Saturday, June 8, 2013

म्युजिकमा मार्टियार्की

जेष्ठ २३ -
सन् १९६० को दशकमा उधुम मच्चाएको बिटल्स ब्यान्डलाई संगीतसम्बन्धी अमेरिकी म्यागेजिन बिलबर्डले सर्वकालीन महान् कलाकार सूचीको एक नम्बरमा राखेको छ । सन् १९६० र ७० को दशकमा उसले गाएको कालजयी गीतका कारण उसले यो स्थान पाएको हो । जोन लेनन नेतृत्वको चार सदस्यीय यो ब्यान्डले चुमेको शिखर हडप्ने अर्की गायिकाको उदय सन् १९८० को दशकमा भयो । तिनै म्याडोना विश्वमै सबैभन्दा बढी एल्बम बिक्री भएकाहरूको सूचीको चौथो नम्बर ओगटेर बसेकी छन् ।

एल्बम बिक्रीमा उनीभन्दा अगाडि रहेका तीनै जना पुरुष गायक बिटल्सका जोन लेनन, रक एन्ड रोलका किङ एल्भेस र पप किङ माइकल ज्याक्सनको मृत्यु भइसकेको छ । तर ५५ वर्षीय हजुरआमाले अझै केही वर्ष विश्राम लिने छाँट देखाएकी छैनन् । आफ्नी समकालीन ह्वाइट्नी होस्टनलाई एल्बम बिक्रीमा पछारेर बेलगाम सफलता चुमेकी म्याडोनाको बिँडो थाम्न सन् २००० को दशकमा गायिकाहरूको दर्जन लामो सूची बनेको छ ।

यी प्रतिस्पर्धी गायिकाहरू आफू मात्रै प्रतिस्पर्धा गरिरहेका छैनन्, पुरुष स्वरहरूलाई धर्मर बनाइरहेका छन् । केही दशक अघिसम्म हातमा गन्न सकिने चर्चित गायिकाहरू थिए, अहिले अवस्था ठीक उल्टिएको छ । जहाँ धोद्रो र हस्की स्वर भएका पुरुष गायकको होइन, सुरिलो स्वर भएकाहरूलेे संसार हल्लाइरहेका छन् । तिनकै स्वरमा संसार नाच्छ, झुम्छ र सँगै गाउँछ ।

हरेक क्षेत्रमा पुरुष अगाडि छन् र हुनुपर्छ भन्ने स्टेरियोटाइप अब पश्चिमा संगीतमा लागू नहुन सक्छ किनकि यहाँ यस्ता गायिकाहरू भित्रिएका छन्, तिनले संगीतको दुनियाँमा पुरुष छायाँलाई ओझेल पार्दैछन् । नपत्याए तन्नेरी पुस्ताले बोकेका आइप्याड र आइफोनको म्युजिक मेनुमा औंला दौडाए हुन्छ जहाँ रिहान्ना वी फाउन्ड लभ इन होपलेस प्लेस भनिरहेकी हुन्छिन् । केशाले डाई योङ गाइरहेकी हुन्छिन् ।

बिलबर्डको बिक्री सूचीलाई आधार मान्ने हो भने मारिया केरी, सेलिन डियोन, ह्वाइट्नी हस्टन १५० मिलियनभन्दा बढी एल्बम बिक्री हुने गायिकाहरू हुन् । म्युजिक क्यारियर सुरु गरेको एक दशक पनि नपुग्दै काली सुन्दरी रिहान्नाको एक सय मिलियनभन्दा बढी एल्बम बिक्री भइसक्यो । यी २५ वषर्ीया सुन्दरीले छोटो क्यारियरमा र्‍याप विधामा तीन ग्रामी अवार्ड जितिसकेकी छन् ।

रिहान्नाको सफलताको अन्तिम विन्दु अहिले नै कसैले आँकलन गर्न सक्दैन । पोहोर साल सबैभन्दा बढी कमाउने सूचीमा बि्रट्नी स्पेयर, टेलर स्विफ्ट र रिहान्ना अटाए । नम्बर एकमा परेका ड्रेले १ सय १० मिलियन डलर कमाए । सातौं नम्बरमा परेकी बि्रट्नीको कमाइ लगभग डे्रको भन्दा आधा ५८ मिलियन मात्रै छ । तर बि्रट्नीको कमाइ आधा भयो भनेर कुनै चिन्ता लिनु पर्दैन किनकि ड्रेको कमाइ गायनबाट कम र व्यापारबाट बढी भएको थियो ।

तर बि्रट्नीको कमाइ विशुद्ध गायन र एल्बम बिक्रीबाट भएको हो । उनको भन्दा एक मिलियन डलर मात्रै कम कमाइ भएको टेलर स्विफ्टले पनि आफ्नो पछिल्लो एल्बम रेडबाट यो पैसा कमाइएकी थिइन् । दशकौंदेखि पुरुष दबदबा रहेको अन्तर्राष्ट्रिय संगीत उद्योगका सबैभन्दा बढी कमाउने १० जनाको सूचीमा तीन गायिका पर्नु चानचुने परिवर्तन होइन ।

त्यसैले अब म्युजिकमा मार्टियार्की युग सुरु हुन थालेको चर्चा चल्न थालेको छ । सोलो गायनमा उत्कृष्ट गायकहरूको सूची बनाउँदा अब एडेले, टेलर स्विफ्ट, रिहान्ना, लेडी गागा, डेमी, कार्ली जिप्सेनजस्ता ३० वर्ष नकाटेका गायिका अगाडि देखिन थालेका छन् । केही अघिका साकिरा, पिन्क बियोन्स, मारिया केरी, एभि्रलजस्ता भर्खरै तीस कटेकाहरूको ह्याङ पनि मान्छेको मस्तिष्कबाट उत्रन भ्याइसकेको छैन । यी दुई पुस्ताका गायिकाहरू अहिले संसार डुलेर स्वरको जादूले दुनियाँ हल्लाइरहेका छन् । यिनीहरूको जादुयी स्वर र सुन्दर प्रस्तुतिले दुनियाँ लठि्ठएको हो । मन परेपछि महिला न पुरुष । विलियार्डले नै अघिल्लो वर्षको हिट गीतको सय सूची बनाउँदा टप टेनमा कार्ली, इली, केल्ली, रिहान्ना र निक्की मिनाज परे । जबकि सन् २००० को यही लिस्टमा महिला गायिकाको सूची १६ नम्बरबाट बल्ल सुरु भएको थियो । त्यो बेलामा पिन्कको गीत १६ र म्याडोनालाई १७ औं नम्बरमा राखिएको थियो ।

पोहोर साल डेमी लोमाटो गिभ योर हार्ट ब्रेक, कार्ली जेप्सेन कम मी, केल्ली क्लार्कसन स्ट्रङ्गर, रिहान्ना वी फाउन्ड लभ र होयर ह्याब यू बिन, निक्की मिनाज स्टारसिप र टर्न मी अन, पिंक ब्लो मी वान लास्ट किस, केटी पेरी वाइड अवेक, टेलर स्विफ्ट वी आर नेभर इभर गेटिङ ब्याक र केशा डाई योङले चर्चित भए । यो वर्ष फेरि पिंकको जस्ट गिभ मी अ रिजन, सेलेना गोमेजको कम एन्ड गेट इट, रिहान्नाको स्टे, टेलर स्विफ्ट आई नो यू वेयरले चर्चा कमाउँदै छन् ।

महिला गायिकाहरूको ननस्टप हिट र वल्र्ड टुरले म्युजिक इन्डस्टि्रजमा उनीहरूको दबदबा बढेको संकेत गर्छ । यू-ट्युबमा गत वर्ष जबर्जस्त चर्चा कमाएको साइको गङनम स्टाइल र त्यसअघि रेकर्ड ओगटेर बसेको १९ वर्षीय किशोर जस्टिन विवरको गीत बेबीपछि जेनिफर लोपेजको अन द फ्लोरको पालो आउँछ ।

त्यसपछि अमेरिकी गायक इमिनेम र रिहान्नाको लभ द वे यू लाईको स्थान छ । यू-ट्युबमा सबैभन्दा बढी हेरिने भिडियोको सूचीमा साकिराको वाका वाका, आठौं नम्बरमा लेडी गागाको ब्याड रोमान्स र दशौं नम्बरमा कार्ली जेप्सेनको कम मी बेबी छ । यू-ट्युबमा सबैभन्दा बढी हेरिएको १० मध्ये ५ भिडियो महिला गायिकाकै छ । सन् १९४० तिरकी ज्याज गायिका बिली होलिडेदेखि अहिलेकी जेनिफर लोपेज, ह्वाइट्नी होस्टन, म्याडोनालाई गायकै कारण विश्वकै प्रभावशाली व्यक्तिमा उभ्याइएको छ ।

किनकि उनीहरूले गाएका मात्रै होइनन्, वर्षौंदेखि गडिएको पुरुष स्टोरियोटाइपलाई संगीत क्षेत्रबाट धपाएका पनि हुन् । महिला पछि लगाउने पुरुषलाई संगीतको माध्यमबाट आफ्नो फलोअर बनाएका हुन् । संसारकै धेरै फिल्म बन्ने बलिउडमा पनि केही अघिसम्म प्लेब्याकमा पुरुषको सहायक स्वरका रूपमा प्रयोग हुने महिला स्वर अहिले आफैं डोमिनेन्ट बन्दै गएको छ । आशा भोसले र लता मंगेस्करले स्विकारेको मेल 'चाउभिनिज्म' सुनिधि चौहानको पालामा अस्वीकृत भएको छ ।

सुनिधिको हाइस्पिच स्वरका अगाडि 'मेल भ्वाइस' पनि मधुरो लाग्न सक्छ । नेपालमा हुने कन्सर्टमा पनि अब अन्जु पन्त, इन्दिरा जोशी, शीतल, शिवानी, सिने गुरुङ, अभया सुब्बाको माग बढ्दै छ । संसारभरकै हरेक क्षेत्रमा पुरुष दबदबा -प्याटि्रयार्की सिस्टम) भए पनि संगीत क्षेत्रमा बढिरहेको 'फिमेल' को जबर्जस्त उपस्थितिले अब म्युजिकमा भने मार्टियार्की युग सुरु हुने अनुमान गर्न सकिन्छ ।
हेल्लो शुक्रबारमा प्रकाशित
Categories: ,