Wednesday, August 17, 2011

युवतीलाई लिफ्ट दिंदा प्रहरी फन्दामा

युवतीलाई लिफ्ट दिने हेटौंडाका एक युवा हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा छन् । हेटौंडा– १ बाट वजारमा रहेको कार्यालय आउँदै गरेकी एक युवतीलाई कार्यालयमा पु¥याइदिने भन्दै हेटौंडा–७ नागस्वतीतर्फ मोटरसाइकल हुक्याएकाले हेटौंडा १० बसपार्कका राजु लामा प्रहरी फन्दामा परेका हुन् ।  हेटौंडा ४ स्कुलरोडको एक सहकारीमा कार्यरत उर्मिला मुक्तानलाई म तिम्रो दाईको साथी हु“ भन्दै मोटरसाइकलमा चढ्न लगाएर जबरजस्ती गन्तब्यभन्दा अन्यत्रै लैजान खोजेपछि लामालाई प्रहरीले पक्राउ गरेको थियो ।
    सुरुमा आफूले मोटरसाइकल चढ्न नमानेपछि ‘म तिम्रो दाईको साथी हुँ, किन डराएको ? भन्दै विश्वस्त तुल्याएको मुक्तानले प्रहरीसँग बताइन् । मेरो अफिस अगाडी पुगेपछि मैले रोक्नु भने’ मुक्तानले भनिन्, ‘तर, उसले सुनेको नसुन्यै गरी नागस्वतितिर लग्यो ।’
नागस्वती पुगेपछि मोक्तान गुडिरहेको मोटरसाइकलबाट फाल हालेकी थिइन् । त्यसपछि स्थानीयबासिन्दाले घटना बुझेर लामालाई पक्रेका थिए । स्थानीयबासिन्दाले खराब नियत राखेको भन्दै लामालाई कुटपिट समेत गरी इलाका प्रहरी कार्यालयलाई बुझाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक दीपक न्यौपानेले बताए ।
ना १० प ६९०१ नं को मोटरसाइकलबाट हाम्फालेकी मोक्तान सामान्य घाइते समेत भएकी थिइन् । लामालाई पक्राउ गरी अनुसन्धान सुरु गरएिको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । घटनाको अनुसन्धानका क्रममा लामाको नियत खराव देखिएको र युवतीको दाइसँग उनको परिचय भए÷नभएको बुझ्नका लागि बोलाइएको प्रहरीले जनाएको छ ।