Saturday, August 6, 2011

फेसबुकमा भेटिएकी नक्कली

बिजय तिमल्सिना


तिम्रो घर कहाँ हो?, मैले सोध्नेवित्तिकै उसले जवाफ फकाई –मधेस
ए त्यसो भए तिमी नेपाली हौ ?
हाइन–उसले भनि– म मधेसी
मधेसी भएपछि नेपलाी भए न त ? –आश्चर्य मान्दै मैले सोधे ।
होइन्–उसले यति मात्र लेखी
कसरी ?–मैले थप जान्न चाँहे ।
मधेस छुट्टै भूमि हो । –उसले बुझउन चाही ।
मधेस कहाँ पर्छ त ?–मैले मधेसको अस्तित्वमा प्रश्न गरे ।
नेपाल र भारतको बीचमा –उसले सजिलै जवाफ फकार्ई ।
“कस्ती ज्याद्री रै छे” म दोधारमा परे र सोधे–कसरी ?
“मधेस छुट्टै भूमि हो, जबरजस्ती नेपाल बनाइएको हो”, मैले च्वाँक भनेर कुरा गरेको केटी त झन् ज्याद्री हुँदै गएकी थिइँ । उसले त नेपाललाई नै नेपाल होइन् भनेर प्रमाणित गर्न कम्मर कसिरहेको थिइँ । के कुरा गर्छु भनेर सोचेको थिए तर कुरा देश र राष्ट्रियतातर्फ मोडिएको थियो । सुन्दरी भनेको त फोहोरी पो रै छे– आफ्नो इच्छा पूरा नहुने भएपछि मैले भन्ठाने र फेरी प्रश्नहरु बर्साउन थाले । यतिबेला म जिज्ञासु र ति केटी मलाई नेपालको इतिहास र वर्तमान बुझाउँदै नेपालको भूभागमा मधेस भन्ने ठाउँ पर्दैन भनेर सम्झाउने दार्शनिक झैं भएकी थिइ ।
त्यसैले मैले फेरी सोध्न थाले–तिमीले भन्ने खोजेको के हो ? मैले बुझिन् ।
नेपालको सेनामा र सरकारी सेवामा कुनै मधेसीलाई देख्नु भएको छ ?– यसको चित्त साह्रै दुखेको रै छ भन्ठाने मैले । अनि मैले पनि थमथम्याउने कोशिस गरे–धेरै मधेसीहरु नेपालका गणित र अंग्रेजी शिक्षक छ नि त ? तिमीलाई थाहा छैन् ?
त्यति पर्याप्त छैन–उ बाउठिन थालिसकेकी थिइँ ।
मलाई लाग्यो यसले म सँग निहुँ खोज्दै छे । त्यसैले म पनि के कम, निहु खोज्ने कुरा गर्न थाले ।
त्यसो भए तिमी नेपाली होइन् भारतीय बन्ने खोजेको छौं– मेरो प्रश्नले थला बस्छे भन्ठानेको थिए मैले तर उसले तुरुन्तै जवाफ दिई– अब हामी कसैको दास बन्न चाहन्नौ, स्वतन्त्र बन्न चाहन्छौं । उसले आफूले आफैलाई वर्तमान दासको संज्ञा दिंन थाली ।
दिल्लीमा बस्छु भनेर उले फेसबुकमा लेखेकी थिई ।
मलाई अलि बढी खुल्दुली भयो र उसको वाल भिजिट सुरु गर्न थाले । जतिबेला हामी म्यासेजबाटै एकअर्कालाई आफ्नो विचार थोपरीरहेका थियौं ।
उसले लेखेकी थिई–मधेसकका करिब डेढ लाख बिद्यार्थी नेपालको काठमाडौं, पोखरा र धरानजस्ता शहरमा पढ्नका लागि मधेसको ठूलो धनराशी त्यता खेर गइरहेको छ । उसले दुरुस्त हिसाब पनि गरेकी रै छ, एकजनाको मासिक खर्च ४ हजार र पढाई शुल्क गरी ६५ सय मासिक अनि डेढ लाख बिद्यार्थीको बाह्र महिनाको खर्च ११ अर्ब ७० करोड जति । यस्तै यस्तै थियो उनको हिसाबकिताब ।
अरु हेरे, उसले लिंक गरेकी रै छ । नेपाली जातियता हो राष्ट्रियता होइन् । कसरी ? म चकित परे ।
लिड्ढ क्लिक गरे । अनि पुगे अर्को ठाउँमा जहाँ लेखिएको थियो–नेपाली जातियता हो राष्ट्रियता हाइन, किनकी आफूलाई नेपाली भन्न मन पराउने नेपालभन्दा बाहिरका नेपाली नागरिकता नभएको धरै मान्छेहरु धेरै छन् जो आफूलाई नेपाली भन्न रुचाउँछन् । के तिनीहरु नेपाली हुन त ? प्रश्न निकै गहकिलो लाग्यो ।
तर, मलाई चित्त बुझेको थिएन् । मैले म्यासेजमा कुरा गरिरहेको केटी जियारा साहको एकाउन्टमा फर्किए र फेरी उनको वालपोष्ट हेर्न थाले । जहाँ लेखिएको थियो । मधेसको वन, पहाडियाको धन । मलाई धेरै रिस उठेको थियो किनकी म केहीबेर अघिसम्म भ्रममा थिए । अब, शंका लाग्न थाल्यो । यो केटी होइन कि क्यो हो ? उसको वालपोष्टमा कमेन्ट हेरे धेरैलाई मलाईजस्तै रिस उठेको रै छ । अनि उनीहरुले लेखेका रैछन् – नक्कली भेषमा देश टुक्र्याउने कुरा नगर राँडी, सक्कली भेषमा कुरा गर । सायद अरुलाई पनि मेरैजस्तो शंका र रिसले सताएकाले हुनुपर्छ यस्तो भावमा कमेन्ट पोखिएको थियो ।
अब, मैले उसँग धेरै कुरा गरिरहनु थिएन् । किनकी उसको एकान्टमा रोखको चारवटा फोटोमा केटी नै भएपनि उसको व्यबहार भने केटीको भेषमा अबवाह फैलाउनु रै छ ।
फेसबुकमा भेटिएकी भनिएकी यति राम्री सुन्दरी हातबाट फुत्किएको पीडाले भन्दा पनि अब फेसबुकको प्रयोग नेपालको विरोध गर्न पनि  हुन थालेछ भन्ने चिन्ताले मेरो छटपटाहट बढायो । अनि मैले फेसबुक साइन आउट गरी सोच्न थाले–के यो फेसबुकमा भेटिएकी नक्कलीले भनेझैं नेपाल र मधेस छुट्टै हो त ? मलाईजस्तै आजसम्म कतिलाई यसले नेपाल र मधेस छुट्टै हो भनेर बुझाउन प्रयास गरी होली ? अनि कसैले यसको कुरा पत्याए भने के होला ?



Categories: