Saturday, June 8, 2013

म्युजिकमा मार्टियार्की

जेष्ठ २३ -
सन् १९६० को दशकमा उधुम मच्चाएको बिटल्स ब्यान्डलाई संगीतसम्बन्धी अमेरिकी म्यागेजिन बिलबर्डले सर्वकालीन महान् कलाकार सूचीको एक नम्बरमा राखेको छ । सन् १९६० र ७० को दशकमा उसले गाएको कालजयी गीतका कारण उसले यो स्थान पाएको हो । जोन लेनन नेतृत्वको चार सदस्यीय यो ब्यान्डले चुमेको शिखर हडप्ने अर्की गायिकाको उदय सन् १९८० को दशकमा भयो । तिनै म्याडोना विश्वमै सबैभन्दा बढी एल्बम बिक्री भएकाहरूको सूचीको चौथो नम्बर ओगटेर बसेकी छन् ।

एल्बम बिक्रीमा उनीभन्दा अगाडि रहेका तीनै जना पुरुष गायक बिटल्सका जोन लेनन, रक एन्ड रोलका किङ एल्भेस र पप किङ माइकल ज्याक्सनको मृत्यु भइसकेको छ । तर ५५ वर्षीय हजुरआमाले अझै केही वर्ष विश्राम लिने छाँट देखाएकी छैनन् । आफ्नी समकालीन ह्वाइट्नी होस्टनलाई एल्बम बिक्रीमा पछारेर बेलगाम सफलता चुमेकी म्याडोनाको बिँडो थाम्न सन् २००० को दशकमा गायिकाहरूको दर्जन लामो सूची बनेको छ ।

Sunday, April 28, 2013

कन्फ्युज्ड पुस्ता

वैशाख १२ -
प्लस टु पढ्न बाराको गाउँबाट राजधानी छिरेका दिपेशले ५ वर्ष अगाडि कम्प्युटर हार्डवेयर कोर्स पूरा गरे । मोबाइलको लहर चलेका बेला मोबाइल बनाउने तालिम लिए । गायक बन्ने सुर चलेपछि बानेश्वरको प्रशिक्षण केन्द्रमा तीन महिनाको फी बुझाए । तर बीबीएस अन्तिम वर्षको परीक्षा दिइसक्दा उनलाई यी सबैमा रुचि छैन ।

पहिलो वर्ष एउटा र दोस्रो वर्ष दुई विषय लागेपछि उनलाई तेस्रो वर्ष तीन विषय लाग्ने हो कि भन्ने डर छ । अचेल उनको मनमा जापान पुगेर पैसा कमाउने हुन्डरी चलेको छ । अनामनगरको डेरा वरपर घर भएका केही 'केटाहरू' जापान, अस्टे्रलिया र यूके गएको देखेपछि उनको मनमा रहरको नयाँ टुसा पलाएको हो ।

फुर्सदका बेला डेराको ओछ्यानमा

पल्टिएर उनी विदेश गएको र टन्न पैसा कमाएको सपना दिउँसै पनि देख्छन् । आफ्नो रहर पूरा गर्न उनले सहरका विभिन्न कन्सल्टेन्सी धाइसकेका छन् । अब उनलाई न त पढाइमा रुचि छ, न कुनै काम गर्न नै । 'काठमाडौंमा दुई-तीन थरी काम गरियो,' उनले अनुभव सुनाए, 'खोइ कुनै काम नि रेगुलर गर्न मन लागेन ।'

युवा अवस्थामा के गरौँ र कसो गरौँ भन्ने जोस देख्नु न राम्रो हो तर यो पुस्ताका किशोर र युवा आफ्नो भविष्यप्रति नै कन्फ्युज देखिन थालेका छन् । दिपेशजस्तै कन्फ्युज छ अहिलेको पुस्ता । उनीहरू देशमा सम्भावनाको कुनै त्यान्द्रो भेटिरहेका छैनन् । अनि गर्ने के त ? उनीहरू अलमलमा छन् । यो पुस्ता किन यति अलमल छ ?

'हाम्रो देश नै संक्रमणमा छ । राजनीति स्थिर छैन । त्यसैले युवा पुस्ता पनि अस्थिर बनिरहेका छन्,' समाजशास्त्री मृगेन्द्र कार्की भन्छन्, 'मानिसहरू उपभोक्तावादी र महत्त्वकांक्षी बन्दै गइरहेकाले पनि उनीहरू नयाँ-नयाँ अवसरको खोजीमा छन् ।' पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही समयअघि आफ्नो टि्वटरमा लेखेका थिए, 'अहिलेका युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको छ, उनीहरूलाई सकारात्मक सुझावको खाँचो छ ।'

गरिखाउँ भन्ने युवा पुस्तालाई अहिले देशको राजनीतिज्ञदेखि बहुतै रिस उठेको छ । आफ्ना लागि राजनीतिक दल र नेताले केही राम्रो सोचिदिएनन् । उनीहरूले नै देशलाई बिगारे भन्ने भावना पलाएको छ । त्यसैले होला उनीहरू सहरमा खुलेको दर्जनौं कन्सल्टेन्सी र म्यानपावरको ढोका चहार्दै विदेशिनका लागि तम्तयार छन् । 'पाएसम्म त देशमै केही गरौँ भन्ने हो नि ?'

स्कुलको शिक्षक जागिर छाडेर सेल्स म्यानका रूपमा कतार उड्ने तयारीमा रहेका रमेश सामाखुसीको म्यानपावर अगाडि भेटिए, 'पैसो नकमाइ केही हुन्न हाम्रो देशमा ।' यो पुस्तामा देखिएको असन्तुष्टि कहीँ न कहीँ पैसामा गएर जोडिएको पनि छ । उनीहरूलाई नेपालमा खाएको जागिरले जीवन चल्दैन भन्ने अविश्वास पनि छ ।

त्यसैले उनीहरू जहाँ बढी पैसा आउँछ त्यहीँ हाम्फाल्ने दाउमा हुन्छन् । 'पैसाकै लागि जे पायो त्यही काम गर्नु पनि राम्रो हुन्न,' युवा पुस्ताको समस्या, गुनासो र सम्भावनाका केन्दि्रत कार्यक्रम साथीसँग मनका कुराका प्रस्तोता आयुष जोशी भन्छन्, 'आफ्नो रुचि भएको क्षेत्रमा लगातार काम गरे मात्रै सफल भइन्छ । यसका लागि युवामा धैर्यताको खाँचो छ ।'

कसरी गर्ने धैर्यता ? 'किशोर अवस्थामा पुग्नेबित्तिकै उनीहरूलाई जीवनबारे परामर्शको खाँचो हुन्छ,' जोशीको सल्लाह छ, 'आफ्नो जीवनको लक्ष्य के हो ? रुचि के हो ? प्रस्ट हुनुपर्छ ।' तर विडम्बना, अहिलेका पुस्ता यसैमा अल्मलिएको छ । उनीहरू आफूले पढेको र जानेको क्षेत्रमा सम्भावना देख्दैनन् । अरूले गरेको काममा सम्भावनाको खानी देख्छन् । उनीहरूलाई एउटै काम गरिरहन रुचि छैन ।

अहिले काम गर्ने अवसर बढ्दै गएकाले पनि मानिस लगातार एउटै काममा नबसेर राम्रा अवसरको खोजी गरिहन्छन्,' समाजशास्त्री कार्की भन्छन्, 'आधुनिकताका कारण कुनै पनि कामप्रतिको प्यासन हराउँदै गएको छ ।' ती युवाले हामीलाई चिठी पठाएर के गर्ने कसो गर्ने भनेर सोध्छन्, प्रकृति हेर्दा उनीहरूलाई जीवनबारे बुझाइको कमी छ,' जोशीले सुनाए, 'अभिभावकको दबाबमा रुचिबाहेकको विषय पढेका पछुताइरहेको, बीचमै पढाइ छाड्ने गरेका समस्या थुप्रै छन् ।

झन् मन नलागी नलागी काम गरिरहेका त कत्ति-कत्ति ।' स्कुल र कलेज पढाइरहेको शिक्षक श्रम गर्न कोरिया पुगेका छन् । गाउँको बारी बाँझै छाडेर कोही कमाउन काठमाडौं छिरेका छन् । कम्प्युटर र मोबाइल बनाउने तालिम लिएका स्टोरकिपरको जागिर खान दुबई गएका छन् । कोही पढाइ छाडेर निराश हुँदै जागिरको खोजीमा छन् । यस्तो किन भइरहेको छ ? अहिलेको पुस्ताको दिमागमा के छ ? किन उनीहरू यति निराश छन् ? अस्थिर छन् ? 'युवा मनोविज्ञानलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ,' मनोविज्ञ तिमोथी अर्याल भन्छन्, 'एडल्टहरू जे कुरामा पनि चाँडै रिजल्ट खोज्ने स्वभावका हुन्छन् ।'

अर्यालका अनुसार युवा अवस्थामा शारीरिक र मानसिक रूपमा वृद्धि चाँडो हुने भएकाले उनीहरू जे कुरामा पनि चाँडै रिजल्ट खोज्छन्, जसका कारण उनीहरू तत्काल जे गर्दा आनन्द आउँछ त्यही काममा रमाउँछन् । 'युवा अवस्थामा क्यारियरको मतलब हुन्न,' अर्याल भन्छन्, 'मेरो जिन्दगी मेरै सुरले चलाउँछु भन्ने भावना हुन्छ ।'

गरिरहेको कामको स्कोप नदेखेर पनि उनीहरू अस्थिर हुने अर्यालको विश्लेषण छ, 'अमेरिकामा पनि युवाहरू अस्थिर हुने समस्या छ तर उनीहरूको र हाम्रो कारण तथा समस्या फरक छन् ।' युवा पुस्ता यसरी अल्मलिएर भौंतारिँदा भविष्यमा समस्या नपर्ला त ? 'एउटै क्षेत्रमा दत्तचित्त भएर लाग्ने मानिसको अभाव भए कुनै पनि विषयको विज्ञ जन्मँदैनन्,' समाजशास्त्री कार्की भन्छन्, 'यसले सामाजिक विछृङ्खलता पनि ल्याउँछ ।' (बैशाख २ गतेको हेल्लो शुकबारमा प्रकाशित)

Friday, March 22, 2013

चेक एण्ड व्यालेन्स

 फाल्गुन २४ - हाल अमेरिका रहेका गोरखाका गोकुल ढकालले आफ्नो ब्लगमा लेखे,'...गोलीमा डराई मर्नु जिन्दगी ।' विदेशिने नेपालीहरूको पीडा र आक्रोशलाई समेटिएर लेखिएको उनको यो भावना सम्भवतः कुनै पनि सञ्चारमाध्यममा छापिने थिएन । तर उनलाई केको फिक्री ? आफ्नै ब्लगमा राखिदिए । निजी भावनाले भरिएको उनका ब्लग चहार्ने धेरैलाई उनले शब्दमार्फत वेदना बाँडेका छन् ।

जुन सञ्चारमाध्यममा आउनेजस्ता औपचारिक नभएर उनको आफ्नै भाषा र शैलीमा छ । त्यसमा वास्तविकता अनुभव गर्न सक्छन् ।

Thursday, March 21, 2013

जक्सनकोट

काठमाडौ, चैत्र ८ - काठमाडौंमा केही हप्तायता पेट्र्रोलको अभाव छ । हरेक पम्पमा मोटरसाइकलमा फ्युल भर्नेको लाइन देखिन्छ तर नगरकोटको उकालो उक्लने बाइकको लस्कर देख्दा सहरको यो कन्तबिजोग पत्याउनै मुस्किल पर्छ ।

फुर्सदमा समय बिताउन चाहनेका लागि नगरकोट ह्याङ आउट स्पट हो भने सहरको गिद्धे दृष्टिदेखि वाक्क योङ कपलका लागि यो हट डेटिङ स्पट हो ।

Saturday, February 9, 2013

भ्यालेन्टाइन भ्यालिडिटी



माघ २५ -भ्यालेन्टाइन डे को अर्थ बृहत् नेपाली शब्दकोशमा छैन । तर किशोरावस्थामा उक्लिइरहेका भ्यालेन्टाइन पुस्तालाई यसको परिभाषा कण्ठै छ । उनीहरूले जन्मजातै भ्यालेन्टाइन र भ्यालेन्टाइन डे को परिभाषा जानेर आएका होइनन् । यसको परिभाषा किशोरावस्थामा जुगा आएजस्तो आफैं जानिने पनि होइन । हरेक सदस्यले सिक्ने हरेक ज्ञानको स्रोत समाज नै हो । तर भ्यालेन्टाइनको अर्थ र परिभाषाबारे समाज मौन छ । दाजुदिदी मौन छन् । बाआमा मौन छन् । झन् हजुरबा र हजुरआमा पुस्ता त बोल्ने कुरै भएन ।

Saturday, January 19, 2013

"कुख्यात" सेलिब्रेटी !

टि्वटरमा उनका करिब १ लाख फलोअर देख्नेहरूलाई उनी निकै प्रख्यात सेलिब्रेटी लाग्छन्। नलागून् पनि किन ? हजारौंले  उनको स्टाटसलाई रिप्लाई गरेका छन्। उनले सञ्चालन गरेको बेवसाइट कुनै दिन दैनिक ३ लाखभन्दा बढीले हेर्थे। उनको  आम्दानी महिनामै २० हजार डलरभन्दा बढी हुन्थ्यो।

यी सब थाहा हुनेलाई त उनी अझ प्रख्यात लाग्लान्, तर उनी प्रख्यातिका कारण नभै कुख्यातिका कारण चर्चित छन्। इन्टरने टमा उनी हन्टर मोरको नामले चिनिन्छन्।

Wednesday, October 17, 2012

छिः ह्यारेसमेन्ट

मकवानपुर बहुमुखी क्याम्पस कÔा १२ मा पढ्दै गरेकी बिना ५ किलोमिटर टाढा नवलपुरबाट हि“डेर आउन सम्भव नभएकै कारण म्याजिक भ्यान, माइक्रो वा ट्याम्पो चढेर कलेज आउनेजाने गर्छिन् । तर, उनको कलेज आउँदा र जाँदा सधैं तनाव व्यहोर्नुपर्ने हुन्छ ।


उनलाई कसैले नजिक्याएको दिनै हुँदैन अनि कसैले जिस्क्याएपछि उनको पारो तातिहाल्छ । रिस उठिहाल्छ । केटाहरुले कहिले गाडीमै भएको बेलामा उनको कपाल तानिदिन्छन् त कहिले पछाडि बसेर नानाभा“तिका कुरा सुनाएर दिक्क पार्छन् । तर, जिस्क्याउनेहरुलाई उनले केही गर्न सक्ने अवस्था छैन ।
यो समस्या बिनाको मात्रै होइन, सार्वजनिक सवारीको यात्रा गर्ने हरेक महिलाहरुले यस्तो समस्या भोग्नुपरेको हुन्छ । झन् किशोरी र युवतीहरुले यो तनाव बढी व्यहोर्नुपर्ने हुन्छ । हेटौंडामा अघिल्लो बर्ष आयोजना गरिएको एक तालिममा सहभागी पत्रकार महिलाहरुले आफ्नै कार्यालयका माथिल्लो तहका कर्मचारीले आफ्नो लगाईमा अनावश्यक टिप्पणी गरेर आनन्द मान्ने गरेको भन्दै आक्रोश पोखेका थिए । सञ्चारगृहमा मात्रै होइन, सरकारी होस् या गैरसरकारी जहाँतहीँ काम गर्ने महिला कर्मचारीमाथि पुरुष सहकर्मीले गर्ने अनावश्यक टिप्पणीले हैरान छन् उनीहरु ।
वा १ क्या च्वाँक देखिएको भन्ने, आज त क्या राम्री देखिएकी, सेक्सी देखिएकी भन्ने अनि तिमीजस्तै प्रेमिका खोजिदेऊ भन्नेजस्ता वाक्यांश सुन्दासुन्दा दिक्क लागेको एक गैरसरकारी संस्थामा कार्यरत महिला कर्मचारी बताउँछिन् । उनीहरुले सुन्ने गरिने यौनजन्य कुराकानी र ‘ननभेज’को नाममा भनिने चुट्किलाले उनीहरुको तनाब बढाएको छ । ‘सुन्ने गरी नै अश्लील कुराहरु गर्छन्’, एक कार्यालयमा कार्यरत महिला भन्छिन्,‘सिम्बोलिक रुपमा भने पनि बुझिहाल्छु । रिस त उठ्छ, तर केही गर्न सक्दिन ।’
यो समस्या बिनुको मात्र होइन, स्कुल, कलेज वा अफिस जहा“सुकै जान लागेको वा फर्किंदै गरेको युवतीहरु प्रायः सबैले बिनुको जस्तै नियति भोग्नुपरेको तथ्य कसैसामु छिपेको छैन । झट्ट हेर्दा यो सामान्य जस्तै लागेपनि यसले पछिल्लो समय संस्कृतिको रुप लि“दै गएको छ । केटाहरुमा जिस्क्याउनुपर्ने भावना र केटीहरुमा सहनै पर्ने बाध्यताका कारण शहरमा यसले संस्कृतिकै रुप लिन थालेको हो ।
शहरका सडकमा हि“ड्दै गरेकी युवतीलाई एक शब्द वा वाक्यले जिस्क्याउनु, उनीहरुले नबुझ्ने गरी केही भन्नु, हेर्नु, सामिप्यता दर्शाउन स्पर्श गर्नु, चुम्बन गर्नु, अंगालो मार्नु तथा कुराकानी गर्नु सामान्य लागे पनि गलत नियतबाट गरिने कतिपय यस्ता क्रियाकलाप शहरको संस्कृति बन्दै जाँदा महिलाहरु भने पीडित
भइरहेका छन् । सेक्सुअल ह्यारेसमेन्ट मानिने यस्ता क्रियाकलाप सामान्य लागेपनि यसले महिलाहरुमा निराशा र हिनताबोध गराउने अनुसन्धानले देखाएको छ । मकवानपुरमा पनि बिस्तारै यस्ता क्रियाकलापले संस्कृतिको रुप लि“दैछ ।
सेक्सुअल ह्यारेसमेन्ट महिलामाथि मात्र होइन, पुरुÈमाथि पनि हुन्छ । पुरुÈको जस्तो क्रियाकलापले महिलामाथि ह्यारेसमेन्ट हुन्छ, महिलाको त्यस्तै क्रियाकलापले पुरुÈमा ह्यारेसमेन्ट भइरहेको हुन्छ । महिलाको तुलनामा पुरुÈमाथि यस्ता घटना कम हुने भएकाले पुरुÈलाई यसको असर नगन्य हुन्छ । त्यसैले महिलाहरु नै यसबाट बढी पीडित छन् । तर, कतिपय अवस्थामा आफूलाई प्रयोग गरेर अन्य कसैले यौन आनन्द लिइरहेका हुन्छन् भन्ने कुरा पीडित पÔलाई थाहै नहुन पनि सक्छ । त्यसैले यसबारेमा शहरमा कम चर्चा हुने गरेको जानकारहरु बताउँछन् ।
काम गर्ने कार्यालय, मजदुरी गर्ने थलो, विद्यायालय, क्याम्पस र आफ्नै घर जहाँतही“ महिलामाथि यौनहिंसा भएका घटनाहरु बाहिर नआएका होइनन् । तर, महिला, युवती वा बालिकालाई गलत आशयले केही कुरा भन्नु, हेर्नु, जिस्क्याउनु वा उनीहरुलाई मन नपरिकनै बोल्न बाध्य पार्नु, संवेदनशील अंग छुनुलगायतका क्रियाकलापलाई पनि यौन दुव्र्यवहारमै राखिएको छ ।  यद्यपि सम्बन्धित निकायको यसप्रति ध्यान नजाँदा सेक्सुअल ह्यारेसमेन्टले संस्कृतिको रुप लि“दैछ । बस वा सार्वजनिक सवारी चढ्दा पुरुÈबाट जानाजान शरीर तथा संवेदनशील अंगमा छुने, गलत नियतले हेर्ने, पिछा गर्ने, गलत नियत लाग्ने शब्द तथा वाक्यहरु उनीहरुले सुन्नेगरी बोल्नुलगायतका क्रियाकलापका कारण महिलाहरुले असुरÔित महसुस गर्दै आइरहेका छन् ।
साँघुरो गल्ली वा बाटोमा हि“ड्दा युवतीहरुसँग जानाजान कुम ठोक्काउनु, अगाडि वा पछाडि नै गलत आशयले कुनै शब्द वा वाक्य बोल्नु, हेर्नु, सिठ्ठी बजाउनु, जिस्क्याउनुजस्ता क्रियाकलाप शहरमा सामान्य बन्दैछ । शैÔिक प्रतिष्ठानमा पनि हुने यस्ता क्रियाकलापले स्कुले विद्यार्थीहरुमा समेत प्रभाव जमाउँदै छ ।
महिलाहरु कार्यस्थलमा हुन् वा घर र बजार जहा“ पनि आफूलाई गिराएर गरिने व्यबहारबाट आजित छन् । तर, उनीहरु यसबारे खुलेर बोल्न भने सक्दैनन् । अरुले नसुन्ने गरी बोलिएका छाडा शब्द, गलत नियतको हेराई वा व्यवहारको प्रतिकार गर्दा पनि पुरुÈप्रधान समाजले उल्टै महिलाको नियतमा शंका गरिने भयले महिलाहरु बाँधिएकोले उनीहरु यसबारे कुरा गर्न डराउने गरेको समाजशास्त्रीहरु बताउँछन् ।
के हो ह्यारेसमेन्ट ?
ह्यारेसमेन्टको विभिन्न रुप छन् । महिला पुरुष दुबै माथि हुन सक्छ । कुनै महिलाले पुरुषलाई यौनजन्य दृष्टिकोणबाट जिस्क्याउँछन्, बोलाउँछन्, हेर्छन् छुन्छन् भने त्यो पनि सेक्सुअल ह्यारेसमेन्ट (यौनजन्य हिंसा) नै मानिन्छ । तर, नेपालजस्तो पुरुषप्रधान समाजमा मात्रै होइन, विकसित भनिएका युरोप, अमेरिकी मुलुकमा पनि महिलाले पुरुषमाथि यौनजन्य हिंसा गरेको उदाहरण छैनन् । त्यसैले महिलाले पुरुषमाथि यौनजन्य हिंसा गर्छन् भन्ने कल्पना कमै गरिन्छ । तर पुरुषले महिलामाथि यौनजन्य हिंसा गर्ने गरेको घटनाहरु धेरै बाहिर आएका छन् ।
सेक्सुअल ह्यारेसमेन्ट जहाँ पनि हुन सक्छ, तैपनि बिशेषतः महिलामाथि भीडभाड, सार्वजनिक यातायात र कार्यस्थलमा यस्ता घटनाहरु बढी हुने गरेका छन् । तर, यी घटनाहरुले महिलालाई मानसिकरुपमा तनाव दिएपनि कानुनको सहारा लिन उनीहरुले झन्झट गर्दैनन् । त्यसैले महिलालाई जिस्क्याएको वा यौनजन्य हिंसा गरेको भनेर प्रहरीमा कहिल्यै उजुरी पर्दैन । सहमतिमा हुने यौनजन्य क्रियाकलापलाई यौनजन्य हिंसा मानि“दैन, तर एक पक्षले अर्को पक्षको सहमतिबिना गर्ने कुनै पनि यौनजन्य क्रियाकलापलाई सेक्सुअल ह्यारेसमेन्ट मानिन्छ ।
असामान्य तरिकाले घुरेर हेर्नु, अस्वभाविकरुपमा नजिकिन खोज्नु, छुन खोज्नु, यौनाकर्षण गर्ने चुट्किला भन्ने, व्यक्तिगत जीवनबारे अनावश्यक प्रश्न र टिप्पणी गर्ने, लगाई, हिडाई र शरीरबारे टिप्पणी गर्ने, अश्लील लाग्ने तस्वीर देखाउने, वाक्यांश भन्ने, पत्रपत्रिका देखाउने, अश्लील वा यौनाकर्षण झल्कने इमेल पठाउने, यस्ता वेवसाईटको सदस्य बन्न अनुरोध पठाउने, पटकपटक घुम्न जाउँ भनेर अनुरोध गर्नुलाई सेक्सुअल ह्यारेसमेन्ट अर्थात् यौनजन्य हिंसा मानिन्छ ।
अनुसन्धानबाट कार्यस्थलमा, सडकमा, भीडभाडमा, सार्वजनिक थलोमा महिलामाथि यस्तो हिंसाहरु भएको देखिएको छ भने कार्यस्थलमा आफूभन्दा माथिल्ला तहकाहरुले प्रलोभन र डरधम्की देखाई महिलालाई यौन हिंसाको शिकार बनाउने साथै, कार्यालयमा महिलाको लागि अनुपयुक्त वातावरण सिर्जना गरी उनीहरुमाथि महिला हिंसा गरिरहेका हुन्छन् ।
आफ्नो कोठामा एक्लो महिलालाई काम छ भनेर राखिरहने, काम छ भनेर रातिसम्म कार्यालयमा राख्नेजस्ता प्रवृत्तिले महिलालाई यौन हिंसाको शिकार बनाएको छ ।
महिला अधिकारकर्मी सपना प्रधान मल्लको अगुवाइमा सन् २००४ मा महिलामाथि कार्यस्थलमा हुने गरेको यौनजन्य हिंसाबारे काठमाडौं, बिराटनगर, हेटौंडा र पोखरामा गरिएको अनुसन्धानमा पनि आधाजसो महिलाहरुले कार्यस्थलमा यौनजन्य हिंसाका घटनाहरु व्यहोर्नुपरेको गुनासो गरेका थिए । जसअनुसार गार्मेन्ट उद्योगमा काम गर्ने महिला यौन हिंसाको दृष्टिले सबैभन्दा जोखिममा रहेको तथ्य पत्ता लागेको थियो ।
त्यसैगरी, निजी संघसंस्था, सरकारी कार्यालय र घरेलु कामदारको रुपमा काम गर्ने महिलाहरु पनि यौन हिंसाबाट अछुतो नरहेको तथ्य बाहिर आएको थियो । अनुसन्धानबाट घरेलु कामदारको रुपमा काम गर्ने २५ प्रतिशत महिलामाथि यौनजन्य हिंसा हुने गरेको, सरकारी कार्यालयमा ३३ प्रतिशत, निजी कार्यालयमा ४४ र होटेलमा काम गर्ने ४९ प्रतिशत महिलााथि यौनजन्य हिंसा हुने गरेका ेदेखिएको थियो । यी क्षेत्रहरु कार्यस्थलमा हुने यौनजन्य हिंसाको दृष्टिकोणले सबैभन्दा जोखिमका क्षेत्र हुन् ।
गलैंचा कारखानामा मालिकले नै महिला र पुरुष कामदारलाई सँगै राखेर काम गर्न लगाउने तथ्य खुलेको थियो । महिला र पुरुषलाई सँगै काममा राखेर गफ गर्दै काम गर्न सकून भन्ने हेतुले यसो गर्दा यौनजन्य हिंसाका घटना हुन बढावा पाएको अनुसन्धानको निश्कर्षमा भनिएको छ । एयर होस्टेज हुन मरिहत्ते गर्नेहरु धेरै छन्, धेरैको लागि यो आकर्षक पेसा हो तर मेहनतले एयर होस्टेज बनेकाहरु पनि यौनजन्य हिंसाबाट पीडित छन् । यात्रुले बेला न कुबेला आवश्यक नपर्दा पनि बोलाउने र व्यक्तिगत जीवनबारे अनावश्यक प्रश्न सोध्ने, कत्ति राम्री भनेर जिस्क्याउनेजस्ता व्यबहारले उनीहरु पनि पीडित बनेका छन् ।
उक्त अनुसन्धानका क्रममा विद्यालयमा अविवाहित शिक्षिकाहरुलाई पुरुष शिक्षकले जिस्काउने, अनावश्यक टिप्पणी गर्ने र मोटरसाइकलमा घरसम्म छाडिदिन्छु भन्ने र नमाने गलत हल्ला फैलाइदिने गुनासोहरु पाइएको थियो भने अस्पतालका डाक्टरले समेत नर्सहरु र महिला बिरामीहरुबाट बिभिन्न तरिकाले यौनानन्द प्राप्त गर्न खोज्ने तथ्य फेला परेको थियो । यौनजन्य हिंसाका घटना तल्लो तहको काम गर्ने रिसेप्सनिष्ट, कार्यालयका सहायक, निजी सहायक, सफाई कर्मचारी र घरेलु कामदारमाथि हुने जोखिम बढी हुने अनुसन्धानको निश्कर्ष थियो ।

के छ कानुनी व्यबस्था ?
मुलुकी ऐनको महल १३ मा आशय करणीसम्बन्धी कसैले कुनै महिलाको मञ्जूरीबिना निजको सम्बेदनशील अड्ड छोएमा वा छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौनसम्बन्धी अंग निजलाई छुन, समाउन लगाएमा वा निजलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द, संकेत प्रयोग गरेमा वा चित्र, तस्वीर देखाएमा, यौनका आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँग यस्तै अन्य कुनै किसिमले अस्वभाविक व्यवहार गरेमा वा निजलाई करणीका आशयले समातेमा यौन दुव्र्यवहार गरेको मानिनेछ र त्यस्तो कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र दश हजार रुपियाँसम्म जरिबाना हुनेछ । यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसूरदारबाट मनासिब माफिकको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ ।

पर्दैनन् उजुरी

मकवानपुर प्रहरीकहाँ बलात्कारजस्तो जघन्य अपराधको उजुरी परे पनि महिलामाथि हुने यौनजन्य हिंसाको उजुरी पर्ने गरेको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बलात्कारको घटनामा उजुरी दिनेको संख्या बढे पनि यौनहिंसाका अन्य घटनामा भने उजुरी शून्य छ । समाजमा यस्ता घटनै नभएर उजुरी नपरेका भने होइनन् ।
महिला सेलका तथ्याड्ढ अनुसार आव २०६८÷६९ मा १७ वटा जबर्जस्ती करणी र त्यसअघिको बर्षमा ११ वटा बलात्कारका घटना र ५ वटा बलात्कार उद्योगअन्तर्गत मुद्दा दर्ता भएको थियो ।
विगतका तुलनामा महिलाहरु आफैंमा शिक्षित भएकाले हिंसा सहनु हुन्न भन्ने चेतना छ । तैपनि बिभिन्न कारणले महिलाहरु यौनजन्य हिंसाको घटना दर्ता गर्न आउँदैनन् । जिप्रका महिला सेलकी ईन्चार्ज कमला लामाका अनुसार पहिले उजुरी हाल्न हिच्किचाउने महिला अहिले आफैं उजुरी बोकेर आउँछन्, तैपनि सानातिना घटनामा महिलाहरु सहेरै बस्ने गरेका छन् ।
समाजमा महिलाहरुलाई जबर्जस्ती गर्ने, आप्mनै पत्नीलाई जबर्जस्ती गर्ने र बालबालिकाहरुलाई फकाई फुल्याई गरेर समाजकै ठूलाबडा व्यक्तिले जबर्जस्ती करणी गरेको उजुरी दिन आउ“छन् । तर बलात्कार भन्दा तलका यौनजन्य घटनाको उजुरी आउँदैन । सामान्य भनी ठान्नु र समाजका ठूला व्यक्तिले समाजमै मिलाउनुपर्छ भनी दबाब दिनाले पनि घटनाहरु प्रहरीकहाँ आइपुग्दैनन् ।