नयाँ बानेश्वरका सरोज दाहाललाई रिहान्ना जति मन पर्छ, उनकी साथी नवीनालाई त्यसको तीन गुणा बढी जस्टिन बिबर मनपर्छ । यी दुवै आफ्ना दुई फेबरेट सिंगरको स्वरप्रति नतमस्तक छन् । व्यक्तिगत जीवनमा पनि दुवै गायक यी दुई पmयानका लागि आइडल हुन् ।
आफूभन्दा कम उमेरका १९ वर्षीय बिबरको स्वरले मात्रै होइन उनको अनुहार र शरीर देख्दा पनि नवीना हुरुक्क हुन्छिन् । तर, बिबर उनको इसारामा चल्ने प्राणी होइनन्, निकै सानो उमेरमा विश्वभर चर्चा कमाएका उनी पछिल्ला समय दिन प्रतिदिन विवादमा छन् । जसका कारण नवीनालाई साह्रै नमज्जा लागेको छ ।कहिले सर्ट खोलेर नांगै हिँड्ने त कहिले लागूपदार्थ बोकेका कारण प्रहरीले पक्राउ गरेको समाचारले विवादमा आउने बिबर टिनमाझ सर्वाधिक चर्चित सेलिबि्रटी हुन् । Monday, September 2, 2013
Posted by bijay Kumar Timalsina on 11:38 AM
काठमाडौ, श्रावण ३१ -महेन्द्र विक्रम त्वान्जु अफिस जाँदैनन् । अधिकांश समय उनी कम्प्युटरको स्क्रिन
अगाडि घोटिएर रहेका हुन्छन् । भक्तपुर दरबार स्क्वायर पछाडिको आफ्नो घरमा बसेर उनी इन्टरनेटमा आफ्नो 'पोर्टफोलियो' कसरी बढाउने भन्नेमा मात्रै चिन्तित छन् । उनलाई दुनियाँसँग केही लिनु-दिनु छैन, छ त त्योसँग, जसले सात समुद्रपारिबाट उनलाई काम दिन्छन्, पैसा पठाइदिन्छन् ।
तिनै क्लाइन्टलाई खुसी पार्न अनेक प्रकारका डिजाइन पारेर यी तन्नेरीको दिन बित्छ । अनि, तिनैले खुसी भएर गरेको प्रशंसा उनका लागि फेरि काम पाउने बाटो बन्छ । यिनका लागि कम्प्युटर नै संसार हो, नहोस् पनि किन, उनलाई 'पैसा' यसबाटै आउँछ-थोरै हो र ? लाखलाख । उनले आफ्नो पोर्टफोलियोमा एक घन्टा काम गरेको २५ डलर लिन्छु भनेर लेखेका छन् ।

Friday, July 12, 2013
Posted by bijay Kumar Timalsina on 7:18 AM
असार २८-कुनै बेला ईराक युद्धमा लडेर त्यहाँका जनतालाई निरंकुशताबाट मुक्त पार्ने सपना देखेका ईडवार्ड जोसेफ स्नोडेन अहिले आफै सानो ठाउँमा कैद छन् । आफ्नो हुँदाखाँदाको लाखौं तलब आउँने जागिर र मायालु गर्लफ्रेन्ड छाडेर यी ३० बर्षीय ठिटो मस्को एयरपोर्टको ट्रान्जिटमा तीन हप्तादेखि आफ्नो गन्तव्य सोचेर बसिरहेका छन् ।
अफ्रिकी जनतालाई गोराहरुको दासत्वबाट मुक्त बनाएर विश्वलाई सफल नेतृत्वको पाठ सिकाएका दक्षिण अफ्रिकी अश्वेत नेता नेल्सन मण्डेलालाई अस्पतालमा लाईफ सपोर्ट दिएर महिना दिनदेखि राखिँदा संसारको ध्यान भने यी ठिटो कहाँ गए ? के खाए ? र, के गरे ? भन्ने बिषयमा केन्द्रीत छ ।
Saturday, June 8, 2013
Posted by bijay Kumar Timalsina on 12:00 AM
जेष्ठ २३ - सन् १९६० को दशकमा उधुम मच्चाएको बिटल्स ब्यान्डलाई संगीतसम्बन्धी अमेरिकी म्यागेजिन बिलबर्डले सर्वकालीन महान् कलाकार सूचीको एक नम्बरमा राखेको छ । सन् १९६० र ७० को दशकमा उसले गाएको कालजयी गीतका कारण उसले यो स्थान पाएको हो । जोन लेनन नेतृत्वको चार सदस्यीय यो ब्यान्डले चुमेको शिखर हडप्ने अर्की गायिकाको उदय सन् १९८० को दशकमा भयो । तिनै म्याडोना विश्वमै सबैभन्दा बढी एल्बम बिक्री भएकाहरूको सूचीको चौथो नम्बर ओगटेर बसेकी छन् ।
एल्बम बिक्रीमा उनीभन्दा अगाडि रहेका तीनै जना पुरुष गायक बिटल्सका जोन लेनन, रक एन्ड रोलका किङ एल्भेस र पप किङ माइकल ज्याक्सनको मृत्यु भइसकेको छ । तर ५५ वर्षीय हजुरआमाले अझै केही वर्ष विश्राम लिने छाँट देखाएकी छैनन् । आफ्नी समकालीन ह्वाइट्नी होस्टनलाई एल्बम बिक्रीमा पछारेर बेलगाम सफलता चुमेकी म्याडोनाको बिँडो थाम्न सन् २००० को दशकमा गायिकाहरूको दर्जन लामो सूची बनेको छ ।
Sunday, April 28, 2013
Posted by bijay Kumar Timalsina on 7:42 PM
वैशाख १२ -
प्लस टु पढ्न बाराको गाउँबाट राजधानी छिरेका दिपेशले ५ वर्ष अगाडि कम्प्युटर हार्डवेयर कोर्स पूरा गरे । मोबाइलको लहर चलेका बेला मोबाइल बनाउने तालिम लिए । गायक बन्ने सुर चलेपछि बानेश्वरको प्रशिक्षण केन्द्रमा तीन महिनाको फी बुझाए । तर बीबीएस अन्तिम वर्षको परीक्षा दिइसक्दा उनलाई यी सबैमा रुचि छैन ।
पहिलो वर्ष एउटा र दोस्रो वर्ष दुई विषय लागेपछि उनलाई तेस्रो वर्ष तीन विषय लाग्ने हो कि भन्ने डर छ । अचेल उनको मनमा जापान पुगेर पैसा कमाउने हुन्डरी चलेको छ । अनामनगरको डेरा वरपर घर भएका केही 'केटाहरू' जापान, अस्टे्रलिया र यूके गएको देखेपछि उनको मनमा रहरको नयाँ टुसा पलाएको हो ।
फुर्सदका बेला डेराको ओछ्यानमा
पल्टिएर उनी विदेश गएको र टन्न पैसा कमाएको सपना दिउँसै पनि देख्छन् । आफ्नो रहर पूरा गर्न उनले सहरका विभिन्न कन्सल्टेन्सी धाइसकेका छन् । अब उनलाई न त पढाइमा रुचि छ, न कुनै काम गर्न नै । 'काठमाडौंमा दुई-तीन थरी काम गरियो,' उनले अनुभव सुनाए, 'खोइ कुनै काम नि रेगुलर गर्न मन लागेन ।'
युवा अवस्थामा के गरौँ र कसो गरौँ भन्ने जोस देख्नु न राम्रो हो तर यो पुस्ताका किशोर र युवा आफ्नो भविष्यप्रति नै कन्फ्युज देखिन थालेका छन् । दिपेशजस्तै कन्फ्युज छ अहिलेको पुस्ता । उनीहरू देशमा सम्भावनाको कुनै त्यान्द्रो भेटिरहेका छैनन् । अनि गर्ने के त ? उनीहरू अलमलमा छन् । यो पुस्ता किन यति अलमल छ ?
'हाम्रो देश नै संक्रमणमा छ । राजनीति स्थिर छैन । त्यसैले युवा पुस्ता पनि अस्थिर बनिरहेका छन्,' समाजशास्त्री मृगेन्द्र कार्की भन्छन्, 'मानिसहरू उपभोक्तावादी र महत्त्वकांक्षी बन्दै गइरहेकाले पनि उनीहरू नयाँ-नयाँ अवसरको खोजीमा छन् ।' पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही समयअघि आफ्नो टि्वटरमा लेखेका थिए, 'अहिलेका युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको छ, उनीहरूलाई सकारात्मक सुझावको खाँचो छ ।'
गरिखाउँ भन्ने युवा पुस्तालाई अहिले देशको राजनीतिज्ञदेखि बहुतै रिस उठेको छ । आफ्ना लागि राजनीतिक दल र नेताले केही राम्रो सोचिदिएनन् । उनीहरूले नै देशलाई बिगारे भन्ने भावना पलाएको छ । त्यसैले होला उनीहरू सहरमा खुलेको दर्जनौं कन्सल्टेन्सी र म्यानपावरको ढोका चहार्दै विदेशिनका लागि तम्तयार छन् । 'पाएसम्म त देशमै केही गरौँ भन्ने हो नि ?'
स्कुलको शिक्षक जागिर छाडेर सेल्स म्यानका रूपमा कतार उड्ने तयारीमा रहेका रमेश सामाखुसीको म्यानपावर अगाडि भेटिए, 'पैसो नकमाइ केही हुन्न हाम्रो देशमा ।' यो पुस्तामा देखिएको असन्तुष्टि कहीँ न कहीँ पैसामा गएर जोडिएको पनि छ । उनीहरूलाई नेपालमा खाएको जागिरले जीवन चल्दैन भन्ने अविश्वास पनि छ ।
त्यसैले उनीहरू जहाँ बढी पैसा आउँछ त्यहीँ हाम्फाल्ने दाउमा हुन्छन् । 'पैसाकै लागि जे पायो त्यही काम गर्नु पनि राम्रो हुन्न,' युवा पुस्ताको समस्या, गुनासो र सम्भावनाका केन्दि्रत कार्यक्रम साथीसँग मनका कुराका प्रस्तोता आयुष जोशी भन्छन्, 'आफ्नो रुचि भएको क्षेत्रमा लगातार काम गरे मात्रै सफल भइन्छ । यसका लागि युवामा धैर्यताको खाँचो छ ।'
कसरी गर्ने धैर्यता ? 'किशोर अवस्थामा पुग्नेबित्तिकै उनीहरूलाई जीवनबारे परामर्शको खाँचो हुन्छ,' जोशीको सल्लाह छ, 'आफ्नो जीवनको लक्ष्य के हो ? रुचि के हो ? प्रस्ट हुनुपर्छ ।' तर विडम्बना, अहिलेका पुस्ता यसैमा अल्मलिएको छ । उनीहरू आफूले पढेको र जानेको क्षेत्रमा सम्भावना देख्दैनन् । अरूले गरेको काममा सम्भावनाको खानी देख्छन् । उनीहरूलाई एउटै काम गरिरहन रुचि छैन ।
अहिले काम गर्ने अवसर बढ्दै गएकाले पनि मानिस लगातार एउटै काममा नबसेर राम्रा अवसरको खोजी गरिहन्छन्,' समाजशास्त्री कार्की भन्छन्, 'आधुनिकताका कारण कुनै पनि कामप्रतिको प्यासन हराउँदै गएको छ ।' ती युवाले हामीलाई चिठी पठाएर के गर्ने कसो गर्ने भनेर सोध्छन्, प्रकृति हेर्दा उनीहरूलाई जीवनबारे बुझाइको कमी छ,' जोशीले सुनाए, 'अभिभावकको दबाबमा रुचिबाहेकको विषय पढेका पछुताइरहेको, बीचमै पढाइ छाड्ने गरेका समस्या थुप्रै छन् ।
झन् मन नलागी नलागी काम गरिरहेका त कत्ति-कत्ति ।' स्कुल र कलेज पढाइरहेको शिक्षक श्रम गर्न कोरिया पुगेका छन् । गाउँको बारी बाँझै छाडेर कोही कमाउन काठमाडौं छिरेका छन् । कम्प्युटर र मोबाइल बनाउने तालिम लिएका स्टोरकिपरको जागिर खान दुबई गएका छन् । कोही पढाइ छाडेर निराश हुँदै जागिरको खोजीमा छन् । यस्तो किन भइरहेको छ ? अहिलेको पुस्ताको दिमागमा के छ ? किन उनीहरू यति निराश छन् ? अस्थिर छन् ? 'युवा मनोविज्ञानलाई धेरै कुराले प्रभाव पारिरहेको हुन्छ,' मनोविज्ञ तिमोथी अर्याल भन्छन्, 'एडल्टहरू जे कुरामा पनि चाँडै रिजल्ट खोज्ने स्वभावका हुन्छन् ।'
अर्यालका अनुसार युवा अवस्थामा शारीरिक र मानसिक रूपमा वृद्धि चाँडो हुने भएकाले उनीहरू जे कुरामा पनि चाँडै रिजल्ट खोज्छन्, जसका कारण उनीहरू तत्काल जे गर्दा आनन्द आउँछ त्यही काममा रमाउँछन् । 'युवा अवस्थामा क्यारियरको मतलब हुन्न,' अर्याल भन्छन्, 'मेरो जिन्दगी मेरै सुरले चलाउँछु भन्ने भावना हुन्छ ।'
गरिरहेको कामको स्कोप नदेखेर पनि उनीहरू अस्थिर हुने अर्यालको विश्लेषण छ, 'अमेरिकामा पनि युवाहरू अस्थिर हुने समस्या छ तर उनीहरूको र हाम्रो कारण तथा समस्या फरक छन् ।' युवा पुस्ता यसरी अल्मलिएर भौंतारिँदा भविष्यमा समस्या नपर्ला त ? 'एउटै क्षेत्रमा दत्तचित्त भएर लाग्ने मानिसको अभाव भए कुनै पनि विषयको विज्ञ जन्मँदैनन्,' समाजशास्त्री कार्की भन्छन्, 'यसले सामाजिक विछृङ्खलता पनि ल्याउँछ ।' (बैशाख २ गतेको हेल्लो शुकबारमा प्रकाशित)

Friday, March 22, 2013
Posted by bijay Kumar Timalsina on 10:58 PM
फाल्गुन २४ - हाल अमेरिका रहेका गोरखाका गोकुल ढकालले आफ्नो ब्लगमा लेखे,'...गोलीमा
डराई मर्नु जिन्दगी ।' विदेशिने नेपालीहरूको पीडा र आक्रोशलाई समेटिएर
लेखिएको उनको यो भावना सम्भवतः कुनै पनि सञ्चारमाध्यममा छापिने थिएन । तर
उनलाई केको फिक्री ? आफ्नै ब्लगमा राखिदिए । निजी भावनाले भरिएको उनका ब्लग
चहार्ने धेरैलाई उनले शब्दमार्फत वेदना बाँडेका छन् ।
जुन सञ्चारमाध्यममा आउनेजस्ता औपचारिक नभएर उनको आफ्नै भाषा र शैलीमा छ । त्यसमा वास्तविकता अनुभव गर्न सक्छन् ।

Thursday, March 21, 2013
Posted by bijay Kumar Timalsina on 11:58 PM
काठमाडौ, चैत्र ८ - काठमाडौंमा केही हप्तायता पेट्र्रोलको अभाव छ । हरेक पम्पमा मोटरसाइकलमा फ्युल भर्नेको लाइन देखिन्छ तर नगरकोटको उकालो उक्लने बाइकको लस्कर देख्दा सहरको यो कन्तबिजोग पत्याउनै मुस्किल पर्छ ।
फुर्सदमा समय बिताउन चाहनेका लागि नगरकोट ह्याङ आउट स्पट हो भने सहरको गिद्धे दृष्टिदेखि वाक्क योङ कपलका लागि यो हट डेटिङ स्पट हो ।

Subscribe to:
Posts (Atom)