Monday, October 24, 2011

आयतमूखी व्यवसायी बढे, अर्थतन्त्र आरोलोको संकेत

    हेटौंडा, ६ कात्तिक÷ मकवानपुरमा आयातमुखी बाणिज्य व्यबसाय बढेको तथ्याड्ढले देखाएको छ । घरेलु तथा साना उद्योग कार्यालय हेटौंडामा दर्ता हुने व्यवसायमध्ये आयातमुखी बाणिज्य व्याबसाय बढी छन् । उद्योगभन्दा बढी आयातमुखी व्यबसाय बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
    उत्पादनमूलक उद्योगहरुभन्दा आयातमुखी व्यवसाय बढ्दा राष्ट्रिय मुद्रा बाहिरिने भन्दै हेटौंडाका व्यबसायसम्बद्ध व्यक्तिहरुले चिन्ता व्यक्त गरेका हुन् । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी उद्योगको तुलनामा बाणिज्य व्यबसायको संख्या बढ्नु अर्थतन्त्र ओरालो लागेको संकेत भएको धारणा राख्छन् ।
    हाल मकवानपुरमा आठसय ९३ उत्पादनमूलक उद्योग छन् भने वाणिज्य व्यवसायअन्तर्गत तीनहजार नौसय ९१ व्यवसाय दर्ता भएका छन् । मकवानपुरमा कृषिजन्य उद्योगअन्तर्गत ७२, पर्यटनअन्तर्गत ९४ र सेवामूलक उद्योगअन्तर्गत एकहजार एकसय ७१ उद्योग दर्ता भएका छन् ।
    दर्ता भएका उद्योगहरुमध्ये पनि आधा उद्योग नवीकरण नगरेकाले खारेजीको प्रक्रियामा गएको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख  झवेश्वर गौतमले जानकारी दिए ।
    मउवा संघ अध्यक्ष सुमार्गी उद्योग फस्टाउँदा कामदार, कच्चा पदार्थ उत्पादक र बजारले फाइदा लिनसक्ने बताउँछन् ।
राजनीतिक अस्थिरताका कारण उद्योग फस्टाउन नसकेको उनले दाबी गरे । ‘वाणिज्य व्यवसायबाट फाइदा लिनलाई हङ्कङजस्तो विश्वकै आर्थिक केन्द्र बन्न सक्नुपर्छु’, उनले भने,‘त्यो तत्काल सम्भव छैन ।’
    उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरेलाई पनि उद्योगभन्दा वाणिज्य व्यबसाय बढी भएको चित्त बुझेको छैन । ठूला व्यबसायिक घरानाले पनि उद्योग छाडेर बाणिज्यतर्फ लगानी गर्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । उद्योग फस्टाउने वातावरण नरहेकाले वाणिज्यतर्फ आकर्षण बढेको उनको तर्क छ ।
Categories: ,