मकवानपुर बहुमुखी क्याम्पस कÔा १२ मा पढ्दै गरेकी बिना ५ किलोमिटर टाढा
नवलपुरबाट हि“डेर आउन सम्भव नभएकै कारण म्याजिक भ्यान, माइक्रो वा ट्याम्पो
चढेर कलेज आउनेजाने गर्छिन् । तर, उनको कलेज आउँदा र जाँदा सधैं तनाव
व्यहोर्नुपर्ने हुन्छ ।
उनलाई कसैले नजिक्याएको दिनै हुँदैन अनि कसैले
जिस्क्याएपछि उनको पारो तातिहाल्छ । रिस उठिहाल्छ । केटाहरुले कहिले गाडीमै
भएको बेलामा उनको कपाल तानिदिन्छन् त कहिले पछाडि बसेर नानाभा“तिका कुरा
सुनाएर दिक्क पार्छन् । तर, जिस्क्याउनेहरुलाई उनले केही गर्न सक्ने अवस्था
छैन ।
यो समस्या बिनाको मात्रै होइन, सार्वजनिक सवारीको यात्रा गर्ने
हरेक महिलाहरुले यस्तो समस्या भोग्नुपरेको हुन्छ । झन् किशोरी र युवतीहरुले
यो तनाव बढी व्यहोर्नुपर्ने हुन्छ । हेटौंडामा अघिल्लो बर्ष आयोजना गरिएको
एक तालिममा सहभागी पत्रकार महिलाहरुले आफ्नै कार्यालयका माथिल्लो तहका
कर्मचारीले आफ्नो लगाईमा अनावश्यक टिप्पणी गरेर आनन्द मान्ने गरेको भन्दै
आक्रोश पोखेका थिए । सञ्चारगृहमा मात्रै होइन, सरकारी होस् या गैरसरकारी
जहाँतहीँ काम गर्ने महिला कर्मचारीमाथि पुरुष सहकर्मीले गर्ने अनावश्यक
टिप्पणीले हैरान छन् उनीहरु ।
वा १ क्या च्वाँक देखिएको भन्ने, आज त
क्या राम्री देखिएकी, सेक्सी देखिएकी भन्ने अनि तिमीजस्तै प्रेमिका खोजिदेऊ
भन्नेजस्ता वाक्यांश सुन्दासुन्दा दिक्क लागेको एक गैरसरकारी संस्थामा
कार्यरत महिला कर्मचारी बताउँछिन् । उनीहरुले सुन्ने गरिने यौनजन्य
कुराकानी र ‘ननभेज’को नाममा भनिने चुट्किलाले उनीहरुको तनाब बढाएको छ ।
‘सुन्ने गरी नै अश्लील कुराहरु गर्छन्’, एक कार्यालयमा कार्यरत महिला
भन्छिन्,‘सिम्बोलिक रुपमा भने पनि बुझिहाल्छु । रिस त उठ्छ, तर केही गर्न
सक्दिन ।’
यो समस्या बिनुको मात्र होइन, स्कुल, कलेज वा अफिस जहा“सुकै
जान लागेको वा फर्किंदै गरेको युवतीहरु प्रायः सबैले बिनुको जस्तै नियति
भोग्नुपरेको तथ्य कसैसामु छिपेको छैन । झट्ट हेर्दा यो सामान्य जस्तै
लागेपनि यसले पछिल्लो समय संस्कृतिको रुप लि“दै गएको छ । केटाहरुमा
जिस्क्याउनुपर्ने भावना र केटीहरुमा सहनै पर्ने बाध्यताका कारण शहरमा यसले
संस्कृतिकै रुप लिन थालेको हो ।
शहरका सडकमा हि“ड्दै गरेकी युवतीलाई एक
शब्द वा वाक्यले जिस्क्याउनु, उनीहरुले नबुझ्ने गरी केही भन्नु, हेर्नु,
सामिप्यता दर्शाउन स्पर्श गर्नु, चुम्बन गर्नु, अंगालो मार्नु तथा कुराकानी
गर्नु सामान्य लागे पनि गलत नियतबाट गरिने कतिपय यस्ता क्रियाकलाप शहरको
संस्कृति बन्दै जाँदा महिलाहरु भने पीडित
भइरहेका छन् । सेक्सुअल
ह्यारेसमेन्ट मानिने यस्ता क्रियाकलाप सामान्य लागेपनि यसले महिलाहरुमा
निराशा र हिनताबोध गराउने अनुसन्धानले देखाएको छ । मकवानपुरमा पनि बिस्तारै
यस्ता क्रियाकलापले संस्कृतिको रुप लि“दैछ ।
सेक्सुअल ह्यारेसमेन्ट
महिलामाथि मात्र होइन, पुरुÈमाथि पनि हुन्छ । पुरुÈको जस्तो क्रियाकलापले
महिलामाथि ह्यारेसमेन्ट हुन्छ, महिलाको त्यस्तै क्रियाकलापले पुरुÈमा
ह्यारेसमेन्ट भइरहेको हुन्छ । महिलाको तुलनामा पुरुÈमाथि यस्ता घटना कम
हुने भएकाले पुरुÈलाई यसको असर नगन्य हुन्छ । त्यसैले महिलाहरु नै यसबाट
बढी पीडित छन् । तर, कतिपय अवस्थामा आफूलाई प्रयोग गरेर अन्य कसैले यौन
आनन्द लिइरहेका हुन्छन् भन्ने कुरा पीडित पÔलाई थाहै नहुन पनि सक्छ ।
त्यसैले यसबारेमा शहरमा कम चर्चा हुने गरेको जानकारहरु बताउँछन् ।
काम
गर्ने कार्यालय, मजदुरी गर्ने थलो, विद्यायालय, क्याम्पस र आफ्नै घर
जहाँतही“ महिलामाथि यौनहिंसा भएका घटनाहरु बाहिर नआएका होइनन् । तर, महिला,
युवती वा बालिकालाई गलत आशयले केही कुरा भन्नु, हेर्नु, जिस्क्याउनु वा
उनीहरुलाई मन नपरिकनै बोल्न बाध्य पार्नु, संवेदनशील अंग छुनुलगायतका
क्रियाकलापलाई पनि यौन दुव्र्यवहारमै राखिएको छ । यद्यपि सम्बन्धित
निकायको यसप्रति ध्यान नजाँदा सेक्सुअल ह्यारेसमेन्टले संस्कृतिको रुप
लि“दैछ । बस वा सार्वजनिक सवारी चढ्दा पुरुÈबाट जानाजान शरीर तथा संवेदनशील
अंगमा छुने, गलत नियतले हेर्ने, पिछा गर्ने, गलत नियत लाग्ने शब्द तथा
वाक्यहरु उनीहरुले सुन्नेगरी बोल्नुलगायतका क्रियाकलापका कारण महिलाहरुले
असुरÔित महसुस गर्दै आइरहेका छन् ।
साँघुरो गल्ली वा बाटोमा हि“ड्दा
युवतीहरुसँग जानाजान कुम ठोक्काउनु, अगाडि वा पछाडि नै गलत आशयले कुनै शब्द
वा वाक्य बोल्नु, हेर्नु, सिठ्ठी बजाउनु, जिस्क्याउनुजस्ता क्रियाकलाप
शहरमा सामान्य बन्दैछ । शैÔिक प्रतिष्ठानमा पनि हुने यस्ता क्रियाकलापले
स्कुले विद्यार्थीहरुमा समेत प्रभाव जमाउँदै छ ।
महिलाहरु कार्यस्थलमा
हुन् वा घर र बजार जहा“ पनि आफूलाई गिराएर गरिने व्यबहारबाट आजित छन् । तर,
उनीहरु यसबारे खुलेर बोल्न भने सक्दैनन् । अरुले नसुन्ने गरी बोलिएका छाडा
शब्द, गलत नियतको हेराई वा व्यवहारको प्रतिकार गर्दा पनि पुरुÈप्रधान
समाजले उल्टै महिलाको नियतमा शंका गरिने भयले महिलाहरु बाँधिएकोले उनीहरु
यसबारे कुरा गर्न डराउने गरेको समाजशास्त्रीहरु बताउँछन् ।
के हो ह्यारेसमेन्ट ?
ह्यारेसमेन्टको
विभिन्न रुप छन् । महिला पुरुष दुबै माथि हुन सक्छ । कुनै महिलाले
पुरुषलाई यौनजन्य दृष्टिकोणबाट जिस्क्याउँछन्, बोलाउँछन्, हेर्छन् छुन्छन्
भने त्यो पनि सेक्सुअल ह्यारेसमेन्ट (यौनजन्य हिंसा) नै मानिन्छ । तर,
नेपालजस्तो पुरुषप्रधान समाजमा मात्रै होइन, विकसित भनिएका युरोप, अमेरिकी
मुलुकमा पनि महिलाले पुरुषमाथि यौनजन्य हिंसा गरेको उदाहरण छैनन् । त्यसैले
महिलाले पुरुषमाथि यौनजन्य हिंसा गर्छन् भन्ने कल्पना कमै गरिन्छ । तर
पुरुषले महिलामाथि यौनजन्य हिंसा गर्ने गरेको घटनाहरु धेरै बाहिर आएका छन् ।
सेक्सुअल
ह्यारेसमेन्ट जहाँ पनि हुन सक्छ, तैपनि बिशेषतः महिलामाथि भीडभाड,
सार्वजनिक यातायात र कार्यस्थलमा यस्ता घटनाहरु बढी हुने गरेका छन् । तर,
यी घटनाहरुले महिलालाई मानसिकरुपमा तनाव दिएपनि कानुनको सहारा लिन उनीहरुले
झन्झट गर्दैनन् । त्यसैले महिलालाई जिस्क्याएको वा यौनजन्य हिंसा गरेको
भनेर प्रहरीमा कहिल्यै उजुरी पर्दैन । सहमतिमा हुने यौनजन्य क्रियाकलापलाई
यौनजन्य हिंसा मानि“दैन, तर एक पक्षले अर्को पक्षको सहमतिबिना गर्ने कुनै
पनि यौनजन्य क्रियाकलापलाई सेक्सुअल ह्यारेसमेन्ट मानिन्छ ।
असामान्य
तरिकाले घुरेर हेर्नु, अस्वभाविकरुपमा नजिकिन खोज्नु, छुन खोज्नु,
यौनाकर्षण गर्ने चुट्किला भन्ने, व्यक्तिगत जीवनबारे अनावश्यक प्रश्न र
टिप्पणी गर्ने, लगाई, हिडाई र शरीरबारे टिप्पणी गर्ने, अश्लील लाग्ने
तस्वीर देखाउने, वाक्यांश भन्ने, पत्रपत्रिका देखाउने, अश्लील वा यौनाकर्षण
झल्कने इमेल पठाउने, यस्ता वेवसाईटको सदस्य बन्न अनुरोध पठाउने, पटकपटक
घुम्न जाउँ भनेर अनुरोध गर्नुलाई सेक्सुअल ह्यारेसमेन्ट अर्थात् यौनजन्य
हिंसा मानिन्छ ।
अनुसन्धानबाट कार्यस्थलमा, सडकमा, भीडभाडमा, सार्वजनिक
थलोमा महिलामाथि यस्तो हिंसाहरु भएको देखिएको छ भने कार्यस्थलमा आफूभन्दा
माथिल्ला तहकाहरुले प्रलोभन र डरधम्की देखाई महिलालाई यौन हिंसाको शिकार
बनाउने साथै, कार्यालयमा महिलाको लागि अनुपयुक्त वातावरण सिर्जना गरी
उनीहरुमाथि महिला हिंसा गरिरहेका हुन्छन् ।
आफ्नो कोठामा एक्लो महिलालाई
काम छ भनेर राखिरहने, काम छ भनेर रातिसम्म कार्यालयमा राख्नेजस्ता
प्रवृत्तिले महिलालाई यौन हिंसाको शिकार बनाएको छ ।
महिला अधिकारकर्मी
सपना प्रधान मल्लको अगुवाइमा सन् २००४ मा महिलामाथि कार्यस्थलमा हुने गरेको
यौनजन्य हिंसाबारे काठमाडौं, बिराटनगर, हेटौंडा र पोखरामा गरिएको
अनुसन्धानमा पनि आधाजसो महिलाहरुले कार्यस्थलमा यौनजन्य हिंसाका घटनाहरु
व्यहोर्नुपरेको गुनासो गरेका थिए । जसअनुसार गार्मेन्ट उद्योगमा काम गर्ने
महिला यौन हिंसाको दृष्टिले सबैभन्दा जोखिममा रहेको तथ्य पत्ता लागेको थियो
।
त्यसैगरी, निजी संघसंस्था, सरकारी कार्यालय र घरेलु कामदारको रुपमा
काम गर्ने महिलाहरु पनि यौन हिंसाबाट अछुतो नरहेको तथ्य बाहिर आएको थियो ।
अनुसन्धानबाट घरेलु कामदारको रुपमा काम गर्ने २५ प्रतिशत महिलामाथि यौनजन्य
हिंसा हुने गरेको, सरकारी कार्यालयमा ३३ प्रतिशत, निजी कार्यालयमा ४४ र
होटेलमा काम गर्ने ४९ प्रतिशत महिलााथि यौनजन्य हिंसा हुने गरेका ेदेखिएको
थियो । यी क्षेत्रहरु कार्यस्थलमा हुने यौनजन्य हिंसाको दृष्टिकोणले
सबैभन्दा जोखिमका क्षेत्र हुन् ।
गलैंचा कारखानामा मालिकले नै महिला र
पुरुष कामदारलाई सँगै राखेर काम गर्न लगाउने तथ्य खुलेको थियो । महिला र
पुरुषलाई सँगै काममा राखेर गफ गर्दै काम गर्न सकून भन्ने हेतुले यसो गर्दा
यौनजन्य हिंसाका घटना हुन बढावा पाएको अनुसन्धानको निश्कर्षमा भनिएको छ ।
एयर होस्टेज हुन मरिहत्ते गर्नेहरु धेरै छन्, धेरैको लागि यो आकर्षक पेसा
हो तर मेहनतले एयर होस्टेज बनेकाहरु पनि यौनजन्य हिंसाबाट पीडित छन् ।
यात्रुले बेला न कुबेला आवश्यक नपर्दा पनि बोलाउने र व्यक्तिगत जीवनबारे
अनावश्यक प्रश्न सोध्ने, कत्ति राम्री भनेर जिस्क्याउनेजस्ता व्यबहारले
उनीहरु पनि पीडित बनेका छन् ।
उक्त अनुसन्धानका क्रममा विद्यालयमा
अविवाहित शिक्षिकाहरुलाई पुरुष शिक्षकले जिस्काउने, अनावश्यक टिप्पणी गर्ने
र मोटरसाइकलमा घरसम्म छाडिदिन्छु भन्ने र नमाने गलत हल्ला फैलाइदिने
गुनासोहरु पाइएको थियो भने अस्पतालका डाक्टरले समेत नर्सहरु र महिला
बिरामीहरुबाट बिभिन्न तरिकाले यौनानन्द प्राप्त गर्न खोज्ने तथ्य फेला
परेको थियो । यौनजन्य हिंसाका घटना तल्लो तहको काम गर्ने रिसेप्सनिष्ट,
कार्यालयका सहायक, निजी सहायक, सफाई कर्मचारी र घरेलु कामदारमाथि हुने
जोखिम बढी हुने अनुसन्धानको निश्कर्ष थियो ।
के छ कानुनी व्यबस्था ?मुलुकी
ऐनको महल १३ मा आशय करणीसम्बन्धी कसैले कुनै महिलाको मञ्जूरीबिना निजको
सम्बेदनशील अड्ड छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा
खोल्ने प्रयास गरेमा, निजलाई अस्वभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा,
आफ्नो यौनसम्बन्धी अंग निजलाई छुन, समाउन लगाएमा वा निजलाई अश्लील वा अन्य
त्यस्तै प्रकारको शब्द, संकेत प्रयोग गरेमा वा चित्र, तस्वीर देखाएमा,
यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग यस्तै अन्य कुनै किसिमले
अस्वभाविक व्यवहार गरेमा वा निजलाई करणीका आशयले समातेमा यौन दुव्र्यवहार
गरेको मानिनेछ र त्यस्तो कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार
रुपियाँसम्म जरिबाना हुनेछ । यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसूरदारबाट
मनासिब माफिकको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ ।
पर्दैनन् उजुरीमकवानपुर
प्रहरीकहाँ बलात्कारजस्तो जघन्य अपराधको उजुरी परे पनि महिलामाथि हुने
यौनजन्य हिंसाको उजुरी पर्ने गरेको छैन । जिल्ला प्रहरी कार्यालय
मकवानपुरका अनुसार बलात्कारको घटनामा उजुरी दिनेको संख्या बढे पनि
यौनहिंसाका अन्य घटनामा भने उजुरी शून्य छ । समाजमा यस्ता घटनै नभएर उजुरी
नपरेका भने होइनन् ।
महिला सेलका तथ्याड्ढ अनुसार आव २०६८÷६९ मा १७ वटा
जबर्जस्ती करणी र त्यसअघिको बर्षमा ११ वटा बलात्कारका घटना र ५ वटा
बलात्कार उद्योगअन्तर्गत मुद्दा दर्ता भएको थियो ।
विगतका तुलनामा
महिलाहरु आफैंमा शिक्षित भएकाले हिंसा सहनु हुन्न भन्ने चेतना छ । तैपनि
बिभिन्न कारणले महिलाहरु यौनजन्य हिंसाको घटना दर्ता गर्न आउँदैनन् ।
जिप्रका महिला सेलकी ईन्चार्ज कमला लामाका अनुसार पहिले उजुरी हाल्न
हिच्किचाउने महिला अहिले आफैं उजुरी बोकेर आउँछन्, तैपनि सानातिना घटनामा
महिलाहरु सहेरै बस्ने गरेका छन् ।
समाजमा महिलाहरुलाई जबर्जस्ती गर्ने,
आप्mनै पत्नीलाई जबर्जस्ती गर्ने र बालबालिकाहरुलाई फकाई फुल्याई गरेर
समाजकै ठूलाबडा व्यक्तिले जबर्जस्ती करणी गरेको उजुरी दिन आउ“छन् । तर
बलात्कार भन्दा तलका यौनजन्य घटनाको उजुरी आउँदैन । सामान्य भनी ठान्नु र
समाजका ठूला व्यक्तिले समाजमै मिलाउनुपर्छ भनी दबाब दिनाले पनि घटनाहरु
प्रहरीकहाँ आइपुग्दैनन् ।