Saturday, December 13, 2014

मन बहलाउने जोडी

युट्युबमा पुराना मन पराउनेहरुलाई थाहा छ विजय र पि्रतिको बारेमा । सामान्य नेपालीलाई उनीहरुबारे जानकारी नहोला तर युट्युबमा पुराना नेपाली गीतका कभर सुन्ने बानी परेकालाई भने उनीहरुले राम्रो लत लगाइदिएका छन् ।

पुराना नेपाली गीतलाई नयाँ स्वरुपमा गाएर उनीहरुले अपलोड गरेको भिडिया यूट्युबमा निकै लोकपि्रय छ । म्यूजिक पढ्ने उद्देश्यले लण्डन गएका उनले म्युजिक त पढ्न पाएका छैनन् तर गायकको परिचय भने बनाइसकेका छन् ।

विराटनगरको यो जोडी सन् २००९ मा लण्डन पुगेको थियो । लण्डनको फुर्सदमा उनले फोटोग्राफी र भिडियोग्राफी सिके । 'साउन्ड रेकर्डिङ र इडिटिङबारे नेपालमै केही सिकेको थिए', उनी सम्झन्छन्,'गीतार त स्कुल हुँदादेखि नै बजाउथे ।' आफैंले जानेको सीप प्रयोग गरेर पत्नी पि्रतिसँग उनले गाएको कुसुमे रुमालको भिडियो सन् २०१२  मार्चमा पहिलो पटक यूट्युबमा राखे । 'पहिलो हप्तामै ४० हजार भ्यू भएपछि म भित्रको गायकी पलाएर आयो', विजय भन्छन्,'मलाई साथ दिन मात्र गाएकी पि्रतिले पति गायनमा प्रगति गर्दै गइन ।'

पहिलो भिडियो हालेको एक बर्षपछि उनीहरुले दोस्रो भिडियो हाले । 'एउटै सहारा तिम्रो मायाको' को कभर सङपछिको प्रतिक्रियाले उनीहरुको जोडी झन् उत्साहित बन्यो । यो जोडीले चर्चित नेपाली पुराना दुई दर्जन गीतको कभर सङ यूट्युबमा राखेका छन् । केही आफ्नै गीत पनि छन् । पतिपत्नीको जोडीले गरेका अधिकांश कभर सङ यूट्युबमा हिट छन् । उनीहरुको युट्युब च्यानलको करिब १४ हजारसस्क्राइबर छन् । टोटल भ्यू २० लाख कटिसक्यो । उनीहरुले ए कान्छा, कुसुमे रुमाल, कलको पानी, सम्झना बिर्सना, तिमीलाईजस्ता चर्चित पुराना नेपाली गीतको कभर सङ गरेका छन् । उनीहरुले एक बर्षअघि अपलोड गरेको सम्झना बिर्सना भन्ने गीतमा साढे ५ लाख हिट छ ।

पुराना नेपाली गीतको आफ्नै भिडियो बनाएर कभर गर्ने योजना उनीहरुलाई कसरी आयो त ? 'लण्डनमा यूट्युबबाट सफलता हात पाएका धेरै छन्, अहिलेकेा चर्चित व्याण्ड वान डिरेक्सनसमेत यूट्युबबाटै सफल भएको हो भन्ने थाहा थियो', आफ्नो कभर सङ यात्राबारे घिमिरेको अनुभव छ,'त्यसैले यसबारे सोच्न थाले ।'

जीवनसाथीको रुपमा रोजेको पि्रतिसँगको विजयको गायकी यात्राबारेको कथा पनि रोचक छ । विराटनगर हुर्किएका घिमिरेको सानैदेखिको ईच्छा गायनमा थियो । विराट सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ६ मा पढ्दादेखि नै पि्रतिसँग विजयको जोडी जमेको थियो । जीवन साथीको रुपमा सँगै लण्डन गएका उनीहरु अहिले कभर सङ गर्ने चर्चित जोडीको रुपमा उदाएका छन् । 'सुरुमा मलाई साथ दिनको लागि पि्रतिले गाएकी थिई', विजय भन्छन्,'प्राक्टिस गर्दा गर्दा अहिले उसको पनि प्रगति भएको छ ।'

अहिले यूट्युबमा कभर सङ अपलोड गर्नेको संख्या दर्जनौं छ । तर, विजय र पि्रतिको स्थान वेग्लै छ । नेपाली संगीतक्षेत्रसमेत यूट्युबको कमाईको भरमा थेगिएको अवस्थामा यूट्युबको यो हिट जोडी भने अहिले आफ्नै एल्बमको तयारीमा छ । विजयको जन्मदिनको दिन मंसिर १२ गते उनीहरुको पहिलो एल्बम पेन्ट मी लभ लण्डनमा विमोचन हुँदैछ ।
एल्बम नबिकेर नेपाली संगीत बजार ओरालो लागेको बेला एल्बमको तयारी किन त ? विजय भन्छन्,'नेपालमा पाइरेसीको समस्या भए पनि लण्डनलगायत देशमा यस्तो समस्या छैन्, यहाँ अहिले पनि मन पर्ने गायकको एल्बम किनेर सुन्ने चलन छ ।' आधा दशकको लण्डनमा बसाईंमा धेरै नेपाली गायकले लण्डन पुग्दा आफ्नो एल्बम बिक्री गरेको समेत देखेका रहेछन् उनले । भन्छन्,'मेरा यूट्युब स्रोताहरुको आग्रहमा नै एल्बमको सोच बनाएको थिए, अब सोच साकार हुँदैछ ।'

'कतिले मलाई अरुको गीत गाएको भनेर आलोचना पनि गर्ने गरेका छन् तर अरुको गीतलाई फरक रुपमा गाउनु पनि एउटा कला हो, यसको लण्डनमा छुट्टै महत्व छ ।' गायक र संगीतकारले पर्फ]{ट सिर्जनाको रुपमा गीत सार्वजनिक गरेका हुन्छन् त्यसलाई फरक शैलीमा गाउन सक्नुपनि कला भएको उनको तर्क छ । 'अरुको गीत गाएको भनेर आलोचना गर्नेहरुले पनि एल्बम आएपछि मलाई मन पराउनुहुनेछ भन्ने आश छ', उनी भन्छन्,'एल्बम निकाल्ने तयारी गरेदेखि नै राम्रो रेस्पोन्स पाइरहेको छु ।'
एक बर्षको तयारीपछि पूर्ण भएको उनको एल्बममा ६ गीत छन् । तीमध्ये तीन स्याड र तीन ह्याप्पी सङ भएको उनले बताए । 'तीन गीतको म्युजिक भिडियो बनिसक्यो, त्यसको सबै काम आफैले गरेको छु', भन्छन्,'एउटा गीतको म्युजिक भिडियाको लागि कोरियोग्राफीको काम भइरहेको छ ।'
लण्डन एयरवेजलाई खाना सप्लाई गर्ने कम्पनीमा सिफ्ट इञ्चार्ज घिरमेले यूट्युब भिडियोकै सहाराले भिडियोग्राफी, फोटोग्राफी र साउन्ड इडिटिङमा दक्षता हासिल गरे । आफू बस्ने फ्ल्याटमै उनले सानो स्टुडियो बनाएका छन् । त्यसैले गर्दा उनले यूट्युबमा अपलोड गर्ने हरेक भिडियोको क्वालिटीमा कुनै सम्झौता हुँदैन । 'भविष्यमा व्यवसायिक रुपमै भिडियोग्राफी र इडिटिङको काम गर्ने योजना छ', भन्छन्,'आफ्नो भिडियोको सबै काम आफैंले गरेको हुँ ।'
कभर सङ गाएर यूट्युबमा चर्चित बने पनि उनले त्यसलाई आम्दानीको बाटो भने बनाएका छैनन् । 'अरुको गीत गाएर त्यसबाट पैसा कमाउन मन लागेन', विजय भन्छन्,'आफ्नै ओरिजिनल गीतमा मात्रै एड राखेको छु ।'