Saturday, September 15, 2012

कारागारमा बृद्ध र रोगी

हेटौंडा-भारतीय नागरिक सेक्स सोभराती र चन्द्रिका दास भीमफेदी कारागारको मुख्य भवनको भ¥याङ मुनी ओछ्यान लगाएर सँगै सुत्छन् । परालले बुनेको गुन्द्रीमाथि पातलो कपडा बिछ्याएर उनीहरले ओछ्याउन बनाएका छन् ।

चार महिनाअघि कारागार आएका दुवैजना कुष्ठरोगी हुन् । उनीहरु लागूऔषध मुद्दामा कारागार चलान नभएका हुन् । उनीहरु दुवैका े हात र खुट्टाका अधिकांश औंला झरिसकेका छन् । उनीहरु अन्य कैदीबन्दी भन्दा फरक स्थानमा बस्छन् । अरुले नदेखुन् भनेर आफ्ना हात र खुट्टा छोपिरहन्छन् ।

सोभरातीलाई अदालतले ११ बर्षको कैद फैसला सुनाइसकेको छ भने दासको फैसला हुन बाँकी छ । यी दुवै जना कारागारका अन्यको दृष्तिमा सहानुभूतिका पात्र हुन् । नेपाली भाषा राम्ररी नबुझ्ने उनीहरु दुवै भ¥याङको मुनी आफ्नो दिन काट्छन् । भारतमा कुष्ठरोग उपचार गराइरहेका उनीहरुले कारागारमा उपचार पाएका छैनन् । उनीहरुले उपचार गराइरहेको लगत फाराम नभएकाले उपचारमा गराउन समस्या भइरहेको कारागार प्रमुख चिरञ्जिीवी थापा बताउँछन् । कारागारमा दुई क्षयरोगी नियमित औषधी सेवन गरिरहेका छन् ।
करिब पाँचसय कैदीबन्दी भएको कारागारमा सबैभन्दा पाका तीन बृद्ध पनि आपसमै भलाकुसारी गरेर दिन काट्छन् । उनीहरुको उमेर ७० कटिसकेको छ । तीमध्ये दुई जबरजस्ती करणी गरेको अभियोगमा कारागार चलान भएका हुन् । एक बृद्ध भने कीर्ते अभियोगमा जेल चलान भएका हुन् । ती मध्ये एक जना कैदी हुन् भने दुई जना बन्दी हुन् ।
७० बर्ष उमेर कटेका कैदीले २५ प्रतिशत सजाय भुक्तान गरिसकेका छन् भने मिनाहा गर्ने प्रावधान छ । भीमफेदी कारागार प्रमुख चिरञ्जिवी थापा ७० बर्ष कटेका एक कैदीको सजाय मिनाहा गर्ने बिभागलाई पत्र पठाइसकिएको बताउँछन् । बन्दीको हकमा भने न्यायाधीशले स्वविवेक प्रयोग गरी छुट दिन पाउँछन् । बिशेष स्याहारको आवश्यकता पर्ने यी बृद्ध कैदीबन्दी कारागारमा भएका अन्य युवा बृद्ध र रोगीलाई कारागारमा ल्याएपनि बिशेष सुविधा दिन नसक्दा समस्या भएको प्रमुख थापाको गुनासो छ । ‘सुधार गृह भनिएको छ’, थापाले भने,‘बिशेष सुविधा छैन् ।’ दुईसय क्षमताको भीमफेदी कारागारको महिला वार्डमा हाल साढे तीनसय कैदीबन्दी छन् भने ३५ जना क्षमताको पुरानो भवनमा एकसय कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दीले आत्तिएको कारागार प्रशासन बृद्ध र रोगी पनि थपिदा झन् चिन्तित छ । कारागारमा दुईसय बढी कैदीबन्दी लाूऔषध मुद्दाका छन् ।
स्थानाभावका कारण कैदीबन्दीहरु गल्ली र बरन्डमा ओछ्याउन लगाएर सुत्छन् । ‘कोचाकोच भएर बस्नु परेको छ’, कारागारका मुख्य नाइके लुमडी कार्कीले भने, ‘बृद्ध र रोगीलाई झन् समस्या छ ।’ कारागारका कैदीबन्दीले बृद्धलाई बिशेष माया गर्ने गरेको कार्कीले सुनाए । ‘हामीले  बृद्धलाई आफ्नै बुवाझैं व्यबहार गछौं’, कार्कीले भने ।