Saturday, August 6, 2011

नाकरिकता नबनेपछि रिक्साचालक

हेटौडा बजारबाट बाट केही मिटरको दुरीमा रहेका एक रिक्सा ग्यारेजको पछाडी पट्टि मधुर बत्ति बलेको सानो छाप्रोमा गा“ईगु“ई अवाज सुनिन्छ । पुसको जाडोले कठ्याङ्ग्रीदै  सहरवासी सिरकमा घुस्रिदै गर्दा सुत्ने तरखरमा रहेको रिक्सा चालकहरु भने कार्टुनका टुक्रा यता र उता तानतुन गर्दै छन् । अनि कोही एकसुरमा बर्बराउदैछन्, दिनभरीका घटना सम्झेर । सायद सा“झ नहु“दै रित्याएको गिलासको ‘ह्याङ’ अझै उत्रेका थिएन । भविष्यस“ग हारे झै अरुका सुविधाका खातिर पा“च र दश रुपिया“ बटुल्न दिनभर खटिएर ‘एक गिलास’ पिएकै भरमा मिठो निन्द्रामा सुन्दर भविष्यको सपना देख्नेहरुको रुपमा परिचित रिक्सा चालक अर्को भाषामा भन्दा रिक्सावालाहरुको सामुहिक अड्डा थियो त्यो ।

जहा“ रिक्साको पाइडलमा दशर्कौै खुट्टा घुमाउ“दाघुमाउ“दै चाउरी अनुहार बनिसकेकाहरुका बीचमा थिए उज्याला बर्णका फरासिला युवा । आफूलाई १८ बर्षको बताउने उनले आफ्नी २१ बर्षकी श्रीमती भएको बताउनु हिच्किचाएनन् । ‘तपाईंलाई के ढाट्नु मेरी श्रीमती २१ बर्षकी छिन्, एक छोरा डेढ बर्षको छ, अर्की छोरी तीन महिनाकी भई्’, नारायणघाटमा जन्मिएर, राक्सिराङमा हुर्किदै बसामाडीमा आइपुगेका दीपक लामाले हा“स्दै भने ।

तर, उनको हा“सामो गुम्सिएको पीडा बुझिनसक्नुको थियो । दीपकको विगत खोतल्दै जा“दा उनले आफ्नो मनको गा“ठो यसरी फुकाले ‘यसअघि म गाडी चलाउथे’, उनले यति भन्दा लाग्न सक्छ ‘स्टेरिङबाट हन्डिलमा किन ?’ उनलाई स्टेरिङ समाउन रोक्ने का“डा बन्यो उनको नागरिकता । नागरिकताको का“डाले उनको मुुटुमा घोचेको छ । यतिखेर ‘गुरुजी’ ले पुकारिने उनी ‘ओइ १ रिक्सा’ को कर्कश आवाथ सुन्न बाध्य छन् ।

उनले  रिक्सा चालाउनु बाहेक कुखुरा फाराममा काम गर्ने काम पनि गरेका रहेछन् । हेटौेडा कमानेमा रहेका कुखरा फाराममा लगभग १ बर्ष काम गर्दा नै  उनको सुमित्रा बलस“ग ‘कनेक्शन’ सुरु भएको थियो । अनि त के बिहे गर्न उनको १३ बर्षे उमेरले छेकेन । हत्तनपत्त उनले बिहेको सुरसार कसे र छिट्टै एक छोरा र एक छोरीको बाबु बने । आफू १३ बर्षको नहु“दादेखी नै मजदुरी गर्न हिड्न थालेको पनि उनले सुनाए ।

उनको जम्म २०४८ सालमा नारायणघाटमा भएको रहेछ । सानै छदा“ हेटौडा नगरबाट पश्चिमको राक्सीराङ गाविसमा बस्ने आफ्नी हजुुरआमाकहा“ ल्याइएका रहेछन् । उनले आफ्नो बाल्यकाल राक्सिराङकै डा“डा र पखेरोमा बिताए । उनको परिवार ९ बर्ष अघि बसामाडीमा बसाई सरेका थियो । त्यो बेला उनी ९ बर्षकै थिए ।

दुर्गमबाट सुगम ठाउ“मा बसाई सरे पनि उनले पढ्न भने पाएनन् । ‘मैले २ कक्षा पढेर छाडेकी हु“’ उनले नढा“टी भने ‘परिवारको आर्थिक अवस्था राम्रो थिएन् ।’   

दैनिक रिक्सा चालउ“दा उनको आम्दानी कहिलेका“ही चारसम्म पनि पुग्छ तर कहिले भने साहुलाई रिक्साको भाडा तिर्नसमेत नपुग्ने उनको अनुभव छ । रिक्सा चलाएबापट उनले साहुलाई दैनिक ६२ रुपिया“ तिर्नुपर्छ । कमाई भए पनि वचत नहुने उनको तर्क छ । ‘बिहान भात खाउ, बेलुकी खाउ, खाजा भन् , यताउता गर’ उनले हिसाब देखाए । ‘अझ, छोराछोरीलाई ख्वाउ, श्रीमतीको इच्छा पुरा गर्दा त के पैसा हुन्थ्यो र’, उनले भने । उनकी श्रीमती हाल माइती मन्क्रान्चुली मै बस्छिन् । दिनभर रिक्सा चलाएर थाकेका उनी साहुले बनाइदिएको सानो छाप्रोमा अन्य झन्डै दर्जन चालकहरुस“गै सुत्छन् । एउटै कोठा भएको छाप्रोमा एउटै मात्र खाट छ जहा“ सुत्न उनले पालो कुर्नुपर्छ । यसबाट उनको कोठाभाडा त जोगिएको छ तर आफूभन्दा पाका चालकहरुको रक्सी पिउने र तास खेलेर पैसा उडाउने बानिले भने उनी आजित छन् ।‘यस्तै बानिले हो रिक्सावालाहरु तल परेका’, उनले आफ्नो परिवक्वपन देखाए ।

सानै हुदा“ बुवाले सानी आमा ल्याउदा उनले पत्तै पाएनन् तर यही घटनाले उब्जिएको पारिवारीक कलहको शिकार भने सुमित्रा बलकी श्रीमान् दीपक बने । ‘घर झगडा भएको बेला बुवाको नागरिकतास“गै मेरो जन्मदर्ता पनि जल्यो’, उनले सुनाए– घटनापछि उनलाई आफ्नो नागरिकता बन्नै सक्दैन भन्ने लाग्यो र बनाउने प्रयास पनिे. गरेनन् जसले गर्दा आफूले बर्ष दिनसम्म सहचालक बनेर घुमेपछि तीनमहिनादेखी चलाउदै आएको हेटौडा काठमाडौ रुटको ट्रक ड्राइभरको जागिरबाट उनले हात धुनुप¥यो । किनकी उनीस“ग लाइसेन्स थिएन् । लाइसेन्स बनाउन नागरिकता चाहिएको थियो तर उनलको जन्मदर्ता जलिसकेको थियो । ‘गाउ“का दाइहरुस“ग सोध्दा जन्मदर्ता नभए नागकिता बन्दैन भन्ने जवाफ पाए अनि रिक्सा चलाउनतिर लागे’, बिगत दुईछोरीका बुवा बनिसकेका उनले भने । नागरिकता नबने भएपछि निराश बनेका उनले रिक्साको ह्यान्डलबाहेक अन्त कतै आफ्नो जीवन देखेनन् तर अहिले भने उनीमा बिदेश जाने रस पसेको छ । ‘केहीगरी नागरिकता बने, बिदेश जान्थे’, शेरबहादुर र सीतामायाको जेठा छोरा दीपकले भने । ‘नेपालमै बसेर पनि कमाउन त कमाइन्छ तर बचाउन सकिन्न’, उनको अनुभव हो यो । मिल्ने भए आफ्नो नागरिकता बनाउन सहयोग गर्न उनको आग्रह थियो । समाप्त