारी नेपालकै उत्कृष्ट बन्नेछ भन्ने सोचेकै थिएनन् । लेखपढ गर्न त के हस्ताक्षरसमेत गर्न नसक्ने अधिकांश सदस्य भएको यस सहकारी देशका दुईसय महिला बचत तथा ऋण सहकारीलाई पछि पार्दै उत्कृष्ट घोषित भएको हो ।
    बचत तथा ऋण सहकारी केन्द्रीय संघको ३२ वटा मापदण्डमा अब्बल ठहरिएको यस सहकारी देशकै उत्कृष्ट महिला सहकारी घोषित भएपछि यसको चर्चा बढी हुन थालेको छ । १५ बर्षे अवधिमा सहकारीले सदस्यका लागि उल्लेख्य काम गरेको छ । सहकारी अध्यक्ष मंगलादेवी श्रेष्ठ सहकारीले ल्याएको परिवर्तनको उदाहरण आफैं भएको सवर्ग सुनाउँछिन् । आठ बर्ष सहकारीको कोषाध्यक्ष पद सम्हालेर हरहिसाबमा पाको बनेकी श्रेष्ठ अहिले सहकारी अध्यक्ष छिन् । सहकारीले गाविसका महिलाको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाएर आत्मनिर्भर बन्न सिकाएको उनको अनुभव छ । सहकारीमा लागेपछि आफूसहित धेरै महिलाहरुले पढ्न र बोल्न जानेकोमा उनलाई सन्तुष्टि मिलेको छ ।
    ३२ वटा महिला समूहमा आवद्ध ६२ महिलाको बचत संकलनबाट सुरु सहकारीले यस अवधिमा पटकपटक गरी पाँचसय बढी सदस्यलाई प्रौढ शिक्षामा सामेल गराइसकेको छ । जसका कारण सुरुमा ल्याप्चे ठोक्ने सबै सदस्यहरु अहिले आफ्नो नाम लेख्न र हस्ताक्षर गर्नसक्ने भएका छन् । घरायसी काममा व्यस्त भीमफेदीका महिला जुटेर स्थापित सहकारीले गाविसभरका महिलालाई एउटै मालामा गाँसेको छ । हाल सहकारीको नौसय ५५ सेयर सदस्य छन् । ती सबै महिला हुन् । करिब एक हजार घरधुरी भएको भीमफेदी गाविसमा अधिकांश परिवारका महिला यस सहकारीका सदस्य छन् ।
    सहकारीबाट बिना धितो पाइने ५० हजार र धितो राखेपछि पाइने तीन लाखसम्मको कर्जाबाट गाविसका महिला मात्र नभई उनीहरुको जीवनशैली नै फेरिएको छ । सहकारीबाट कर्जा लिएर व्यवसाय गर्दै परिवारको जीवन शैलीमा कायापलट गरेका जुरिखेतकी केशरी थापा, भीमफेदी–७ की मनमाया लो र विष्णु परियार सहकारीले बदलेको जीवनको उदाहरण मात्रै हुन् । उनीहरुले सहकारीको ऋणबाट गरेको लगानीले क्रमशः गाँजर खेती, फर्निचर व्यवसाय र पसल फस्टाएको मात्र छैन, गर्न खोजे हुँदो रै’छ भन्ने उदाहरणसमेत थपेको छ ।
    स्थापनाताका बैठक गर्ने कोठा नपाएर चोक र चौतारामा बसेर छलफल गर्नु परेको स्मरण संस्थाकी सचिव निर्मला थापासँग ताजै छ । गाविसको थोत्रो भवनलाई सहकारीले आफ्नै लगानीमा मर्मत सम्भार गरी बैंकको शाखाझैं भव्य बनाएको छ, जहाँ दैनिक दर्जनांै सदस्य बचत र ऋणको कामले आउजाउ गर्छन् । यस सहकारीकी संस्थापक अध्यक्ष भगवती पुडासैनी जिल्लाकै महिला अगुवाका रुपमा परिचित छिन् ।
    सहकारीको आव २०६८÷०६९ को कूल बचत एक करोड ७ लाख थियो भने पौन दुई करोड लगानी छ । सहकारीले सबभन्दा बढी व्यापार, व्यवसाय, कृषि र पशुपालनमा लगानी गरेको छ । सहकारी कोषाध्यक्ष रीता आलेले एक बर्षमा सहकारीले चार करोडको कारोबार गरेको जानकारी दिइन् ।

Sunday, August 5, 2012

होटलमा छापाः मार्ने कि नमार्ने ?

    मुरारी देवकोटा (नाम परिवर्तन) अहिले १७ बर्षका भए । हाल उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा छन् । उनलाई दुई दिन अघि प्रहरीले हेटौंडा बसपार्कको एक होटलबाट पक्राउ गरेको थियो । उनलाई पक्रनुको कारण हो–उनी र अर्की एक युवती एउटै कोठामा थिए । देवकोटा टिभी हेर्दै थिए उनकी प्रेमीका (उनले भनेअनुसार) बाथरुममा नुहाउँदै थिइन् । त्यही बेला प्रहरी पुगेर पक्राउ गरेपछि उनीहरु दुवैलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ । आरोप हो–सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप गरेको । अब उनीहरुले पाउने सजाय अस्पष्ट नेपाली कानुनको हातमा छ । सार्वजनिक अपराध ऐनअनुसार उनीहरुमाथि २८ हजारसम्म जरिवाना र केही महिना कैद पनि हुनसक्छ ।

Tuesday, April 10, 2012

उफ्,यो ह्यारेसमेन्ट

मकवानपुर बहुमुखी क्याम्पस कक्षा ११ मा पढ्दै गरेकी बिना ५ किलोमिटर टाढा नवलपुरबाट हिडेर आउन सम्भव नभएकै कारण म्याजिक भ्यान, माइक्रो वा ट्याम्पो चढेर कलेज आउनेजाने गर्छिन् । तर, उनको कलेज आउँदा र जाँदा र्सधैं तनाव व्यहोर्नुपर्ने हुन्छ । उनलाई कसैले नजिक्याएको दिनै हुँदैन अनि कसैले जिस्क्याएपछि उनको पारो तालिहाल्छ । रिस उठिहाल्छ । केटाहरुले कहिले गाडीमै भएको बेलामा उनको कपाल तानिदिन्छन् त कहिले पछाडि बसेर नानाभातिका कुरा सुनाएर दिक्क पार्छन् । तर, जिस्क्याउनेहरुलाई उनले केही गर्न सक्ने अवस्था छैन् ।

Saturday, February 11, 2012

सुरु भयो मायाको मौसम


हेटौंडा, १७ मंसिर÷ जाडो बढ्दै गर्दा उर्लिएको पिकनिक खाने र घुम्न जानेहरुको भीडसंगै मायाको मौसम सुरु भएको अनुभव गर्न थालिएको छ । रमणीय पार्क र खुल्ला स्थानमा घुम्न र पिकनिक खान आउनेहरुको रमाईलो, आत्मीयता र सम्बन्ध देख्ने र अनुभव गर्नेहरुलाई अबको मौसम मायाका लागि हो भन्ने लागेको हुनसक्छ ।

Sunday, December 18, 2011

सडक बत्तिको जिम्मा निजी क्षेत्रलाई दिन सुझाव

हेटौंडा नगरपालिका अन्तर्गत रहेको सडक बत्ति व्यबस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन सुझाव दिइएको छ । क्लिन एण्ड ग्रिन सिटी प्रालि हेटौंडाले हेटौंडा नगरपालिकामा गरेको सडब बत्ति सम्बन्धी अध्ययनपछि यस्तो सुझाव दिइएको हो । निजी क्षेत्रलाई दिए सडक बत्तिमा नगरपालिकाले गर्ने खर्चमा कमी आउने र यसको प्रभावकारीता पनि बढ्ने दाबी अध्ययनले गरेको छ । अध्ययनले नगरको बत्ति दैनिक औसत १० घन्टा बल्ने र एक बत्तिको लागि नगरपालिकाले बार्षिक नौसय ९२ रुपियाँ खर्च गर्ने गरेको तथ्यांक प्रस्तुत गरेको छ ।
हेटौंडा नगरपालिकाको ४ नं. वडालाई नमूना क्षेत्रको रुपमा लिई अध्ययन गरिएको हो । अध्ययनले ४ नंंंं वडामा सातसय ४७ वटा पोल रहेको देखाएको छ । तिमध्ये तीनसय २९ अर्थात ४४ प्रतिशत पोलमा मात्र बत्ति छन् । त्यसको लागि नगरपालिकाले बार्षिक २ लाख खर्च गरिरहेको छ ।
उक्त क्षेत्रका ५० प्रतिशत पोलमा बत्ति बाल्दा बार्षिक खर्च करिब ४ लाख हुने, ७५ प्रतिशत पोलमा बत्ति बाल्दा खर्च ५ लाख हुने र सबै पोलमा बत्ति बाल्दा साढे सात लाख रुपियाँ खर्च हुने अध्ययनले देखाएको छ । त्यस क्षेत्रका सबै पोलमा कम बिद्युत खपत हुने र धेरै उज्यालो दिने बिशेषता भएको सीएफएल चिम जडान गर्ने हो भने सुरुमै १३ लाख रुपियाँ खर्च लागे पनि त्यसको मासिक वा बार्षिक खर्चमा भारी कटौती हुने अध्ययनमा उल्लेख छ । सबै पोलमा सीएफएल जडान गर्ने हो भने त्यस क्षेत्रका करिब ३ हजार घरबाट प्रतिघर मासिक १० रुपियाँ शुल्क तिरे मर्मत र बिद्युत महशुल तिर्न पुग्ने अध्ययनमा भनिएको छ ।

Saturday, December 3, 2011

कर छल्छन् घरबेटी

    बहालमा बस्नेसँग चर्को भाडा असुल्ने हेटौंडाका घरधनी (घरबेटी) ले राज्यलाई तिर्नुपर्ने कर भने छल्ने
गरेका छन् । उनीहरुले भाडमा बस्नेसँग एक कोठा बराबरको मासिक ३० हजार रुपियाँसम्मा असुल गरिहेको भएपनि सम्झौतामा कम रकम उल्लेख गरी कर छल्ने गरेका हुन् ।
    व्यबसायका लागि घर भाडामा दिने घरबेटीहरु भाडाको १० प्रतिशत रकम करबापत राज्यलाई तिर्नुपर्ने व्यबस्था भएपनि उनीहरुले कम भाडा लिएको सम्झौता गरेर सरकारी निकायलाई नै ढाट्ने गरेका छन् । कर कार्यालयमा बुझाउने बिवरणमा बहालबालाले हस्ताक्षर गरेको सम्झौता पत्र देखाउँछन् जसमा बहालबावाले तिर्ने दश गुणाभन्दा कम रकम उल्लेख गरिएको हुन्छ ।

Saturday, November 26, 2011

यौनकर्मी भन्दा ग्राहक बढी संक्रमित

बिजय तिमल्सिना




    हेटौंडा ।
यौनकर्मीभन्दा यसका ग्राहकमा बढी एचआइभी संक्रमण हुने गरेको तथ्यांक राष्ट्रिय एड्स तथा यौनरोग निवारण केन्द्रले सार्वजानिक गरेको छ । केन्द्रले पछिल्लो पटक साउन महिनामा प्रकाशित गरेको रिपोर्टमा पहिचान गरिएका एचआईभी संक्रमितमध्ये अधिकांश यौनकर्मी महिलाका ग्राहक छन् ।
    हालसम्म पहिचान गरिएका १८ हजार पाँचसय ३५ मध्ये ४५ प्रतिशत अर्थात् आठ हजार तीनसय व्यक्ति यौनकर्मीका ग्राहक हुन् । जसमध्ये आठहजार दुईसय पुरुष र एकसय चार जना महिला ग्राहक हुन् । एक बर्ष अघि संक्रमित यौनकर्मीको ग्राहकको संख्या सातहजार दुईसय रहेको पहिचान खुलेको थियो । एक बर्षमा यौनकर्मीका एक हजार ग्राहकमा संक्रमण भेटिएको केन्द्रको तथ्यांकले देखाएको छ । मकवानपुरमा हालसम्म एकसय ९६ जनामा एचआईभी संक्रमण भएको तथ्यांक छ ।
    मकवानपुर जिल्लामा करिब पाँचसय यौनकर्मी महिलाहरु पहिचान गरिएको एचआईभी रोकथामको लागि सक्रिय जीडब्लुपीका कार्यक्रम संयोजक श्याम बासुकलाले जानकारी  दिए ।
    परिवार नियोजन संघ मकवानपुरका प्रबन्धक मुरारी रैला यौनकर्मी महिलामा आएको चेतना र बानी  परिवर्तनले संक्रमण दर कम भएपनि यसका ग्राहकलाई सचेतना जरुरी रहेको औल्याउँछन् ।
    केन्द्रको तथ्यांकअनुसार गृहिणी महिलामा पनि एचआईभी संक्रमण दर बढेको देखाउँछ । हालसम्म नेपालका करिब पाँच हजार गृहिणीमा संक्रमण भएको तथ्यांकले देखाउँछ ।  एक बर्ष अघि एचआईभी संक्रमित गृहिणीको संख्या चारहजार दुईसय थियो । एक बर्षमा करिब आठसय गृहिणीहरु संक्रमित भएको तथ्यांकले देखाउँछ । प्रबन्धक रैला वैदेशीक रोजगारीबाट फर्किएका पति र संक्रमित पतिका कारण गृहिणीमा संक्रमण दर बढेको हुनसक्ने अनुमान गर्छन् ।
    केन्द्रको तथ्यांकअनुसार असुरक्षित सुई प्रयोगका कारण दुईहजार सातसय जनामा संक्रमण भएको तथ्यांक छ । जसमध्ये ६४ जना महिला छन् । नेपालमा स्वास्थ्य सर्वेक्षणमा आधिकारीक मानिएको इराले यही बर्ष काममाडौं र पोखरामा गरेको सर्वेक्षणमा अझैंपनि असुरक्षित सुई प्रयोग गरेर एचआईभी संक्रमण हुने घटनामा नसकिएको उल्लेख छ । इराले ६ सय ८५ जनामा गरेको सर्वेक्षणमा सुई प्रयोग गर्ने काठमाडौंका ६ प्रतिशतभन्दा बढीमा एचआईभीको संक्रमण भेटिएको थियो । पोखराका तीनसय ४५ जना सुई प्रयोगकर्ताहरुमाझ गरिएको सर्वेक्षणमा चार प्रतिशतभन्दा बढीमा संक्रमण भेटिएको थियो । जबकी यी दुवै शहरमा सन् २००४ मा गरिएको यस्तै सर्वेक्षणमा सहभागी सुई प्रयोगकर्तामध्ये क्रमशः ६८ प्रतिशत र २२ प्रतिशतमा संक्रमण भेटिएको थियो ।
    सोही सर्वेक्षणमा काठमाडौंका दुई प्रतिशत यौनकर्मी महिलामा नयाँ संक्रमा भेटिएको थियो भने पोखराका महिला यौनकर्मीमा यो दर तीन प्रतिशत थियो । सर्वेक्षणले यौनसम्पर्कको बेलामा कण्डमको प्रयोग गर्ने प्रचलन बढेपनि सन्तोषजनक नभएको देखाएको छ । काठमाडौंका ७३ प्रतिशत यौनकर्मीले मात्र सुरक्षित सम्पर्क गर्ने बताएका थिए । यो मामलामा पोखराका यौनकर्मी अझ कमजोर अर्थात छन् । उनीमध्ये ६१ प्रतिशतले मात्र सुरक्षित सम्पर्क राख्ने सर्वेक्षणको निश्कर्ष छ ।

Monday, October 24, 2011

आयतमूखी व्यवसायी बढे, अर्थतन्त्र आरोलोको संकेत

    हेटौंडा, ६ कात्तिक÷ मकवानपुरमा आयातमुखी बाणिज्य व्यबसाय बढेको तथ्याड्ढले देखाएको छ । घरेलु तथा साना उद्योग कार्यालय हेटौंडामा दर्ता हुने व्यवसायमध्ये आयातमुखी बाणिज्य व्याबसाय बढी छन् । उद्योगभन्दा बढी आयातमुखी व्यबसाय बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
    उत्पादनमूलक उद्योगहरुभन्दा आयातमुखी व्यवसाय बढ्दा राष्ट्रिय मुद्रा बाहिरिने भन्दै हेटौंडाका व्यबसायसम्बद्ध व्यक्तिहरुले चिन्ता व्यक्त गरेका हुन् । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी उद्योगको तुलनामा बाणिज्य व्यबसायको संख्या बढ्नु अर्थतन्त्र ओरालो लागेको संकेत भएको धारणा राख्छन् ।
    हाल मकवानपुरमा आठसय ९३ उत्पादनमूलक उद्योग छन् भने वाणिज्य व्यवसायअन्तर्गत तीनहजार नौसय ९१ व्यवसाय दर्ता भएका छन् । मकवानपुरमा कृषिजन्य उद्योगअन्तर्गत ७२, पर्यटनअन्तर्गत ९४ र सेवामूलक उद्योगअन्तर्गत एकहजार एकसय ७१ उद्योग दर्ता भएका छन् ।
    दर्ता भएका उद्योगहरुमध्ये पनि आधा उद्योग नवीकरण नगरेकाले खारेजीको प्रक्रियामा गएको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख  झवेश्वर गौतमले जानकारी दिए ।
    मउवा संघ अध्यक्ष सुमार्गी उद्योग फस्टाउँदा कामदार, कच्चा पदार्थ उत्पादक र बजारले फाइदा लिनसक्ने बताउँछन् ।
राजनीतिक अस्थिरताका कारण उद्योग फस्टाउन नसकेको उनले दाबी गरे । ‘वाणिज्य व्यवसायबाट फाइदा लिनलाई हङ्कङजस्तो विश्वकै आर्थिक केन्द्र बन्न सक्नुपर्छु’, उनले भने,‘त्यो तत्काल सम्भव छैन ।’
    उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरेलाई पनि उद्योगभन्दा वाणिज्य व्यबसाय बढी भएको चित्त बुझेको छैन । ठूला व्यबसायिक घरानाले पनि उद्योग छाडेर बाणिज्यतर्फ लगानी गर्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । उद्योग फस्टाउने वातावरण नरहेकाले वाणिज्यतर्फ आकर्षण बढेको उनको तर्क छ ।

Tuesday, August 9, 2011

कुलेखानी तेस्रो निर्माण सम्पन्न हुन थप तीनबर्ष लाग्ने

Project Manager Guo Choojie showing third tunnel of project (right)
बिजय तिमल्सिना
    हेटौंडा, २४ साउन÷ सन् २०११ को डिसेम्बर ७ तारेखभित्र निर्माण सम्पन्न गरिसक्ने भन्दै २००८ अप्रिल २७ बाट थालिएको कुलेखानी तेस्रोको काम सकिन थप तीनबर्ष लाग्ने भौतिक निर्माणको ठेक्का पाएको सिनो हाइड्रोले जनाएको छ । यसबारे नेपाल बिद्युत प्राधिकरणलाई जानकारी गराइसकिएको कम्पनीका प्रोजेक्ट म्यानेजर चिनियाँ नागरिक गुआओ चाओजीले बताए ।
    काम सक्नुपर्ने अवधि चारबर्षमध्ये अब पाँच महिना मात्र बाँकी रहँदा आयोजनाको जम्मा करिब ४० प्रतिशत मात्र सिभिल निर्माण सकिएको ठेकेदार कम्पनीले जनाएको हो । डिसेम्बरपछिको थप तीन बर्ष आवश्यक हुने कम्पनीको अनुमान छ । १४ मेगावाट क्षमताको आयोजना समयमै सकिए  दुईअर्ब १७ करोड खर्च हुने अनुमान गरिएको भएपनि थप समय लाग्दा लागतसमेत बढ्नेछ । काममा अवरोध आएको भन्दै  कम्पनीले यसअघि नै प्राधिकरणसँग ७४ करोड रुपियाँ क्षेतिपूर्ति माग गरेका थियो । आयोजना सुरु भएयता हालसम्म ९० दिन बन्द भइसकेको छ । आयोजनाको काम बन्द भएबापत कम्पनीले आयोजनासँग उक्त रकम दाबी गरेको हो ।
     काम थालेपछि झेल्नुपरेको विविध समस्याका कारण आयोजनाको भौतिक निर्माण समयमै सम्पन्न हुननसक्ने प्रोजेक्ट म्यानेजर चाओजीले जानकारी दिए । आयोजना निर्माण गर्ने जिम्मेवारी पाएको नेपाल बिद्युत प्राधिकरणसँग भएको सम्झौतामा उल्लेख गरिएभन्दा निर्माणस्थलको ढुंगा कमजोर भएको, पटकपटक बन्द भएको र अन्य अवरोधका देखाउँदै उनले आयोजना समयमै सम्पन्न गर्न नसकिने प्रष्ट पारे ।

Sunday, August 7, 2011

एउटा ढुड्डामा रेष्टुरेन्ट

Resturen in a stone
    हेटौंडा÷ एउटै ढुड्डामा रेष्टुरेन्ट खोलिएको छ भन्ने सुन्दा अपत्यारिलो लागे पनि हेटौंडाबाट करिब १५ किलोमटिर उत्तरपूर्वमा रहेको निबुवाटार गाविस–१, पान्द्राङमा खोलिएको रेष्टुरेन्ट पुग्ने जो कोही पनि एकपटक नहेरी सुखै पाउ“दैनन् । बर्षौदेखि राप्ती खोला किनारमा रहेको करिब ९ बर्गमिटर सतह भएको ढुंगालाई साढे ६ लाखको लागतमा रेष्टुरेन्ट सञ्चालनयोग्य पारिएपछि त्रिभुवन राजपथबाट हेटौंडा–कुलेखानी सडक खण्डहु“दै ओहोरदोहोर गर्नेहरुको लागि यो रेष्टुरेन्ट आकर्षणको केन्द्र बन्न पुगेको छ । होटल रेष्ट एण्ड रिभर साइड नाम दिइएको उक्त रेष्टुरेन्ट आफ्नो नामले भन्दा पनि ‘एकढुड्डे’ रेष्टुरेन्टको नामले बढी परिचित छ । ५ बर्षअघि ढुड्डा खोपेर समथल पारी बनाइएको रेष्टुरेन्टमा हेटौंडा, काठमाडौं, पोखरा,चितवनलगायत देशभरका मानिसहरु आउने गरेको सञ्चालक मेनुका श्रेष्ठ बताउनहुन्छ । कुलेखानीको बाटो हु“दै काठमाडौं ओहोरदोहोर गर्नेको संख्या बढेस“गै यो रेष्टुरेन्टमा चाप बढ्न थालेको छ ।
    राजमार्ग छेवैमा रहेको ढुंगाको माथिल्लामो भागमा उक्लन भ¥याङ राखिएको छ भने ढुड्डा र बासको पर्खालले ढुड्डे रेष्टुरेन्टमा अझ सुन्दरता थपेको छ । माथिल्लो भागमा बनाइएको दुईवटा कटेजमा करिब २० जनाभन्दा बढी बसेर खानपिन गर्न सक्छन् । काठमाडौं जा“दा सधैं यही“ बसेर खाजा खाने गरेको इटहरीका जीवन पौडेल बताउनुहुन्छ । यो रेष्टुरेन्टमा विभिन्न खाजाका परिकार र खाना खाने व्यबस्था छ । वरिपरि हरिया पहाडले घेरेको पान्द्राङको यो रेष्टुरेन्टबाट सुन्दर प्राकृतिक दृश्यसमेत देख्न सकिन्छ ।

४७ बर्षदेखि ओढारको बास

Lonba


    हेटौंडा, ९ मंसिर÷ चट्टानी पहाडको बीचमा रहेको सानो ओढार । थोरै समथल क्षेत्र भएको ओडारको भित्तामा लुगाफाटा झुन्ड्याइएको छ । कुच्चिएको सिलाबरको थाल अनि भात पकाउ“दा कालाम्य भएको डेक्ची र बिट भा“चिएको एउटा गिलास पनि  ओडारको एउटा कुनामा लडिरहेका छन् ।
    मकवानपुरको भैंसे गाविस १ स्थित भैंसे पुलनजिकैको एउटा ओडारको दृश्य हो यो । पुलभन्दा करिब ५० मिटर पूर्वको भीरमा उमेरले करिब आठ दशक काटिसकेका खड्गबहादुर लुङ्बा बस्छन् । लुङ्बाले ओढारमा बस्न थालेको पनि करिब पा“च दशक बित्न लागिसकेको छ ।
    मकवानपुरको बुढीचौर गाविसस्थित पुख्र्यौली घरबाट युवावस्थामै भैंसेको भीरमा आइ बस्न थालेका लुङ्बा बुढा किन ओढारमा बसे भन्नेबारे कसैले केही बताउन सक्ने अवस्था नभए पनि उनको अचम्मको बानीस“स भने भैंसेबासी अभ्यस्त बन्दै गएका छन् । ओढारमा एक्लै बस्ने लोङ्बा बुढा जंगलमा दाउरा बटुल्छन् र त्यसैको बिक्रीले आफ्नो  गुजारा गर्छन् । केही बर्षअघिसम्म कसैले दिएको नलिने र नखाने स्वभाव भएका लुङ्बा   अहिले भने चिनेका सीमित व्यक्तिले दिएको खानेकुरा खान्छन् ।
    सानैदेखि खोरिया फाडेर र ओडारमा बस्ने स्वभाव भएका लुङ्बा आफ्नो ओढार कसैले देखेमा तुरुन्तै स्थान  परिवर्तन गर्छन् । हालसम्म उनले कतिपटक स्थान फेरे त्यसको लेखाजोखा छैन् ।
    महिलालाई छुदा अपराध भएको ठान्ने लुङ्बा महिलाले दिएको केही पनि सोझै हातले समाउदैनन् । दाउरा बिक्रीको पैसा समेत महिलाले दिएमा भुईमा राख्न लगाएर मात्र टिप्छन् । आफूलाई आवश्यक पर्ने नुनु तेल किन्न उनी ११ किलोमिटर उत्तरको हेटौंडा बजारसम्म हिंडेरै आइपुग्छन् । केही बर्षअघिसम्म पुलबाट हिड्दा कर तिर्नुपर्छ भन्ने लुङ्बा अहिले भने पुलको प्रयोग गर्न हिच्किचाउदैनन् ।

Saturday, August 6, 2011

प्रेम जोडीमाथि अफगानी रिस

    अफगानिस्तान÷ एकजना केटा र एकजना केटी आइसक्रिम पार्लरमा भेट्छन् र चिनापरिचय गर्दै आआफ्नो फोन नम्बर आदानप्रदान गर्छन् । अफगानिस्तानजस्तो किशोरावस्थामा गरिने मायाप्रेमप्रति कठोर देशमा यी दुवैको विद्रोह यसैगरी सुरु भएको हो । यी भिन्नभिन्न जातिका किशोरकिशारीबीचको प्रेम अफागानी समाजका लागि निकै कडा चुनौति थियो जसका कारण यी जोडीले निकै हण्डर खेप्नुपरिरहेको छ ।
    केही दिनअघि अफगानको हेरात सहरमा गुडिरहेको कारलाई केही मान्छेले रोके र कारभित्र रहेका एक किशोर जोडीलाई रोडमा उभ्याएर प्रश्नहरु बर्साउन थाले । को हौ तिमीहरु ? यसरी कारमा हिड्ने अधिकार तिमीहरुलाई कसले दियो ? रोडमा जम्मा भएको करिब तीनसय जनाको भीडले यो जोडीलाई कि त ढुंगाले हानेर मानुपर्छ कि त झुन्ड्याउनुपर्ने माग राख्दै खनिन् थाले ।
    तर, स्थानीय प्रहरीले जब ति जोडीलाई नियन्त्रणमा लिंदै उत्तेजित भीडबाट बचायो तर ती मानिसले ती चढेका कारलाई आगो लगाइदिए अनि पश्चिम अफगानको कानुन उल्लंघन गर्नेको सुरक्षा दिएको भन्दै प्रहरीको चर्को बिरोध गरे ।
    प्रहरीले उत्तेजित भीडबाट १७ बर्षीय किशोरी हालिन मोहम्मदी र उत्तिनै उमेरका उनका प्रेमी  रफी मोहम्मदलाई बचाएर नाबालक राख्ने सुधार गृहमा राखेको  छ। अब, उनीहरुको भाग्य र भविष्य अस्पष्ट र खतरनाक अफगानी कानुको भरमा अडिएको छ । तर, उनीहरुले आफ्नै परिवार र समाजबाट पनि गम्भीर लाञ्छना भोग्नु परिरहेको छ ।
    मोहम्मदीका काकाले सुधार गृहमा उनलाई भेटेर आफ्नो नाक काटिदिएको आरोप लगाउँदै कानुनले छाडेपनि आफूले मारिदिने भनी धम्क्याएका छन् । उनका काकाको कुरामा इरानमा रोजगारी गर्ने श्रमिक उनका बाबुले पनि सही थापेका छन् । ‘उनीहरु दुवैलाई मार्ने निर्णय गरियोस्’, उनका बाबुले भने ।
    सुधार गृहमा बसिरहेका दुवै किशोरकिशोरी आफूहरु मन तयार रहेको बताउँछन् । तर, उनीहरुको प्रश्न छ– उनीहरु किन मर्नुपर्ने हो ? १७ बर्षीय मोहम्मद आफू मर्न तयार रहेको बताउँदै प्रेमिका मोहम्मदीलाई यो सुधारगृहबाट मुक्त गर्न अल्लाहसँग प्रार्थना गरिरहेका छन् । मोहम्मदी पनि अल्लाहले आफूहरुलाई मर्नकै लागि जन्माएको भन्दै कसैलाई माया गर्न डराउनु नपर्ने धारणा राख्छिन् ।
    अफगानिस्तानको हेरात यस्तो सहर हो जहाँ केही महिनाअघि प्रेम विवाह गर्न खोज्ने एक जोडीलाई तालिवानको आदेशमा जम्मा भएको सयौं मानिसले ढुंगा हानी मारेका थिए । तर, यसपटक भने प्रहरीले यी जोडीलाई उनका आक्रोशित परिवारलाई समेत जिम्मा नलगाएर सुरक्षित स्थानमा राखेको  छ।
    स्थानीय प्रशासनले यी जोडीलाई सरकारी सुरक्षा आवश्यक रहेको निर्णय गर्दै सुरक्षा दिने बताएको छ । ‘उनीहरुले यौनसम्बन्ध नै राखेको भए पनि उनीहरु अपराधि होइन्न्’, स्थानीय प्रशासनको एक अगुवा  अब्दुल जाहिरले भने ।

यौनकर्मी पहिचानमा मोबाइलको अवरोध

    हेटौंडा÷ यौनकर्मीहरुले मोबाइल प्रयोग गरी ग्राहक खोज्न थालेपछि सम्भावित जोखिम न्यूनीकरणमा क्रियाशील संघसंस्थाको लागि चुनौति थपिएको छ । सामान्यता भीडभाडका स्थान, होटल, लज र पार्कमा ग्राहकको प्रतिक्षामा रहने यौनकर्मीहरुले  पछिल्लो समय मोबाइलको प्रयोग बढाउन थालेपछि उनीहरुको पहिचान गर्न समस्या उत्पन्न भएको हो । यौनकर्मी पहिचान गर्न नसकिंदा उनीहरुमा यौनजन्य रोगको संक्रमण हुनसक्ने एचआईभीको क्षेत्रमा कार्यरत संस्था जीडब्लुपीका कार्यक्रम संयोजक रामशरण सापकोटा बताउ“छन् ।
    यौनकर्मीहरुले हालका दिनमा मोबाइलबाटै सम्पर्क गरेर ग्राहक खोज्ने र ग्राहकले समेत त्यस्ता महिलाको मोबाइलमै सम्पर्क गर्न थालेपछि उनीहरुलाई पहिचान गर्न समस्या परेका उनको भनाई छ । यौनकर्मी महिलाको पहिचान हुन नसक्दा उनीहरुलाई एचआईभी÷एड्सबारे सचेत पार्न नसकिएको र यसले उनीहरुमा यौनजन्य संक्रमणको जोखिम बढ्न सक्ने सापकोटाको चिन्ता छ । ‘कतिपय यौनकर्मीहरु यौनजन्य संक्रमणका बारे अनभित्र छन’, सापकोटाले भने, ‘उनीहरुलाई यौनजन्य संक्रमणबाट बच्ने उपायबारे सचेत पार्ने र कण्डमको सही प्रयोगबारे बुझाउनुपर्ने आवश्यकता छ ।’
    यौनकर्मी र ग्राहकले मोबाइलबाटै सम्पर्क गरी सोझैं पार्क, होटल र लजमा भेट्ने प्रवृत्ति बढिरहेको छ । यस्ता यौनकर्मीहरुलाई यौनजन्य संक्रमणबाट बचाउन होटलस“ग सहकार्य सुरु गरेको सापकोटाले बताए । होटल र लजमा जानेहरुलाई पनि कण्डम वितरण गरी यसको सही प्रयोग विधिबारे सिकाउने र एचआईभी÷एड्सबारे सचेत पार्ने प्रयास गरिरहेको उनले बताए । मोबाइलबाटै सम्पर्क गरी ग्राहक खोज्ने वर्गमा गृहिणीहरु बढी रहेको तथ्यांक छ । बिद्यार्थी र पढेलेखेका महिलाहरु यसमा संलग्न हुने गरेका छन् ।
    अधिकांश यौनकर्मी महिला १८ बर्षदेखि ३० बर्षसम्म उमेरका हुने गरेको तथ्यांक संस्थास“ग छ । आर्थिक अभाव, पतिस“गको यौन असन्तुष्टि र मनोरञ्जनका लागि महिलाहरु यौनकर्ममा लाग्ने गरेको अनुभव संस्थाकी आउटरिच एजुकेटर सुमित्रा खड्काले बताइन् । आर्थिकरुपमा सम्पन्न परिवारका महिलाहरु समेत यौनकर्मी हुने गरेको अनुभव उनको छ । यातायात मजदुर, सेना, प्रहरी, रिक्साचालक यौनकर्मीका प्रमुख ग्राहकहरु हुन् ।
    मकवानपुरको चुरियामाई गाविसदेखि मनहरी गाविसको लोथरसम्म करिब ८२ किलोमिटर क्षेत्रमा करिब पा“चसय ३२ जना यौनकर्मी रहेको जीडब्लुपीको तथ्यांक छ । यो क्षेत्रमा मासिक औसत करिब १४ जना यौनकर्मीहरु थपिने गरेको देखिन्छ । ग्रामीण क्षेत्रबाट अध्ययनको लागि सदरमुकाम आउने छात्रा संगत र आर्थिक अभावका कारण यौन पेशामा लाग्ने प्रवृत्ति बढ्न थालेको खड्काको अनुभव छ । संस्थाले मासिक औसत १५ हजार कण्डम यौनकर्मी महिला र तिनका ग्राहकलाई निःशुल्क वितरण गरिरहेको छ ।

फेसबुकमा भेटिएकी नक्कली

बिजय तिमल्सिना

फेसबुकमा साम्प्रदायिकताको गन्ध

बिजय तिमल्सिना

‘थ्याङ्क यु एण्ड गुडबाई’को पाठ

संसारभरका सेलिब्रेटीलाई उनीहरुको आन्तरीक जीवनको कुरा छापिदिएर धुरुक्क पार्ने, सामान्य मान्छेले कहिल्यै थापा नपाउने उनीहरुको सेक्स स्क्यान्डलहरु छताछुल्ला पारेर संसारभर ७५ करोड पाठक कमाएको न्यूनज अफ दी वल्र्ड साप्ताहिक आइतबारदेखि बन्द भएको छ । एकय ६८ बर्ष लामो इतिहास बोकेको पत्रिकाले आइतबार अन्तिम ८ हजार ६ सय ६४ औं अंक निकाल्दै पत्रिका बन्दको घोषणा गरेको हो । यत्तिका अंकका पत्रिकाले कत्तिको गोप्य कुरा छाप्यो, कत्तिको छाप्नै नहुने भनिएका कुराहरु समेत छापेर स्क्यान्डर मच्चाइदियो । कुनै बेला सेलिब्रेटीहरुको रुवाबासी पारिदियो अनि पाठकलाई हसाइदियो । त्यसैले संसारभर यतिधेरै पाठक कमायो ।
तर, समय यस्तो आयो पत्रिकाको दुःखद् बिदाईको क्षणमा उसलाई मन पराउने पाठकले न त पत्रिका बन्द गर्नैपर्छ भनेर आवाजा उठाउन सके न त गर्नहुन्न भनेर केही शब्द व्यक्त गर्न सके । किनभने यत्तिको ठूलो गल्ती गरिसकेपछि पत्रिकाले आफ्नो प्रकाशन बन्द गर्नुको कुनै बिकल्पै देखेन् । संसारभरका प्रजातान्त्रिक मुलुकमा कुनै पनि प्रकाशन माध्यमले कुनै तथ्य प्रकाशन गरेकै भरमा बन्द हुनुपर्ने अवस्था अहिले छैन् तै पनि न्यूज वल्र्ड आफैंलाई आफूले गरेको गल्तीमा निकै ग्लानी महशुश भएकैले पत्रिका प्रकाशन बन्द गरेको छ ।
आफ्नो अन्तिम संस्करणमा पत्रिकाले आफ्नो ऐतिहासिक यात्राको बारेमा उल्लेख गर्दै फोन ह्याकिङ गर्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै प्रहरीको अनुसन्धानलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरी प्रेस अचारसंहिता स्वस्फुर्तरुपमा लागु हुनुपर्नेमा जोड दिइएको छ । पत्रिकाको कार्यालयमा प्रकाशन बन्द घोÈण्ाँ गरेका सम्पादक कलिन मायलरले ‘आफू रहनुको योग्यताको अन्त्य भएको’ बताउ“दै फोन ह्याकिङ गरेकोमा माफी मागेका छन् । उनले गल्ती कामको कुनै कारण नहु“ने पश्चातापको भावमा व्यक्त गरेका छन् । पत्रिकाले आफ्नो अन्तिम प्रकाशनमा पाठकलाई पत्रिका बन्द गर्नुपरेको दुःखद् खबर सगौरब पस्किएको छ । आफ्नो यत्ति लामो इतिहासमा पाठकलाई धेरै स्वाद पस्किन सकेकोमा उसले गौरव गरेको छ ।
पत्रिकाका पूर्व सम्पादक एल्डी कलसनलाई शुक्रबार प्रहरीले अरुको फोन ह्याकिङ गरेको आरोपमा पक्राउ
गरेपछि पत्रिका बन्द हुने प्राय निश्चित हुने भइसकेको थियो । प्रत्रिका प्रकाशत समूह न्यूज इन्टरनेशनलले पत्रिका बन्द गर्ने घोषणा पहिल्यै गरिसकेको थियो । आफ्नो ऐतिहासिक अन्तिम अंकलाई स्मरण लायक बनाउन पत्रिकाले अन्तिम अंकको बिक्री रकम बेलायतकै तीन सामाजिक संघसंस्थालाई बराबरी बाड्ने घोषणा समेत गरेको छ । पत्रिकाको अन्तिम अंकमा कुनै बिज्ञापन नराखी पश्चातापपूर्ण आलेख, सम्पादकीय र सामाजिक सन्देशहरु राखिएको छ ।
सेलिब्रेटीहरुको खबरमा स्कुप पार्दै संसारभर प्रभाव फैलाएको बुढो पत्रिकाको यो दुःखद् बिदाईमा यसका करोडौं पाठकको मन रोएपछि पत्रिकाको पश्चातापले संसारभरका संञ्चारगृह, सञ्चारकर्मी र यसका मालिकलाई दरिलो सन्देश छाडेको छ कि सुर्यलाई हत्केलाले छेकिदैन्, गल्ती लुकाएर लुक्दैन् । सधैं अरुका गल्ती र गोप्य कुरा छापेर स्क्यान्डर मच्चाउने साहस गर्ने आज बेइज्जतिपूर्ण कार्यको कारण करोडौ पाठकको माया गुमाउ“दै बिदा हुनुप¥यो । पत्रिका प्रकाशनको जतिसुकै लामो इतिहास बनाए पनि, जतिसुकै बढी पाठकले पत्रिका रुचाए पनि गल्ती गरेपछि नतमस्तकपूर्ण बिदाईको बिकल्प नहु“ने यो घटनाले इंकित गरेको छ । आफ्नो गल्तीमा प्रायश्चित गर्दै संसारकै बुढा दैनिकले समेत बिदा माग्दै अब यस्तो गल्ती नदोहो¥याउन संसारका सबै सञ्चारमाध्यमलाई सिकाएको छ । बिक्रीले सीमा नाघेर वेवसाइट पढ्नसमेत शुल्क लिन सुरु गरेको न्यून अफ दी वल्र्डस“ग जोडिएको यो घटनाले बलियो सञ्चारमाध्यम बनेकै भरमा मनलाग्दी गर्न नपाई सन्देश दिएको छ ।
अरुको फोन ह्याकिङ गर्ने मामलामा करिब ४ बर्षअघि नै विवादमा परेको अखबारको लागि मात्र होइन् अखबार बन्द गर्नुपरेको यो घटनाले यसको माउ प्रकाशन द सन दैनिकलाई पनि घाउ बनाएको छ । न्यूज अफ दी वल्र्ड बेलायती दैनिक पत्रिका द सनको आइतबारे साप्ताहिक अंक हो ।
पत्रिकाका अर्का पूर्व सम्पाकद क्लिभ गुडम्यान पनि राजपरिवारका सदस्यहरुको फोन ह््याकिङ गरेको
आरोपमा ४ बर्षअघि पक्राउ परेका थिए । कलसनलाई भने युद्धमा मारिएका बेलायती सैनिक परिवार, सेलिब्रेटी, रानीतिज्ञको फोन ट्याप गरेको आरोप छ । यद्यपि उनले आफूलाई यसबारे केही थापा नभएको बताएता पनि प्रहरी अनुसन्धानले कल ह्याकिङ गरेको पृष्टि गरिसकेपछि पत्रिकाकाले सम्पादकले त्यसको जिम्मेवारी नलिई सुखै छैन् । न्यूज वल्र्डले साच्चै फोन ट्याप गरेको हो रहेछ भने उले अरुको गोप्य कुरा थाहा पाउने र समाचारमा स्कुप मार्ने लहडले त्यसो गरेको हो भन्ने प्रष्टै हुन्छ ।
न्यूज वल्र्ड मात्र होइन महत्वपूणर्म मान्छेको गोप्य कुरा थापा पाउने उत्सुकता संसारका सबै
सञ्चारगृहलाई हुन्छ । तर, न्यूजमा स्कुल मार्ने र पावरफूल बन्दै जाने लहडमा संसारका कसैले पनि न्यूज वल्र्ड शैली अपनाउछन् भने उनीहरुले पनि न्यूजवल्र्डले जस्तै ‘थ्यांक यु एण्ड गुडबाई’ भन्नुपर्नै हुन्छ जुनबेला उनीहरुलाई मन पराउने जतिसुकै करोड पाठक वा दर्शक भएपनि न्यूजवल्र्डझैं अलप हुनबाट रोक्ने छैनन् ।