Saturday, August 6, 2011

फेसबुकमा साम्प्रदायिकताको गन्ध

बिजय तिमल्सिना


    हेटौंडा÷ आधुनिक जीवनको लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै साम्प्रदायिकरुपमा विभाजन ल्याउने गरी अभियानै थाल्ने प्रवृत्ति बढेको छ । आधुनिक प्रविधिको दुरुपयोग गर्दै नेपालको राष्ट्रियता र यहाँको एकतामा नै खलल् पुग्ने गरी भड्किलो सामाग्री राखेर साम्प्रदायिकरुपमा विखण्डित गर्न विभिन्न व्यक्ति र समूह लागिपरेको पाइएको छ ।
    यस्ता व्यक्तिहरुले नक्कली नाम र ठेगाना राख्नुका साथै सुन्दर युवतीको तस्वीर राखेर नेपाल र तराई छुट्टै भुभाग भएको, तराईबासी नेपाली हैनन् भन्नेजस्ता उत्तेजक सामाग्री राखी विखण्डनका पक्षधरको पक्षपोषण गर्न उद्यत रहेको पाइएको हो । युवतीको सुन्दर तस्वीर राखेर धेरैभन्दा धेरै व्यक्तिहरुलाई साथी बनाउँदै जबरजस्ती विभिन्न तर्क लादेर नेपालको भुभाग तराई होइन्, नेपालीले तराईबासीलाई कहिल्यै न्याय गरेको छैनन् भन्दै तराईबासीहरुप्रति सहानुभूति राखेको जस्तो देखाउँदै विखण्डको पक्षमा लाग्न आव्हान समेत गर्न थालेका हुन् ।
    विखण्डित भावना जगाउने सामाग्रीहरु राखेर साम्प्रदायिक हिंसा फैलाउन खोज्नेहरुसँगको देशप्रेमीहरुको जुहारीका कारण फेसबुक पनि राष्ट्रियताको भावना जगाउने र विखण्डन गराउने खोेज्नेहरुको वैचारीक मतभेद पोख्ने थलो बनेको छ ।
    फेसबुकमा यस्तो साम्प्रदायिकताको भावना जगाउन तल्लीन व्यक्ति÷समूहले जियारा साह नाममा फेसबुक एकान्ट खोलेर अभियानै थालेका छन् । जसमा जियारा नाम उल्लेख गर्दै एक सुन्दर युवतीको चारवटा तस्वीर राखिएको छ । जियाराको नाममा ४४ सय सयभन्दा बढी साथीहरु छन् । हरेक दिन एक दर्जनभन्दा बढी साथीको संख्या बढीरहेका भेटिन्छ । यसबाट पनि धेरैभन्दा धेरै साथी बनाएर साम्प्रदायिक भावना जगाउने खालका विखण्डित विचार प्रवाह गर्ने उक्त व्यक्तिको अभिप्राय प्रष्टिन्छ ।
    जियारा साहको नाममा हरेक दिन तराई छुट्टै हुनुपर्ने तथा नेपाली र तराईबासी एकै नभएको आशय रहेको विचार सामाग्रीहरु राखिने गरेको छ । जसमा उनका अधिकांश मधेसीमूलका साथीहरुले सहमति जनाएको फेसबुकले देखाउँछ भने कतिपयले उनको विचारको विरोध गरेका छन् । उनको राखेको फेसबुक स्टाटसमा कयौं नेपाली मूलका व्यक्तिहरुले असहमति जनाउँदै तराई पनि नेपालकै भूभाग भएको जिकिर गरेका छन् ।
    साहको नाममा शनिबारै तराईमा पहाडीमुलका मान्छेलाई मात्र नेपाली भनेर सम्बोधन गरिने भन्दै तराईबासी नेपाली होइन् भन्ने आशयको सामाग्री राखिएको छ । जसमा करिब दुईसय जनाभन्दा बढीले कमेन्ट गरेका छन् । अझ् केही नेपाली मूलका व्यक्तिहरुले आँङै जिरिङ्ग हुने गरी मनपरी कमेन्ट गरिदिंदा आफूलाई नेपाली भन्न रुचाउने र तराईबासी भन्न रुचाउँनेहरुबीच द्धन्द्ध नै चर्केको झैं देखिन्छ ।
    साहले आफ्नो एकान्टमा तराईका डेढ लाख बिद्यार्थी नेपालको पोखरा, काठमाडौं, धरानजस्ता शहरमा पढ्न जाँदा बार्षिक ११ अर्बभन्दा बढी रकम तराईबाट बाहिरिएको, तराईको वन पहाडियाको धन भएको जस्ता नेपालीबीच नै वितृष्णा फैलाउने किसिमको भनाई र विचारहरु राखिएका छन् । आफ्नो बारे थोरै जानकारी र फोटो राखेर धेरै साथी बनाएर विखण्डित विचार प्रहाग लगातार गरिरहेकाले नेपालीबीच द्धन्द्ध बढाउन र वेमेल बढाउन विभिन्न समूहले नै प्रविधिको दुरुपायोग गरि योजना बनाएको हुनसक्ने अनुमान गरिएको छ ।
    साहको नाममा खोलिएको एकान्टजस्तै फेडरल डेमोक्रेटिक रिपब्लिक नेपाल भन्ने नाममा खोलिएको एकान्टमा नेपाली जातियता भएको राष्ट्रियता नभएको दाबी गरिएको छ । दार्जिलिङ, सिक्किमेलीहरुलेसमेत आफूलाई नेपाली भन्ने गरेकाले नेपाली राष्ट्रियता नभई जातियता मात्र भएको तर्क गरिएको छ ।
Categories: ,