Saturday, August 6, 2011

चर्पी नभएको गाउको अघि बढ्ने लक्ष्य

हेटौंडा÷ मकवानपुरको सदरमुकाम हेटौंडाबाट १० घन्टाको हिडाइ पछि पुगिने डा“डा“खर्क–५, बैकुण्ठ यस जिल्लाकै दुर्गममध्येको एक हो । तामाङ बाहुल्यता भएको यस क्षेत्रका जनतामा अहिले अब त केही गर्नै पर्ने भावना जाग्न थालेको छ । यसका लागि उनीहरुले महोत्वसलाई माध्यम बनाउदै छन् ।

बैकुण्ठको बिशेषता भनौ या परिचय यो गाउ“का झन्डै दुईसय घरधुरीमा चर्पी छैन् । साक्षरता दर अत्यन्तै न्यून रहेको गाउ“का मानिसहरु चर्पीको महत्वबारे अनभिज्ञ रहेको डा“डाखर्क स्वास्थ्य चौकीको भोला चौलागाइको बुझाई छ । जिल्लामा विभिन्न गैरसरकारी संस्थाहरु कार्यरत रहेपनि अति विकट मानिएको यस क्षेत्रमा ति चेतना फैलाउन तिनले दायित्व सम्झिएका छैनन् ।  बैकुण्ठ क्षेत्रको एकमात्र सरस्वती प्राविमा २ सय बालबालिका भर्ना गरिएको भएपनि दैनिक सय बिद्यार्थी मात्र उपस्थित हुने गरेका शिक्षक रामचन्द्र कुशवाहले बताउनुभयो –‘पहिले त यति पनि हुन्थेनन् ।’

तर, गाउ“ले महत्वाकांक्षा भने सुन्न लायकको छ । आफ्नो गाउ“लाई पर्यटकीय गन्तव्य बनाउदै संस्कृति जोगाउने उनीहरुको योजना पूरा गर्न प्रत्येक बर्ष झैं यो बर्ष पनि बैकुण्ठ सा“स्कृति महोत्वस सम्पन्न गरेका छन् ।

सरकारले घोषणा गरेको पर्यटन बर्षलाई समेत मद्दत पु¥याउने उद्देश्य राखिएको महोत्वसमा मकवानपुर जिल्लासहित छिमेकी धादिङ र चितवनका गरी झन्डै १० हजार आन्तरीक पर्यटन भित्रिएको मेला संयोजक  राजेन्द्र घिसिङले बताउनुभयो । शुक्रबारदेखि आइतबारसम्म चलेको थियो । बैकुण्ठमा भएको कहिल्यै पानी नसुक्ने विष्णु सरोबर पर्यटकको लागि आकर्षक बन्न सक्छ ।

‘गाउ“लाई अघि बढाउन जुनसुकै उपाय गर्छौ’, स्थानीय लालबहादुर तामाङले बताउनुभयो । यस्तै तिब्र इच्छाशक्तिले होला यसपािल गाउलाई सडक बाटोस“ग जोड्न गाउ“ले आफैले पा“च किमी कच्ची सडक खनेर उदाहर(ा देखाएका छन् । गाउ“को यस्तो प्रयासबाट जिविस मकवानपुर र गरिबी निवारण कोषसमेत सडकको लागि सहयोगी बन्यो । यि दुवै निकायको सहयोगमा हाल डाडा“खर्कबाट पश्चिमतर्फको बैकुण्ठ पुग्ने २० किमी कच्ची बाटो बनेको छ ।

यो बर्ष बाटो पुगेपछि उक्त क्षेत्रका कृषकहरु गाजा खेति छाडेर आलु खेतितर्फ आकर्षित भएका छन् । अघिल्ला बर्षसम्म गाजाको हरियाली देख्न पाइने पाखाहरुमा अहिले आलुका हरिया बोटमा सेता फूल फुलेका छन् ।

यो क्षेत्रका झन्डै ५० बगाहा जमिनमा आलू खेति गरिएको जिल्ला कृषी विकास कार्यालय बागवानी शाखाका भरत आचार्यले बताउनुभयो । ‘आलू खेति भए पछि किन अरु गर्थेम् र ?’, बैकुण्ठका सानुकान्छा तामाङले भन्नुहुन्छ े– ‘आलु र मकै पनि फल्छन् ।’ दुर्गम क्षेत्रमा बाटो पुगेपछि गाजा खेतिको समस्या आफै समाधान हुने डा“डाखर्क गाविस सचिव कृष्ण सापकाटाको अनुभव छ । ‘गाजाखेतिको विकल्प सुरु भएको छ‘, उहा“ले अनुभव हो यो । मकवानपुरमा जिल्लाको धेरै गाविस अझै पनि गाजाखेतिका लागि प्रख्यात छन्  । मकवानपुर जिल्लामा कति गाजा उत्पादन हुन्छ भन्ने तथ्यांक जिल्ला प्रहर िकार्यालयस“ग पनि छैन् ।

बैकुण्ठ महोत्वसबकै अवसर पारेर पुगेको जिल्ला शिक्षा कार्यालय मकवानपुरको टोलिले घरघरमा पुगी बालबालिकालाई बिद्यालय पठऔ भन्ने सन्देशसहितको निम्तो दिंदा गाउ“लेले बालबालिकालाई पढ्न पठाउने प्रतिबद्धता जनाए ।

तुलनात्मकरुपमा पिछडीएको तामाङ जातिको बाहुल्यता भएको यो दुर्गम गाउ“ आफैमा नमुना बन्ने स्थानीय अमर तामाङले बताउनुहुन्छ । हरेक बर्ष गरिने बैकुण्ठ मेलामार्फत गाउ“मा पर्यटक आकर्षण गर्ने र सडक सुविधाले गाउ“लाई शहरस“ग जोड्ने उनीहरुको सपना छ । यो बर्षको महोत्वसमा डाडाखर्कदेखि बैकुण्ठसम्म बाटो बनायौ, अर्को बर्षको मेलामा बैकुण्ठबाट धादिङ जोड्ने बाटो खोलिने तामाङले बताउनुभयो । यो बर्षको बैकुण्ठ मेला सफल पार्न सक्रिय बनेका गाउ“ले आफै बाटो खन्न उक्सिएको उदाहरणबाट समेत यो गाउ“ उभो लाग्दै गरेको अनुभव मिल्छ ।