Monday, October 24, 2011

हेटौंडाका अधिकांश स्वास्थ्य संस्थाहरु अवैध

    हेटौंडा, ६ कात्तिक÷ हेटौंडामा सञ्चालित अधिकांश स्वास्थ्य संस्था गैरकानुनी रहेको पाइएको छ । स्वास्थ्य संस्था सञ्चालनका लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने भएपनि यहाँ सञ्चालित अधिकांश स्वास्थ्य संस्थाले अनुमति लिएका छैनन् । मकवानपुरका चारवटा संस्थाले मात्रै सञ्चालन स्वीकृति लिएको क्षेत्रीय निर्देशनालयका नारायण शर्माले बताए ।
    हेटौंडामा दुई दर्जनभन्दा बढी स्वास्थ्य संस्था छन् । ती स्वास्थ्य संस्था अबैध भएको निर्देशनालयले जनाएको छ । प्रशासनले केही दिनअघि अनुगमन गरेपछि बिनाअनुमति सञ्चालित बिनायक अस्पतालले अनुमति प्रमाणपत्र लिएपनि अनुगमन गरिएका अन्य आधा दर्जन स्वास्थ्य संस्था अनुमति लिने प्रक्रियामा छन् ।
    हेटौंडामा सञ्चालित देवी अस्पताल, मकवानपुर सहकारी अस्पताल, बिनायक अस्पताल र मनहरीको मकवानपुर काभानान्ट मात्र अनुमतिसहित सञ्चालित छन् । देवी अस्पतालले २०६५ देखि नवीकरण गरेको छैन । प्रशासनले केही दिनअघि आधा दर्जन स्वास्थ्य संस्थामा अनुगमन गर्दा कसैको पनि सञ्चालन अनुमति भेटिएको थिएन । हेटौंडामा सञ्चालित प्रायः सबै स्वास्थ्य संस्थाहरु अबैधरुपमा सञ्चालित भएपनि प्रशासनले उनीहरुलाई कारबाही गर्न सकेको छैन।
    १५ शैøयासम्मको स्वास्थ्य संस्थाले क्षेत्रीय निर्देशनालयसँग सञ्चालन अनुमति लिनुपर्ने र त्योभन्दा माथिको शैøयाको संस्थाले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने श्रेष्ठले बताए । मकवानपुरमा करिब एकदर्जन डेन्टल क्लिनिक, क्लिनिक र ल्याव सञ्चालनमा रहेपनि तीमध्ये कसैले पनि स्वीकृत लिएको नभेटिएको हो । स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकाय पनि विनाअनुमति सञ्चालित भएर जनस्वास्थ्यमा खेलबाड गरेको देखिएको हो ।
Categories: