Sunday, December 15, 2013

भर्चुअल दुनियाँमा कालो छायाँ

जनकराज सापकोटा/विजय तिमल्सिना

मंसिरको पहिलो साता महानगरीय प्रहरी परसिर हनुमानढोकाको साइबर सेल पुग्दा इन्स्पेक्टर पशुपति रायलाई भ्याइनभ्याइ थियो। उनी सामाजिक सञ्जालको दुरुपयोगबारे आफूकहाँ आएका उजुरीका फाइलहरूमा घोत्लिरहेका देखिन्थे। भारतको सिक्किम मणिपाल युनिभर्सिटीबाट इन्र्फमेसन टेक्नोलोजीमा स्नातकोत्तर गरेका राय भन्दै थिए, "दैनिक ६/७ वटा सामाजिक सञ्जाल दुरुपयोगका केस आइपुग्छन्। तीमध्ये आधाभन्दा बढी प्रेम सम्बन्ध टुंगिएका टिनएजरद्वारा गरएिका दुरुपयोगका घटनासँग सम्बन्धित हुन्छन्।" त्यति मात्र होइन, उनले पाँच वर्षीय भान्जाको फेसबुक उनकै मामाबाट दुरुपयोग भएको अर्को एक अनौठो घटनाबारे पनि बताइरहेका थिए। पीडित बालकका अभिभावकले एक दिनअघि मात्रै प्रहरी कार्यालय आएर फेसबुकको अम्मलमा परेका छोरालाई यसबाट कसरी मुक्ति दिलाउने भन्ने चासो राखेका रहेछन् ।


इन्टरनेटको बेतारे सञ्जाल जुन गतिमा फैलिँदो छ, त्यही गतिमा फैलिँदै छ, यसका दुरुपयोगका नयाँ नयाँ तथ्य पनि। अनलाइनमार्फत हुने नक्कली प्रेम, नक्कली आकर्षण, नक्कली सम्बन्ध हुँदै अपराधकर्मका नयाँ नयाँ आयामले सुरक्षा निकायलाई मात्रै झस्काएको छैन, यस्ता घटनामा तन्नेरीहरूको बढ्दो सक्रियताले अभिभावकहरूलाई पनि चिन्तामा पारेको छ।

इन्टरनेट सेवा प्रदायक एसोसिएसन नेपाल -आईएसपीएन)का अध्यक्ष विनय बोहरा जन्मिँदा सायद इन्टरनेटबारे अनुसन्धान हुँदै थियो। उनी हुर्किएर स्कुले जीवन पार गर्दा इन्टरनेट समाजका लागि नयाँ विषय थियो। उनले त्यही विषय रोजे र पढे पनि। अहिले पढेको कुरालाई व्यवहारमा लागू गर्दै इन्टरनेट प्रदायकको रूपमा व्यवसाय गरेर बसेका छन्। आफँैले भोगेको त्यो बेला र आफूले देखिरहेको अहिलेको बेलालाई उनी 'अफलाइन' र 'अनलाइन' वल्र्डका रूपमा छुट्याएर हेर्छन्। आफूसँगै हुर्किएको इन्टरनेटले ल्याएको परविर्तन देखेर उनी जति दंग छन्, त्यसभन्दा बढी चिन्तित छन् इन्टरनेटको दुरुपयोग देखेर। जस्तो ः पछिल्ला तीन वर्षमा महानगरीय प्रहरी परसिरमा इन्टरनेटसँग सम्बन्धित अपराधका १ सय ५८ घटना दर्ता भएका छन्। अर्थात्, मासिक तीनभन्दा धेरै साइबर अपराधका घटना सतहमा आउँछन्।

प्रभागका अनुसार प्रत्येक वर्ष अपराधको यस्तो ग्राफ उकालो लाग्दो छ। अनौठो त के छ भने तीमध्ये अधिकांश अपराध सामाजिक सञ्जालसँग जोडिएका छन्। बोहरा भन्छन्, "इन्टरनेटले कायम गरेको निकटता समस्याको कारण पनि बन्दै छ।" २१ भदौमा ताप्लेजुङ साँवा घर भई काठमाडौँको सुविधानगर बस्ने सगुन श्रेष्ठको पक्राउको घटना नै काफी छ, सामाजिक सञ्जालको दुरुपयोग कुन हदसम्म छ भनेर बुझ्न।

वैदेशिक रोजगारको सिलसिलामा दुबई पुगेका श्रेष्ठको सम्बन्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अस्ट्रेलियामा बस्ने मनिता शर्मा -नाम परविर्तन)सँग भयो। झन्डै दुई वर्षसम्म चलेको उनीहरूको सम्बन्ध यति धेरै गहिरयिो कि उनीहरू भर्चुअल दुनियाँबाटै प्रेमी-प्रेमिका भए। यतिसम्म कि, उनीहरूले फेसबुकबाटै नग्न तस्बिरसमेत आदानप्रदान गरे। त्यही विन्दुबाट सुरु भयो, सगुनको फेसबुक अपराध कर्म। सुरुआती दिनमा उनले आफ्नी बिरामी आमाका लागि भन्दै केटीबाट पैसा असुले र पछि पछि नग्न तस्बिर सार्वजनिक गरििदने धम्की दिँदै थप रकम हात पारे। जीवनमा कहिल्यै प्रत्यक्ष भेट नभएका केटालाई पटक-पटक गरी झन्डै २२ हजार अस्ट्रेलियन डलर पठाएपछि केटीका लागि कानुनी लडाइँको विकल्प रहेन। त्यसपछि उनले नेपालमा भएकी आमामार्फत महानगरीय प्रहरी परसिर हनुमानढोकामा घटनाको उजुरी दिइन्। दुबईबाट नेपाल फर्केलगत्तै पक्राउ परेका सगुन जिल्ला अदालत काठमाडौँले ठगी र साइबर अपराधमा तिर्न भनेको नौ लाख रुपियाँ धरौटी तिर्न नसकेर अहिले कारागारमै छन्। उक्त मुद्दालाई नजिकबाट हेररिहेका एक प्रहरी अधिकारी भन्छन्, "यो त हामीले पनि नसोचेको घटना थियो।" इन्टरनेटको बढ्दो विस्तार र सामाजिक सञ्जालसम्मको सहज पहुँचले सूचना क्रान्ति त गर्‍यो तर यसैको आडमा नेपाली समाजमा बिस्तारै नयाँ नयाँ अपराध पनि भित्रिँदै छन्।

काठमाडौँका कीर्तन पोखरेलले फेसबुक पेजमार्फत सुरु गर्न खोजेको यौनधन्दा पनि अपराधको अर्को उदाहरण हो। उनले फेसबुकबाट काठमाडौँमा १० देखि १७ वर्ष उमेर समूहका केटीहरूको सहभागितामा बुंगा बुंगा अर्थात् नग्न पार्टीको आयोजना गर्न लागेको सूचना प्रवाहित गरेका थिए। सिंगापुरस्थित फेसबुक मुख्यालयले नेपालका एक जना फेसबुक प्रयोगकर्ताले फेसबुकको दुरुपयोग गरेर बुंगा पार्टीको नाममा अश्लील धन्दा गर्न लागेको सूचना अन्तर्राष्ट्रिय अपराधविरुद्धको प्रहरी संगठन -इन्टरपोल)लाई उपलब्ध गराएको थियो। उक्त सूचना इन्टरपोलले नेपालस्थित अपराध अनुसन्धान विभागलाई उपलब्ध गरायो। त्यही सूचनाका आधारमा प्रहरीले उक्त फेसबुक एकाउन्टको आईपी ठेगाना पछ्याएर कीर्तनलाई समातेको थियो। अनौठो त के भने उक्त बंुगा पार्टीमा सहभागी हुनका लागि भन्दै अस्ट्रेलियाबाट समेत किशोरीहरूले पेपाल एकाउन्टमार्फत पैसा जम्मा गरेका थिए।

अनलाइन संसारको अपराध यत्तिमै सीमित छैन। इन्टरनेटलाई आधार बनाएर ठग्नेहरूको बिगबिगी पनि बढेको छ। यही बिगबिगीको सिकार भएका छन्, अनलाइनको दुनियाँमा रमाउन चाहने सोझा नेपाली। आर्थिक वर्ष ०६९/७० मा मात्रै ६ वटा एसएमएस चिट्ठाका घटना भएका थिए। यसमा यति लाख रुपियाँ चिट्ठा परेको छ भन्ने बेहोराका यस्ता वेब एसएमएस साइबर अपराधीहरूले विभिन्न मोबाइल नम्बरमा एकैचोटि पठाउँछन्। प्रलोभनमा फसेकाहरू इमेल र सामाजिक सञ्जालहरूमार्फत ठगहरूसँग नजिकिन्छन्। दोहोरो सम्बन्ध गाँसेको भ्रम छरेर ठगहरूले लाखौँ रुपियाँ जिप्ट्याइदिन्छन्। अपराध अनुसन्धान केन्द्रीय विभागका वरष्िठ प्रहरी उपरीक्षक पीताम्बर अधिकारी भन्छन्, "इमेल र वेब एसएमएसमार्फत कारोबार गरेको भ्रम छर्नेदेखि चिट्ठा परेको बताउँदै ठग्ने ठूला गिरोहको सिकार हुने नेपालीको संख्या यति नै छ भनेर तोक्न त सकिँदैन तर यस्ता पीडित धेरै छन्।" यस्ता अधिकांश गिरोहको सञ्जाल नाइजेरयिामा देखिन्छ।

कतिपय साइबर अपराधका घटनामा नेपालीकै संलग्नता देखिन्छ। जस्तो: नेपाल इन्भेस्टमेन्ट बंैकको ई-बैंकिङ् सेवामा प्रयोग हुने ग्राहकको युजर आईडी र पासवर्ड ह्याक गरी उक्त बैंकको नेटवर्कमा अनधिकृत प्रवेश गरी विभिन्न एकाउन्टमा गैरकानुनी रकम स्थानान्तरण गरेको आरोपमा वीरगन्ज निवासी अफताव आलम पक्राउ परे। आलम पक्राउपछि पो घटनाको नयाँ पाटो उद्घाटित भयो। लिड फर्निचरको प्रतिनिधि बताउने बेलायत निवासी ड्यानियल लयलले आलमलाई नेपाल प्रतिनिधि बनाएको र उनकै निर्देशन अनुसार आलमले उक्त काम गरेको तथ्य खुल्यो।

अपराध अनुसन्धान केन्द्रीय विभागले इन्टरपोलसँग समन्वय गर्दा मात्रै थाहा भयो कि, बेलायतमा ड्यानियल लयल भन्ने कोही मान्छे नै छैनन्, न उनले भनेजस्तो फर्निचर कम्पनी छ। खासमा आलम त फेक -नक्कली) इमेलबाट गाँसिएको सम्बन्धको आधारमा अपराध कर्ममा जोडिएका रहेछन्। यो घटनापछि नेपाल प्रहरीले फेक र स्पाम इमेलबाट हुने ठगीका घटनाबाट जोगिन भन्दै सार्वजनिक सूचना नै जारी गरेको थियो।

आर्थिक वर्ष ०६९/७० मा मात्रै साइबर अपराधमा संग्लन भएको आरोपमा अपराध अनुसन्धान केन्द्रीय विभागले १५ जना पक्राउ गरेको थियो। जबकि, अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई मात्र थियो।

बिग्रँदै सम्बन्ध
सामाजिक सञ्जालमा एक वर्षसम्म स्थापित सम्बन्धलाई विश्वास गरेर विराटनगरकी निकिता अर्याल -नाम परविर्तन)ले काठमाडौँमा बसेर एक गैरसरकारी संस्थामा काम गर्ने राजव -नाम परविर्तन)सँग बिहे गरनि्। च्याटरुमको परचिय दाम्पत्य जीवनका लागि कहाँ पर्याप्त हुन्थ्यो र ! भर्चुअल दुनियाँमा माया पाएकी निकिताले बिहेपछि श्रीमान्बाट त्यस्तो माया पाइनन्। त्यसपछि बढ्न थाल्यो, सम्बन्धमा चिसोपना। असहमति र असमझदारी बढ्दै जाँदा निराशाको चरम विन्दुमा पुगेकी निकिताले ओभरडोज सिटामोल खाएर आत्महत्याको प्रयास गरनि्। परविारले समयमै थाहा पाएपछि उनी आत्महत्याको बाटोबाट त जोगिइन् तर उनको दाम्पत्य जीवनले सुखद मोड लिन सकेन।

यतिखेर उक्त दम्पती सम्बन्धविच्छेदको कानुनी बाटोमा छ। यो मुद्दालाई नजिकबाट नियालिरहेकी मनोविद् करुणा कुँवर यसलाई अनौठो मन्दिनन्। भन्छिन्, "मकहाँ पछिल्ला तीन महिनामा झन्डै यस्तै प्रकृतिका दर्जनभन्दा बढी घटना आइसकेका छन्।" कुँवरका अनुसार सामाजिक सञ्जाल र च्याट बक्सबाट सुरु भएका अधिकांश सम्बन्ध कमजोर धरातलमा अडिएका हुन्छन्।

सामाजिक सञ्जालमार्फत हुने विवाहेत्तर सम्बन्धका कारण दाम्पत्य जीवनमा कलहको आगो मात्रै सल्किएको छैन, सम्बन्धविच्छेदसमेत हुन थालेका छन्। काठमाडौँ जिल्ला अदालतमा चलिरहेको मूलपानीका एक डाक्टर दम्पतीको मुद्दा यसैको एउटा प्रमाण हो। एक सन्तानका डाक्टर बाबु फेसबुकमा अर्की युवतीसँगको सम्बन्धमा फसेपछि उनकी पत्नी सम्बन्धविच्छेद र मानाचामल भराई पाऊँ भन्दै काठमाडौँ जिल्ला अदालत पुगेकी छन्। जानकारहरूका अनुसार ठूलो कुल घरानाका दम्पतीबीचको यो मुद्दा सल्टाउन दुवै पक्ष अहिले अनलाइन प्रमाण जुटाउन दिलोज्यान दिएर लागिपरेका छन्।

इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष बाबुराम अर्याल साँघुरो नेपाली समाजमा हुर्केकाहरू फराकिलो भर्चुअल दुनियाँमा छिर्नेबित्तिकै अधिक स्वतन्त्रताको उपभोग गर्न पुग्ने बताउँछन्। स्वतन्त्रताको बेपर्बाह उपभोग धेरैका निम्ति हानिकार बन्दै गएको उनको दाबी छ। भन्छन्, "भर्चुअल दुनियाँमा गाँसिएका सम्बन्ध दिगो हुन नसक्ने यही कारणले हो।" महानगरीय प्रहरी परसिरको साइबर सेलमा आउने धेरै घटना अनलाइनबाट सुरु भएका सम्बन्ध बिगि्रएपछिका परण्िाामसँग सम्बन्धित हुन्छन्। प्रहरी निरीक्षक राय भन्छन्, "अनलाइनमै सबै कुरा विश्वास गरेर प्रेम गर्नेहरूले दुःख पाएका धेरै उदाहरण छन्।"
जोखिममा बालबालिका
इन्टरनेटको सञ्जाल सामाजिक सम्बन्ध निर्माण र ज्ञान विकासमा मात्रै सीमित रहेन। सानै उमेरदेखि इन्टरनेटको संगतमा हुर्किरहेका बालबालिका यसको लतमा फसिरहेका छन्। कतिपय बालबालिका त लतकै कारण सामाजिक सम्बन्धको दुनियाँबाट समेत अलग्गिँदै छन्। मनोविद् करुणा कुँवर अधिकांश अभिभावकको चिन्ता छोराछोरीलाई इन्टरनेटको अम्मलबाट कसरी छुटाउने भन्ने नै रहेको बताउँछिन्। भन्छिन्, "इन्टरनेटको उपयोग कुन उद्देश्यका लागि गरन्िछ भन्ने प्रस्ट नहुँदा समस्या जन्मेका हुन्।" त्यसैले बालबालिकाहरू अश्लील साइटको नियमित भिजिटर मात्रै भएका छैनन्, अश्लील कर्ममा समेत उद्यत भएका उदाहरण भेटिएका छन्।

बालबालिकाको क्षेत्रमा काम गररिहेको संस्था सिविन नेपालकी कार्यकारी संयोजक सुम्निमा तुलाधर सहज इन्टरनेट पहुँच पाएका बालबालिकाको सामाजिकीकरणमा असर परेको बताउँछिन्। बालबालिकाको इन्टरनेट प्रयोगका विषयमा अनुसन्धानमा संग्लन तुलाधर चार वर्षअघि सिविनले गरेको सर्वेक्षणको अनौठो नतिजा अघि सार्छिन्। सिविनले सन् २००८ मा १ हजार ५ सय बालबालिकामा गरेको सर्वेक्षण अनुसार ३६ प्रतिशत बालबालिकाले जानीजानी अनलाइनमा यौनजन्य सामग्री हेरेको बताएका थिए। सहभागीमध्ये ३५ प्रतिशतले इन्टरनेटमा आफूले वास्तविक जीवनमा नगर्ने काम गरेको र भनेको उत्तर दिएका थिए। उक्त सर्वेक्षणले ११ प्रतिशत बालबालिकाले नचिनेकासँग अनलाइनमार्फत नै यौनजन्य कुराकानी गरेको देखाउँछ।

अध्ययनपछिका चार वर्षमा नेपालमा इन्टरनेटको बेतारे सञ्जाल झन् धेरै फैलिसकेको छ। बालबालिकाको ठूलो संख्या यसको पहुँचमा छ। तुलाधर भन्छिन्, "अहिले अवस्था झनै गम्भीर भइसकेको सहजै अनुमान गर्न सकिन्छ।"

इन्टरनेटमा बालबालिकाले सिक्न सक्ने कुरा धेरै भए पनि सही अभिभावकत्वको अभावमा उनीहरूले गलत सन्देशहरू लिइरहेको तुलाधरको अनुभव छ। बालबालिकालाई यस्तो जोखिमबाट बचाउन इन्टरनेटमा हुने उनीहरूको क्रियाकलापमा निगरानी जरुरी भइसकेको छ।

अश्लील साइटहरूको नियन्त्रणमा सरकारले कुनै पहल नचालेको भने होइन। तर, त्यो मात्रै पर्याप्त छैन। अघिल्लो वर्ष मात्रै गृह मन्त्रालयले गरेको आग्रह अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले एक सयभन्दा धेरै अश्लील साइटहरू बन्द गरििदएको थियो। अपराध अनुसन्धान विभागका एक अधिकारी भन्छन्, "यस्ता साइटहरू बन्द गरेर मात्रै समस्या समाधान हुनेवाला छैन। त्यसका लागि बच्चाहरूलाई मनोवैज्ञानिक रूपमै सचेत र सक्षम बनाउन जरुरी छ।"
नेपाल साप्ताहिकमा प्रकाशित