Saturday, February 11, 2012

सुरु भयो मायाको मौसम


हेटौंडा, १७ मंसिर÷ जाडो बढ्दै गर्दा उर्लिएको पिकनिक खाने र घुम्न जानेहरुको भीडसंगै मायाको मौसम सुरु भएको अनुभव गर्न थालिएको छ । रमणीय पार्क र खुल्ला स्थानमा घुम्न र पिकनिक खान आउनेहरुको रमाईलो, आत्मीयता र सम्बन्ध देख्ने र अनुभव गर्नेहरुलाई अबको मौसम मायाका लागि हो भन्ने लागेको हुनसक्छ ।
मकवानपुरको पर्यटकीय स्थलमध्ये अग्रपंक्तीमा नाम लिइने शहीद स्मारकमा पिकनिक खान आउनेको भीड, उनीहरुको आत्मीयता, नाचगान, रमाईलो र  व्यवहार देख्दा धेरै अधबैंशेलाई आफ्नो जवानी याद आउने खालको छ भने जोडी बिहीनहरुका लागि थक्थकाउनुपर्ने दृष्य हुनसक्छ । नया“ बर्ष भर्खर सकियो झन् भ्यालेन्टाइन डे नजिकिंदै छ । 
हेटौंंडा नगरपालिकाको स्मारकबाहेक नगरपालिका भित्रैको वनस्खण्डी मन्दिर, भैंसेको त्रिखण्डेश्वर महादेव क्षेत्रमा पनि माया लाउनेहरुको कमी देखिदैन । साथीभाईसंग पिकनिक खान आउ“दा होस् वा प्रेमीप्रमीको जोडी घुम्न आउ“दा होस्, जो कसैले पनि मायाको मौसम सुरु भएको अनुभव गर्न सक्छन् । यस क्षेत्रमा दैनिकजसो चल्ने पिकनिकमा आउनेहरुमध्ये कयौं प्रेमी जोडीहरु यस्तै दिनको प्रतिक्षामा कयौं दिनदेखि बसेका हुन्छन् । पिकनिक खा“दा र घुम्न जा“दा माया लगाउनेहरुको संख्या प्रशस्तै हुने बुढापाकाहरुसमेत बताउ“छन् । शहीद स्मारकमा शनिबार मात्रै पिकनिक खाने टोली एकसय ना“घ्छ भने घुम्न आउने त कत्ति हो कत्ति । बिदाका दिनमा घुम्न आउनेहरु मात्र ५ हजार  माथि हुने स्मारकका कर्मचारीहरु बताउ“छन् ।
मंसिरदेखि माघको मध्येसम्मलाई भ्रमण र पिकनिकको उपयुक्त मौसमभन्दा पनि फरक पर्दैन् । घुम्न जा“दा र पिकनिक खा“दा माया लगाउने अवसरको खोजिमा रहेकाहरुलाई यी महिनाहरुले निकै राहत दिने गरेको पनि छ । मकवानपुरका विभिन्न विद्यालयका बिद्यार्थी र विभिन्न संघसंस्थाका पदाधिकारी पनि यही मौसमको फाईदा उठाउ“दै घुम्न जाने गरेको पाइन्छ  । भने जिल्लाका केही विद्यालयहरु त बिद्यालय बन्दै गरेर शिक्षक र बिद्यार्थीसंग घुम्न गएको तथ्य हामी मा“झ सर्बविधितै छ । विद्यालयको शैक्षिक क्यालेण्डरमा उल्लेख गरेको शैक्षिक भ्रमणलाई ज्ञानआर्जन गर्ने मौका भनिएता  पनि भ्रमण अवधिभर बिद्यार्थीको मन माया लाउनमै ध्यान केन्द्रीत हुने एक शिक्षकले बताए । आफुलाई मनपर्ने विपरित लिड्डिहरुको मन चोर्ने अवसरकारुपमा विद्यार्थीले भ्रमणलाई लिने गरेको उनको दाबी छ । बिद्यार्थीस“गै भ्रमण जाने अधिकांश शिक्षकको ध्याउन्न पनि रमाईलो गर्नेमै रहेको भुक्तोगिहरु बताउ“छन् । वर्षभरी गरिने अधिकांश भ्रमण र पिकनिक पनि यिनै महिनामा मात्र हुने गरेका छन् । 
२० हेक्टर क्षेत्रफलमा फैलिएको शहीद स्मारक होस् वा जंगल छेवैको भैंसे र त्रिखण्डी होस्, हरिया दुबो र रंगीन बेञ्चमा बसेर माया लगाउनुका साथै ढुंगा र बुट्यानमा छेकिएर माया गास्नेहरुको संख्या कमी छ्र्रैन् । घाम प्यारो लाग्ने मौसममा घुम्न आएका जोडीहरु स्मारकको रंगीचड्डी बेञ्च होस् या भैंसेका ठुल्ठुला ढुंगा जहातही भेटिन् सक्छन् । यस्ता जोडीमध्ये कोही मायालु भावमा प्रेमीप्रेमीकाको कपाल मुसार्दै हुन्छन् भने कोही हदै पार गर्नेसम्मको आत्मीयता साटेर बसेको भेट्न सकिन्छ । यस्ता दृश्य देख्दा कसैलाई घुम्न गएका बेला रमाईलो चटनी पाएझैं हुन्छ भने कसैले मुखै रातो पारेको पाईन्छ । 
केही पटक पिकनिक, रमणीय स्थल घुम्न गएका र बिदाका बेलामा पार्क घुम्न गएकाहरुलाई यस्तो दृष्य नौलो नलाग्न सक्छ । तर, जाडो मौसमको सुरुवातस“गै हेटौंडा र आसपासका प्रत्येक रमणीय स्थलहरु बिदाका दिन घुम्न जा“दा यस्ता दृष्यहरुको सामना गर्ने साहस बटुलेर मात्र हिंड्दा हुन्छ । नत्र लाजले मुख रातो पार्नुपर्छ किनकी यो मायाको मौसम हो ।

Categories: , , ,