Monday, September 2, 2013

स्टारडमको भारी !

काठमाडौ, भाद्र १३ -
नयाँ बानेश्वरका सरोज दाहाललाई रिहान्ना जति मन पर्छ, उनकी साथी नवीनालाई त्यसको तीन गुणा बढी जस्टिन बिबर मनपर्छ । यी दुवै आफ्ना दुई फेबरेट सिंगरको स्वरप्रति नतमस्तक छन् । व्यक्तिगत जीवनमा पनि दुवै गायक यी दुई पmयानका लागि आइडल हुन् ।
आफूभन्दा कम उमेरका १९ वर्षीय बिबरको स्वरले मात्रै होइन उनको अनुहार र शरीर देख्दा पनि नवीना हुरुक्क हुन्छिन् । तर, बिबर उनको इसारामा चल्ने प्राणी होइनन्, निकै सानो उमेरमा विश्वभर चर्चा कमाएका उनी पछिल्ला समय दिन प्रतिदिन विवादमा छन् । जसका कारण नवीनालाई साह्रै नमज्जा लागेको छ ।कहिले सर्ट खोलेर नांगै हिँड्ने त कहिले लागूपदार्थ बोकेका कारण प्रहरीले पक्राउ गरेको समाचारले विवादमा आउने बिबर टिनमाझ सर्वाधिक चर्चित सेलिबि्रटी हुन् ।
उनले ८ पटक त टिन च्वाइस अवार्ड मात्रै जितेका छन् । यसबाट पनि थाहा हुन्छ, उनी कत्ति चर्चित छन् भनेर । उनी बसेको होटल वरपर उनलाई एक नजर हेर्नका लागि हुने युवतीको भीडले पनि उनको लोकपि्रयता झल्काउँछन् । तर, उनको आनीबानी उनको चर्चा सुहाउने खालको छैन ।



सानै उमेरमा नाम र दाम दुवै कमाएको जस्टिनको मति बिगि्रएको हो कि भन्ने चर्चा पनि सुरु हुन थालेको छ । कसैले त केसम्म टिप्पणी गरेका छन् भने, 'पढ्ने बेलामा गीत गाउँदै हिँडेकाले बिबरले राम्रो शिक्षा पाएनन् ।' त्यसैले त होला, कहिले उनी आफ्नो फोटो किन खिचेको भन्दै फोटोग्राफरलाई नै कुट्छन् । कहिले आफ्नो फ्यानसँग ओछ्यानमा सुतेेको काल्पनिक कार्टुन बनाएर टि्वटरमा पोस्ट गर्छन् ।

टि्वटरमा उनको ४ करोड ३६ लाख बढी फ्यान छन् । उनी सानै उमेरमा विश्वकै सबैभन्दा शक्तिशाली सेलिबि्रटी बन्ने भाग्यमानी पनि हुन् । उनले पहिलोपटक गाएको ७ वटा गीत एकैपटक नै अमेरिकी संगीत म्यागेजिन बिलवर्डको हिट लिस्टमा परेको थियो ।

कलिलै उमेरमा सफलताको स्वाद चाखेका यी चुलबुलेको बानी भने अरूले सिको गर्ने खालको छैन । पछिल्लो समय उनले देखाएको व्यवहारबाट पनि उनी सफलताले मात्तिएका हुन् कि भन्ने अड्कल काट्न सकिन्छ । केही महिनाअघि नेदरल्यान्ड पुगेका उनले आम्र्सडमको एक म्युजियम पुगेर लेखेको एउटा टिप्पणीबाट पनि उनी कत्ति हावा छन् भन्ने पत्तो पाउन सकिन्छ । धार्मिक हिंसाका कारण १५ वर्षमै ज्यान गुमाएकी अन्ना प|mान्कको सम्झनामा खोलिएको म्युजियम पुगेर उनले लेखे- 'अन्ना बाँचेकी भए मेरो फ्यान हुन्थिन् होला ।'

उनको यो अभिव्यक्ति चित्त दुख्ने खालको थियो । घमण्डी पाराको थियो । तुरुन्तै संसारभरबाट उनको विरोध भयो, धन्न म्युजियमका पदाधिकारीले ठूलो इस्यु नबनाएर उनलाई बचाइदिए ।

सानै उमेरमा नाम, दाम र ख्याति कमाएर मात्तिने र आत्तिनेमा जस्टिन बिबरको नाम मात्रै आउँदैन, तीन वर्षको उमेरदेखि मोडलिङ पेसामा आबद्ध अमेरिकी मोडल, कलाकार र गायक लिन्ड्से लोहान अहिले २७ वर्षकी पुगिन् । यो उमेरसम्ममा उनले आफ्नो पोक्चे गालाको सुन्दरता अनि स्वर र अभिनयको जादूले संसारभरि करोडौंलाई आफ्नो फ्यान बनाइसकेकी छन् । करोडौं मान्छे उनको सफलताले डाहा गर्दा हुन् तर उनी आफैंलाई सम्हाल्न नसक्ने अवस्थामा पुगेको देखिन्छ ।

सफलताको उकालो चढ्दाचढ्दै लागूऔषध दुव्र्यसनमा फसेकी उनी अहिले त्यसैको कारण आत्मशान्ति खोज्दै रुमल्लिइरहेकी छन् । उनी पटकपटक लागूऔषधको कुलतबाट छुटाउने पुनस्र्थापना केन्द्र बस्दै, निस्कँदै गरिरहेकी छन् । खटेर काम गर्नुपर्ने बेला कुलत छुटाउन रिह्याबमा बस्नुपर्दा उनले आफ्नो हातको काम र आफ्नो कैयौं फ्यान गुमाएकी छन् । सफल भएर पनि उनले अहिले आफ्नै बानीका कारण असफलताको दज्र्यानी पाएकी छन् ।

तीन वर्ष अघिदेखि उनी आफ्नो कुलत छुटाउने प्रयासमा संघर्षरत छिन् । किनकि यसको कारण उनले जीवनमा धेरै हन्डर खानुपरेको छ । करोडौंलाई आफ्नो फ्यान बनाएर शानले हिँड्ने उनी ड्रग्सकै कारण पटकपटक जेल जानुपरेको छ । उनलाई अदालतले यसकै कारण लागूऔषध अनुगमन गर्ने ब्रासलेट लगाउने आदेशसमेत दिएको थियो । २६ फिल्म खेलेर दर्जनौं अवार्डमा मनोनीत उनले सन् २०११ मा एक ज्वेलरीबाट गहना चोरी गरेको आरोपमा जेलसमेत जानुपरेको थियो । सानै उमेरदेखि स्टारडम बनाउँदै हुर्केकी लोहानका लागि यो जत्तिको अपमान के हुन सक्छ ? अहिले पनि पुनस्र्थापना केन्द्रमा आफ्नो जीवनको गति फर्काउने आशामा उनी कुलतबाट मुक्ति खोजिरहेकी छन् । उनको सुन्दर मुहार लागूऔषध र अल्कोहलले कुरूप बनाएको छ ।

२५ वर्षको उमेरमै एक सय मिलियन बढी एल्बम बिक्री गरेर सबैभन्दा चर्चित, शक्तिशाली र हिट गायिकाको लिस्टमा आफ्नो स्थान सुरक्षित गरेकी काली सुन्दरी रिहान्ना पनि कहिलेकाहीँ स्टारडमको लत्तो छाडेको अवस्थामा भेटिन्छिन् । दुनियाँभरका गायक आफ्नो पहिचान बनाउन संघर्षरत रहँदा दुनियाँलाई युनिक स्वरमा लठ्याएकी रिहान्ना कहिले मादक पदार्थमा मातेको अवस्थामा समुद्री किनारमा भेटिन थालेकी छन् । कहिले कन्सर्टमा फ्यानमाथि मनपरी बोलेर आफ्नो फेममा खिया लगाइरहेकी छन् । झन्, उनको कहिलेकाहीँ नांगो फोटो खिचाइरहने उपद्रव त छ छँदैछ ।

भर्खरै २१ वर्षमा पाइला टेकेकी गायिका डेभी लोभाटो पनि लागूऔषध सेवन गर्ने बानीबाट भर्खरै मुक्ति पाएकी छन् । तीन वर्ष अघि १७/१८ वर्षकै उमेरमा उनी आफ्नो कुलत छुटाउन पुनस्र्थापना केन्द्र बसेकी थिइन् ।

२० वर्षकी सेलिबि्रटी माइली साइरस त झन् खराब सेलिबि्रटीको सूचीमा परिन् । केही समयअघि अभिभावकहरूको भोटिङको आधारमा उनी खराब सेलिबि्रटीको सूचीमा नम्बर वानमा उक्लिइन् । टप गायिकको हिट लिस्टमा एक बन्ने आशामा मरिहत्ते गरी मेहेनत गरेकी उनको संघर्षको उल्टो प्रभाव परेछ । उनले चर्चामा आउन अपनाउने अनेक हर्कतले अभिभावकमाथि उल्टो इम्प्रेसन पारेछ । अस्वाभाविक गेटअपमा देखिन रुचाउने यी सुन्दरीलाई त्यसैले अभिभावकहरूले खराब सेलिबि्रटीको हिट लिस्टमा हालिदिए र आफ्नो छोराछोरी उनको फ्यान नबनून् भनेर भनिदिए । सेलिबि्रटीका लागि योभन्दा दुःखद् कुरा के हुन

सक्छ ? आखिर यो अवस्था ल्याएको पनि उनैले हो । २० वर्षमै सफलताको ठूल्ठूलो उचाइ नापेकी उनले नै आफ्नो स्टारडम सम्हाल्न नसकेकी पो हुन् कि ? सानै उमेरदेखि चाँडो चाँडो ब्वाइप|mेन्ड चेन्ज गर्ने, लागूऔषध सेवन गरेको फोटो सार्वजनिक गरेर उनको छवि धमिलिँदै गएको हो ।

सोमबार न्युयोर्कमा आयोजित एमटीभी भिडियो म्युजिक अवार्डमा उनले दिएको प्रस्तुतिले उनलाई झन् विवादमा पार्‍यो । छाला रंगको कसिलो बिकिनीमा उनले देखाएको हाउभाउले यौनजन्य हिंसालाई बढावा दिएको भन्दै अभिभावकहरूले सामूहिक रूपमा विज्ञप्ति निकाल्दै त्यसको विरोध गरे । वाहवाही पाउनुपर्ने बेलामा उनको सर्वत्र आलोचना भइरहेको छ ।

अहिले यस्तै भइरहेको छ । मनोरञ्जन उद्योगको ठूला सेलिबि्रटी विस्थापित बन्दै नयाँ सेलिबि्रटी थपिने क्रम बढिरहेको छ । तर, यस्तो लाग्छ, उनीहरूले आफ्नो स्टारडम थेग्न सकेका छैनन् । त्यसैले वास्तविक जीवनमा अनेक उटपट्याङ गरिरहेका छन् । उनीहरू अनुकरणीय बन्न सकेका छैनन् । उनीहरू सफल त छन् तैपनि आचरणका कारण असफल बनिरहेका छन् । जसका कारण उनीहरूका फ्यानलाई सामूहिक रूपमा चित्त दुखेको हुन्छ । आफ्नो सेलिबि्रटीको खराब आचरणले उनीहरूमा नेगेटिभ इम्प्रेसन परिरहेको छ ।
(एजेन्सीहरूको सहयोगमा)
(Published in Hello Friday, Youth Supplementary of Kantipur Daily.)