Friday, August 3, 2012

पत्रकारहरु सच्चि नुजरुरी

    पत्रकारहरुले समाचार लेख्दा आचारसंहिताको प्रयोग गर्दै आचरणसमेत सुधार गर्नुपर्ने निश्कर्ष निकालिएको छ । ेटौंडामा सोमबार प्रदर्शित पीडामा पत्रकारिता शिर्षकको बृत्तचित्र प्रदर्शनीका सहभागीहरुले यस्तो निश्कर्ष निकालेका हुन् । पत्रकारहरुमाथि हुने आक्रमणमा केन्द्रीत बृत्तचित्रमा संखुवासभाका किशोर बुढाथोकी, बिराटनगरका खिलानाथ ढकाल, रुकुमकी टिका विष्टमाथिको आक्रमण र बाराका बीरेन्द्र साहसहित हत्या भएका पत्रकारको घटनासँग सम्बन्धित छ ।

    कार्यक्रममा बोल्ने पत्रकार प्रतिनिधिहरुले पत्रकारमाथि जोखिम बढ्दै गएको तथ्य औंल्याएका थिए । सहभागी राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिहरुले भने पत्रकारले आचरणमा सुधार गरे सुरक्षामा सुधार गर्ने धारणा राखे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्टले अन्य पेशाजस्तै पत्रकारितामा समेत चुनौति बढेको विचार व्यक्त गरे । उनले राज्य पक्षभन्दा गैरराज्य पक्षबाट पत्रकारमाथि आक्रमण बढेको दाबी गरे । महासंघ मकवानपुर सभापति भानुभक्त आचार्यले सम्पादकहरुले दैनिकजसो धम्की खेप्नुपरेको धारणा राखे ।
    नेकपा एमाले जिल्ला अध्यक्ष रामेश्वर रानाले एकाध घटनालाई नकार्ने हो भने राजनीतिक दलहरु प्रेस स्वतन्त्रताको पक्षमै रहेको जिकिर गरे । उनले कुनै व्यक्ति विशेषले पत्रकारमाथि गर्ने आक्रमणले राजनीतिक दललाई दोष लगाउन नहुँने प्रतिक्रिया दिए । नागरिक सरोकार मञ्च मकवानपुर अध्यक्ष शिव कोइरालाले पत्रकारको सुरक्षा ग्यारेन्टी हुनको लागि व्यबसायिक आचारण सुधार गर्नुपर्ने धारणा राखे । हेटौंडा सन्देश दैनिकका सम्पादक रामशरण पुडासैनीले धम्की आउँदा बिसाउने ठाउँ नभएको गुनासो गरे । प्रेस यूनियन मकवानपुर अध्यक्ष रुपेश दुलालले अरुलाई आक्रमण हुँदा पत्रकारले आवाज बुलन्द गरिदिने भएपनि पत्रकारमाथि आक्रमण हुँदा कसैले चासो नदेखाएको प्रति चित्त दुखाए । नागरिक समाजका अशोक सारु मगरले पत्रकारले हिंसा र द्वन्द्वलाई समाचारमा प्राथमिकता दिंदा उनीहरु पनि त्यसैको शिकार बनेकाले उनीहरु सच्चिनुपर्ने औंल्याए । उनले आचारसंहिता पालना गरी समाचार लेख्नुपर्ने सुझाए ।
    कार्यक्रममा बोल्दै पुनरावेदन बार एसोसिएन अध्यक्ष मदनकुमार दाहालले पत्रकारले व्यबसायिक आचारसंहिताको ख्याल राखेर समाचार सम्प्रेषण गरे सुरक्षा चुनौति कम हुने धारणा राखे । नेकपा–माओवादी नेता इन्द्रबहादुर परियार ‘नयन’ ले राजनीतिक दललाई सच्याउन सञ्चारकर्मीको भूमिका अहम् हुने भन्दै
खबरदारीका लागि समाचार लेख्न आग्रह गरे । मकवानपुर प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले पत्रकारलाई धम्की दिइएको  सम्बन्धमा आफूलाई जानकारी भए दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाए ।
    इक्वेल एक्सेस नेपालले निर्माण गरेको आधा घन्टाको बृत्तचित्रमा पत्रकारमाथि आक्रमण र यसको कारण खोतल्ने प्रयास गरिएको पवन न्यौपानेले बताए । ‘द्वन्द्वपछि पनि पत्रकारिता जगत्माथि भएको आक्रमणबारे बृत्तचित्र तयार पारेका हौं’, न्यौपानेले भने, ‘यसबाट पत्रकारको सुरक्षा चुनौति र सुधार्नु पक्ष प्रष्टिन्छ ।’
Categories: