Tuesday, March 31, 2015

यू-ट्युब दशक


 स्थापनायताको यसको सफलता र लोकप्रियता हेर्दा यो दशकलाई यु्-ट्युब दशक भन्दा फरक नपर्ला । धेरैले यो समयलाई फेसबुकको दशक भनेर नाम पनि दिएका छन् । फेसबुककै युगमा लोकप्रिय यु-ट्युब केहीहदसम्म फेसबुकको छायाँमा परेको हो । तर फरक प्रकृतिको भएकाले यसको सफलतालाई कसैले रोक्न सकेको छैन् ।

सन् २०१२ को डिसेम्बर १६ मा नयाँ दिल्लीमा भएको बलात्कारको विषयमा बनाइएको डकुमेन्ट्रीलाई केही दिनअघि बीबीसीले सार्वजनिक गरेपछि भारतीय सरकारले प्रसारणमा प्रतिबन्धल गायो । इन्टरनेटमा पहुँच भएका लाखौ भारतीय भने त्यस वृत्तचित्र हेर्नबाट बञ्चित भएनन् । यु-ट्युबबाट सार्वजनिक भएको केही घन्टामै एक घण्टा लामो वृत्तिचित्र लाखौंले हेरिसकेका थिए ।

एनलोकेटमा गज्जबको डिजाइन


 मानौं काठमाडौंको कुनै ठाउमा तपाईं कतै उभिनुभएको छ । केही कुनै ठाउ खोज्दै हुनुहुन्छ । तपाईंले खोज्नुभएको ठाउ तपाईंको नजिकै पनि हुनसक्छ वा धेरै टाढा । तपाईंको खोजाइमा एटीएम, सिनेमा हल, मल, पार्टी प्यालेस, अस्पताल, रेष्टुरेन्ट वा अन्य जे पनि हुनसक्छ । हामीमा नलजाउने बाानी छ भने त हामी बाटो हिड्ने वा सडक छेउमा पसल गरेर बस्ने साहुजीलाई सोधिहाल्छौं, फलानो ठाउ कहा छ ? सोधिखोजी गरेर ठाउा पहिल्याउने चलन पुरानो भयो ।

अब आफ्नै मोबाइलमा खोजेर यस्ता ठाउहरु पत्ता लगाउन सकिन्छ, एनलोकेटमा । काठमाडौ उपत्यकाका विभिन्न लोकेसन पत्ता लगाउन यो एप साह्रै उपयुक्त छ । काठमाडौंमा भएका सिनेमा हल, थिएटर, सपिङ मल, रेस्टुरेन्ट, अस्पताल, पेट्रोल पम्प होस वा पार्टी प्यालेस जस्ता अधिकांश जानकारी एनलोकेटमा भेटिन थालेको छ । एनलोकेटका संस्थापक मनोज घिमिरे एपमा करिब ६५ हजार जानकारी ईन्ट्री भएको बताउाछन् । कोही कसैले चाहेमा आफैले आफ्नो व्यवसाय वा स्थानको जानकारी हाल्न सक्छन् ।

Saturday, December 13, 2014

बाबुको बहादुरी

उनले भविष्यमा सम्हाल्नुपर्ने झण्डै एक दर्जन कम्पनीहरु छन् । त्यसैको तयारीमा उनी वेलायतको यूनिभर्सिटी अफ ईस्ट एङ्लियामा विजनेस म्यानेजमेण्टमा अण्डरग्र्राजुयट गर्दैछन् । तर, उनको मन कुनै कर्पोरेट अफिसमा होइन्, घर र होटलको किचनमा रमाउछ । राहुल श्रेष्ठ, २०, लाई नेपालका पहिलो केवलकार संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको नाति भन्दा धेरैले सजिलै चिन्छन् । आफन्तले उनलाई बाबु भनेर चिन्छन् । राहुल भने पारिवारिक पेशाभन्दा फरक क्षेत्रमा परिचय बनाउन तल्लिन छन् । सोखको रुपमा सुरु गरेको कलिनरी आर्टलाई उनी व्यवसाय बनाउन चाहन्छन् ।

बिदामा नेपाल आउँदा गत बुधबार उनले सोल्टी होटलमा झण्डै एक सय पाहुनालाई आफैले तयार पारेको सिक्स कोर्स मिल खुवाए । त्यसको तयारीका लागि उनी ५ दिन अघिदेखि सोल्टी होटलमा व्यस्त थिए भने सुत्ने समय घटाएर नयाँ नयाँ रिसेपी सोचेर बसे । खानाका पारखीहरु सहभागी सोल्टीको ग्यादरिङमा उनको कलाले तारिफ पायो र श्रेष्ठ परिवारको एउटा सदस्य फरक पेशामा लागेको चर्चा पनि भयो ।

के होला फेसबुकले पत्रिका चलाए ?


फेसबुकले एउटा योजनाले अहिले विश्वभरका सञ्चारमाध्यमलाई धर्मसंकटमा पारेको छ । नपारोस् पनि किन ? अहिलेका सञ्चारमाध्यमका पाठक वा दर्शक फेसबुककेा माध्यमबाट कमाएको थियो । तर अघिल्लो महिना आयोजित एक कार्यक्रममा फेसबुकमा मालिक मार्क जुकरवर्गले आफूले आफ्ना प्रयोगकर्ताको रुची अनुसार फेसबुकमै समाचारपत्रको सुविधा दिने महत्वाकांक्षा पालेको सार्वजनिक रुपमा घोषणा गरेपछि यसले विश्वभरका सञ्चारगृहका ध्यान आकृष्ट गरेको हो । योसँगै फेसबुकले बनाउने भनेको समाचारपत्र कस्तो हुने हो भन्ने बहस र अनुमान सुरु भएको छ ।
स्मार्टफोनले पछिल्लो समय धेरैथोक विस्थापित गरेको छ भने सोसल मिडियाले जानकारीका लागि परम्परागत मिडियामा भर पर्नुपर्ने बाध्यता टारेको छ । विश्वभर सवा अर्ब प्रयोगकर्ता भएको फेसबुक दैनिक औसत ८६ करोडले प्रयोग गर्ने गरेको तथ्यांक छ ।

मन बहलाउने जोडी

युट्युबमा पुराना मन पराउनेहरुलाई थाहा छ विजय र पि्रतिको बारेमा । सामान्य नेपालीलाई उनीहरुबारे जानकारी नहोला तर युट्युबमा पुराना नेपाली गीतका कभर सुन्ने बानी परेकालाई भने उनीहरुले राम्रो लत लगाइदिएका छन् ।

पुराना नेपाली गीतलाई नयाँ स्वरुपमा गाएर उनीहरुले अपलोड गरेको भिडिया यूट्युबमा निकै लोकपि्रय छ । म्यूजिक पढ्ने उद्देश्यले लण्डन गएका उनले म्युजिक त पढ्न पाएका छैनन् तर गायकको परिचय भने बनाइसकेका छन् ।

विराटनगरको यो जोडी सन् २००९ मा लण्डन पुगेको थियो । लण्डनको फुर्सदमा उनले फोटोग्राफी र भिडियोग्राफी सिके । 'साउन्ड रेकर्डिङ र इडिटिङबारे नेपालमै केही सिकेको थिए', उनी सम्झन्छन्,'गीतार त स्कुल हुँदादेखि नै बजाउथे ।' आफैंले जानेको सीप प्रयोग गरेर पत्नी पि्रतिसँग उनले गाएको कुसुमे रुमालको भिडियो सन् २०१२  मार्चमा पहिलो पटक यूट्युबमा राखे । 'पहिलो हप्तामै ४० हजार भ्यू भएपछि म भित्रको गायकी पलाएर आयो', विजय भन्छन्,'मलाई साथ दिन मात्र गाएकी पि्रतिले पति गायनमा प्रगति गर्दै गइन ।'

Saturday, November 15, 2014

नेवाः लिपिको युनिकोड

एक दशकभन्दा बढीको अथक प्रयासपछि अन्ततः नेपाल भाषामा सबैभन्दा बढी प्रयोग गरिने प्रचलित लिपिलाई युनिकोर्ड कन्सोर्टियमले मान्यता दिएको छ । केही दिनअघि मात्रै युनिकोर्डकन्सोर्टियमले नेवाः लिपिको क्यारेक्टर कोर्ड बनाउन आईएसओ पठाइएको हो ।  यूनिकोड कन्सोर्टियम संसारभरका भाषाको यूनिकोडलाई मान्यता दिने निकाय हो । यसअघि नेपालमा प्रयोग हुने किरात, मिथिलाक्षर र लिम्बू लिपिको यूनिकोड बनिसकेको छ ।

केही दिनअघिको युनिकोर्डक्सोर्टियमको कन्फ्रेन्समा प्रचलित लिपिको यूनिकोडलाई 'नेवाः' नाम दिएर यूनिकोडको मान्यता दिएको माइक्रोसफ्ट इन्नोभेसन सेन्टरका नेपाल प्रमुख एलन बैलोचन तुलाधरले बताए । इन्टरनेसनल अर्गनाइजेसन फर स्न्टरडाइजेसन (आईएसओ) ले क्यारेक्टर कोड बनाएपछि सबै कम्प्युटर र कम्प्युटिक डिभाइस उत्पादकले त्यो फन्ट राख्नुपर्ने हुन्छ ।

त्यसपछि भने फन्ट डेभलपरले त्यो लिपिमा आधारित फन्ट बनाउँछन् । नेवाः लिपिका सुन्दर अक्षर इन्टरनेटमा समेत सपोर्ट गर्ने भएपछि यसको प्रयोगले व्यापकता पाउने विश्वास गरिएको छ । आईएसओबाट स्ट्यान्डर सर्टिफिकेट पाउन भने सबै पर्मानेन्ट सदस्य राष्ट्रको शतप्रतिशत भोट पाउनुपर्ने हुन्छ । नेपाल पनि आईएसओको पर्मानेन्ट सदस्य हो । सदस्य राष्ट्रले भोट नगरे पनि त्यसलाई समर्थन मानिन्छ ।

सयौं दु:ख शिरमाथि...

 १८ वर्षअघि आफूलाई हेर्न त्रिभुवन विमानस्थल बाहिर जम्मा भएका मानिसको भीड देख्दा सुनिता दनुवारले लाजले मुख छोपेकी थिइन् । बेइज्जतीको डरले उनको मनमा आगो सल्किएको थियो । ग्लानिले उनी भित्रभित्रै टुक्रिएकी थिइन् ।

गत बिहीबार बिहान पनि उनको पर्खाइमा दर्जनौं मानिसहरू त्रिभुवन विमानस्थलमा भेला भए । तर यो पटक उनले लाजले मुख छोप्नुपरेन । छाती गर्वले फुलेको थियो । उनले स्विडेनबाट आफूसँगै ल्याएको सी टेन अवार्डको पोको फुकाइन् र सबैलाई देखाइन् । अनि फोटो खिचाइन् । १८ वर्षअघि घृणाको तीर फ्याँक्न विमानस्थलमा जम्मा भएको भीड अहिले किन उनको स्वागतमा नतमस्तक बनेर उभियो ? यसको कथा जति गहिरो छ त्यति नै रोचक पनि ।