Tuesday, March 31, 2015

यू-ट्युब दशक

 स्थापनायताको यसको सफलता र लोकप्रियता हेर्दा यो दशकलाई यु्-ट्युब दशक भन्दा फरक नपर्ला । धेरैले यो समयलाई फेसबुकको दशक भनेर नाम पनि दिएका छन् । फेसबुककै युगमा लोकप्रिय यु-ट्युब केहीहदसम्म फेसबुकको छायाँमा परेको हो । तर फरक प्रकृतिको भएकाले यसको सफलतालाई कसैले रोक्न सकेको छैन् ।सन् २०१२ को डिसेम्बर १६ मा नयाँ दिल्लीमा भएको बलात्कारको विषयमा बनाइएको डकुमेन्ट्रीलाई केही दिनअघि बीबीसीले सार्वजनिक गरेपछि भारतीय सरकारले प्रसारणमा प्रतिबन्धल गायो...

एनलोकेटमा गज्जबको डिजाइन

 मानौं काठमाडौंको कुनै ठाउमा तपाईं कतै उभिनुभएको छ । केही कुनै ठाउ खोज्दै हुनुहुन्छ । तपाईंले खोज्नुभएको ठाउ तपाईंको नजिकै पनि हुनसक्छ वा धेरै टाढा । तपाईंको खोजाइमा एटीएम, सिनेमा हल, मल, पार्टी प्यालेस, अस्पताल, रेष्टुरेन्ट वा अन्य जे पनि हुनसक्छ । हामीमा नलजाउने बाानी छ भने त हामी बाटो हिड्ने वा सडक छेउमा पसल गरेर बस्ने साहुजीलाई सोधिहाल्छौं, फलानो ठाउ कहा छ ? सोधिखोजी गरेर ठाउा पहिल्याउने चलन पुरानो भयो ।अब आफ्नै मोबाइलमा खोजेर यस्ता ठाउहरु...

Saturday, December 13, 2014

बाबुको बहादुरी

उनले भविष्यमा सम्हाल्नुपर्ने झण्डै एक दर्जन कम्पनीहरु छन् । त्यसैको तयारीमा उनी वेलायतको यूनिभर्सिटी अफ ईस्ट एङ्लियामा विजनेस म्यानेजमेण्टमा अण्डरग्र्राजुयट गर्दैछन् । तर, उनको मन कुनै कर्पोरेट अफिसमा होइन्, घर र होटलको किचनमा रमाउछ । राहुल श्रेष्ठ, २०, लाई नेपालका पहिलो केवलकार संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको नाति भन्दा धेरैले सजिलै चिन्छन् । आफन्तले उनलाई बाबु भनेर चिन्छन् । राहुल भने पारिवारिक पेशाभन्दा फरक क्षेत्रमा परिचय बनाउन तल्लिन...

के होला फेसबुकले पत्रिका चलाए ?

फेसबुकले एउटा योजनाले अहिले विश्वभरका सञ्चारमाध्यमलाई धर्मसंकटमा पारेको छ । नपारोस् पनि किन ? अहिलेका सञ्चारमाध्यमका पाठक वा दर्शक फेसबुककेा माध्यमबाट कमाएको थियो । तर अघिल्लो महिना आयोजित एक कार्यक्रममा फेसबुकमा मालिक मार्क जुकरवर्गले आफूले आफ्ना प्रयोगकर्ताको रुची अनुसार फेसबुकमै समाचारपत्रको सुविधा दिने महत्वाकांक्षा पालेको सार्वजनिक रुपमा घोषणा गरेपछि यसले विश्वभरका सञ्चारगृहका ध्यान आकृष्ट गरेको हो । योसँगै फेसबुकले बनाउने भनेको समाचारपत्र...

मन बहलाउने जोडी

युट्युबमा पुराना मन पराउनेहरुलाई थाहा छ विजय र पि्रतिको बारेमा । सामान्य नेपालीलाई उनीहरुबारे जानकारी नहोला तर युट्युबमा पुराना नेपाली गीतका कभर सुन्ने बानी परेकालाई भने उनीहरुले राम्रो लत लगाइदिएका छन् । पुराना नेपाली गीतलाई नयाँ स्वरुपमा गाएर उनीहरुले अपलोड गरेको भिडिया यूट्युबमा निकै लोकपि्रय छ । म्यूजिक पढ्ने उद्देश्यले लण्डन गएका उनले म्युजिक त पढ्न पाएका छैनन् तर गायकको परिचय भने बनाइसकेका छन् ।विराटनगरको यो जोडी सन् २००९ मा लण्डन पुगेको थियो...

Saturday, November 15, 2014

नेवाः लिपिको युनिकोड

एक दशकभन्दा बढीको अथक प्रयासपछि अन्ततः नेपाल भाषामा सबैभन्दा बढी प्रयोग गरिने प्रचलित लिपिलाई युनिकोर्ड कन्सोर्टियमले मान्यता दिएको छ । केही दिनअघि मात्रै युनिकोर्डकन्सोर्टियमले नेवाः लिपिको क्यारेक्टर कोर्ड बनाउन आईएसओ पठाइएको हो ।  यूनिकोड कन्सोर्टियम संसारभरका भाषाको यूनिकोडलाई मान्यता दिने निकाय हो । यसअघि नेपालमा प्रयोग हुने किरात, मिथिलाक्षर र लिम्बू लिपिको यूनिकोड बनिसकेको छ । केही दिनअघिको युनिकोर्डक्सोर्टियमको कन्फ्रेन्समा प्रचलित लिपिको यूनिकोडलाई 'नेवाः' नाम दिएर यूनिकोडको मान्यता दिएको माइक्रोसफ्ट इन्नोभेसन सेन्टरका नेपाल प्रमुख...

सयौं दु:ख शिरमाथि...

 १८ वर्षअघि आफूलाई हेर्न त्रिभुवन विमानस्थल बाहिर जम्मा भएका मानिसको भीड देख्दा सुनिता दनुवारले लाजले मुख छोपेकी थिइन् । बेइज्जतीको डरले उनको मनमा आगो सल्किएको थियो । ग्लानिले उनी भित्रभित्रै टुक्रिएकी थिइन् । गत बिहीबार बिहान पनि उनको पर्खाइमा दर्जनौं मानिसहरू त्रिभुवन विमानस्थलमा भेला भए । तर यो पटक उनले लाजले मुख छोप्नुपरेन । छाती गर्वले फुलेको थियो । उनले स्विडेनबाट आफूसँगै ल्याएको सी टेन अवार्डको पोको फुकाइन् र सबैलाई देखाइन् । अनि...