Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Saturday, January 19, 2013

"कुख्यात" सेलिब्रेटी !

टि्वटरमा उनका करिब १ लाख फलोअर देख्नेहरूलाई उनी निकै प्रख्यात सेलिब्रेटी लाग्छन्। नलागून् पनि किन ? हजारौंले  उनको स्टाटसलाई रिप्लाई गरेका छन्। उनले सञ्चालन गरेको बेवसाइट कुनै दिन दैनिक ३ लाखभन्दा बढीले हेर्थे। उनको  आम्दानी महिनामै २० हजार डलरभन्दा बढी हुन्थ्यो।

यी सब थाहा हुनेलाई त उनी अझ प्रख्यात लाग्लान्, तर उनी प्रख्यातिका कारण नभै कुख्यातिका कारण चर्चित छन्। इन्टरने टमा उनी हन्टर मोरको नामले चिनिन्छन्।

Friday, September 14, 2012

पाँच रुपियाँदेखि करोडसम्म

    १५ बर्षअघि सदस्य बनेर पाँच रुपियाँ बचत थाल्दा भीमफेदी गाविसस्थित महिला जागृति बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले कुनै दिन आफ्नो सहकारी नेपालकै उत्कृष्ट बन्नेछ भन्ने सोचेकै थिएनन् । लेखपढ गर्न त के हस्ताक्षरसमेत गर्न नसक्ने अधिकांश सदस्य भएको यस सहकारी देशका दुईसय महिला बचत तथा ऋण सहकारीलाई पछि पार्दै उत्कृष्ट घोषित भएको हो ।
    बचत तथा ऋण सहकारी केन्द्रीय संघको ३२ वटा मापदण्डमा अब्बल ठहरिएको यस सहकारी देशकै उत्कृष्ट महिला सहकारी घोषित भएपछि यसको चर्चा बढी हुन थालेको छ । १५ बर्षे अवधिमा सहकारीले सदस्यका लागि उल्लेख्य काम गरेको छ । सहकारी अध्यक्ष मंगलादेवी श्रेष्ठ सहकारीले ल्याएको परिवर्तनको उदाहरण आफैं भएको सवर्ग सुनाउँछिन् । आठ बर्ष सहकारीको कोषाध्यक्ष पद सम्हालेर हरहिसाबमा पाको बनेकी श्रेष्ठ अहिले सहकारी अध्यक्ष छिन् । सहकारीले गाविसका महिलाको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाएर आत्मनिर्भर बन्न सिकाएको उनको अनुभव छ । सहकारीमा लागेपछि आफूसहित धेरै महिलाहरुले पढ्न र बोल्न जानेकोमा उनलाई सन्तुष्टि मिलेको छ ।
    ३२ वटा महिला समूहमा आवद्ध ६२ महिलाको बचत संकलनबाट सुरु सहकारीले यस अवधिमा पटकपटक गरी पाँचसय बढी सदस्यलाई प्रौढ शिक्षामा सामेल गराइसकेको छ । जसका कारण सुरुमा ल्याप्चे ठोक्ने सबै सदस्यहरु अहिले आफ्नो नाम लेख्न र हस्ताक्षर गर्नसक्ने भएका छन् । घरायसी काममा व्यस्त भीमफेदीका महिला जुटेर स्थापित सहकारीले गाविसभरका महिलालाई एउटै मालामा गाँसेको छ । हाल सहकारीको नौसय ५५ सेयर सदस्य छन् । ती सबै महिला हुन् । करिब एक हजार घरधुरी भएको भीमफेदी गाविसमा अधिकांश परिवारका महिला यस सहकारीका सदस्य छन् ।
    सहकारीबाट बिना धितो पाइने ५० हजार र धितो राखेपछि पाइने तीन लाखसम्मको कर्जाबाट गाविसका महिला मात्र नभई उनीहरुको जीवनशैली नै फेरिएको छ । सहकारीबाट कर्जा लिएर व्यवसाय गर्दै परिवारको जीवन शैलीमा कायापलट गरेका जुरिखेतकी केशरी थापा, भीमफेदी–७ की मनमाया लो र विष्णु परियार सहकारीले बदलेको जीवनको उदाहरण मात्रै हुन् । उनीहरुले सहकारीको ऋणबाट गरेको लगानीले क्रमशः गाँजर खेती, फर्निचर व्यवसाय र पसल फस्टाएको मात्र छैन, गर्न खोजे हुँदो रै’छ भन्ने उदाहरणसमेत थपेको छ ।
    स्थापनाताका बैठक गर्ने कोठा नपाएर चोक र चौतारामा बसेर छलफल गर्नु परेको स्मरण संस्थाकी सचिव निर्मला थापासँग ताजै छ । गाविसको थोत्रो भवनलाई सहकारीले आफ्नै लगानीमा मर्मत सम्भार गरी बैंकको शाखाझैं भव्य बनाएको छ, जहाँ दैनिक दर्जनांै सदस्य बचत र ऋणको कामले आउजाउ गर्छन् । यस सहकारीकी संस्थापक अध्यक्ष भगवती पुडासैनी जिल्लाकै महिला अगुवाका रुपमा परिचित छिन् ।
    सहकारीको आव २०६८÷०६९ को कूल बचत एक करोड ७ लाख थियो भने पौन दुई करोड लगानी छ । सहकारीले सबभन्दा बढी व्यापार, व्यवसाय, कृषि र पशुपालनमा लगानी गरेको छ । सहकारी कोषाध्यक्ष रीता आलेले एक बर्षमा सहकारीले चार करोडको कारोबार गरेको जानकारी दिइन् ।

Sunday, August 5, 2012

होटलमा छापाः मार्ने कि नमार्ने ?

    मुरारी देवकोटा (नाम परिवर्तन) अहिले १७ बर्षका भए । हाल उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा छन् । उनलाई दुई दिन अघि प्रहरीले हेटौंडा बसपार्कको एक होटलबाट पक्राउ गरेको थियो । उनलाई पक्रनुको कारण हो–उनी र अर्की एक युवती एउटै कोठामा थिए । देवकोटा टिभी हेर्दै थिए उनकी प्रेमीका (उनले भनेअनुसार) बाथरुममा नुहाउँदै थिइन् । त्यही बेला प्रहरी पुगेर पक्राउ गरेपछि उनीहरु दुवैलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ । आरोप हो–सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप गरेको । अब उनीहरुले पाउने सजाय अस्पष्ट नेपाली कानुनको हातमा छ । सार्वजनिक अपराध ऐनअनुसार उनीहरुमाथि २८ हजारसम्म जरिवाना र केही महिना कैद पनि हुनसक्छ ।

Friday, August 3, 2012

पत्रकारहरु सच्चि नुजरुरी

    पत्रकारहरुले समाचार लेख्दा आचारसंहिताको प्रयोग गर्दै आचरणसमेत सुधार गर्नुपर्ने निश्कर्ष निकालिएको छ । ेटौंडामा सोमबार प्रदर्शित पीडामा पत्रकारिता शिर्षकको बृत्तचित्र प्रदर्शनीका सहभागीहरुले यस्तो निश्कर्ष निकालेका हुन् । पत्रकारहरुमाथि हुने आक्रमणमा केन्द्रीत बृत्तचित्रमा संखुवासभाका किशोर बुढाथोकी, बिराटनगरका खिलानाथ ढकाल, रुकुमकी टिका विष्टमाथिको आक्रमण र बाराका बीरेन्द्र साहसहित हत्या भएका पत्रकारको घटनासँग सम्बन्धित छ ।

Tuesday, April 10, 2012

उफ्,यो ह्यारेसमेन्ट

मकवानपुर बहुमुखी क्याम्पस कक्षा ११ मा पढ्दै गरेकी बिना ५ किलोमिटर टाढा नवलपुरबाट हिडेर आउन सम्भव नभएकै कारण म्याजिक भ्यान, माइक्रो वा ट्याम्पो चढेर कलेज आउनेजाने गर्छिन् । तर, उनको कलेज आउँदा र जाँदा र्सधैं तनाव व्यहोर्नुपर्ने हुन्छ । उनलाई कसैले नजिक्याएको दिनै हुँदैन अनि कसैले जिस्क्याएपछि उनको पारो तालिहाल्छ । रिस उठिहाल्छ । केटाहरुले कहिले गाडीमै भएको बेलामा उनको कपाल तानिदिन्छन् त कहिले पछाडि बसेर नानाभातिका कुरा सुनाएर दिक्क पार्छन् । तर, जिस्क्याउनेहरुलाई उनले केही गर्न सक्ने अवस्था छैन् ।

Saturday, February 11, 2012

सुरु भयो मायाको मौसम


हेटौंडा, १७ मंसिर÷ जाडो बढ्दै गर्दा उर्लिएको पिकनिक खाने र घुम्न जानेहरुको भीडसंगै मायाको मौसम सुरु भएको अनुभव गर्न थालिएको छ । रमणीय पार्क र खुल्ला स्थानमा घुम्न र पिकनिक खान आउनेहरुको रमाईलो, आत्मीयता र सम्बन्ध देख्ने र अनुभव गर्नेहरुलाई अबको मौसम मायाका लागि हो भन्ने लागेको हुनसक्छ ।

Sunday, December 18, 2011

सडक बत्तिको जिम्मा निजी क्षेत्रलाई दिन सुझाव

हेटौंडा नगरपालिका अन्तर्गत रहेको सडक बत्ति व्यबस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन सुझाव दिइएको छ । क्लिन एण्ड ग्रिन सिटी प्रालि हेटौंडाले हेटौंडा नगरपालिकामा गरेको सडब बत्ति सम्बन्धी अध्ययनपछि यस्तो सुझाव दिइएको हो । निजी क्षेत्रलाई दिए सडक बत्तिमा नगरपालिकाले गर्ने खर्चमा कमी आउने र यसको प्रभावकारीता पनि बढ्ने दाबी अध्ययनले गरेको छ । अध्ययनले नगरको बत्ति दैनिक औसत १० घन्टा बल्ने र एक बत्तिको लागि नगरपालिकाले बार्षिक नौसय ९२ रुपियाँ खर्च गर्ने गरेको तथ्यांक प्रस्तुत गरेको छ ।
हेटौंडा नगरपालिकाको ४ नं. वडालाई नमूना क्षेत्रको रुपमा लिई अध्ययन गरिएको हो । अध्ययनले ४ नंंंं वडामा सातसय ४७ वटा पोल रहेको देखाएको छ । तिमध्ये तीनसय २९ अर्थात ४४ प्रतिशत पोलमा मात्र बत्ति छन् । त्यसको लागि नगरपालिकाले बार्षिक २ लाख खर्च गरिरहेको छ ।
उक्त क्षेत्रका ५० प्रतिशत पोलमा बत्ति बाल्दा बार्षिक खर्च करिब ४ लाख हुने, ७५ प्रतिशत पोलमा बत्ति बाल्दा खर्च ५ लाख हुने र सबै पोलमा बत्ति बाल्दा साढे सात लाख रुपियाँ खर्च हुने अध्ययनले देखाएको छ । त्यस क्षेत्रका सबै पोलमा कम बिद्युत खपत हुने र धेरै उज्यालो दिने बिशेषता भएको सीएफएल चिम जडान गर्ने हो भने सुरुमै १३ लाख रुपियाँ खर्च लागे पनि त्यसको मासिक वा बार्षिक खर्चमा भारी कटौती हुने अध्ययनमा उल्लेख छ । सबै पोलमा सीएफएल जडान गर्ने हो भने त्यस क्षेत्रका करिब ३ हजार घरबाट प्रतिघर मासिक १० रुपियाँ शुल्क तिरे मर्मत र बिद्युत महशुल तिर्न पुग्ने अध्ययनमा भनिएको छ ।

Saturday, December 3, 2011

कर छल्छन् घरबेटी

    बहालमा बस्नेसँग चर्को भाडा असुल्ने हेटौंडाका घरधनी (घरबेटी) ले राज्यलाई तिर्नुपर्ने कर भने छल्ने
गरेका छन् । उनीहरुले भाडमा बस्नेसँग एक कोठा बराबरको मासिक ३० हजार रुपियाँसम्मा असुल गरिहेको भएपनि सम्झौतामा कम रकम उल्लेख गरी कर छल्ने गरेका हुन् ।
    व्यबसायका लागि घर भाडामा दिने घरबेटीहरु भाडाको १० प्रतिशत रकम करबापत राज्यलाई तिर्नुपर्ने व्यबस्था भएपनि उनीहरुले कम भाडा लिएको सम्झौता गरेर सरकारी निकायलाई नै ढाट्ने गरेका छन् । कर कार्यालयमा बुझाउने बिवरणमा बहालबालाले हस्ताक्षर गरेको सम्झौता पत्र देखाउँछन् जसमा बहालबावाले तिर्ने दश गुणाभन्दा कम रकम उल्लेख गरिएको हुन्छ ।

Saturday, November 26, 2011

यौनकर्मी भन्दा ग्राहक बढी संक्रमित

बिजय तिमल्सिना




    हेटौंडा ।
यौनकर्मीभन्दा यसका ग्राहकमा बढी एचआइभी संक्रमण हुने गरेको तथ्यांक राष्ट्रिय एड्स तथा यौनरोग निवारण केन्द्रले सार्वजानिक गरेको छ । केन्द्रले पछिल्लो पटक साउन महिनामा प्रकाशित गरेको रिपोर्टमा पहिचान गरिएका एचआईभी संक्रमितमध्ये अधिकांश यौनकर्मी महिलाका ग्राहक छन् ।
    हालसम्म पहिचान गरिएका १८ हजार पाँचसय ३५ मध्ये ४५ प्रतिशत अर्थात् आठ हजार तीनसय व्यक्ति यौनकर्मीका ग्राहक हुन् । जसमध्ये आठहजार दुईसय पुरुष र एकसय चार जना महिला ग्राहक हुन् । एक बर्ष अघि संक्रमित यौनकर्मीको ग्राहकको संख्या सातहजार दुईसय रहेको पहिचान खुलेको थियो । एक बर्षमा यौनकर्मीका एक हजार ग्राहकमा संक्रमण भेटिएको केन्द्रको तथ्यांकले देखाएको छ । मकवानपुरमा हालसम्म एकसय ९६ जनामा एचआईभी संक्रमण भएको तथ्यांक छ ।
    मकवानपुर जिल्लामा करिब पाँचसय यौनकर्मी महिलाहरु पहिचान गरिएको एचआईभी रोकथामको लागि सक्रिय जीडब्लुपीका कार्यक्रम संयोजक श्याम बासुकलाले जानकारी  दिए ।
    परिवार नियोजन संघ मकवानपुरका प्रबन्धक मुरारी रैला यौनकर्मी महिलामा आएको चेतना र बानी  परिवर्तनले संक्रमण दर कम भएपनि यसका ग्राहकलाई सचेतना जरुरी रहेको औल्याउँछन् ।
    केन्द्रको तथ्यांकअनुसार गृहिणी महिलामा पनि एचआईभी संक्रमण दर बढेको देखाउँछ । हालसम्म नेपालका करिब पाँच हजार गृहिणीमा संक्रमण भएको तथ्यांकले देखाउँछ ।  एक बर्ष अघि एचआईभी संक्रमित गृहिणीको संख्या चारहजार दुईसय थियो । एक बर्षमा करिब आठसय गृहिणीहरु संक्रमित भएको तथ्यांकले देखाउँछ । प्रबन्धक रैला वैदेशीक रोजगारीबाट फर्किएका पति र संक्रमित पतिका कारण गृहिणीमा संक्रमण दर बढेको हुनसक्ने अनुमान गर्छन् ।
    केन्द्रको तथ्यांकअनुसार असुरक्षित सुई प्रयोगका कारण दुईहजार सातसय जनामा संक्रमण भएको तथ्यांक छ । जसमध्ये ६४ जना महिला छन् । नेपालमा स्वास्थ्य सर्वेक्षणमा आधिकारीक मानिएको इराले यही बर्ष काममाडौं र पोखरामा गरेको सर्वेक्षणमा अझैंपनि असुरक्षित सुई प्रयोग गरेर एचआईभी संक्रमण हुने घटनामा नसकिएको उल्लेख छ । इराले ६ सय ८५ जनामा गरेको सर्वेक्षणमा सुई प्रयोग गर्ने काठमाडौंका ६ प्रतिशतभन्दा बढीमा एचआईभीको संक्रमण भेटिएको थियो । पोखराका तीनसय ४५ जना सुई प्रयोगकर्ताहरुमाझ गरिएको सर्वेक्षणमा चार प्रतिशतभन्दा बढीमा संक्रमण भेटिएको थियो । जबकी यी दुवै शहरमा सन् २००४ मा गरिएको यस्तै सर्वेक्षणमा सहभागी सुई प्रयोगकर्तामध्ये क्रमशः ६८ प्रतिशत र २२ प्रतिशतमा संक्रमण भेटिएको थियो ।
    सोही सर्वेक्षणमा काठमाडौंका दुई प्रतिशत यौनकर्मी महिलामा नयाँ संक्रमा भेटिएको थियो भने पोखराका महिला यौनकर्मीमा यो दर तीन प्रतिशत थियो । सर्वेक्षणले यौनसम्पर्कको बेलामा कण्डमको प्रयोग गर्ने प्रचलन बढेपनि सन्तोषजनक नभएको देखाएको छ । काठमाडौंका ७३ प्रतिशत यौनकर्मीले मात्र सुरक्षित सम्पर्क गर्ने बताएका थिए । यो मामलामा पोखराका यौनकर्मी अझ कमजोर अर्थात छन् । उनीमध्ये ६१ प्रतिशतले मात्र सुरक्षित सम्पर्क राख्ने सर्वेक्षणको निश्कर्ष छ ।

Tuesday, November 22, 2011

गाविस सचिवलाई नासपातिको वाइन

चित्लाङ, ३ मंसिर ।
नियमित मासिक बैठकको निमित्त चित्लाङ पुगेका मकवानपुरका गाविस सचिवहरुलाई चित्लाङ गाविसमा भव्य स्वागत गरिएको छ । बैठकको लागि चित्लाङ वडा नं. ४ हाराहेटीस्थित गाविस कार्यालयमा आयोजित भेलामा पुगेका सचिवहरुलाई स्थानीयले बाजागाजा र फूलमालासहित स्वागत गरेका थिए । भेलापछि होमस्टेमा पुगेका पाहुनाहरुलाई यहाँका स्थानीयले नासपातिको वाइन, नेवारी परिकार र मालासहित स्वागत गरेका थिए ।
    ऐतिहासिक तथा धार्मिक महत्वसहित पर्यटकीय सम्भावना बोकेको चित्लाङ गाविसमा आएका गाविस सचिवहरुलाई गाविसकै होमस्टेमा बस्ने प्रबन्ध मिलाइएको छ । चित्लाङको सामुदायिक होमस्टेले आएका पाहुनाहरुको स्वागतको प्रबन्ध मिलाएको हो । गाविस सचिवहरुले प्रत्येक महिना हुने बैठक जिल्ला विकास समिति कार्यालयमा नगरी जिल्लाका फरक फरक पर्यठटकीय स्थलमा गर्ने निर्णय गरेअनुसार बैठक चित्लाङ गाविसमा राखिएको हो ।
    बैठककमा सहभागी हुन आएका स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, डिभिजन खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख अरुण सिम्खडालगायत जिल्ला विकास समितिका कर्मचारी, सञ्चारकर्मीलगायतका टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए । पाहुनाहरुलाई गाविस कार्यालयमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो । स्थानीय समझदारी बालक्लबका सदस्यहरुले स्वागत गित गाउँदै पाहुनाको स्वागत गरिएको थियो
    सामुदायिक होमस्टेका अध्यक्ष राधाकृष्ण बस्नेतले चित्लाङ पर्यटकीय सम्भावना बोकेको नयाँ स्थान भएको बताए । राजधानी काठमाडौंबाट करिब २२ किलोमिटरको दुरीमा रहेको चित्लाङमा पर्यटकको बासोबासको लागि होमस्टेको प्रबन्ध छ । यो सदरमुकाम हेटौंडाबाट ६० किलोमिटरको दुरीमा छ । यहाँका सात घरमा निर्माण गरिएको होमस्टेले करिब ६० पाहुना पाल्ने क्षमता राख्छन् । होमस्टेका पाहुनालाई फूलमाला, सगुको रुपमा नासपातिबाट बनाइएको रक्सी र नेवारी परिकारसहित स्वागत गर्ने गरिएको होमस्टेका सल्लाहकार बुद्धरत्न मानन्धरले बताए ।
    नेवार समुदायको बाहुल्यता रहेको चित्लाङ गाविस ऐतिहासिक चन्द्रागिरीको भन्ज्याङमा छ । यहाँका चन्द्रागिरी, भार्लस्वर पर्वत, अशोक चैत्य, स्वच्छन्द भैरव, तलेजु भवानी मन्दिर र कोट, सातधारा, नयाँ पौवा, सत्तल, त्रिपुरेश्वर, शिवालय, चपकेश्वर महादेव, प्राचीन गोपाली बस्ती, महामुनी एवम् नेपालकै सबैभन्दा ठूलो चीज उद्योगले पर्यटक लोभ्याउने हैसियत राख्छन् ।

Tuesday, November 1, 2011

हेटौंडामा मल्टिस्क्र्याप प्रोसेसिड्ड एरियाको अवधारणा

हेटौंडा/ नगरक्षेत्रका सबै टोलमा संकलित फोहोरबाट छुट्टै स्क्र्याप (कवाडी) छुट्याउने प्रयोजनका लागि मल्टिस्क्र्याप प्रोसेसिड्ड एरियाको अवधारणा अघि सारिएको छ ।
    मकवानपुरका स्क्र्याप व्यवसायीले शहरभरि फैलिएका स्क्र्याप व्यवसायस्थलले मानिस र अन्य जीवजनावरको स्वास्थ्यलाई विगारिरहेको भन्दै सबै व्यवसायस्थलहरुलाई एकै ठाउँमा राख्न स्पेशल स्क्र्याप जोन माग गरेका छन् । उनीहरुले वातावरण प्रदुषण नियन्त्रण तथा स्क्र्याप व्यवस्थापन समूहको पनि आवश्यकता महसुस गरेका छन् । आइरन तथा स्क्र्याप व्यवसायी संघ नेपालका अध्यक्ष बोमबहादुर राउतले हरेक पसलबाट निस्कने फोहोरको परिमाण र त्यसको विक्रीबाट हुने आय बराबरको कर छुटको व्यवस्था औंल्याए । उनले हरेक टोल विकास संस्थामा गल्ने र नष्ट हुने, नयाँ कच्चा पदार्थ बनाउन सकिने र कडाखालका स्क्र्याप संकलनका लागि ३ छुट्टै कन्टेनरको व्यवस्था गर्नु जरुरी रहेको बताए ।
    संघ महासचिव रामहरि धितालले भारतीय व्यवसायी भित्रिएको तथा कमिसन खोर र माफियाको चुड्डलबाट व्यवसायलाई मर्यादित बनाउनु चुनौतिपूर्ण रहेको बताए । उनले ‘कवाडी’ भनेर चिनिने व्यवसायीलाई सामाजिक रुपमा हेयका दृष्टिले हेर्ने गरिएको प्रति चिन्तित उनले राजनीतिक र गैरराजनीतिक समूहबाट स्क्र्याप व्यवसायीलाई डरधम्की र कुटपीट गर्ने गरेको आरोप लगाए ।
    मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष अरुणराज सुमार्गीले ‘फोहोरबाट मोहर, प्रदुषणमुक्त शहर’ अभियान थालेका व्यवसायीलाई हेयको दृष्टिले हेर्न नहुने बताए ।
    नगरलाई केन्द्र बनाएर पाँचसय भन्दा बढी स्वरोजगार स्क्र्याप मजदुर र ३० भन्दा बढी व्यवसायस्थल संचालनमा रहेको संघको तथ्याड्ढ रहेको छ । नेपालमा त्यस्ता स्वरोजगार व्यवसायीको संख्या करिब ५० हजार रहेको अनुमान छ ।

मर्चुरी च्याम्बर प्रयोगबिहीन

    हेटौंडा / देशका जिल्लास्तर अस्पतालमध्ये हेटौंडामा मात्र रहेको मर्चुरी च्याम्बर (शवलाई चिसो बनाई सुरक्षित राख्ने उपकरण) लामो समयदेखि बिग्रिएर थन्किएको छ ।
    करिब अढाई बर्षअघि स्वास्थ्य मन्त्रालयले अनुदानस्वरुप उपलब्ध गराएको उक्त च्याम्बर बिग्रिएकै डेढ बर्ष नाघिसक्यो । अस्पताल वर्तमान व्यबस्थापनले चासो दिएर मर्मत नगर्दा उक्त च्याम्बर प्रयोगबिहीन छ । तत्कालिन अवस्थामा च्याम्बरलाई सामान्य घर बनाएर जडान गरिएको थियो । शव राखेबापत् केही शुल्क लिएर सो रकम च्याम्बरकै संरक्षणमा लगाउने नीति नबन्दा च्याम्बर प्रयोगबिहीन भएको हेटौंडा अस्पतालका तत्कालिन अध्यक्ष सरोज खनालले दाबी गरे ।
    आफूले मन्त्रालयसँग हारगुहार गरेर भन्सारबाहेक करिब ६ लाख  मूल्य पर्ने च्याम्बर मकवानपुरको जिल्ला अस्पतालमा ल्याए पनि हालको व्यबस्थापनले मर्मतमा सामान्य खर्च गर्न नसक्दा काम नलाग्ने अवस्थामा पुगेको उनको गुनासो छ । च्याम्बरमा हाल शव राख्ने गरिएको छ तर सुरक्षित भने छैन । च्याम्बरले काम नगर्दा दुर्गन्ध फैलिने गरेको छ । पोष्टमार्टमलाई सहज बनाउने च्याम्बर पुर्नप्रयोगमा ल्याउनुपर्ने खनालको सुझाव छ ।
    हेटौंडा अस्पताल बर्तमान अध्यक्ष प्रकाश पौडेलले च्याम्बरको कम्प्रेसर बिग्रिएको बताए । स्थानीय क्षेत्रमा च्याम्बर मर्मत गर्न सक्ने निश्चय हुन नसक्दा मर्मतमा अप्ठेरो परेको उनको भनाई छ । त्यहाँ शव राख्ने काम चाही हुने तर उक्त शव प्राविधिक दृष्टिकोणबाट सुरक्षित भने नहुने उनले स्वीकारे ।
    पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएर रहेको हेटौंडा अस्पतालमा पोष्टमार्टम गर्नुपर्ने दुर्घटनाका मृतक र घाइते बढी आउने गरेका छन् । तर, च्याम्बर बिग्रँदा पोष्टमार्टम गर्नुपर्ने शव राख्न कठिनाई भएको अस्पतालका प्राविधिकहरुको समेत गुनासो छ । च्याम्बर बिग्रिएपछि शव राख्दा दुर्गन्ध फैलिने भएकाले मास्क लगाएर मेशिन नजिक जाँदा पनि गन्हाउने एक प्राविधिकले बताए । मेशिन बिग्रिएको भएपनि शव राखिदैंआएको छ ।

एघार प्रकारका खानीमा एउटा मात्र प्रयोग

    हेटौंडा÷ मकवानपुरमा बिभिन्न खानीका गरी ११ वटा खानी पहिचान भएपनि एउटाबाट मात्र व्यबसायिक प्रयोजनको लागि उत्खनन् हु“दै आएको छ ।
    तामा, सिसा,जस्ता, युरेनियम, कोवाल्ट, निकेल, टङ्ग्स्टेन, टिन र काओलाइनजस्ता महत्वपूर्ण खानीक्षेत्र रहेपनि यहा“का दुई उद्योगले चुनढुंगामात्र प्रयोग गर्दैै आएका हुन् । हेटौडा सिमेन्ट उद्योग र नवस्थापित शिवम् सिमेन्ट उद्योगले भैंसे दोमान, ओखरे र सुकौरा क्षेत्रका खानीबाट चुनढुंगा उत्खनन् गर्दै आएका छन् ।
    सरकारले सन् १९९८ मा गरेको सर्वेक्षणअनुसार मकवानपुरको अर्खले, बाह्रघरे, गोलखाल्टे, सानोटार, इपा र आग्रा खोलामा तामा, दमार र बाह्रघरेमा सिसा तथा जस्ता अनि धियाल गाविसको तीनभंगालेमा युरेनियमको प्रशस्त भण्डार रहेको देखिएको छ । जुरिखेत, माण्डु, इपाखोला र दमारमा कोवाल्ट (गहना र रंग निर्माणको लागि प्रयोग गरिने एक प्रकारको धातु) , निकल (बिशेषतः स्टेनलेस स्टिल बनाउन प्रयोग हुने धातु) , टङ्ग्स्टेन (फिलामेन्ट चिममा प्रयोग हुने धातु) र टिन तथा चिसो क्षेत्र दामनमा काओलाइन (सेरामिक्स बनाउने एक प्रकारको सेतो माटो) प्रशस्त पाइन्छ । सरकारी तथ्यांकले  मकवानपुरमा काओलाइन करिब १ खर्ब ५६ अर्ब ५५ करोड टन सञ्चित रहेको देखिन्छ । तर, तिनीहरुको व्यबसायिक प्रयोगको लागि कुनै निकायले कुनै प्रकारका सोचाईसमेत बनाएका छैनन् ।
    जिल्ला विकास समितिकिा सामाजिक विकास अधिकृत रामकृष्ण थापाले ती खानी उत्खनन् गर्दा हुनसक्ने क्षतिको व्यबस्थापनको लागि जिविसले  चासो दिने गरेको बताए । खानीजन्य उत्पादनका बारेमा जिविसको आवधिक  योजना गर्दा मौखिक चर्चा चले पनि निर्णय नभएको उनले जनाए । उनका अनुसार सबै प्रकारका खानीको अध्ययन गर्नैै बा“की छ । खानीजन्य उत्पादन व्यबसायिकरुपमा उत्खनन्योग्य छ वा छैनन् भन्ने बारे थप अध्ययन र अनुसन्धान जरुरी रहेको थापाले औंल्याए । आर्थिक वर्ष २०६२÷०६३ देखि हालसम्म जिल्ला विकास समितिले खानी रोयल्टी पाउन सकेको छैन । उत्खनन् अनुमति खानी विभागले दिने भएका कारण मकवानपुर जिविस रोयल्टीविहीन बन्न पुगेको हो ।
    युरेनियम विकिरण चुहि“दा जिल्लाको पूर्वी क्षेत्रमा मानवीय स्वास्थ्यमा गम्भीर प्रभाव पर्दै आएको छ । क्यान्सर र छालाजन्य रोगको जोखिममा विशेषतः बालबालिका र बृद्ध पीडित बन्दै आएको स्थानीयबासीन्दाले पटकपटक गुनासो गरेका छन् ।
   

Monday, October 24, 2011

खानेपानी लिन घण्टौंको यात्रा

    हेटौंडा, ६ कात्तिक÷ मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडासंग जोडिएको चुरियामाई गाविसका बासिन्दाहरु एक गाग्री खानेपानी लिन घण्टौं हिंड्नुपर्ने बाध्यतामा परेका छन् । धेरै वर्ष अघिदेखि पानीको समस्या भोग्दै आएका उनीहरुको उक्त बाध्यता अझै हटेको छैन ।
    चुरियामाई गाविसको वडा नं. २ नयाँबस्ती, वडा नं. ३ रातोमाटो, वडा नं. ४ सानोसुगौली र वडा नं. ९ को शिखरपानीका बासिन्दाहरुले धेरै मात्रामा पानीको समस्या झेल्दै आइरहेका छन् । ‘पिउने पानी लिनकै लागि हामीले धेरै दु.ख भोग्दै आएका छौं’, शिखरपानीकी गृृहणी मिनाकुमारी  लामाले बताइन् । ‘बिहानदेखि बेलुकासम्म गर्नुपर्ने दैनिक क्रियाकलाप तथा जीवनयापनका लागि अति आवश्यक पानी लिन घण्टौं हिंडेर जानुपर्ने बाध्यता छ’, उनले दुःखसो पोखिन् । ‘एक गाग्री पानी ल्याउन दिनभरि हिंड्नुपर्छ’, उनले भनिन् ।
    चुरियामाई–३ रातमाटेबासीले पनि वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आइरहेका छन् । वर्षायाममा आकाशेपानीले गर्दा धारामा पानी थोरै आएपनि सुख्खा मौसममा मुहानै सुक्ने हुँदा धारामा पानी पटक्कै नआउने स्थानीय शान्ति लामाले बताइन् । ‘यहाँ पानीको मुहान् त छ तर,  सुख्खा मौसममा पिउनमात्र पुग्ने हुनाले नुहाउन, कपडा धुन, गाईबस्तुलाई खुवाउन पुग्दैन’, उनले बताइन् ।
    यसैगरी, चुरियामाई गाविसकै वडा नं. २ नयाँबस्तीमा पनि पानीको समस्या ज्यूँकात्यूँ छ । खानेपानी सहज नहुँदा त्यहाँका बासिन्दाहरुले समस्या भोग्दै आएका छन् । नयाँबस्तीमा हाल खानेपानीको लागि इनार निर्माण भइरहेको स्थानीय श्यामकुमार ब्लोनले बताए ।
    वडा नं. ४ कै सयफुटबासी पनि खानेपानी समस्याबाट आक्रान्त छन् । एउटामात्र मुहान भएका कारण पानीको निकै अभाव रहेको  स्थानीय बिमल गोलेले बताए । ‘पानीको समस्या हुँदा हामी ५ किलोमिटर टाढा बाराको ३ नम्बर पुलसम्म पुग्नुपर्ने बाध्यता छ’, उनले आक्रोश पोख्दै भने– ‘सरकारले हामीलाई ज्यादै हेपेको छ ।’
    सानोसुगौलीमा एउटा धारा भएपनि सबै घरलाई नपुग्ने हुँदा पानी लिन अर्कै गाउँ पुग्नुपर्ने सानोसुगौलीकी तारा तितुङले बताइन् ।
    चुरियामाई गाविसको अन्य वडामा भन्दा २, ३, ४ र ९ नम्बर वडामा खानेपानी समस्या बढी देखिएपछि गाविसले सामान्य कुवा, धाराको पाइप आदिको लागिमात्र सहयोग गर्दै आएको गाविस सहायक कृष्ण क्षेत्रीले बताए । उनका अनुसार बृहत खानेपानी योजना मँसिरदेखि सुरु गरिने भएको छ ।
    नयाँबस्तीपछि अन्य वडाहरुमा पनि बृहत खानेपानीको योजना  विकास गरिने क्षेत्रीले बताए । बजेट सीमित रहेकाले साना योजनामामात्र लगानी गरेको उनले बताए । बृहत खानेपानी योजनापछि चुरियामाई गाविसले मुहार फेर्ने उनले विश्वास व्यक्त गरे । गाविसको अन्य वडाहरुमा भने खानेपानीको सुविधा पुगिसकेको छ ।

आयतमूखी व्यवसायी बढे, अर्थतन्त्र आरोलोको संकेत

    हेटौंडा, ६ कात्तिक÷ मकवानपुरमा आयातमुखी बाणिज्य व्यबसाय बढेको तथ्याड्ढले देखाएको छ । घरेलु तथा साना उद्योग कार्यालय हेटौंडामा दर्ता हुने व्यवसायमध्ये आयातमुखी बाणिज्य व्याबसाय बढी छन् । उद्योगभन्दा बढी आयातमुखी व्यबसाय बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
    उत्पादनमूलक उद्योगहरुभन्दा आयातमुखी व्यवसाय बढ्दा राष्ट्रिय मुद्रा बाहिरिने भन्दै हेटौंडाका व्यबसायसम्बद्ध व्यक्तिहरुले चिन्ता व्यक्त गरेका हुन् । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी उद्योगको तुलनामा बाणिज्य व्यबसायको संख्या बढ्नु अर्थतन्त्र ओरालो लागेको संकेत भएको धारणा राख्छन् ।
    हाल मकवानपुरमा आठसय ९३ उत्पादनमूलक उद्योग छन् भने वाणिज्य व्यवसायअन्तर्गत तीनहजार नौसय ९१ व्यवसाय दर्ता भएका छन् । मकवानपुरमा कृषिजन्य उद्योगअन्तर्गत ७२, पर्यटनअन्तर्गत ९४ र सेवामूलक उद्योगअन्तर्गत एकहजार एकसय ७१ उद्योग दर्ता भएका छन् ।
    दर्ता भएका उद्योगहरुमध्ये पनि आधा उद्योग नवीकरण नगरेकाले खारेजीको प्रक्रियामा गएको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख  झवेश्वर गौतमले जानकारी दिए ।
    मउवा संघ अध्यक्ष सुमार्गी उद्योग फस्टाउँदा कामदार, कच्चा पदार्थ उत्पादक र बजारले फाइदा लिनसक्ने बताउँछन् ।
राजनीतिक अस्थिरताका कारण उद्योग फस्टाउन नसकेको उनले दाबी गरे । ‘वाणिज्य व्यवसायबाट फाइदा लिनलाई हङ्कङजस्तो विश्वकै आर्थिक केन्द्र बन्न सक्नुपर्छु’, उनले भने,‘त्यो तत्काल सम्भव छैन ।’
    उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरेलाई पनि उद्योगभन्दा वाणिज्य व्यबसाय बढी भएको चित्त बुझेको छैन । ठूला व्यबसायिक घरानाले पनि उद्योग छाडेर बाणिज्यतर्फ लगानी गर्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । उद्योग फस्टाउने वातावरण नरहेकाले वाणिज्यतर्फ आकर्षण बढेको उनको तर्क छ ।

हेटौंडाका अधिकांश स्वास्थ्य संस्थाहरु अवैध

    हेटौंडा, ६ कात्तिक÷ हेटौंडामा सञ्चालित अधिकांश स्वास्थ्य संस्था गैरकानुनी रहेको पाइएको छ । स्वास्थ्य संस्था सञ्चालनका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने भएपनि यहाँ सञ्चालित अधिकांश स्वास्थ्य संस्थाले अनुमति लिएका छैनन् । मकवानपुरका चारवटा संस्थाले मात्रै सञ्चालन स्वीकृति लिएको क्षेत्रीय निर्देशनालयका नारायण शर्माले बताए ।
    हेटौंडामा दुई दर्जनभन्दा बढी स्वास्थ्य संस्था छन् । ती स्वास्थ्य संस्था अबैध भएको निर्देशनालयले जनाएको छ । प्रशासनले केही दिनअघि अनुगमन गरेपछि बिनाअनुमति सञ्चालित बिनायक अस्पतालले अनुमति प्रमाणपत्र लिएपनि अनुगमन गरिएका अन्य आधा दर्जन स्वास्थ्य संस्था अनुमति लिने प्रक्रियामा छन् ।
    हेटौंडामा सञ्चालित देवी अस्पताल, मकवानपुर सहकारी अस्पताल, बिनायक अस्पताल र मनहरीको मकवानपुर काभानान्ट मात्र अनुमतिसहित सञ्चालित छन् । देवी अस्पतालले २०६५ देखि नवीकरण गरेको छैन । प्रशासनले केही दिनअघि आधा दर्जन स्वास्थ्य संस्थामा अनुगमन गर्दा कसैको पनि सञ्चालन अनुमति भेटिएको थिएन । हेटौंडामा सञ्चालित प्रायः सबै स्वास्थ्य संस्थाहरु अबैधरुपमा सञ्चालित भएपनि प्रशासनले उनीहरुलाई कारबाही गर्न सकेको छैन।
    १५ शैøयासम्मको स्वास्थ्य संस्थाले क्षेत्रीय निर्देशनालयसँग सञ्चालन अनुमति लिनुपर्ने र त्योभन्दा माथिको शैøयाको संस्थाले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने श्रेष्ठले बताए । मकवानपुरमा करिब एकदर्जन डेन्टल क्लिनिक, क्लिनिक र ल्याव सञ्चालनमा रहेपनि तीमध्ये कसैले पनि स्वीकृत लिएको नभेटिएको हो । स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकाय पनि विनाअनुमति सञ्चालित भएर जनस्वास्थ्यमा खेलबाड गरेको देखिएको हो ।