Friday, August 5, 2011

२५ गाबिसमा सिटी परियोजना सञ्चालन गरिने

    मानब बेचबिखन रोकथाम तथा सुरक्षित बसाई सराई सम्बन्धि अन्तरक्रिया अआज(बिहीबार) मकवानपुरको भैंसेमा सम्पन्न भएको छ । कार्यक्रम बिश्व शिक्षाको सहयोगमा ग्रामिण महिला स्वावलम्बन संस्था मकवानपुरले आयोजना गरेको हो । कार्यक्रममा ३५ स्थानियबासीको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा सुरक्षित बसाई सराई सञ्जाल भैंसेका सदस्य सञ्जु गुरुङले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ग्रामिण महिला स्वावलम्बन संस्थाका सुपरभाईजर रामसिँ स्याङ्तान, मानबहादुर रुम्बा, सुरक्षित बसाई सराई सञ्जाल भैंसेका
अध्यक्ष हरि लामा, सचिब धर्मेन्द्र थापा लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । यता, संस्थाले चालुआर्थिक बर्षमा मकवानपुरको २५ गाबिसमा मानब बेचबिखन नियन्त्रण (सिटी) परियोजना सञ्चालन गर्ने भएको छ । बिश्व शिक्षाको सहयोगमा हाल जिल्लाको सुकौरा, आमभञ्ज्याङ, मकवानपुर गढी लगाएत नौ गाबिसमा कार्यक्रम सञ्चालन भईरहेको छ । परियोजना अन्तरगत प्रत्येक गाबिसमा सुरक्षित बसाई सराई सञ्जाल गर्ने, स्थानियबासी र सरोकारवालाबिच अन्तरक्रिया गर्ने लगाएत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने ग्रामिण महिला स्वावलम्बन संस्थाले जनाएको छ ।
लुथरन नेपाल र साथी नामक संस्थाले सन् २००६ मा गरेको सर्बेक्षण अनुसार चेलिबेटी बेचबिखन हुने जिल्ला मध्ये मकवानपुर तेश्रो स्थानमा रहेको थियो । माईती नेपालका अनुसार नेपालबाट बार्षिक रुपमा ७ देखि ११ हजार जना नेपाली महिला बेचिने गरेको अनुमान छ । यता, राष्ट्रिय मानब अधिकार, चेलिबेटी बेचबिखन ओसारपसार बिरुद्ध राष्ट्रिय समाधिक्षकको कार्यालयको २०६३÷६४ को प्रतिबेदन अनुसार मकवानपुरबाट हरेक बर्ष झण्डै ३ हजार जना बैदेशिक रोजगारीका लागि जाने गरेका छन् ।