Saturday, November 15, 2014

नेवाः लिपिको युनिकोड

एक दशकभन्दा बढीको अथक प्रयासपछि अन्ततः नेपाल भाषामा सबैभन्दा बढी प्रयोग गरिने प्रचलित लिपिलाई युनिकोर्ड कन्सोर्टियमले मान्यता दिएको छ । केही दिनअघि मात्रै युनिकोर्डकन्सोर्टियमले नेवाः लिपिको क्यारेक्टर कोर्ड बनाउन आईएसओ पठाइएको हो ।  यूनिकोड कन्सोर्टियम संसारभरका भाषाको यूनिकोडलाई मान्यता दिने निकाय हो । यसअघि नेपालमा प्रयोग हुने किरात, मिथिलाक्षर र लिम्बू लिपिको यूनिकोड बनिसकेको छ ।

केही दिनअघिको युनिकोर्डक्सोर्टियमको कन्फ्रेन्समा प्रचलित लिपिको यूनिकोडलाई 'नेवाः' नाम दिएर यूनिकोडको मान्यता दिएको माइक्रोसफ्ट इन्नोभेसन सेन्टरका नेपाल प्रमुख एलन बैलोचन तुलाधरले बताए । इन्टरनेसनल अर्गनाइजेसन फर स्न्टरडाइजेसन (आईएसओ) ले क्यारेक्टर कोड बनाएपछि सबै कम्प्युटर र कम्प्युटिक डिभाइस उत्पादकले त्यो फन्ट राख्नुपर्ने हुन्छ ।

त्यसपछि भने फन्ट डेभलपरले त्यो लिपिमा आधारित फन्ट बनाउँछन् । नेवाः लिपिका सुन्दर अक्षर इन्टरनेटमा समेत सपोर्ट गर्ने भएपछि यसको प्रयोगले व्यापकता पाउने विश्वास गरिएको छ । आईएसओबाट स्ट्यान्डर सर्टिफिकेट पाउन भने सबै पर्मानेन्ट सदस्य राष्ट्रको शतप्रतिशत भोट पाउनुपर्ने हुन्छ । नेपाल पनि आईएसओको पर्मानेन्ट सदस्य हो । सदस्य राष्ट्रले भोट नगरे पनि त्यसलाई समर्थन मानिन्छ ।

सयौं दु:ख शिरमाथि...

 १८ वर्षअघि आफूलाई हेर्न त्रिभुवन विमानस्थल बाहिर जम्मा भएका मानिसको भीड देख्दा सुनिता दनुवारले लाजले मुख छोपेकी थिइन् । बेइज्जतीको डरले उनको मनमा आगो सल्किएको थियो । ग्लानिले उनी भित्रभित्रै टुक्रिएकी थिइन् ।

गत बिहीबार बिहान पनि उनको पर्खाइमा दर्जनौं मानिसहरू त्रिभुवन विमानस्थलमा भेला भए । तर यो पटक उनले लाजले मुख छोप्नुपरेन । छाती गर्वले फुलेको थियो । उनले स्विडेनबाट आफूसँगै ल्याएको सी टेन अवार्डको पोको फुकाइन् र सबैलाई देखाइन् । अनि फोटो खिचाइन् । १८ वर्षअघि घृणाको तीर फ्याँक्न विमानस्थलमा जम्मा भएको भीड अहिले किन उनको स्वागतमा नतमस्तक बनेर उभियो ? यसको कथा जति गहिरो छ त्यति नै रोचक पनि ।

Friday, August 29, 2014

आइसबकेट च्यालेन्ज

एक महिना भयो, नाम चलेकाले आफ्नो टाउकोमा एक बाल्टिन चिसो पानी खन्याएको समाचार आउन थालेको । यस्तो समाचारले अहिले विश्वभरका मानिसको ध्यान तानिरहेको छ, किनकी आफूले नाम सुनेको र मन परेका धेरै सेलिब्रेटी यस्ता काममा तल्लिन छन् । उनीहरू एकले अर्कोलाई टाउकोमा पानी खन्याउने च्यालेन्ज दिएका छन् । फेसबुकमा मालिक मार्क जुकरवर्ग, माइक्रोसफ्ट पूर्व प्रमुख विल गेट्स, अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लू बुसजस्ता हस्ती पनि यस्तो रमाइलोमा सामेल छन् ।

Friday, July 11, 2014

यु ट्युब रिभोल्युसन

करिब १० वर्ष अगाडि म्युजिक नेपालको आम्दानी एकाएक सुक्यो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष शर्मालाई लागेको थियो, देशमा युद्धले निम्त्याएको संकटकालले संगीत सुन्ने श्रोता घटे । तर, कारण अर्कै थियो । बजारमा पेन ड्राइभ र मेमोरी कार्डमा गीत भरेर बेच्ने चलन बढेको थियो । धेरै म्युजिक कम्पनीहरू बजारमा फैलिएको यस्तो ट्रेन्डबारे 'बेखबर' बनेर क्यासेट नबिकेको चिन्ताले थलिएका थिए । मेमोरीको जगजगीले सीडी, क्यासेटको बिक्री ठप्प भयो ।
संगीतप्रेमी प्रतिगीत दुई/चार रुपैयाँ तिरेर मेमोरी कार्डमा भर्थे । मन परेको गीत सस्तोमा पाइने भएपछि गीतले भरिएको महँगो क्यासेट कसले किन्छ ? नेपालमा सुरु भएको संगीतको 'डिजिटल युग' को एक दशक पनि नबित्दै अहिले म्युजिक भिडियो सेयरिङमा यस्तै क्रान्ति सुरु भएको छ ।

मोबाइलमै विश्वकप

विश्वकपमा हालसम्म नभएको मोबाइल प्रविधिको प्रयोग यो पटक हुनेछ । विश्वकपको २० औं संस्करण सुरु हुन केही दिन मात्रै बाँकी हुँदा गुगल र आईओएस स्टोरमा ब्राजिल विश्वकपको अपडेट दिने भन्दै एप्सहरू भित्रिन थालिसकेका छन् । यो वर्ष ब्राजिलमा हुने विश्वकपलाई लक्षित गर्दै फिफाले एक वर्ष अघि नै मोबाइल एप्स लन्च गरेको थियो । यसले संसारभर भइरहेको फुटबलको अपडेट दिन सुरु गरेको छ ।

भेरिफाइड सेलिब्रिटी

नेपाली लोकदोहोरी गायिका मुना थापामगर र सुनिता दुलाललाई सायद अब नक्कली फेसबुक एकाउन्टको झन्झट हुने छैन किनकि गत साता फेसबुकले उनीहरू दुवैको फेसबुक फ्यान पेजलाई भेरिफाइड गरेको छ । फेसबुक पेज, वेबसाइट र यु ट्युबमा बलियो उपस्थिति जनाएका यी दुई गायिकाको पेज भेरिफाइड भएसँगै नेपालमा सेलिब्रिटीका लागि भेरिफाइड पेजको महइभ्व कत्तिको छ भन्ने चर्चा सुरु भएको छ । अरू नेपाली सेलिब्रिटीले यसबारे चासो राख्न थालेका छन् । दुवै गायिका फेसबुक पेजबाट बढी फाइदा लिनेमध्येमा पर्छन् ।

विश्वकपको अर्को मैदान

ब्राजिलमा अहिले विश्वकप फुटबल अन्त्यतिर पुगेको छ, फाइनलसहित दुई खेलमात्र बाँकी छन् । त्यहाँका १२ स्टेडियममा मात्रै यो खेल सीमित छैन । स्टेडियममा खेल हुँदा जति हल्ला हुन्छ, त्योभन्दा बढी विश्वकपको चर्चा सोसल मिडियामा भइरहेको छ । यसमा खेलका दर्शकमात्रै होइनन्, चर्चित खेलाडी र टिमका म्यानेजर पनि सामेल छन् । इटालीका डिफेन्डर जर्जियो चेलिनीको बायाँ काँधमा दाँतको डोब र ब्राजिली स्टार नेयमरको चोट यो विश्वकपको सबैभन्दा चर्चाका विषय बने । यी दुई यस्ता विषय रहे, जसले सोसल मिडियामा विश्वकपको 'हाइप' बढाइदिए ।