Friday, September 9, 2011

कलैयाकी केटी र महिला सशक्तीकरण
बिजय तिमल्सिना
कलैया बजारबाट केही भित्रको एउटा सानो घरमा रहेको ट्युशन सेन्टरमा ट्युसन पढ्नका लागि आएकी पातली ज्यानकी उनले आखाँ सन्काएर उस्तै उमेरको लाग्ने एक काले युवकलाई बाहिर बोलाइ । अनि नजिकै गएर केके भनी त्यो त सुनिएन् तर उनले आफ्नो हातको कापी च्युडोमा अड्याएर जे पनि त्यसले त्यो केटाको मुखमा छुट्टै भाव पैदा गरायो । केटा केही मुसुक्क हास्यो तर केही नबोली फनक्क फर्कियो । तर, त्यो केटी त्यतिकै छोड्ने वाला थिइन् । उसले केटाको हात च्याप्प समाई । हामी वरिपरि भएकाहरुको आँखा गहिरिएर उनीहरुलाई हेरिरहेको थिए । तिनले पनि हामीतिर पुलुक्क आँखा घुमाई । तर, त्यति वास्ता गरिन ।
उनले रातो कुर्तासलवार लगाएकी थिइँ । कुर्ताको सिलाई आद्युनिक थियो । उनका सेता छालाहरु अरुले दुखुनझैंको शैलीमा चिहाइरहेका थिए । उनको सुलुत्त परेको छ्यान । बाटेको कपाल र शिरुपाते ओठको जवानी हामीलाई लठ्याउन काफी थियो ।

अहिले उनीहरु खासखुस कुरै गर्दै थिए । उनीहरुको कुरा फेरी पनि हामीले सुनिरहेको थिएनौ । सुन्न आवश्यक पनि थिएन् । फेरी पनि त्यो केटी हातको कापी दोबार्दै चिउडो मुनी अड्याउदै मज्जैले कुरा गरिरहेका थिए । एक हिसाबले उ निर्धक्क थिई भन्ने कुरा उसको चञ्चल आँखाले झल्काएको थियो । जुन निर्धक्कता मेलै मेरो केटी साथीहरुमा कक्षबाट कतै टाढा पिकनिक जाँँदा देखेको थिए ।
यी केटीजस्ता  उदाहरणमा तराई घुम्दा टन्नै भेट्टाइन्छ । केटा देख्दा मुन्छो लुकाउने प्रबृत्तिलाई आर्यघाटमा लगी तराईमा मौलाएको महिला शसक्तीकरणको एउटा उदाहरण हो यो ।
तराईमा बढ्दै गएको महिला शसक्तीकरणको सूचकको रुपमा यसलाई मान्ने हो भने तराईमा यस्ता उदाहरण अनगिन्ती पाइन्छ जसले अरुले सोनेको भन्दा धेरै अगाडी महिला शसक्तीकरण अगाडी बढीसक्यो । यो मुद्दामा महिला सशक्तिकहरणको कार्यक्रम बर्षौदेखि गर्दा पनि तराईमा महिला हिंसाको अवस्थ बर्षौदेखि जस्ताको तस्तै भएको तथ्यांक पेश गर्नेहरुको आँखा गएको छ कि छैन् ?
एक दिन कलैयाको भरतचोक भन्दा अलि परको एउटा खाना पसलमा गइँयो । कलैयाको गर्मीमा पसिना पुछ्दै पर्बलको पकौडा खानुको बेग्लै अनुभव भएको थियो । त्यतिनै बेला एक छोरा र एक पुरुष  (पति होला सायद) साथमा एक महिला अगाडीको टेबुलमा आएर बसिन । पकौडापछि दहीको स्वाद लिइरहेका हामीभन्दा चाडै नै उठेका उनीहरुमध्ये ति महिलाले आफ्नो हातमा गुट्मुट्याएर राखेको पैसा झिक्छै होटलवालाई बुझाइन् र खुरुखुरु आफ्नो बाटो लागिन् । उनमा कुनै द्धिविधा थिएन् । गन्तव्य पहिचान गरेर हिडेको यात्री झैं । आफूलाई निकै आधुनिक भनाउँदाहरु जो लिपिस्टिक किनेर श्रीमान्लाई पैसा तिर्न लगाउँछन् उनीहरुलाई खोज्ने देशकै विकसित सहरमा घुम्न गए भेटिन्छन् । तर, बर्षौदेखि पिछडिएको भनिएको र अझ् महिलाको स्थिति दयनिय भनिएको स्थानमा महिलाहरुले देखाएको यो परिवर्तनको  सूचक केलाउँने हो भने जो कोही पनि सोच्न बाध्य हुन्छ कि तराईका महिलाहरुको अवस्था हामीले सोचेको भन्दा केही पर पिुगिकेको छ ।
तर, स्थिति कहाँ अनुकुल छैन् भने अझैं पनि तराईमा केही महिलाहरु दाइजोको नाममा ज्यूदै जलाइएका छन् । घाइते पारिएका छन् । उनीहरुको अवस्था बुझ्दा तराईमा महिलाको अवस्था भयानक र दर्दनाक लाग्छ । महिलाको लागि नर्क कतै छ भने त्यो कहाँ हो र कस्तो हुन्छ भन्ने कुरा दाइजोका नाममा पीडित तराईका महिलाहरुलाई थाहा होला । जसलाई परिवारकै दर्जनै मिलेर कुटपिट गरिएको हुन्छ, घाइते बनाइएको हुन्छ ।
बाराका एक मानवअधिकारकर्मीको कुरा सुन्ने हो भने यस्तो लाग्छ यहाँका महिलाहरुले अब केही बर्षमा नै पुरुषमाथि शासन गर्नेछन् । उनको मोबाइलमा बारम्बार एक महिलाको फोन आइरहेको थियो । तर उनलाई झर्को लागिरहेको थियो । केही बर्ष बिदेश बसेर धम कमाएर आएको श्रीमान्सँग ति महिला सम्बन्ध बिच्छेद गर्न चाहन्थिन् । आखिर किन त ? कलकलाउदो उमेरकी श्रीमती घरमा राखेर विदेशीने श्रीमान्को तातीमा उभिन तराईका पतिहरु पनि पछि परेका छैनन् । त्यसैले यहाँको अदालतमा सम्बन्ध बिच्छेदको लागि पत्नीहरुबाटे आउने निवेदन पनि बढेको छ । तर, पर्ने निवेदनमध्इे अधिकांश एउटा सहमतिमा पुगेर टुंगिन्छ , यस्तो सहमति जुन सहमतिले पतिलाई कंगाल बनाउँछ, पत्नीलाई एकाएक मालिक । उनीहरुले आफ्नै पतिसँग सम्बन्ध बिच्छेदको धम्की दिएर मालिक बनी निर्धक्क जीवन यापन गर्ने सोच बढेको पिरले मानवअधिकारबादीको थाप्लोमा पसिला बग्न थालेको रहेछ । यो बाराको मत्र होइन् नेपालभरका बिदेशीएका पत्नीहरु बरालिएर हिडेको र पति धन कमाएर घर फर्किने पति आफै घर फर्कने बेलामा पत्नी बेपत्ता भएका धेरै उदाहरणहरु प्रशस्त छन् । यस्तो घटना समाजमा मौलाउँदै गएको विकृत मानसिकताको सुरुवात हुनसक्छन् । तर, केही बर्षअघिसम्म घुम्टोभित्र आफ्नो अध्यारो संसारमा रमाउन बाध्य पारिएका महिलाहरुले हाल तराइँका समाजमा जनु हाँक दिएर शानसँग बाँचेका छन् । डरलाग्दो भनि हौवा फिाजाइएको तराइमा आएको यो साह्रै सकारात्मक परिवर्तन हो ।