Saturday, March 1, 2014

साना माछामा ठूलाको आँखा


काठमाडौ, फाल्गुन १७ - मोबाइल म्यासेजिङ एप्स ह्वाटएप्सलाई फेसबुकले किनेपछि प्रविधि जगत्मा हंगामा भएको छ । १९ बिलियन डलर मूल्य तिर्ने भनिएको सम्झौताको खबर सार्वजनिक भएपछि ह्वाट्सएप्सकोगुणगान, फेसबुकको तारिफ, विरोध र विश्लेषण एकैसाथ आउन थालेको छ । केहीले ह्वाट्सएपका संस्थापकद्वय ब्रायन एक्टन र जेन कमको मेहनत र लगनशीलताको प्रशंसा गरेका छन् । याहुका पूर्व कर्मचारी एक्टन र कमले बिनाबिज्ञापन ५ वर्षसम्म एप्सलाई जीवित् राख्दै धैर्य देखाए र ५० कर्मचारीको भरमा लोकप्रिय पनि बनाए । चाखलाग्दो त के छ भने याहुको जागिर अवधि सकिएपछि जागिर पाइन्छ कि भन्दै ट्विटर र फेसबुक कार्यालय धाएका कम रित्तो हात फर्काइएका थिए ।


५ वर्षअघि जसलाई फेसबुकले पत्याएको थिएन आज तिनै व्यक्तिले बनाएको एप्सलाई यत्रो रकम खर्च गर्नुपर्‍यो फेसबुकले । फेसबुकले ह्वाटस्एपका लागि तिरेको रकम नेपालको करिब चार वर्षको बजेटभन्दा बढी हुन आउँछ ।

प्रविधि दुनियाँमा सम्भावनाको सीमा हुन्न भन्ने उदाहरण फेसबुक आफैं हो । लोकप्रिय हुँदै गरेका माईस्पेस, हाईफाइभलाई पछार्दै फेसबुक आफैं नम्बर एक सोसल मिडिया साइट बनेर उदायो । फेसबुकका मालिक मार्क जुगरवर्गले पनि सायद ह्वाट्एपमा यस्तै असीमित सम्भावना देखेका थिए होलान् । विश्वविद्यालयमा कम्प्युटर साइन्ससँगै साइकोलोजीसमेत पढेका जुगरवर्गले नयाँ पुस्ताको मानसिकता बुझिहाले र नयाँ पुस्तामा लोकप्रियता कमाएको ह्वाट्सएपलाई आफ्नो पञ्जामा पार्न भ्याए ।

पछिल्लो वर्षमा प्रविधि क्षेत्र एउटा पोखरीझैं भएको छ जहाँ साना माछालाई ठूला माछाले खान्छ भनेझैं गरी साना कम्पनीहरू ठूला कम्पनीमा विलीन भइरहेका छन् । यद्यपि यो होडमा केही कम्पनी बेचिए पनि आफ्नो अस्तित्व कायमै राखेका छन् । अधिकांश कम्पनी भने ठूला कम्पनीमा बिलाएका छन् वा नाम फेरेर अर्कै बनाइएका छन् ।

फेसबुकले पछिल्लो समय आफ्नो टाइमलाइनबाट किशोरकिशोरीको संख्या गुमाउँदै गएको छ । यो तथ्यलाई फेसबुक आफैंले पनि स्विकारेको छ । ऊ आफैंले भनेको छ सन् २०११ यता एक करोड १० लाख किशोरकिशोरीले फेसबुक चलाउन छाडे । यो ग्यापलाई भर्न उसले केही समयअघि स्न्यापच्याटसमक्ष तीन बिलियनको प्रस्ताव पनि लगेको थियो । पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको स्न्यापच्याटले फेसबुकको प्रस्ताव अस्वीकार गरिदियो । तीन बिलियनको प्रस्ताव अस्वीकार गरेको भनेर उसले झन् चर्चा कमायो ।

अचेल प्रस्ताव, अस्वीकार र सम्झौताका खबरले आईटी दुनियाँमा चर्चा पाएको छ । यस्तै खबरका कारण साना कम्पनी चलाएर बसेका संस्थापकहरू आफ्नो कम्पनीलाई पनि कसैले ठूलो मूल्यका प्रस्ताव लिएर आउने दिन कुरेर मनमनै गमिरहेका होलान् ।

ह्वाटस्एपको बिक्रीले एकै साता भएको भाइबरको बिक्री ओझेलमा परेको छ । ह्वाटस्एप बिक्री गरेको खबर सार्वजनिक हुनु केही दिनअघि मात्रै जापानको सञ्चार कम्पनी राकुटेनले भाइबरलाई ९० अर्ब रुपैयाँ तिरेर किनेको थियो । प्रयोगकर्ता र लोकप्रियताको हिसाबले ह्वाट्सएप भाइबरभन्दा दुई गुणा मात्रै ठूलो छ । भाइबरको प्रयोगकर्ता मात्रै ३० करोडभन्दा बढी छन् । ह्वाट्उसएपको ४५ करोड । ह्वाट्सएपले पाएको रकमले भाइबरका मालिकको मन कुँडिएको हुनुपर्छ, उस्तै प्रयोगकर्ता भएको आफ्नो कम्पनी अलि थोरै मूल्यमा बिक्री गर्नुपरेकोमा । फेसबुकले किनेपछि ह्वाट्सएपमा अब केही महिनामै भ्वाइस कल सुविधा थप्ने घोषणा गरेको छ, जुन भाइबरमा अहिले नै छ ।

प्रविधि क्षेत्रका ठूला कम्पनीहरू गुगल, फेसबुक, एप्पल, याहु र माइक्रोसफ्ट आ-आफ्नो विधामा अरूभन्दा बलियो बन्न तँछाडमछाडको दौडमा छन् । कुनै साना कम्पनीले गतिलोसँग प्रयोगकर्ता आकषिर्त गरिरहेका छन् भने त्यसलाई आफूमा विलीन गराउन वा नियन्त्रणमा राख्न उनीहरू जस्तोसुकै मूल्य तिर्न तयार हुने गरेका छन् ।

आफूले किनेको सानो कम्पनीलाई या त उनीहरूले आफ्नो नियन्त्रणमा सञ्चालन गर्छन्, जसले मूल संस्थाको सफलतामा सघाओस्, नत्र ती साना कम्पनी किनेर त्यसको अस्तित्व समाप्त गर्छन् । जस्तो दुई वर्षअघि गुगलले सोसल मिडिया कम्पनी फ्रिज किनेर गुगल प्लसमा विलीन बनाइदियो । धेरै भिडियो सेयरिङ साइट किनेको गुगलले सबैलाई यूट्युबमा मर्ज गराएको छ ।

सन् २००६ मा फेसबुकले फोटो सेयरिङ एप्स इन्स्टाग्राम किनेको थियो । यद्यपि एक बिलियन डलर तिरेर पनि फेसबुकले इन्स्टाग्रामलाई बिनाहस्तक्षेप स्वतन्त्रतापूर्वक चल्न दिएको छ । इन्स्टाग्राम छुट्टै ब्रान्डको रूपमा लोकप्रिय छ । त्यहाँ फेसबुकले आफ्नो गन्ध पर्न दिएको छैन, ठ्याक्कै त्यस्तै जस्तो गुगलले यूट्युबका लागि गरिरहेको छ ।

यो वर्षको जनबरी र फेब्रुअरी दुई महिनामा मात्रै गुगलले ६ कम्पनीको स्वामित्व लिइसकेको छ । सबै जोड्दा गुगलले अहिलेसम्म एक सय ४५ कम्पनीलाई आफूमा मर्ज गरेको छ । सन् २००६ मा उसले एक अर्ब ६५ करोड डलरमा यू ट्युबलाई किन्दा ठूलो चर्चा पाए पनि अन्यले कम्पनीसँग भएको 'डिल' खासै चर्चामा आएनन् । गुगलले बढी इन्टरनेट सुरक्षा, विज्ञापन, ब्लगजस्ता कम्पनी किनेको छ । गुगलले दुई वर्षअघि मोबाइल बजारमा हात हाल्ने भन्दै १२ अर्ब ५० करोड डलरमा किनेको मोटोरोलालाई यही वर्ष घाटा खाएर जम्मा २ अर्ब ९१ करोड डलरमा लेनोभोलाई बेचेको थियो ।

कम्प्युटर सफ्टवेयर निर्माता माइक्रोसफ्टले पनि मोबाइल बजारमा हात हाल्नकै लागि अघिल्लो वर्ष नोकिया किनेको छ । माइक्रोसफ्टले बर्सेनि औसत ६ कम्पनीलाई आफूमा मर्ज गर्दै आएको छ । नोकिया माइक्रोसफ्टले किनेको ठूलो कम्पनी हो । हालसम्म उसले आफ्नो उद्देश्यसँग मिल्ने डेढ सय बढी कम्पनीलाई आफ्नो स्वामित्वमा लिएको छ भने त्यति नै कम्पनीसँग साझेदारी गरिरहेको छ । ट्विटरले २८ कम्पनीसँग सम्झौता गरेर स्वामित्व लिएको छ । याहुले एक सयभन्दा बढी साना कम्पनीलाई आफूमा गाभेको छ । मोबाइल उत्पादक एप्पलले ५० भन्दा बढी साना कम्पनीको स्वामित्व लिएको छ । पछिल्लो दुई महिनामा उसले ५ कम्पनी किनिसकेको छ ।

साना कम्पनीले रिस्क लिएरै भए पनि फरक काम सुरु गर्छन् जुन सफल भएमा ठूला कम्पनीको आँखामा पर्ने गरेको छ । साना कम्पनीमा डुब्ने डर धेरै नहुने हुँदा उनीहरू नयाँनयाँ प्रयोग गर्छन् । प्रयोग सफल नहुनेको नामोनिशान हुन्न तर जसको सफल हुन्छ तिनीहरूले मालामाल हुने प्रस्ताव भेट्ने गरेका छन् । साना कम्पनी किन्न खोज्ने ठूलाको प्रवृत्ति किन बढेको ? 'ठूलो कम्पनीले आफूलाई थ्रेट हुने खालको वा आफ्नो उद्देश्यसँग मिल्ने खालको कम्पनी किन्छन्,' प्रविधि र सोसल मिडियासम्बन्धी ब्लग लेख्ने आकार अनिलको अनुभव छ । उनको अनुभवमा केही साना कम्पनीहरू बिक्री हुनकै लागि सुरु गरिएका हुन्छन् । 'जसको आफ्नै कमाउने मोडल हुँदैन् त्यस्ता कम्पनी बेचिनै पर्छ,' उनी भन्छन् ।

ठूला कम्पनीले सधैं आफूलाई थ्रेट हुने खालको कम्पनी मात्रै किन्दैनन् । कुनै साना कम्पनी किन्दा कुनै क्षेत्रमा आफ्नो कम्पनीको बलियो उपस्थिति हुन्छ भने त्यस्ता कम्पनीमा पनि ठूलाको नजर परिहाल्छ । एक महिनाअघि मात्रै गुगलले नेस्ट ल्याब किनेर 'अटोमेसन' क्षेत्रमा आफ्नो उपस्थिति जनाइहाल्यो । नेस्टका लागि गुगलले तीन अर्ब २० करोड अमेरिकी डलर तिरेको थियो । माइक्रोसफ्टले पनि मोबाइल क्षेत्रमा काम गर्ने रहर जागेर नोकियालाई ७ अर्ब २० करोड अमेरिकी डलर तिर्‍यो । माइक्रेसफ्टले नोकियाबाट थ्रेट अनुभव गरेर यत्रो पैसा तिरेको होइन्, उसले नयाँ बजारमा आफ्नो सम्भावना देखेको मात्रै हो । माइक्रोसफ्टजस्तो ठूलो कम्पनीले नोकियोको जिम्मा लिएपछि यसले अन्य मोबाइल कम्पनीलाई चुनौती थपिदिएको छ । माइक्रोसफ्टले दुई वर्षअघि स्काइप किनेर टेलिकम्प्युनिकेसनमा आफ्नो पकड कायम गरिसकेको छ । जसको लागि उसले पैसा बाहेक केही खर्च गर्नुपरेन ।

फेबसकुले ह्वाट्सएप किन्नुको कारण भने थ्रेट पनि हो । म्यासेजिङ एप्समा आफूलाई हराएको ह्वाट्सएपमा फेसबुकले गरेको लगानी त्यसको प्रयोगकर्ता, प्रविधि र कर्मचारीको लागि पनि हो । ह्वाट्सएपलाई स्वतन्त्र ढंगले सञ्चालन गर्न दिने फेसबुकको दाबी छ । उसको दाबीमा आधार पनि छ किनकि उसले यसअघि किनेको इन्स्टाग्रामलाई पनि स्वतन्त्र ढंगले चल्न दिइरहेको छ । तर, इन्स्टाग्राम एउटा अपवाद हो जुन कम्पनी फेसबुकले किनेपछि पनि बन्द भएको छैन । नत्र फेसबुकले किनेका अधिकांश कम्पनी बन्द भएका छन् । फेसबुक मालिक जुगरबर्गले भन्ने गरेका छन्, 'मैले कम्पनी होइन ट्यालेन्ट किनेको हुँ ।' नयाँ कम्पनी किन्नुको फाइदा ठूला कम्पनीलाई किन पनि हुन्छ भने उनीहरूले साना कम्पनीलाई मेहनतपूर्वक सञ्चालन गरेको जनशक्ति र उनीहरूले अपनाएको नयाँ प्रविधि पनि निःशुल्क पाउँछन् । ठूला कम्पनीले साना कम्पनी किन्दा त्यसका संस्थापक वा टिमलाई आफूसँगै राख्ने गरेका छन् । फेसुबकले पनि ह्वाट्सएपका संस्थापकमध्येका एक कमलाई आफूसँगै भएको छ । उनकै नेतृत्वमा आगामी दिनमा ह्वाट्सएप अघि बढ्नेछ ।

फेसबुकले किन किनेको होला ह्वाट्सएप ? यो दिमाग खियाउनुपर्ने प्रश्न होइन किनकि यसको लागि ह्वाट्सएपले पछिल्लो समय कमाइरहेको प्रयोगकर्ताको ग्राफ हेरे पुग्छ । फेसबुकको प्रयोगकर्ता एउटा बिन्दुमा पुगेर अड्किएको बेला ह्वाट्सएपको सोझै उकालो चढेको छ त्यो पनि नयाँ पुस्ताका तन्नेरी बोकेर । फेसबुकले ह्वाट्सएपका लागि कुनै कम्पनी भ्यालु तिरेको होइन उसले प्रयोगकर्ताको पैसा तिरेको मात्रै हो । यसमा उसले ह्वाट्सएपका जाँगरिला तन्नेरी कर्मचारी र नयाँ प्रविधि निःशुल्क पाएको छ । फेसबुकले तिरेको यो मूल्य प्रतिसदस्य ४२ डलर हुन आउँछ ।

फेसबुकले ह्वाट्सएप किन्नु दुई हप्ताअघि मात्रै नेपाली युवाको नेतृत्वमा रहेको भारतस्थित आईटी कम्पनी सिम्प्लिफाई ३६० लाई विश्वकै ठूलो सफ्टवेयर निर्माता कम्पनी एडोभ र विश्वकै ठूलो विज्ञापन एजेन्सी कम्पनी डब्लूपीपीले किन्न खोजेको समाचारले दक्षिण एसियाको आईटी बजार तातेको थियो । नतातोस् पनि किन ? सोसल मिडिया एनालिटिकल टुल बनाएर सेवा दिने यो कम्पनी बिक्री भएको भए सायद फेसबुकले ह्वाट्सएप किन्दा जस्तै गरी बिज्रो टोक्ने मूल्य पाउने थियो । यो कम्पनी किन्न खोज्ने दुवै संस्थाको उद्देश्य भनेको सिम्लिफाईसँग भएको सोसल मिडियाको डाटा हो । जसबाट ती कम्पनीले सोसल मिडियाका माध्यमबाट आफ्नो बजार विस्तारको सम्भावना र खोज्न र रणनीति बनाउन प्रशस्त तथ्य पाउने थिए ।
(First appeared on KOSELI, Saturday supplement of Kantipur Daily)
५ वर्षअघि जसलाई फेसबुकले पत्याएको थिएन आज तिनै व्यक्तिले बनाएको एप्सलाई यत्रो रकम खर्च गर्नुपर्‍यो फेसबुकले । फेसबुकले ह्वाटस्एपका लागि तिरेको रकम नेपालको करिब चार वर्षको बजेटभन्दा बढी हुन आउँछ ।
प्रविधि दुनियाँमा सम्भावनाको सीमा हुन्न भन्ने उदाहरण फेसबुक आफैं हो । लोकप्रिय हुँदै गरेका माईस्पेस, हाईफाइभलाई पछार्दै फेसबुक आफैं नम्बर एक सोसल मिडिया साइट बनेर उदायो । फेसबुकका मालिक मार्क जुगरवर्गले पनि सायद ह्वाट्एपमा यस्तै असीमित सम्भावना देखेका थिए होलान् । विश्वविद्यालयमा कम्प्युटर साइन्ससँगै साइकोलोजीसमेत पढेका जुगरवर्गले नयाँ पुस्ताको मानसिकता बुझिहाले र नयाँ पुस्तामा लोकप्रियता कमाएको ह्वाट्सएपलाई आफ्नो पञ्जामा पार्न भ्याए ।
पछिल्लो वर्षमा प्रविधि क्षेत्र एउटा पोखरीझैं भएको छ जहाँ साना माछालाई ठूला माछाले खान्छ भनेझैं गरी साना कम्पनीहरू ठूला कम्पनीमा विलीन भइरहेका छन् । यद्यपि यो होडमा केही कम्पनी बेचिए पनि आफ्नो अस्तित्व कायमै राखेका छन् । अधिकांश कम्पनी भने ठूला कम्पनीमा बिलाएका छन् वा नाम फेरेर अर्कै बनाइएका छन् ।
फेसबुकले पछिल्लो समय आफ्नो टाइमलाइनबाट किशोरकिशोरीको संख्या गुमाउँदै गएको छ । यो तथ्यलाई फेसबुक आफैंले पनि स्विकारेको छ । ऊ आफैंले भनेको छ सन् २०११ यता एक करोड १० लाख किशोरकिशोरीले फेसबुक चलाउन छाडे । यो ग्यापलाई भर्न उसले केही समयअघि स्न्यापच्याटसमक्ष तीन बिलियनको प्रस्ताव पनि लगेको थियो । पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय बन्दै गएको स्न्यापच्याटले फेसबुकको प्रस्ताव अस्वीकार गरिदियो । तीन बिलियनको प्रस्ताव अस्वीकार गरेको भनेर उसले झन् चर्चा कमायो ।
अचेल प्रस्ताव, अस्वीकार र सम्झौताका खबरले आईटी दुनियाँमा चर्चा पाएको छ । यस्तै खबरका कारण साना कम्पनी चलाएर बसेका संस्थापकहरू आफ्नो कम्पनीलाई पनि कसैले ठूलो मूल्यका प्रस्ताव लिएर आउने दिन कुरेर मनमनै गमिरहेका होलान् ।
ह्वाटस्एपको बिक्रीले एकै साता भएको भाइबरको बिक्री ओझेलमा परेको छ । ह्वाटस्एप बिक्री गरेको खबर सार्वजनिक हुनु केही दिनअघि मात्रै जापानको सञ्चार कम्पनी राकुटेनले भाइबरलाई ९० अर्ब रुपैयाँ तिरेर किनेको थियो । प्रयोगकर्ता र लोकप्रियताको हिसाबले ह्वाट्सएप भाइबरभन्दा दुई गुणा मात्रै ठूलो छ । भाइबरको प्रयोगकर्ता मात्रै ३० करोडभन्दा बढी छन् । ह्वाट्उसएपको ४५ करोड । ह्वाट्सएपले पाएको रकमले भाइबरका मालिकको मन कुँडिएको हुनुपर्छ, उस्तै प्रयोगकर्ता भएको आफ्नो कम्पनी अलि थोरै मूल्यमा बिक्री गर्नुपरेकोमा । फेसबुकले किनेपछि ह्वाट्सएपमा अब केही महिनामै भ्वाइस कल सुविधा थप्ने घोषणा गरेको छ, जुन भाइबरमा अहिले नै छ ।
प्रविधि क्षेत्रका ठूला कम्पनीहरू गुगल, फेसबुक, एप्पल, याहु र माइक्रोसफ्ट आ-आफ्नो विधामा अरूभन्दा बलियो बन्न तँछाडमछाडको दौडमा छन् । कुनै साना कम्पनीले गतिलोसँग प्रयोगकर्ता आकषिर्त गरिरहेका छन् भने त्यसलाई आफूमा विलीन गराउन वा नियन्त्रणमा राख्न उनीहरू जस्तोसुकै मूल्य तिर्न तयार हुने गरेका छन् ।
आफूले किनेको सानो कम्पनीलाई या त उनीहरूले आफ्नो नियन्त्रणमा सञ्चालन गर्छन्, जसले मूल संस्थाको सफलतामा सघाओस्, नत्र ती साना कम्पनी किनेर त्यसको अस्तित्व समाप्त गर्छन् । जस्तो दुई वर्षअघि गुगलले सोसल मिडिया कम्पनी फ्रिज किनेर गुगल प्लसमा विलीन बनाइदियो । धेरै भिडियो सेयरिङ साइट किनेको गुगलले सबैलाई यूट्युबमा मर्ज गराएको छ ।
सन् २००६ मा फेसबुकले फोटो सेयरिङ एप्स इन्स्टाग्राम किनेको थियो । यद्यपि एक बिलियन डलर तिरेर पनि फेसबुकले इन्स्टाग्रामलाई बिनाहस्तक्षेप स्वतन्त्रतापूर्वक चल्न दिएको छ । इन्स्टाग्राम छुट्टै ब्रान्डको रूपमा लोकप्रिय छ । त्यहाँ फेसबुकले आफ्नो गन्ध पर्न दिएको छैन, ठ्याक्कै त्यस्तै जस्तो गुगलले यूट्युबका लागि गरिरहेको छ ।
यो वर्षको जनबरी र फेब्रुअरी दुई महिनामा मात्रै गुगलले ६ कम्पनीको स्वामित्व लिइसकेको छ । सबै जोड्दा गुगलले अहिलेसम्म एक सय ४५ कम्पनीलाई आफूमा मर्ज गरेको छ । सन् २००६ मा उसले एक अर्ब ६५ करोड डलरमा यू ट्युबलाई किन्दा ठूलो चर्चा पाए पनि अन्यले कम्पनीसँग भएको 'डिल' खासै चर्चामा आएनन् । गुगलले बढी इन्टरनेट सुरक्षा, विज्ञापन, ब्लगजस्ता कम्पनी किनेको छ । गुगलले दुई वर्षअघि मोबाइल बजारमा हात हाल्ने भन्दै १२ अर्ब ५० करोड डलरमा किनेको मोटोरोलालाई यही वर्ष घाटा खाएर जम्मा २ अर्ब ९१ करोड डलरमा लेनोभोलाई बेचेको थियो ।
कम्प्युटर सफ्टवेयर निर्माता माइक्रोसफ्टले पनि मोबाइल बजारमा हात हाल्नकै लागि अघिल्लो वर्ष नोकिया किनेको छ । माइक्रोसफ्टले बर्सेनि औसत ६ कम्पनीलाई आफूमा मर्ज गर्दै आएको छ । नोकिया माइक्रोसफ्टले किनेको ठूलो कम्पनी हो । हालसम्म उसले आफ्नो उद्देश्यसँग मिल्ने डेढ सय बढी कम्पनीलाई आफ्नो स्वामित्वमा लिएको छ भने त्यति नै कम्पनीसँग साझेदारी गरिरहेको छ । ट्विटरले २८ कम्पनीसँग सम्झौता गरेर स्वामित्व लिएको छ । याहुले एक सयभन्दा बढी साना कम्पनीलाई आफूमा गाभेको छ । मोबाइल उत्पादक एप्पलले ५० भन्दा बढी साना कम्पनीको स्वामित्व लिएको छ । पछिल्लो दुई महिनामा उसले ५ कम्पनी किनिसकेको छ ।
साना कम्पनीले रिस्क लिएरै भए पनि फरक काम सुरु गर्छन् जुन सफल भएमा ठूला कम्पनीको आँखामा पर्ने गरेको छ । साना कम्पनीमा डुब्ने डर धेरै नहुने हुँदा उनीहरू नयाँनयाँ प्रयोग गर्छन् । प्रयोग सफल नहुनेको नामोनिशान हुन्न तर जसको सफल हुन्छ तिनीहरूले मालामाल हुने प्रस्ताव भेट्ने गरेका छन् । साना कम्पनी किन्न खोज्ने ठूलाको प्रवृत्ति किन बढेको ? 'ठूलो कम्पनीले आफूलाई थ्रेट हुने खालको वा आफ्नो उद्देश्यसँग मिल्ने खालको कम्पनी किन्छन्,' प्रविधि र सोसल मिडियासम्बन्धी ब्लग लेख्ने आकार अनिलको अनुभव छ । उनको अनुभवमा केही साना कम्पनीहरू बिक्री हुनकै लागि सुरु गरिएका हुन्छन् । 'जसको आफ्नै कमाउने मोडल हुँदैन् त्यस्ता कम्पनी बेचिनै पर्छ,' उनी भन्छन् ।
ठूला कम्पनीले सधैं आफूलाई थ्रेट हुने खालको कम्पनी मात्रै किन्दैनन् । कुनै साना कम्पनी किन्दा कुनै क्षेत्रमा आफ्नो कम्पनीको बलियो उपस्थिति हुन्छ भने त्यस्ता कम्पनीमा पनि ठूलाको नजर परिहाल्छ । एक महिनाअघि मात्रै गुगलले नेस्ट ल्याब किनेर 'अटोमेसन' क्षेत्रमा आफ्नो उपस्थिति जनाइहाल्यो । नेस्टका लागि गुगलले तीन अर्ब २० करोड अमेरिकी डलर तिरेको थियो । माइक्रोसफ्टले पनि मोबाइल क्षेत्रमा काम गर्ने रहर जागेर नोकियालाई ७ अर्ब २० करोड अमेरिकी डलर तिर्‍यो । माइक्रेसफ्टले नोकियाबाट थ्रेट अनुभव गरेर यत्रो पैसा तिरेको होइन्, उसले नयाँ बजारमा आफ्नो सम्भावना देखेको मात्रै हो । माइक्रोसफ्टजस्तो ठूलो कम्पनीले नोकियोको जिम्मा लिएपछि यसले अन्य मोबाइल कम्पनीलाई चुनौती थपिदिएको छ । माइक्रोसफ्टले दुई वर्षअघि स्काइप किनेर टेलिकम्प्युनिकेसनमा आफ्नो पकड कायम गरिसकेको छ । जसको लागि उसले पैसा बाहेक केही खर्च गर्नुपरेन ।
फेबसकुले ह्वाट्सएप किन्नुको कारण भने थ्रेट पनि हो । म्यासेजिङ एप्समा आफूलाई हराएको ह्वाट्सएपमा फेसबुकले गरेको लगानी त्यसको प्रयोगकर्ता, प्रविधि र कर्मचारीको लागि पनि हो । ह्वाट्सएपलाई स्वतन्त्र ढंगले सञ्चालन गर्न दिने फेसबुकको दाबी छ । उसको दाबीमा आधार पनि छ किनकि उसले यसअघि किनेको इन्स्टाग्रामलाई पनि स्वतन्त्र ढंगले चल्न दिइरहेको छ । तर, इन्स्टाग्राम एउटा अपवाद हो जुन कम्पनी फेसबुकले किनेपछि पनि बन्द भएको छैन । नत्र फेसबुकले किनेका अधिकांश कम्पनी बन्द भएका छन् । फेसबुक मालिक जुगरबर्गले भन्ने गरेका छन्, 'मैले कम्पनी होइन ट्यालेन्ट किनेको हुँ ।' नयाँ कम्पनी किन्नुको फाइदा ठूला कम्पनीलाई किन पनि हुन्छ भने उनीहरूले साना कम्पनीलाई मेहनतपूर्वक सञ्चालन गरेको जनशक्ति र उनीहरूले अपनाएको नयाँ प्रविधि पनि निःशुल्क पाउँछन् । ठूला कम्पनीले साना कम्पनी किन्दा त्यसका संस्थापक वा टिमलाई आफूसँगै राख्ने गरेका छन् । फेसुबकले पनि ह्वाट्सएपका संस्थापकमध्येका एक कमलाई आफूसँगै भएको छ । उनकै नेतृत्वमा आगामी दिनमा ह्वाट्सएप अघि बढ्नेछ ।
फेसबुकले किन किनेको होला ह्वाट्सएप ? यो दिमाग खियाउनुपर्ने प्रश्न होइन किनकि यसको लागि ह्वाट्सएपले पछिल्लो समय कमाइरहेको प्रयोगकर्ताको ग्राफ हेरे पुग्छ । फेसबुकको प्रयोगकर्ता एउटा बिन्दुमा पुगेर अड्किएको बेला ह्वाट्सएपको सोझै उकालो चढेको छ त्यो पनि नयाँ पुस्ताका तन्नेरी बोकेर । फेसबुकले ह्वाट्सएपका लागि कुनै कम्पनी भ्यालु तिरेको होइन उसले प्रयोगकर्ताको पैसा तिरेको मात्रै हो । यसमा उसले ह्वाट्सएपका जाँगरिला तन्नेरी कर्मचारी र नयाँ प्रविधि निःशुल्क पाएको छ । फेसबुकले तिरेको यो मूल्य प्रतिसदस्य ४२ डलर हुन आउँछ ।
फेसबुकले ह्वाट्सएप किन्नु दुई हप्ताअघि मात्रै नेपाली युवाको नेतृत्वमा रहेको भारतस्थित आईटी कम्पनी सिम्प्लिफाई ३६० लाई विश्वकै ठूलो सफ्टवेयर निर्माता कम्पनी एडोभ र विश्वकै ठूलो विज्ञापन एजेन्सी कम्पनी डब्लूपीपीले किन्न खोजेको समाचारले दक्षिण एसियाको आईटी बजार तातेको थियो । नतातोस् पनि किन ? सोसल मिडिया एनालिटिकल टुल बनाएर सेवा दिने यो कम्पनी बिक्री भएको भए सायद फेसबुकले ह्वाट्सएप किन्दा जस्तै गरी बिज्रो टोक्ने मूल्य पाउने थियो । यो कम्पनी किन्न खोज्ने दुवै संस्थाको उद्देश्य भनेको सिम्लिफाईसँग भएको सोसल मिडियाको डाटा हो । जसबाट ती कम्पनीले सोसल मिडियाका माध्यमबाट आफ्नो बजार विस्तारको सम्भावना र खोज्न र रणनीति बनाउन प्रशस्त तथ्य पाउने थिए
- See more at: http://www.ekantipur.com/np/2070/11/14/full-story/384966.html#sthash.uoC3Buc2.dpuf