Thursday, December 19, 2013

रेसरको रहर

काठमाडौ, कार्तिक २८ -आशिषकुमार शाक्य (एकेएस) अहिले काठमाडौंमा छन् । धेरैका लागि यो खबर
सामान्य लाग्न सक्छ । तर, बाइक राइडिङमा रुचि भएका सयौं तन्नेरीका लागि उनी आदर्श पात्र हुन् ।
दसैंलगत्तै उनकै नेतृत्वमा गरिएको राइड विथ एकेएस नाम दिइएको र्‍यालीमा झन्डै २ सय मोटरसाइकलले उनलाई पछ्याए । वसन्तपुरदेखि पनौती बसपार्कसम्म पुगेको र्‍याली उनकै सम्मानमा आयोजना गरिएको थियो ।


लगभग ७ वर्षअघि पढाइका लागि अमेरिका उडेका उनी दसैंअघि नेपालकै पहिलो सुपर बाइक रेसरका रूपमा घर फिरेका थिए । उनी अमेरिका जानुअघि यहाँ रेसिङको सम्भावना देखेकै थिएनन् । आफ्ना साथी दिपेश श्रेष्ठले नेपालमा अहिले राइडर ग्रुप मात्रै ४० वटाभन्दा बढी भएको अनुमान गर्दा उनी दंग परेर सुने मात्रै । दिपेश राइडर युनिफाइड नामक स्टन्ट ग्रुपका लिडर हुन् ।

Sunday, December 15, 2013

भोलिका म्यानेजर

काठमाडौ, भाद्र २७ -ग्लोबल आईएमई बैंकमा २ महिना इन्टर्नसिप गरेका काठमाडौंस्थित सामाखुसीका
'काम गर्दा थाहा भो, बाहिरी कुरा कलेजको कोर्ससँग धेरै रिलेभेन्ट छैन रै'छ,' उनले अनुभव सुनाए, 'अचेल बैंकका धेरै काम कम्प्युटर सफ्टवेयरले गर्दा रहेछन् । हामीले कलेजमा गर्ने जस्तो हिसाब गर्नै नपर्ने ।'
उनको बीबीए अझै २ सेमेस्टरपछि मात्रै सकिन्छ । बाँकी सेमेस्टर सिध्याउन अब एक वर्ष लाग्छ ।  त्यसपछि उनी विभिन्न बैंकका लागि 'मिडिल क्लास' म्यानेजर हुन क्वालिफिकेसन पुग्छ ।

कारखानामा तन्नेरी



काठमाडौ, आश्विन १० -राजधानीको ज्ञानेश्वर चोकसँगैको एउटा पहेंलो घरको गेटैमा फ्लेक्स झुन्ड्याइएको छ ।

इन्जिनियरले काठ काटिरहेको धेरैलाई पत्याउन गाह्रो पर्छ तर यी तन्नेरीहरूले यस्तै नपत्याउने काममा रुचि देखाइरहेका छन् ।
विदेशबाट आएका डलरी तलबका अफर लत्याउँदै उनीहरू फरक काममा दिनरात खटिइरहेका छन् । तर काठ काटेरमात्रै उनीहरूको दैनिकी बितेको छैन । स्कुले बालबालिकालाई कसरी आईटीसम्बन्धी शिक्षा दिन सकिन्छ भनेर उनीहरू मथिंगल घुमाइरहेका छन् । उनीहरू त्यस्तो पाठ्यक्रमको कल्पनामा छन्, जुन नेपालमा मात्रै होइन विश्वभर नै लागू हुन् सकोस् ।

भर्चुअल दुनियाँमा कालो छायाँ

जनकराज सापकोटा/विजय तिमल्सिना

मंसिरको पहिलो साता महानगरीय प्रहरी परसिर हनुमानढोकाको साइबर सेल पुग्दा इन्स्पेक्टर पशुपति रायलाई भ्याइनभ्याइ थियो। उनी सामाजिक सञ्जालको दुरुपयोगबारे आफूकहाँ आएका उजुरीका फाइलहरूमा घोत्लिरहेका देखिन्थे। भारतको सिक्किम मणिपाल युनिभर्सिटीबाट इन्र्फमेसन टेक्नोलोजीमा स्नातकोत्तर गरेका राय भन्दै थिए, "दैनिक ६/७ वटा सामाजिक सञ्जाल दुरुपयोगका केस आइपुग्छन्। तीमध्ये आधाभन्दा बढी प्रेम सम्बन्ध टुंगिएका टिनएजरद्वारा गरएिका दुरुपयोगका घटनासँग सम्बन्धित हुन्छन्।" त्यति मात्र होइन, उनले पाँच वर्षीय भान्जाको फेसबुक उनकै मामाबाट दुरुपयोग भएको अर्को एक अनौठो घटनाबारे पनि बताइरहेका थिए। पीडित बालकका अभिभावकले एक दिनअघि मात्रै प्रहरी कार्यालय आएर फेसबुकको अम्मलमा परेका छोरालाई यसबाट कसरी मुक्ति दिलाउने भन्ने चासो राखेका रहेछन् ।

पढ्नभन्दा प्रमाण लिन गाह्रो

काठमाडौ, मंसिर २६ - सानोठिमी क्याम्पस अध्ययन गर्ने दृष्टिविहीन वीरेन्द्र चन्द, र शेरबहादुर साउद अर्काको हात समातेर केही दिनदेखि त्रिभुवन विश्वबिद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खु धाएको धायै छन् । दुवैले आफू भन्दा कम तहका साथीको सहायताले परीक्षा दिएका हुन् । अरुले पढेको सुनेको भरमा उनीहरुले स्नातक पास गरेका हुन् ।

शिक्षा शास्त्र संकायमा स्नातक तह पास गरेका उनीहरु ट्रान्सक्रिप्ट लिन भक्तपुरदेखि बल्खुसम्म एक अर्काको सहारा बनेर जान्छन्, तर निराश बनेर र्फकन्छन् । टान्सक्रिप्टका लागि फाराम भर्दा उनीहरुलाई १० दिनपछि बोलाइएको थियो । तर, १० दिन कटेको दुई साता भइसक्दा पनि दुवैले ट्रान्सक्रिप्ट लिन पाएका छैनन् । 'अरुले पढेको सुनेर पनि पास त गरियो तर ट्रान्सक्रिप्ट लिन पढ्नु भन्दा गाह्रो रैछ,' कार्यालय प्राङ्गणमा भेटिएका चन्दले भने, 'कहिले भोलि आउँनू भन्छन्, कहिले मान्छे छैन् भन्छन् ।' धनगढीका उनी प्लस टु तह उतै सकाएर स्नातक तह पढ्न भक्तपुर आएका हुन् ।

Monday, September 2, 2013

स्टारडमको भारी !

काठमाडौ, भाद्र १३ -
नयाँ बानेश्वरका सरोज दाहाललाई रिहान्ना जति मन पर्छ, उनकी साथी नवीनालाई त्यसको तीन गुणा बढी जस्टिन बिबर मनपर्छ । यी दुवै आफ्ना दुई फेबरेट सिंगरको स्वरप्रति नतमस्तक छन् । व्यक्तिगत जीवनमा पनि दुवै गायक यी दुई पmयानका लागि आइडल हुन् ।
आफूभन्दा कम उमेरका १९ वर्षीय बिबरको स्वरले मात्रै होइन उनको अनुहार र शरीर देख्दा पनि नवीना हुरुक्क हुन्छिन् । तर, बिबर उनको इसारामा चल्ने प्राणी होइनन्, निकै सानो उमेरमा विश्वभर चर्चा कमाएका उनी पछिल्ला समय दिन प्रतिदिन विवादमा छन् । जसका कारण नवीनालाई साह्रै नमज्जा लागेको छ ।कहिले सर्ट खोलेर नांगै हिँड्ने त कहिले लागूपदार्थ बोकेका कारण प्रहरीले पक्राउ गरेको समाचारले विवादमा आउने बिबर टिनमाझ सर्वाधिक चर्चित सेलिबि्रटी हुन् ।

आउट सोर्सिङको संसार

काठमाडौ, श्रावण ३१ -महेन्द्र विक्रम त्वान्जु अफिस जाँदैनन् । अधिकांश समय उनी कम्प्युटरको स्क्रिन
अगाडि घोटिएर रहेका हुन्छन् । भक्तपुर दरबार स्क्वायर पछाडिको आफ्नो घरमा बसेर उनी इन्टरनेटमा आफ्नो 'पोर्टफोलियो' कसरी बढाउने भन्नेमा मात्रै चिन्तित छन् । उनलाई दुनियाँसँग केही लिनु-दिनु छैन, छ त त्योसँग, जसले सात समुद्रपारिबाट उनलाई काम दिन्छन्, पैसा पठाइदिन्छन् ।

तिनै क्लाइन्टलाई खुसी पार्न अनेक प्रकारका डिजाइन पारेर यी तन्नेरीको दिन बित्छ । अनि, तिनैले खुसी भएर गरेको प्रशंसा उनका लागि फेरि काम पाउने बाटो बन्छ । यिनका लागि कम्प्युटर नै संसार हो, नहोस् पनि किन, उनलाई 'पैसा' यसबाटै आउँछ-थोरै हो र ? लाखलाख । उनले आफ्नो पोर्टफोलियोमा एक घन्टा काम गरेको २५ डलर लिन्छु भनेर लेखेका छन् ।