Tuesday, March 31, 2015

एनलोकेटमा गज्जबको डिजाइन


 मानौं काठमाडौंको कुनै ठाउमा तपाईं कतै उभिनुभएको छ । केही कुनै ठाउ खोज्दै हुनुहुन्छ । तपाईंले खोज्नुभएको ठाउ तपाईंको नजिकै पनि हुनसक्छ वा धेरै टाढा । तपाईंको खोजाइमा एटीएम, सिनेमा हल, मल, पार्टी प्यालेस, अस्पताल, रेष्टुरेन्ट वा अन्य जे पनि हुनसक्छ । हामीमा नलजाउने बाानी छ भने त हामी बाटो हिड्ने वा सडक छेउमा पसल गरेर बस्ने साहुजीलाई सोधिहाल्छौं, फलानो ठाउ कहा छ ? सोधिखोजी गरेर ठाउा पहिल्याउने चलन पुरानो भयो ।

अब आफ्नै मोबाइलमा खोजेर यस्ता ठाउहरु पत्ता लगाउन सकिन्छ, एनलोकेटमा । काठमाडौ उपत्यकाका विभिन्न लोकेसन पत्ता लगाउन यो एप साह्रै उपयुक्त छ । काठमाडौंमा भएका सिनेमा हल, थिएटर, सपिङ मल, रेस्टुरेन्ट, अस्पताल, पेट्रोल पम्प होस वा पार्टी प्यालेस जस्ता अधिकांश जानकारी एनलोकेटमा भेटिन थालेको छ । एनलोकेटका संस्थापक मनोज घिमिरे एपमा करिब ६५ हजार जानकारी ईन्ट्री भएको बताउाछन् । कोही कसैले चाहेमा आफैले आफ्नो व्यवसाय वा स्थानको जानकारी हाल्न सक्छन् ।


विजनेस डट एनलोकेट डट कममा गएर जोकोहीले आफ्नो व्यवसाय र स्थानको जानकारी हाल्न, अपडेट गर्न र म्यानेज गर्न सक्छ । र, यि सुविधाहरु निशुल्क हुन् । तर, अधिकांश डाटाहरु भने एनलोकेट आफैंले हालेको हो । '५-७ डाटा प्रयोगकर्ता आफैंले हालेका हुन् । बााकी हामी आफैंले हालेका हौं,' घिमिरे भन्छन्, 'प्रयोगकर्ता जति बढ्यो । यसमा त्यति धेरै जानकारी ईन्ट्री हुनसक्छ ।' धेरै जानकारी ईन्ट्री हुनुको अर्थ हो अझैं धेरै ठाउाहरुको बारेमा जानकारी भरिनु ।

केही महिना अघिसम्म एनलोकेटमा कुनै कुनै लोकेसनको सर्च गर्दा त्यहााको सम्पर्क नम्बर र ठेगाना मात्रै देखाउने सुविधा थियो । अहिले भने एपमा धेरै परिमार्जन गरिएको छ । यसको युजर इन्टरफेस आकर्षक देखिन्छ भने आफूले सर्च गरेको ठाउाको सम्पर्क नम्बर, इमेल ठेगाना, वेवसाइटसागै गुगल म्यापसमेत देखाउाछ ।एपले गुगल जीपीएसको मद्दतमा प्रयोगकर्ता रहेको स्थान पत्ता लगाउाछ । जसले गर्दा प्रयोगकर्ताले केही सर्च गरे भने नजिक रहेको स्थानलाई प्राथमिकताका साथ देखाउाछ ।

साथै, सबैभन्दा पछिल्लो पटक जहााबाट कुनै लोकेसन खोजिएको थियो, त्यति लोकेसनबाट पुन सर्च पनि मिल्छ । जस्तै सानेपा वरपर उभिएर कसैले अस्पताल सर्च गर्दा यसले सानेपाको स्टार अस्पताल, बल्खुको बयोधा अस्पताल, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा नजिकैको अस्पतालको ठेगाना प्राथमिकताका साथ देखाउाछ । फेरि त्यही सर्च बानेश्वर पुगेर गर्दा त्यहीं वरपरका अस्पतालको विवरण देखिन्छ । साथै, ति अस्पतालमा कुन कुन चिकित्सक छन्, उनीहरु के बिषयको बिज्ञ हुन र उनीहरु कुन समयमा अस्पतालमा उपस्थित हुन्छन् भन्नेसम्मको जानकारी समेत एपमै छ ।

त्यही ठाउामा उभिएर एटीएम सर्च गरेका त्यहाा वरपर रहेका एटीएमको विवरण देखाउाछ । थिएटर वा मुभी ट्याग वर्ड राखेर सर्च गर्दा प्रयोगकर्ताबाट नजिक भएको थिएटर वा मुभी । त्यहाा चल्दै गरेको नाटक वा फिल्मको विवरणसमेत भेट्टाउन सकिन्छ । तर, त्यसको लागि त्यस्ता विवरण एपमा स्टोर गरिएको हुुनुपर्छ । 'सकेसम्म धेरैभन्दा धेरै जानकारी राख्न खोजिएको छ', कार्यकारी अधिकृत घिमिरे भन्छन,'यसबाटै मुभीको टिकट बुकिङ गर्ने, रेष्टुरेन्टमा अर्डर गर्न मिल्नेजस्ता सुविधाको कल्पना गरिएको छ ।'

नयाा खोजको लागि अनलाइन हुनु अनिवार्य छ । तर, पहिला खोजिएको जानकारी भने अफलाइन भए पनि हेर्न मिल्छ । अघि गरिएको सय वटासम्म सर्चको डाटा डिभाइसमा सेभ हुने भएकाले अफलाइन अवस्थामा पनि ति जानकारीहरु हेर्न मिल्छ । ३जी एस वा त्यसपछिको आइफोन र एन्ड्रोइड ४ वा त्यसपछिको अपरेटिङ सिस्टममा यो एप चलाउन सकिन्छ । एप मात्रै होइन्, वेवसाइटमा पनि एनलोकेट चलाउन सकिन्छ । एनलोकेट डट कममा पनि एपमा झैं सर्च गर्न सकिन्छ ।

अफलाइन भएको पहिला सर्च गरिएको जानकारी हेर्न मिलिहाल्छ । एन्ड्रोइडमा ३२ हजार बढी र आइफोनमा १७ हजार बढी एप डाउनलोड भइसकेको घिमिरे बताउाछ । उनको अनुसार अहिले एपमा सातामा २० हजार जति सर्च हुन्छ । हरेक साता ६ करिब ६ हजार युनिक युजरले एपको सेवा लिइरहेका छन् । पछिल्लो पटक एपको साइजसमेत घटाएर प्रयोगकर्तामैत्री बनाइएको छ । अहिले एपको साइज २ दशमलब ७ एमबी मात्रै छ । 'प्रयोगकर्ताको सुझावको आधारमा एपमा सुधार गर्दै लगेका छौं', उनले भने,'जति धेरै सुझाव पाइयो त्यति चााडो सुधारमा सहयोग पुग्छ ।' काठमाडौं कन्दि्रत एपलाई देशभर फैलाउने एनलोकेटको योजना छ ।