बिजय तिमल्सिना
हेटौंडा ।
यौनकर्मीभन्दा यसका ग्राहकमा बढी एचआइभी संक्रमण हुने गरेको तथ्यांक राष्ट्रिय एड्स तथा यौनरोग निवारण केन्द्रले सार्वजानिक गरेको छ । केन्द्रले पछिल्लो पटक साउन महिनामा प्रकाशित गरेको रिपोर्टमा पहिचान गरिएका एचआईभी संक्रमितमध्ये अधिकांश यौनकर्मी महिलाका ग्राहक छन् ।
हालसम्म पहिचान गरिएका १८ हजार पाँचसय ३५ मध्ये ४५ प्रतिशत अर्थात् आठ हजार तीनसय व्यक्ति यौनकर्मीका ग्राहक हुन् । जसमध्ये आठहजार दुईसय पुरुष र एकसय चार जना महिला ग्राहक हुन् । एक बर्ष अघि संक्रमित यौनकर्मीको ग्राहकको संख्या सातहजार दुईसय रहेको पहिचान खुलेको थियो । एक बर्षमा यौनकर्मीका एक हजार ग्राहकमा संक्रमण भेटिएको केन्द्रको तथ्यांकले देखाएको छ । मकवानपुरमा हालसम्म एकसय ९६ जनामा एचआईभी संक्रमण भएको तथ्यांक छ ।
मकवानपुर जिल्लामा करिब पाँचसय यौनकर्मी महिलाहरु पहिचान गरिएको एचआईभी रोकथामको लागि सक्रिय जीडब्लुपीका कार्यक्रम संयोजक श्याम बासुकलाले जानकारी दिए ।
परिवार नियोजन संघ मकवानपुरका प्रबन्धक मुरारी रैला यौनकर्मी महिलामा आएको चेतना र बानी परिवर्तनले संक्रमण दर कम भएपनि यसका ग्राहकलाई सचेतना जरुरी रहेको औल्याउँछन् ।
केन्द्रको तथ्यांकअनुसार गृहिणी महिलामा पनि एचआईभी संक्रमण दर बढेको देखाउँछ । हालसम्म नेपालका करिब पाँच हजार गृहिणीमा संक्रमण भएको तथ्यांकले देखाउँछ । एक बर्ष अघि एचआईभी संक्रमित गृहिणीको संख्या चारहजार दुईसय थियो । एक बर्षमा करिब आठसय गृहिणीहरु संक्रमित भएको तथ्यांकले देखाउँछ । प्रबन्धक रैला वैदेशीक रोजगारीबाट फर्किएका पति र संक्रमित पतिका कारण गृहिणीमा संक्रमण दर बढेको हुनसक्ने अनुमान गर्छन् ।
केन्द्रको तथ्यांकअनुसार असुरक्षित सुई प्रयोगका कारण दुईहजार सातसय जनामा संक्रमण भएको तथ्यांक छ । जसमध्ये ६४ जना महिला छन् । नेपालमा स्वास्थ्य सर्वेक्षणमा आधिकारीक मानिएको इराले यही बर्ष काममाडौं र पोखरामा गरेको सर्वेक्षणमा अझैंपनि असुरक्षित सुई प्रयोग गरेर एचआईभी संक्रमण हुने घटनामा नसकिएको उल्लेख छ । इराले ६ सय ८५ जनामा गरेको सर्वेक्षणमा सुई प्रयोग गर्ने काठमाडौंका ६ प्रतिशतभन्दा बढीमा एचआईभीको संक्रमण भेटिएको थियो । पोखराका तीनसय ४५ जना सुई प्रयोगकर्ताहरुमाझ गरिएको सर्वेक्षणमा चार प्रतिशतभन्दा बढीमा संक्रमण भेटिएको थियो । जबकी यी दुवै शहरमा सन् २००४ मा गरिएको यस्तै सर्वेक्षणमा सहभागी सुई प्रयोगकर्तामध्ये क्रमशः ६८ प्रतिशत र २२ प्रतिशतमा संक्रमण भेटिएको थियो ।
सोही सर्वेक्षणमा काठमाडौंका दुई प्रतिशत यौनकर्मी महिलामा नयाँ संक्रमा भेटिएको थियो भने पोखराका महिला यौनकर्मीमा यो दर तीन प्रतिशत थियो । सर्वेक्षणले यौनसम्पर्कको बेलामा कण्डमको प्रयोग गर्ने प्रचलन बढेपनि सन्तोषजनक नभएको देखाएको छ । काठमाडौंका ७३ प्रतिशत यौनकर्मीले मात्र सुरक्षित सम्पर्क गर्ने बताएका थिए । यो मामलामा पोखराका यौनकर्मी अझ कमजोर अर्थात छन् । उनीमध्ये ६१ प्रतिशतले मात्र सुरक्षित सम्पर्क राख्ने सर्वेक्षणको निश्कर्ष छ ।