Friday, July 12, 2013

एक बेसहारा युवकको कथा


असार २८-कुनै बेला ईराक युद्धमा लडेर त्यहाँका जनतालाई निरंकुशताबाट मुक्त पार्ने सपना देखेका ईडवार्ड जोसेफ स्नोडेन अहिले आफै सानो ठाउँमा कैद छन् । आफ्नो हुँदाखाँदाको लाखौं तलब आउँने जागिर र मायालु गर्लफ्रेन्ड छाडेर यी ३० बर्षीय ठिटो मस्को एयरपोर्टको ट्रान्जिटमा तीन हप्तादेखि आफ्नो गन्तव्य सोचेर बसिरहेका छन् ।
अफ्रिकी जनतालाई गोराहरुको दासत्वबाट मुक्त बनाएर विश्वलाई सफल नेतृत्वको पाठ सिकाएका दक्षिण अफ्रिकी अश्वेत नेता नेल्सन मण्डेलालाई अस्पतालमा लाईफ सपोर्ट दिएर महिना दिनदेखि राखिँदा संसारको ध्यान भने यी ठिटो कहाँ गए ? के खाए ? र, के गरे ? भन्ने बिषयमा केन्द्रीत छ ।

संसारकै शक्तिशाली आफ्नो देशलाई लोप्पा खुवाएर हिँडेका उनकै कारण अहिले विश्वको कुटनीति दुई ध्रुवमा बिभाजित बनेको छ । अमेरिकी पक्ष र बिपक्ष । बिद्धानहरुको मत बाझिएको छ । सरकारले नागरिकको गोप्य निगरानी गर्न हुने कि नहुँने ?
अमेरिकी सरकारले आफ्नो नागरिकको फोन, म्यासेज, ईमेलको टेप गरेर गोप्य रुपमा जानकारी लिइरहेको छ भन्ने जानकारी चुहाएकै कारण उनको उठिबास भएको हो । उनी अहिले विश्वको कुन देशले आफूलाई राजनीतिक शरणार्थीको रुपमा बस्ने अधिकार देला ? भनेर पर्खाईमा छन् । उनलाई त्यस्तो देश जानु छ जसले आफूलाई पक्रेर अमेरिकालाई नबुझाओस् । त्यसैले करिब तीन हप्ता हङकङ लुकेर रसिया आएका उनको गन्तव्य अहिलेसम्म ठेगान लागिसकेको छैन् । उनी अहिले रसियामा छन् भन्ने समाचारको आधारमा सबैको ध्यान त्यतैतिर छ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसाग उनले भेटेका छैनन्, तर यी ठिटो आफ्नो देशको एयरपोर्टको ट्रान्जिटमा छन् भन्ने खबरका आधारमा तीनले भनिसके-जति छिटो हाम्रो देश छोड्छौं त्यसमै तिम्रो र हाम्रो भलाई छ ।
गत हप्ता रसियामा ग्यास निर्यातकर्ता देशको सम्मेलन सकाएर आफ्नो देश र्फकदै गरेको बोलिभियाका राष्ट्रपतिको बिमान उनकै कारण अष्ट्रियामा अवतरण गरियो । राष्ट्रपति ईभो मोरालेस चढेको बिमानमा स्नेडेनलाई राखेर लगिएको भन्ने असत्य खबरको आधारमा फ्रान्स, पोर्चुगल र ईटालीले उनी चढेको जहाजमा ईन्धन हाल्नको लागि पनि अवतरण हुँनै दिएनन् अनि जबरजस्ती उनको बिमान अष्ट्रियामा अवतरण गराएर खानतलासी गरियो । एउटा केटोलाई खोज्न राष्ट्रपतिको अपमान ? अहिले ल्याटिन अमेरिकी देशहरु अमेरिका र उसलाई सघाउँने यूरोपेली देशहरुप्रति खनिएका छन् । त्यसको मूल कारण स्नोडेन नै हुन् । त्यसैको झोकमा होला, बोलिभियाले स्नोडेनलाई आफ्नो देशमा राजनीतिक शरणार्थीको रुपमा शरण दिने घोषणा गरेको छ । तर, मस्कोमा छन् भनिएका स्नोडेन कसैको सम्पर्कमा छैनन् । त्यहाा उनलाई कसैले देखेको पनि छैन् । मस्कोबाट उनले २६ वटा देशलाई राजनीतिक शरणार्थीको रुपमा आश्रय दिन अनुरोध लेखेका थिए । उनले प|mान्सदेखि फिनल्याण्ड, जर्मन, रसिया तथा एसियाको चीन र भारतसम्मलाई पत्र लेखेको विकिलिक्सले खुलासा गरेको छ ।
विकिलिक्सका संस्थापक जुलियस अजान्सले आफूले नै स्नोडेनलाई हङकङबाट मस्कोमा ल्याएको बताउादै आएका छन् । अजान्स तीनै व्यक्ति हुन् जसले विकिलिक्समार्फत् अमेरिकाको गोप्य दस्तावेज सार्वजनिक गरेर शक्तिशाली देशको लागि टाउको दुखाईको पात्र बनेका छन् ।
सन् २००४ मा अमेरिकी सैनिकको लागि भर्ना खुल्दा तालिमका लागि छानिएका स्नोडेन तालिमको बेला दुवै खुट्टा भाँचिएपछि आर्मी बन्न पाएनन् । त्यसैले हाई स्कुलको पढाई पूरा नगरेका यी कम्प्युटर किरो त्यतैपटि्ट अल्झिए । अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सी, सेन्ट्रल ईन्टेलिजेन्सजस्तो संवेदनशील निकायको जागिर अनुभव पाएर अति महत्वपूर्ण जानकारीमा पुहाच पुर्‍याएका उनले लामो हात गरिदिए । स्नोडेनले बेलायत र अमेरिकाबाट प्रकाशित हुने द गार्जियनलाई अन्तर्वार्ता दिएर सूचना चुहाइदिए । जसका कारण आफ्नो टेलिफोन कुराकानी, म्यासेज र ईमेलहरु सरकारी निगरानीमा रहेको थाहा पाएपछि संसार नै झसंग भयो । उनले काम गरेका दुवै संस्थाले बिदेशी देश, जनता र निकायको जानकारी जम्मा पार्ने र आफ्नो सूचनाहरु प्रविधिको माध्यमबाट चुहिन नदिने काम गर्छ ।
जनतालाई उनीहरु सरकारको निगरानीमा छन् भन्ने थाहा दिन सूचना चुहाएको बताउँदै आएका स्नोडेनलाई कत्तिले हिरोको संज्ञा दिएका छन् भने कत्तिले आफ्नो देशप्रति गद्दारी गरेको भन्दै कडा कारवाहीको माग गरेका छन् । उनले भने आफू हिरो र गद्दार दुवै नभएको दाबी गरेका छन् । उनीप्रति अमेरिका र विश्वभरीकै जनमत बााझिएको छ । स्वतन्त्रताको पैरवी गर्नेहरुले उनको हिम्मतको वाहवाही मात्रै गरिरहेका छन् । कतिपय अमेरिकी भने सरकारले राम्रो कामको लागि गरेको निगरानीलाई उनले अनावश्यक उछालेको भनेर आरोप लगाइरहेका छन् ।
अमेरिकाले सम्भावित आतंकवादी हमला रोक्नको लागि भन्दै नागरिकको अनगिन्ती मोबाईल कुराकानी, म्यासेज र ईमेलमा पुहुँच पुर्‍याएको कुरा बाहिरिएको हो । निगरानीकै कारण आतंककारीहरुले बनाएको बिभिन्न आक्रमणको योजना बिफल तुल्याएको उसले बताउादै आएको छ ।
संसार अहिले अर्को कुराले पनि छक्क परेको छ । कम्युनिष्ट शासन भएको देशले आफ्ना नागरिकलाई कडा निगरानीमा राख्छ भन्ने विश्वास थियो तर ठीक उल्टो अमेरिकाले आफ्नो नागरिकमाथि निगरानी राखेको सत्य बाहिरिएको छ । विश्वको दोस्रो अर्थतन्त्र बनेको कम्युनिष्ट शासित चीनले नागरिकलाई स्वतन्त्रताको दायरा बढाउादै लैजादा ठ्याक्कै उल्टो शासन नीति भएको अमेरिकामा भने नागरिकको व्यक्तिगत स्वतन्त्रता खुम्चिएको बताउानेहरु छन् । यतिसम्मम की अमेरिकी सेनाले अमेरिकी निगरानी कार्यक्रमको तथ्य लगातार सार्वजनिक गरेको कारण द गार्जियनको केही भागनै ब्लगक गरिदियो ।
तर, अमेरिकी निगरानीको तथ्य यो मात्र होइन् । जब कवि डब्लूएच एडन बेलायतबाट अमेरिका भित्रिए । उनलाई लागेको थियो अमेरिकामा बेलायतमा भन्दा बढी स्वतन्त्रता होला तर अवस्था ठीक उल्टो पाएपछि उनले सन् १९३९ मा लेखे-दी अननोन सिटीजन । जहाँ उनले अमेरिकी निगरानी प्रणाली र जनताको भावनालाई भन्दा उसको कागजी रकेर्डलाई महत्व दिने सरकारलाई व्यंग्य गरेका छन् ।
नागरिकमाथि नियन्त्रण र निगरानी राख्न खोज्ने सरकारी नीतिलाई धेरैले बिग ब्रदरको संज्ञा दिएका छन् । सन् १९४९ मा प्रकाशित आफ्नो उपन्यास नाईन्टीन एईट्टी फोरमा उपन्यासकार जर्ज अर्वेलले कल्पना गरेको पात्र बिग ब्रदर एक शासक थिए जसको ठूल्ठूला फोटो टाँसेकै भरमा नागरिकमाथि निगरानी छ भनेर तर्साईन्थ्यो ।
केहीले यस्तो ठूल्दाई पाराको बिरोध गरेपनि केहीले भने आफ्नो नागरिकलाई सुरक्षा दिन गरिएको निगरानीलाई राम्रो भनेका छन् । अमेरिका छाडेर बेसहारा बनेका स्नोडेनका पक्षमा भने अमेरिकाका जनता पनि बिभाजित छन् । एकसय ४० देशमा मत सर्वेक्षण गर्ने ग्यालपले गरेको सर्वेक्षणले ४४ प्रतिशत अमेरिकीले स्नोडेलने गरेको कार्यलाई राम्रो भनेको र ४४ प्रतिशतले नराम्रोको संज्ञा दिएको नतिजा सार्वजनिक भएको छ । त्यस्तै, अर्को एक सर्वेक्षणमा ५४ प्रतिशतले उनलाई सूचना चुहाएका कारण अपराधीको रुपमा मुद्दा दायर गर्नुपर्ने बताएका छन् भने ३८ प्रतिशतले मुद्दा हाल्न नहुँने मत दिएका छन् । वासिंगटन पोष्ट र एबीसी न्यूजले संयुक्त रुपमा गरेको सर्वेक्षणमा ४३ प्रतिशतले उनलाई अपराधीको रुपमा कारवाही गर्नुपर्छ भनेर मत दिएका थिए जहाँ ४८ प्रतिशतले उनलाई अपराधीको रुपमा कारवाही गर्न नहुँने तर्क गरेका थिए ।
उनले सूचना चुहाएर गल्ती गरेकै भए पनि माफी दिनुपर्छ भनेर चलाईएको अभियानमा दुई हप्तामै एकलाख बढीले हस्ताक्षर गरेका थिए । उनी हङकङमा हुँदा उनको बारेमा बनाइएको सानो चलचित्रलाई यूट्युबमा लाखौंले हेरिसकेका छन् ।
उनको बारेमा राष्ट्रसंघ महासचिव वान की मुनले पनि अभिव्यक्ति दिएका छन् तर घुमाउारो पारामा । मुनले सूचना चुहाउानको लागि डिजिटल प्रविधिको दुरुपयोग भएको भन्दै दुःख व्यक्त गरेका छन् तर स्नोडेनले गल्ती गरेका हुन् कि होइनन् ? उनलाई कारवाही गर्नुपर्छ कि पर्दैन् भनेर केही बोलेका छैनन् ।
अहिले स्नोडेनमाथि चासो राख्नेहरुले उनलाई आआफ्नै चश्माले हेरिरहेका छन् । कोही उनको मानवअधिकार हनन् हुने सम्भावना प्रबल भएको देख्छन् । र, उनी अमेरिका फर्किए उनले यातना पाउँने सम्भावना धेरै भएको भन्छन् । कोही उनलाई अमेरिकी शक्ति नाप्ने सिम्बोलको रुपमा हेर्छन् । तर, बिचरा यिनलाई एउटै चिन्ता होला-अब कहाँ जाऊँ ।  (एजेन्सीको सहयोगमा)