Thursday, December 19, 2013

रेसरको रहर

काठमाडौ, कार्तिक २८ -आशिषकुमार शाक्य (एकेएस) अहिले काठमाडौंमा छन् । धेरैका लागि यो खबर
सामान्य लाग्न सक्छ । तर, बाइक राइडिङमा रुचि भएका सयौं तन्नेरीका लागि उनी आदर्श पात्र हुन् ।
दसैंलगत्तै उनकै नेतृत्वमा गरिएको राइड विथ एकेएस नाम दिइएको र्‍यालीमा झन्डै २ सय मोटरसाइकलले उनलाई पछ्याए । वसन्तपुरदेखि पनौती बसपार्कसम्म पुगेको र्‍याली उनकै सम्मानमा आयोजना गरिएको थियो ।


लगभग ७ वर्षअघि पढाइका लागि अमेरिका उडेका उनी दसैंअघि नेपालकै पहिलो सुपर बाइक रेसरका रूपमा घर फिरेका थिए । उनी अमेरिका जानुअघि यहाँ रेसिङको सम्भावना देखेकै थिएनन् । आफ्ना साथी दिपेश श्रेष्ठले नेपालमा अहिले राइडर ग्रुप मात्रै ४० वटाभन्दा बढी भएको अनुमान गर्दा उनी दंग परेर सुने मात्रै । दिपेश राइडर युनिफाइड नामक स्टन्ट ग्रुपका लिडर हुन् ।


सानोमा भिडियो गेमका रूपमा मोटो जीपी खेल्दा उनमा रियल ट्रयाकमा हुइँकिने सपना रोपिएको थियो । अहिले उनी त्यही सपनाको आधा बाटोमा हिँडिरहेका छन् । अमेरिकामा सुपर बाइक रेसिङ ट्रयाकमा हुइँकिने उनलाई अब बाइक रेसको विश्वकै ठूलो प्रतियोगिता मोटो जीपीको रियल ट्रयाकमा कुद्नुछ ।

कुनै बेला बुबाको १०० सीसीको आरएक्स बाइक लुकीलुकी चलाउने फुच्चे अहिले अमेरिकाको ट्रयाकमा निष्पिmक्री हजार सीसीको प्रोटोटाइप -रेसिङका लागि बनाइएको) बाइक कुदाउँछन् । काठमाडौंमा हुँदा एक गियरको उनको स्पिड अहिले २९० किलोमिटर प्रतिघन्टामा पुगेका छन् । उनले चलाउने बाइकको सीसी र स्पिडले पनि उनको प्रगतिको जनाउ दिन्छ ।

मोटरसाइकलका उनी पर्फ]{ट चालक भइसके । आपmना पाँच साथी मिलेर अमेरिकाको सेन्ट पोलमा खोलेको आफ्नै इन्स्िटच्युटमा उनी अरूलाई सेफ्टी राइडिङ, ट्रयाक राइडिङ, रेस राइडिङ र बडी पोजिसनको कला सिकाउँछन् । व्यावसायिक क्लब सेन्ट्रल रोडरेसिङ एसोसिएसन -सीआरए) आबद्ध राइडर आशिष यो वर्षको ट्रफी ड्यास जितेर नेपाल आएका हुन् ।

यो सीआरएको एक्सपर्ट लेभलको प्रतिस्पर्धा हो । एक्सपर्ट लेभलमा आउनुअघि सन् २०१० मा उनले सुरुवाती लेभलको ट्रफी ड्यास जितेका थिए । बिगिनर लेभलबाट रेस सुरु गरेका उनी अहिले सीआरएका एक्सपर्ट रेसर हुन् । बिगिनर लेभलबाट एक्सपर्ट लेभलमा पुग्न अरूलाई ३-५ वर्ष लागेको थियो रे, तर उनले २ वर्षमै स्टेप पार गरे । प्रत्येक सातामा हुने रेसमा उनले अरूलाई उछिन्दै गएपछि उनको चाँडै बढुवा भएको थियो ।

अमेरिका जानुअघि बुबाले किनिदिएको १७० सीसीको काइनेटिक लेजर कुदाउँथे आशिष । त्यही बाइकमा उनले मोटो जीपीको भिडियो गेम खेल्दाखेरिको जुक्ति लगाउँदै रेसिङ प्राक्टिस गरे । गेममा देखिएझैं घुमाउरो बाटो खोज्दै साथीहरूसँग नगरकोटको डाँडो उक्लिए र स्टार्ट बन्द गरेर ओरालोमा बाइक कोल्ट्याउँदै कुदाए । यस्तो क्षण उनको सम्झनामा मात्रै आउने छन् ।

अब उनी बाइक कुदाउने लहडले त्यही उकालो उक्लिने छैनन् । उनले थाहा पाइसके, बाइक राइडिङ भनेको बेपर्वाह कुदाइ होइन, सुरक्षित हँकाइ हो । बाइक कुदाउँदैमा राइडर भइन्न । उनी आफूलाई धार्मिक भन्न रुचाउँछन् । अमेरिका हुँदा पनि नियमित पूजा गर्छन् रे । त्यसैले आफ्नो दुर्घटना नभएको उनको ठम्याइ छ ।

के उनको बाइक कहिल्यै दुर्घटना भएन ? 'भगवान्को कृपाले ठूलो दुर्घटना भएको छैन,' उनले सुनाए । तर कक्षा १० मा पढ्दा वीर अस्पताल अगाडि भएको दुर्घटनाको सानो खत उनको दाहिने नाडीमा अझै छ । 'त्यति बेला स्पिड चलाउन हुन्नथ्यो,' उनी अहिले सम्भिmन्छन् । बाटो काटिरहेको यात्रुलाई एउटा भ्यानले छेकेको रहेछ । बेगवान उनी अगाडिपट्ट िझट्ट पैदल यात्रु देख्दा नियन्त्रण गुमाएर भुइँमा बजारिन पुगेका रहेछन् । त्यही घटना उनका लागि सेफ्टी राइडिङको मार्गदर्शन बनेको छ । मञ्जुश्रीको गल्लीमा रकेटजसरी बाइक कुदाउँदा तर्सिने छिमेकीलाई उनले पाएको यो दिव्य ज्ञानका बारे जानकारी छ कि छैन् होला ?

अमेरिका पुग्ने बित्तिकै कसैले उनलाई सम्झाउन खोजेछन्, 'यहाँ बाइक चलाउन नेपालको जस्तो सजिलो छैन ।' त्यसकै झांेकमा १००० सीसीको फेजर-वान बाइक लिएर ट्रायल दिन गए र पास भए । अनि सडकमा मोटरसाइकल कुदाउने लाइसेन्स पाए । यो उनी अमेरिका पुगेको ८ महिनापछिको कुरा हो । हेभी बाइकले नै

ट्रयाल पास गरेर देखाइदिँदा ती व्यक्ति

चित् खाएछन् । फेरि अर्को वर्षको अन्त्यतिर उनले थ्यौरी र प्राक्टिकल पास गरेर रेसिङ लाइसेन्स पाए । त्यसयता उनको स्पिड रोकिएको छैन ।

सुपर बाइकहरू कम्पनीले तयार पारेका बाइकहरू हुन् । यस्ता बाइकहरू कम्पनीहरूले मोडिफाई गरेर बनाएका हुन्छन् । यस्ता बाइकहरू बिक्रीका लागि बनाइएका हुन्छन् । रेस गर्नका लागि त्यसलाई केही परिमार्जन गरिन्छ । मोटोजीपी बाइक भने फरक खालका हुन्छन् । ती बाइकहरू मोटो जीपीकै लागि मात्रै बनाइन्छ । तिनका ब्रेक, पांग्रा र हरेक पुर्जाहरू खेलको नियमअनुसार हुन्छन् ।

ती बाइक सडकमा गुड्नका लागि होइन, ट्रयाकमा दौडिनका लागि मात्रै हुन्छन् । आशिष अहिले अमेरिकाभित्रैको क्लब प्रतिस्पर्धामा सीमित छन् । अब उनको बाटो अमेरिकाकै अमेरिकन सुपर बाइक च्याम्पियनसिप, वल्र्ड सुपरबाइक च्याम्पियनसिप र मोटोजीपी रेसका लागि हुनेछन् । तर यी सबै गर्न अमेरिका र्फकनुअघि उनमा नेपालकै लागि केही गर्ने रहर छ ।

नेपालका केही साथीसँग नेपाली राइडरका लागि कसरी अवसर सिर्जना गर्न सकिन्छ भनेर उनी छलफलमा छन् । के छलफल ? उनी आफूले जानेको सीप अरूलाई बाँड्न चाहँदैनन् । सबै योजना अहिले नै सार्वजनिक गर्न चाहन्नन् । गोप्य राख्न चाहन्छन् । योजना मात्रै होइन, उनी आफ्नो उमेर पनि अरूलाई थाहा नहोस् भन्ठान्छन् । किन ? 'उमेर थाहा भयो भने मान्छेले मलाई बूढो भन्न थाल्छन् । ...हाहाहा ।'
(हेल्लो शुक्रबारमा प्रकाशित )