Tuesday, April 10, 2012

उफ्,यो ह्यारेसमेन्ट

मकवानपुर बहुमुखी क्याम्पस कक्षा ११ मा पढ्दै गरेकी बिना ५ किलोमिटर टाढा नवलपुरबाट हिडेर आउन सम्भव नभएकै कारण म्याजिक भ्यान, माइक्रो वा ट्याम्पो चढेर कलेज आउनेजाने गर्छिन् । तर, उनको कलेज आउँदा र जाँदा र्सधैं तनाव व्यहोर्नुपर्ने हुन्छ । उनलाई कसैले नजिक्याएको दिनै हुँदैन अनि कसैले जिस्क्याएपछि उनको पारो तालिहाल्छ । रिस उठिहाल्छ । केटाहरुले कहिले गाडीमै भएको बेलामा उनको कपाल तानिदिन्छन् त कहिले पछाडि बसेर नानाभातिका कुरा सुनाएर दिक्क पार्छन् । तर, जिस्क्याउनेहरुलाई उनले केही गर्न सक्ने अवस्था छैन् ।


यो समस्या बिनुको मात्र होइन् स्कुल, कलेज वा अफिस जहाँसुकै जान लागेको वा फर्किदै गरेको युवतीहरु हुन् उनीहरुले बिनुको जस्तै नियति भोग्नुपरेको तथ्य कसैसामु छिपेको छैन् । झट्ट हेर्दा यो सामान्य जस्तै लागेपनि यसले पछिल्लो समय संस्कृतिको रुप लिंदै गएको छ । केटाहरुमा जिक्स्याउनुपर्ने भावना र केटीहरुमा सहनै पर्ने बाध्यताका कारण शहरमा यसले संस्कृतिकै रुप लिन थालेको छ ।

शहरका सडकमा हिंड्दै गरेकी युवतीलाई एक शब्द वा वाक्यले जिस्क्याउनु, उनीहरुले नबुझ्ने गरी केही भन्नु, हेर्नु, सामिप्यता दर्शाउन स्पर्श गर्नु, चुम्बन गर्नु, अ“गालो मार्नु तथा कुराकानी गर्नु सामान्य लागे पनि गलत नियतबाट गरिने कतिपय यस्ता क्रियाकलाप शहरको संस्कृति बन्दै जा“दा महिलाहरु भने पीडित भइरहेका छन् ।

केही समयदेखि यस्ता क्रियाकलाप शहरी जीवनशैलीको संस्कृतिझैंं बन्दै गइरहेको भान हुन थालेको छ । सेक्सुअल ह्यारेसमेन्ट मानिने यस्ता क्रियाकलाप सामान्य लागेपनि यसले महिलाहरुमा निराशा र हिनताबोध गराउने अनुसन्धानले देखाएको छ । मकवानपुरमा पनि बिस्तारै यस्ता क्रियाकलापले संस्कृतिको रुप लिंदै छ ।

सेक्सुअल ह्यारेसमेन्ट महिलामाथि मात्र होइन्, पुरुषमाथि पनि हुन्छ । पुरुषको जस्तो क्रियाकलापले महिलामाथि ह्यारेसमेन्ट हुन्छ, महिलाको त्यस्तै क्रियाकलापले पुरुषमा ह्यारेसमेन्ट भइरहेको हुन्छ । महिलाको तुलनामा पुरुषमाथि यस्ता क्रियाकलाहरु कम हुने भएकाले पुरुषलाई यसको असर नगण्य हुन्छ । त्यसैले महिलाहरु नै यसबाट बढी पीडित छन् । तर, कतिपय अवस्थामा आफूलाई प्रयोग गरेर अन्य कसैले यौन आनन्द लिइरहेका हुन्छन् भन्ने कुरा पीडित पक्षलाई थाहै नहुन पनि सक्छ । त्यसैले यसबारेमा शहरमा कम चर्चा हुने गरेको जानकारहरु बताउ“छन् ।

काम गर्ने कार्यँलय, मजदुरी गर्ने थलो, विद्यालय, क्याम्पस र आफ्नै घर जहा“तही महिलामाथि यौन हिंसा भएका घटनाहरु बाहिर नआएका होइनन् । तर, महिला, युवती वा बालिकालाई गलत आशयले केही कुरा भन्नु, हेर्नु, जिस्क्याउनु वा उनीहरुलाई मन नपरिकनै बोल्नबाध्य पार्नु, संवेदनशील अंग छुनुलगायतका क्रियाकलापलाई पनि यौन दुव्र्यवहारमै राखिएको छ ।  यद्यपि सम्बन्धित निकायको  यसप्रति ध्यान नजा“दा सेक्सुअल ह्यारेसमेन्टले संस्कृतिको रुप लिंदैछ । बस वा सार्वजनिक सवारी चढ्दा पुरुषबाट जानाजान शरीर तथा संवेदनशील अंगमा छुने, गलत नियतले हेर्ने, पिछा गर्ने, गलत नियत लाग्ने शब्द तथा वाक्यहरु उनीहरुले सुन्नेगरी बोल्नुलगायतका क्रियाकलापका कारण महिलाहरुले असुरक्षित महसुस गर्दै आईरहेका छन् ।

सा“घुरो गल्ली वा बाटोमा हिंड्दा युवतीहरुस“ग जानाजान कुम ठोक्काउनु, अगाडि वा पछाडि नै गलत आशयले कुनै शब्द वा वाक्य बोल्नु, हेर्नु, सिठ्ठी बजाउनु, जिस्क्याउनुजस्ता क्रियाकलाप शहरमा सामान्य बन्दै छ । शैक्षिक प्रतिष्ठानमा पनि हुने यस्ता क्रियाकलापले स्कुले विद्यार्थीमा समेत प्रभाव जमाउ“दै छ ।

महिलाहरु कार्यस्थलमा हुन् वा घर र बजार जहा“ पनि आफूलाई गिराएर गरिने व्यबहारबाट आजित छन् । तर, उनीहरु यसबारे खुलेर बोल्न भने सक्दैनन् । अरुले नसुन्ने गरी बोलिएका छाडा शब्द, गलत नियतको हेराई वा व्यवहारको प्रतिकार गर्दा पनि पुरुषप्रधान समाजले उल्टै महिलाको नियतमा शंका गरिने भयले महिलाहरु बा“धिएकोले उनीहरु यसबारे कुरा गर्न डराउने गरेको समाजशास्त्रीहरु बताउ“छन् ।

नेपालको प्रचलित मुलुकी ऐनमा आशय करणीसम्बन्धी कानुनी व्यवस्था गर्दैै महिलाहरुको मञ्जुरी बिना निजको संवेदनशील अंग छोएमा, छुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, महिलालाई अस्वभाविकरुपमा एकान्त स्थानमा लगेमा, पुरुषको यौनअंग छुन, समाउन लगाएमा, अश्लिल शब्द वा संकेत प्रयोग गरेमा, अश्लिल चित्र तस्वीर देखाएमा, यौनको आशयले जिस्क्याएमा वा हैरानी गरेमा वा कुनैपनि किसिमले अस्वभाविक व्यवहार गरेमा वा महिलालाई करणीको आशयले समातेमा यौन दुव्र्यवहार मानेको अधिवक्ता ईश्वर
राज ढकाल बताउनुहुन्छ ।

आशय करणी प्रमाणित भएमा अपराधीलाई एकवर्ष कैद र दशहजार रुपिया“सम्म जरिवाना र पीडितलाई आवश्यक क्षतिपूर्ति भराउने व्यवस्था कानुनमा उल्लेख छ । तर, पुुरुषमाथि सेक्सुअल ह्यारेसमेन्ट वा आशय करणी भएमा के गर्ने भन्ने बारे कानुनमा उल्लेख छैन् । यसरी हेर्दा कानुनले सेक्सुअल ह्यारेमेन्टलाई समेटेको छ । तर, व्यवहारिक रुपमा भने यो कानुन प्रयोग भएको छैन् । आफूले १५ वर्षे अधिवक्ताको अनुभवमा आशय करणीको मुद्दा परेको अनुभव नगरेको ढकालले बताउनुभयो । सामाजिक डर, पर्याप्त प्रमाण पु¥याउन समस्या, महंगो कानुन र झण्झटिलो प्रक्रियाले पनि यस्ता प्रकृतिका मुद्दा कम परेको हुनसक्ने अधिवक्ता ढकालको अनुमान छ । आशय करणीको मुद्दा नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला सेलकी रत्ना गौतम बताउनुहुन्छ ।

कलेज आउ“दा म्याजिक÷ माइक्रोमा पुरुषबाट जानाजान शरीर र संवेदनशील अंगमा छोइने समस्या भोगेपछि कलेज आउ“दा हिंडेरै वा साइकलमा आउने मकवानपुर क्याम्पस बीए प्रथम बर्षमा अध्ययनरत एक छात्रा बताउ“छिन् । सार्वजनिक सवारीमा मात्र होइन, महिलाले साइकल वा स्कुटर चलाउ“दा पनि पुरुषले उछिन्ने प्रवृत्ति छ । पुरुषहरुको ठूलो हु“ भन्ने भावनाले पनि त्यस्ता गलत प्रवृत्तिले बढावा पाएको उहा“ बताउनुहुन्छ ।

सन् २००४ मा काठमाडौं, धनकुटा, नेपालगंज, पोखरा, हेटौंडा, बीरगंजका ६ शहरमा गरेको सर्भेक्षणले सेक्सुअल ह्यारेसमेन्टबाट पीडित महिला मानसिकरुपमा विक्षिप्त हुने, कारण उनीहरुले घर र कार्यालयमा क्षमताअनुसारको काम गर्न नसकी बढुवाबाटसमेत बञ्चित हुनुपरेको निष्कर्ष निकालेको थियो । महिलाहरु प्रायःजसो सार्वजनिक सवारी प्रयोग गर्दाकाबखत सेक्सुअल ह्यारेसमेन्टबाट पीडित हुने गरेको तथ्य सार्वजनिक गरेको थियो । तर, आफ्नै इज्जत जाला भन्ने डरले महिला आफू ह्यारेसमण्टमा परेको कुरा घर परिवारमासमेत भन्दैनन् ।

Categories: , ,