Tuesday, August 21, 2012

खाद्यान्न भाउ नियन्त्रणबाहिर

हेटौंडा, ५ भदौं÷ ‘आजसम्म भाउ घटेको थाहा छैन’, घरको लागि खाद्यान्न किन्न हेटौंडा बजार आएकी कमलडाँडाकी रमा पौडेलको भनाई यो हो । उनी जहिले खाद्यान्न किन्न आउँछिन त्यो बेलामा कुनै न कुनै खाद्यान्नको भाउ बढेकै हुन्छ । कहिले एकै चोटी सबैको भाउ बढिसकेको हुन्छ । किन बढ्न उनलाई थाहै हुन्न । न त कसैले बताउछ ।
पछिल्लो दुई महिनामा खाद्यान्नको भाउ बढेको बढ्यै छ । अधिकांश खाद्यान्नको कच्चा पदार्थको रुपमा वा सोझै भारतबाट आउने भएकाले किन भाउ बढेको  कसैलाई थाहा छैन । तर, उपभोक्ताहरु लगातार महंगो खाद्यान्न किन्न बाध्य छन ।
पछिल्लो दुई महिनामा चालम, तेल, दाल, चिनि, केराउ, पिठोजस्ता घरायसी प्रयोजनको खाद्यान्नमा लगातार भाउ बढेको बढ्यै छ । तर, बजार अनुगमन र नियमनको जिम्मेवारी पाएको निकाय मौन हुँदा उपभोक्ताको खल्ती रित्तिने क्रम यत्तिमै रोकिने छाँट छैन । किनकि प्रत्येक हप्ताजसो खाद्यान्नको भाउमा केही न केही बृद्धि भइरहन्छ । घट्ने लक्षण कहिल्यै देखिदैन ।
दुई महिनामा चिनीमा ७ रुपियाँ, चामलमा १० रुपियाँसम्म, मसुरोको दाल १० रुपियाँ, रहर दाल १० रुपियाँ, मुगको दालमा १० रुपियाँ, चनामा १० रुपियाँ, भटमास, सुर्यमुखी र तोरीको तेलमा पनि ७ रुपियाँसम्म बढेको छ, (हेर्नुस् बक्स) । यी त भए दुई महिना भित्रमा बढेको खाद्यान्नको भाउ । यसअघि पनि खाद्यान्नमो मूल्य उकालो लाग्ने क्रम थियो । दुई महिनामा सबै खाद्यान्नको भाउ अकासिदा पनि यसको कारण खोतल्ने प्रयास जिम्मेवार निकायले गरेको छैन ।
आर्थिक बर्षको अन्त्य र बजेट भाषणलाई लक्षित गरी हरेक बर्षजसो खाद्यान्नको भाउ बढ्ने गरेको खुद्रा व्यबसायी संघ मकवानपुर अध्यक्ष कुलप्रसाद चौलागाई बताउँछन । ‘भाउ किन बढ्यो हामीलाई थाहा हुन्न’, चौलागाईले भने,‘ठूला व्यापारीले भाउ बढ्यो भनेपछि त्यही अनुसार किन्ने हो ।’ चौलागाईका अनुसार हेटौंडा बजारका खुद्रा व्यापारीले ठूला व्यापारीसँग खरिद गरी चिनीमा ५ रुपियाँ प्रतिकेजी, पिठो चामललगायत खाद्यान्नमा दुई रुपियाँ प्रतिकेजी नाफामा बिक्री गर्छन । ‘भाउ बढेर हाम्रो नाफा बढ्ने होइन्’, चौलागाईले भने ।
कान्तिराजपथमा चालल, आलु, प्याजजस्ता खाद्यान्नको थोक व्यबसाय गरिरहेका गणेश सब्जी भण्डारका सञ्चालक हरिप्रसाद दाहाल खाद्यान्नको भाउ किन बढ्यो भन्ने जानकारी नभएको बताउछन । ‘बीरगञ्जका व्यापारीले भारतबाट चामल ल्याएर प्याकिङ गर्छन र आफ्नो भाउअनुसार बिक्री गर्छन’, उनले भने,‘यातायात भाडासमेत बृद्धि भएको छ ।’ यहाँको भाउ बढ्नुमा बीरगञ्जको व्यापारी कारक देख्छन् उनी ।
तेलको थोक बिक्री गरिरहेको जमादार स्टोरका सञ्चालक दीपक बलामी एक महिनायता तेलको भाउ स्थिर भएपनि त्यसअअघि भाउ बढेको बताउछन । उनका अनुसार तोरी, भटमास र सुर्यमुखी तेलको थोक मूल्यमै सात रुपियाँसम्म बढेको छ । ‘उतै (बीरगञ्ज) बाटै बढेर आएको हो’, उनले भने,‘बढ्नुको कारण हामीलाई थाहै हुन्न ।

Sunday, August 5, 2012

होटलमा छापाः मार्ने कि नमार्ने ?

    मुरारी देवकोटा (नाम परिवर्तन) अहिले १७ बर्षका भए । हाल उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा छन् । उनलाई दुई दिन अघि प्रहरीले हेटौंडा बसपार्कको एक होटलबाट पक्राउ गरेको थियो । उनलाई पक्रनुको कारण हो–उनी र अर्की एक युवती एउटै कोठामा थिए । देवकोटा टिभी हेर्दै थिए उनकी प्रेमीका (उनले भनेअनुसार) बाथरुममा नुहाउँदै थिइन् । त्यही बेला प्रहरी पुगेर पक्राउ गरेपछि उनीहरु दुवैलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ । आरोप हो–सार्वजनिक स्थानमा अश्लिल क्रियाकलाप गरेको । अब उनीहरुले पाउने सजाय अस्पष्ट नेपाली कानुनको हातमा छ । सार्वजनिक अपराध ऐनअनुसार उनीहरुमाथि २८ हजारसम्म जरिवाना र केही महिना कैद पनि हुनसक्छ ।

Friday, August 3, 2012

पत्रकारहरु सच्चि नुजरुरी

    पत्रकारहरुले समाचार लेख्दा आचारसंहिताको प्रयोग गर्दै आचरणसमेत सुधार गर्नुपर्ने निश्कर्ष निकालिएको छ । ेटौंडामा सोमबार प्रदर्शित पीडामा पत्रकारिता शिर्षकको बृत्तचित्र प्रदर्शनीका सहभागीहरुले यस्तो निश्कर्ष निकालेका हुन् । पत्रकारहरुमाथि हुने आक्रमणमा केन्द्रीत बृत्तचित्रमा संखुवासभाका किशोर बुढाथोकी, बिराटनगरका खिलानाथ ढकाल, रुकुमकी टिका विष्टमाथिको आक्रमण र बाराका बीरेन्द्र साहसहित हत्या भएका पत्रकारको घटनासँग सम्बन्धित छ ।

Tuesday, April 10, 2012

उफ्,यो ह्यारेसमेन्ट

मकवानपुर बहुमुखी क्याम्पस कक्षा ११ मा पढ्दै गरेकी बिना ५ किलोमिटर टाढा नवलपुरबाट हिडेर आउन सम्भव नभएकै कारण म्याजिक भ्यान, माइक्रो वा ट्याम्पो चढेर कलेज आउनेजाने गर्छिन् । तर, उनको कलेज आउँदा र जाँदा र्सधैं तनाव व्यहोर्नुपर्ने हुन्छ । उनलाई कसैले नजिक्याएको दिनै हुँदैन अनि कसैले जिस्क्याएपछि उनको पारो तालिहाल्छ । रिस उठिहाल्छ । केटाहरुले कहिले गाडीमै भएको बेलामा उनको कपाल तानिदिन्छन् त कहिले पछाडि बसेर नानाभातिका कुरा सुनाएर दिक्क पार्छन् । तर, जिस्क्याउनेहरुलाई उनले केही गर्न सक्ने अवस्था छैन् ।

Saturday, February 11, 2012

सुरु भयो मायाको मौसम


हेटौंडा, १७ मंसिर÷ जाडो बढ्दै गर्दा उर्लिएको पिकनिक खाने र घुम्न जानेहरुको भीडसंगै मायाको मौसम सुरु भएको अनुभव गर्न थालिएको छ । रमणीय पार्क र खुल्ला स्थानमा घुम्न र पिकनिक खान आउनेहरुको रमाईलो, आत्मीयता र सम्बन्ध देख्ने र अनुभव गर्नेहरुलाई अबको मौसम मायाका लागि हो भन्ने लागेको हुनसक्छ ।

Sunday, December 18, 2011

सडक बत्तिको जिम्मा निजी क्षेत्रलाई दिन सुझाव

हेटौंडा नगरपालिका अन्तर्गत रहेको सडक बत्ति व्यबस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन सुझाव दिइएको छ । क्लिन एण्ड ग्रिन सिटी प्रालि हेटौंडाले हेटौंडा नगरपालिकामा गरेको सडब बत्ति सम्बन्धी अध्ययनपछि यस्तो सुझाव दिइएको हो । निजी क्षेत्रलाई दिए सडक बत्तिमा नगरपालिकाले गर्ने खर्चमा कमी आउने र यसको प्रभावकारीता पनि बढ्ने दाबी अध्ययनले गरेको छ । अध्ययनले नगरको बत्ति दैनिक औसत १० घन्टा बल्ने र एक बत्तिको लागि नगरपालिकाले बार्षिक नौसय ९२ रुपियाँ खर्च गर्ने गरेको तथ्यांक प्रस्तुत गरेको छ ।
हेटौंडा नगरपालिकाको ४ नं. वडालाई नमूना क्षेत्रको रुपमा लिई अध्ययन गरिएको हो । अध्ययनले ४ नंंंं वडामा सातसय ४७ वटा पोल रहेको देखाएको छ । तिमध्ये तीनसय २९ अर्थात ४४ प्रतिशत पोलमा मात्र बत्ति छन् । त्यसको लागि नगरपालिकाले बार्षिक २ लाख खर्च गरिरहेको छ ।
उक्त क्षेत्रका ५० प्रतिशत पोलमा बत्ति बाल्दा बार्षिक खर्च करिब ४ लाख हुने, ७५ प्रतिशत पोलमा बत्ति बाल्दा खर्च ५ लाख हुने र सबै पोलमा बत्ति बाल्दा साढे सात लाख रुपियाँ खर्च हुने अध्ययनले देखाएको छ । त्यस क्षेत्रका सबै पोलमा कम बिद्युत खपत हुने र धेरै उज्यालो दिने बिशेषता भएको सीएफएल चिम जडान गर्ने हो भने सुरुमै १३ लाख रुपियाँ खर्च लागे पनि त्यसको मासिक वा बार्षिक खर्चमा भारी कटौती हुने अध्ययनमा उल्लेख छ । सबै पोलमा सीएफएल जडान गर्ने हो भने त्यस क्षेत्रका करिब ३ हजार घरबाट प्रतिघर मासिक १० रुपियाँ शुल्क तिरे मर्मत र बिद्युत महशुल तिर्न पुग्ने अध्ययनमा भनिएको छ ।

Saturday, December 3, 2011

कर छल्छन् घरबेटी

    बहालमा बस्नेसँग चर्को भाडा असुल्ने हेटौंडाका घरधनी (घरबेटी) ले राज्यलाई तिर्नुपर्ने कर भने छल्ने
गरेका छन् । उनीहरुले भाडमा बस्नेसँग एक कोठा बराबरको मासिक ३० हजार रुपियाँसम्मा असुल गरिहेको भएपनि सम्झौतामा कम रकम उल्लेख गरी कर छल्ने गरेका हुन् ।
    व्यबसायका लागि घर भाडामा दिने घरबेटीहरु भाडाको १० प्रतिशत रकम करबापत राज्यलाई तिर्नुपर्ने व्यबस्था भएपनि उनीहरुले कम भाडा लिएको सम्झौता गरेर सरकारी निकायलाई नै ढाट्ने गरेका छन् । कर कार्यालयमा बुझाउने बिवरणमा बहालबालाले हस्ताक्षर गरेको सम्झौता पत्र देखाउँछन् जसमा बहालबावाले तिर्ने दश गुणाभन्दा कम रकम उल्लेख गरिएको हुन्छ ।