एक दशकभन्दा बढीको अथक प्रयासपछि अन्ततः नेपाल भाषामा सबैभन्दा बढी प्रयोग गरिने प्रचलित लिपिलाई युनिकोर्ड कन्सोर्टियमले मान्यता दिएको छ । केही दिनअघि मात्रै युनिकोर्डकन्सोर्टियमले नेवाः लिपिको क्यारेक्टर कोर्ड बनाउन आईएसओ पठाइएको हो । यूनिकोड कन्सोर्टियम संसारभरका भाषाको यूनिकोडलाई मान्यता दिने निकाय हो । यसअघि नेपालमा प्रयोग हुने किरात, मिथिलाक्षर र लिम्बू लिपिको यूनिकोड बनिसकेको छ ।
केही दिनअघिको युनिकोर्डक्सोर्टियमको कन्फ्रेन्समा प्रचलित लिपिको यूनिकोडलाई 'नेवाः' नाम दिएर यूनिकोडको मान्यता दिएको माइक्रोसफ्ट इन्नोभेसन सेन्टरका नेपाल प्रमुख एलन बैलोचन तुलाधरले बताए । इन्टरनेसनल अर्गनाइजेसन फर स्न्टरडाइजेसन (आईएसओ) ले क्यारेक्टर कोड बनाएपछि सबै कम्प्युटर र कम्प्युटिक डिभाइस उत्पादकले त्यो फन्ट राख्नुपर्ने हुन्छ ।
त्यसपछि भने फन्ट डेभलपरले त्यो लिपिमा आधारित फन्ट बनाउँछन् । नेवाः लिपिका सुन्दर अक्षर इन्टरनेटमा समेत सपोर्ट गर्ने भएपछि यसको प्रयोगले व्यापकता पाउने विश्वास गरिएको छ । आईएसओबाट स्ट्यान्डर सर्टिफिकेट पाउन भने सबै पर्मानेन्ट सदस्य राष्ट्रको शतप्रतिशत भोट पाउनुपर्ने हुन्छ । नेपाल पनि आईएसओको पर्मानेन्ट सदस्य हो । सदस्य राष्ट्रले भोट नगरे पनि त्यसलाई समर्थन मानिन्छ ।